म्याग्देली सञ्जाल जापान अध्यक्षमा बानिया

बैशाख २०, २०७३ मा प्रकाशित | 1118 views

२४ चैत, टोकियो ।
म्याग्देली सञ्जाल जापानको नयाँ अध्यक्षमा महेन्द्र बानिया 'बेनी' चयन भएका छन् ।

बेनीको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको छ । आइतवार सम्पन्न पाँचौ अधिवेशनले संजाल अब म्याग्देली प्रवासी नेपाली संघ 'मोना' जापानका नामले चिनिने भएको छ ।

नवगठित कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा दिपक केसी 'घतान', महासचिव खेम मल्ल 'देबिस्थान', सचिव नरेन्द्र सापकोटा 'बरङ्जा', कोषाध्यक्ष दिपककुमार खड्का 'सिंगा', सहसचिव लिल केसी 'मराङ' चयन हुनुभएको छ ।

यसैगरी सदस्यहरुमा ज्ञानेन्द्र केसी 'बेनी', देबेन्द्र भण्डारी 'मुना', प्रेम पुन 'दग्नाम', राम खड्का 'घार', सरास्वती पुन 'शिख', ताराबहादुर कार्की 'राखु', रेशम भण्डारी 'मुना', हेमकुमार जुग्जाली 'बिम' र खम्मर पुन 'मराङ' रहेका छन् ।

समितिमा जिल्लाका सबै क्षेत्र, वर्ग र समुदायको प्रतिनिधित्व हुने गरी दुई जना उपाध्यक्ष र ४ जना सदस्यहरु आगामी पहिलो बैठकले मनोनित गरिने भएको छ ।

अधिवेशनले संस्थाको कार्यप्रगति प्रतिबेदन र आर्थिक प्रतिबेदन सामान्य संशोधन सहित पारित गर्नुका साथै ५ बूँदे घोषणापत्र जारी गरेको छ । जसमा म्याग्दीलाई फ्रि वाइफाइ जिल्ला बनाउने बिश्वब्यापी अभियानलाई जापानबाट सक्दो टेवा पुर्‍याउन निबर्तमान अध्यक्ष महेन्द्र खड्काको संयोजकत्वमा एक कार्यदल गठन गर्नुका साथै म्याग्देलीहरुको अन्तर्राष्ट्रिय सञ्जाल मोनासंग एकरुपता गर्ने, आगामी दुई वर्षे कार्यकालका लागि स्पष्ट भावी कार्ययोजनासहित संस्थालाई नयाँ ढंगले थप गति प्रदान गर्ने लगायतका निर्णय गरेका छन् ।

सञ्जालका निवर्तमान अध्यक्ष महेन्द्र खड्काको सभापतित्वमा भएको पाँचौ अधिवेशन समारोहको प्रमुख अतिथि म्याग्देलीहरुको अन्तर्राष्ट्रिय सञ्जाल मोनाका केन्द्रिय अध्यक्ष योगेन्द्रबहादुर क्षेत्री र वरिष्ठ उपाध्यक्ष बिनोद कुंवरले पानसमा दिप प्रज्वलन गरी सामुहिकरुपमा उद्घाटन गरेका थिए ।

बिशेष अतिथि मोनाका वरिष्ठ उपाध्यक्ष बिनोद कुँवरले नेपालकै पहिलो निःशुल्क वाईफाई जिल्ला बनाउने अभियानमा बिश्वभर रहेका म्याग्देलीहरु जुर्मुराईरहेको बताउनुभयो । एनआरएनए आइसीसीका सदस्य समेत रहनुभएका कुँवर पनि अधिवेशनका लागि दक्षिण कोरियाबाट आउनुभएको हो ।

अधिवेशन समारोहमा गुल्मेली समाज जापानका अध्यक्ष शालिकराम भण्डारी, सञ्जालका सल्लाहकार गमप्रसाद जुग्जाली लगायतका अतिथिहरुको शुभकामना मन्तब्य रहेको थियो । सञ्जालका वरिष्ठ उपाध्यक्ष महेन्द्र बानियाको स्वागत मन्तब्य रहेको अधिवेशन समारोहको महासचिव खेम मल्लको सञ्चालन रहेको थियो । अधिवेशन समारोहमा सञ्जालका सल्लाहकार समेत रहनुभएका निर्वाचन समितिका संयोजक तिलक मल्लले सर्बसम्मत गठित नयाँ कार्यसमितिको घोषणा गर्नुका साथै पाँचबुँदे घोषणापत्र जारी गर्नुभएको थियो ।

कार्यक्रममा सञ्जय गुरुङ, शान्तिश्री परियार, देवराज आले मगर, शिला गुरुङ, सोना केसी, सलिना नेपाली, बम पुन, हिराबहादुर श्रीष लगायतका रोधी क्लवका कलाकारहरुको साँगीतिक प्रस्तुती देखाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web