जापानका लागि कावा राजदूत राजभण्डारी प्रतिस्पर्धाबाट सहसचिबमा बढुवा

बैशाख २०, २०७३ मा प्रकाशित | 1200 views

Default News Image

१ बैशाख, टोकियो ।
नेपाली राजदुताबास जापानका कार्यवाहक राजदुत श्री गहेन्द्रराज राजभण्डारी सहसचिवमा बढुवा हुनुभएको छ ।

नेपाल सरकार परराष्ट्र सेवा अन्र्तगत कावा राजदूत राजभण्डारी प्रतिस्प्रर्धाबाट सहसचिवमा बढुवा हुनुभएको हो ।

जापानमा कार्यवाहक राजदूतको पद सम्हालेको तीन महिनाको समयमै लोकप्रियता हासिल गरि जापानमा रहेका नेपालीहरुका समस्या समाधान तथा जापान नेपाल सम्वन्ध विस्तारमा उल्लेखनिय सुधार गरिरहनुभएका भण्डारीको बढुवापछि जापानमा रहेका नेपालीहरुले खुशी व्यक्त गर्दै बधाई दिएका छन् ।

यसैगरि कावा राजदूत राजभण्डारीले नयाँ बर्ष २०७३ को अवसरमा सबै नेपालीमा सुशकामना व्यक्त गर्दै सामाजिक सञ्जाल फेसबुकमा यस्तो लेख्नुभएको छ

नयाँ वर्षको सुखद उपलक्ष्यमा सबैमा हार्दिक मंगलमय शुभकामना !!!!! सकारात्मकता, सुख, संवृद्धितर्फ हाम्रा पाइलाहरु निरन्तर रुपमा बढिरहूनGahendra Rajbhandari

प्रतिक्रिया

सम्बन्धित खवर

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web