२२ चैत, टोकियो ।
गत साता नेपाकेन जापानले आयोजना गरेको जापानी भाषाको वक्तृत्वकला प्रतियोगितामा सहभागी विधार्थीहरुलाई आज एक कार्यक्रमका बिच सम्मान गरिएको छ ।

नेपाल जापान विधार्थी सामाजले सहभागी विधार्थीहरुलाई सम्मान पत्र सहित सम्मान गरेको हो । सहभागी विधार्थीलाई नेपाल जापान विधार्थी समाजका सल्लाहाकर तथा कार्यक्रम संयोजक दिपक बाबु नेपाल तथा नेपाल जापान विधार्थी समाजका अध्यक्ष सन्तोष चोखालले संयुक्त रुपमा सम्मान गर्नु भएको थियो ।

विधार्थीले अरु विधार्थीलाई पनि हौसला प्रदान गरिएको जनाइएको छ । कार्यक्रममा सम्मानित हुनु हुनेहरु प्रदीप कार्कि, अन्जना राजवंशी, आकाश अर्याल, सुजित मानन्धर, तिलक कुमारी मगर, विश्व कर्माचार्य, सुनिता लामा, पुनम थापा मगर, बानु फातिमा, दुर्गा बहादुर खत्री, विनुका खड्का, साजन श्रेष्ठ हुनुहुन्छ ।

कार्यक्रम सस्थाका महासचिव चेतन पौडेलले संचालन गर्नु भएको थियो भने उपाध्यक्ष ईश्वर भट्टराईले कार्यक्रमबारे प्रस्ट पार्नु भएको थियो । कार्यक्रममा उपस्थित विधार्थीले यो कार्यक्रमले अरु विधार्थीलाई हौसला प्रदान गर्ने बताए ।









13.12¡ÆC