फिफा र्‍याङकिङमा नेपाल छ स्थानमाथि उक्लियो

काठमाडौं,चैत २५ । नेपालले  फिफा र्‍याङकिङमा सुधार गरेको छ । विश्व फूटबल संघ (फिफ)ले बिहीबार सार्वजनिक गरेको नयाँ  र्‍याङकिङमा नेपाल छ स्थान सुधार गर्दै नेपाल १७९ औं स्थानमा उक्लिएको छ। गत महिनाको र्‍याङकिङमा नेपाल १८५ औं स्थानमा थियो । दक्षिण एसियाली मुलुकहरू मध्ये अफगानिस्तान सबैभन्दा माथि रहेको अफगानिस्तान १४७ औं स्थानमा छ। नेपाल भन्दा माथि रहेका माल्दीप्स १६०औं स्थानमा, भारत १६२ औं स्थानमा र बंगलादेश १७७ औं स्थानमा छन्। दक्षिण एसियाकै भूटान १८६  औं स्थानमा, श्रीलंका १८७ औं स्थानमा र पाकिस्तान १९०औं स्थानमा छन्।

बेल्जियमलाई पछि पार्दै अर्जेन्टिना पहिलो स्थानमा उक्लिएको छ भने दोस्रोमा बेल्जियम, तेस्रोमा चिली,चौथोमा कोलम्बिया रहेका छन् । त्यस्तै पाँचौमा जर्मनी, छौठौंमा स्पेन सार्तौमा ब्राजिल,आठौंमा पोर्चुगल,नवौंमा उरुग्य र दशै स्थानमा इग्ल्याण्ड रहेका छन् ।

खेलाडी संघले उत्कृष्ट खेलाडीहरुलाई सम्मान गर्ने

काठमाडौं,चैत २४ ।  राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघले विगतमा झै यस पटक पनि बर्षको उत्कृष्ट खेलाडीहरुलाई सम्मान गर्ने भएको छ । भक्तपुर दरवार स्क्वायरमा यहि चैत्र २६ गते आयोजना हुने बर्षको उत्कृष्ट खेलाडी सम्मान कार्यक्रममा २५ खेलका सम्वन्धित खेल संघले उपलब्ध गराएको उत्कृष्ट खेलाडीहरुलाई विगतमा झै नगद १० हजारले सम्मान गर्न लागिएको बुधबार भक्तपुरमा आयोजित पत्रकार सम्मेलनमा आयोजकले जनाएका छन् ।

सम्मान कार्यक्रममा एथलेटिक्स, आर्चरी, बक्सिङ्ग, ब्याडमिन्टन, बास्केटबल, उसु, तेक्वान्दो, कराते, जुडो, सुटिङ्ग, जिम्न्यास्टिक, लन टेनिस, कुस्ती, सफ्ट टेनिस, भारोत्तोलन, क्रिकेट, टेबल टेनिस, फुटबल, साईक्लिङ्ग, गल्फ, सेपाक ताक्रो, पौडी, ट्राईयाथलन, फेन्सिङ्ग र ¥याफ्टिङ्ग एन्ड क्यानोईङ्ग खेललाई समावेश गरिएको समेत आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

म्यानमारमा शक्तिशाली भूकम्प,काठमाडौंमा समेत झड्का महसुस

काठमाडौं,बैशाख १ ।  म्यानमारमा शक्तिशाली भुकम्प गएको छ । नेपाली समय अनुसार  ७ बजेर ४० मिनेटमा  म्यानमारमा ७ रेक्टर स्केलको भुकम्प गएको अमेरिकी भुगर्भ विभागको जनाएको छ । भूकम्पले नेपालका पूर्वी क्षेत्रसहित राजधानी काठमाडौमा समेत धक्का दिएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ।  भुकम्पको झड्का पूर्वी भारत देखि नेपाल भारत सीमा अनि काठमाडौं सम्म महसुस भएको छ।

टेस्ट ट्युब बेबी सेवा ठप्प

काठमाडौं,चैत २३ । भूकम्पका कारण बन्द भएको थापाथलीस्थित परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतलको टेष्ट ट्युब बेबी सेवा वर्ष दिनसम्म पनि सञ्चालनमा आउन नसक्दा सेवाग्राही प्रभावित भएका छन् । सरकारी स्तरमा पहिलो पटक सुरु गरिएको अस्पपतालको आईभीएफ सेवा भनव अभाबले सञ्चालन गर्न नसक्दा आर्थिक अवस्था कमजोर भएका सयौं महिला चिन्तित भएको आजको अन्नपूर्णमा समाचार छ ।

भूकम्पबाट दुई सय ६३ शय्या क्षमताको निशान्त भवनमा क्षति पुग्दा अन्य सेवासँगै उक्त सेवा पनि बन्द भएको थियो । अन्य स्वास्थ्य सेवालाई निरन्तरता दिएर दिइए पनि बाँझोपन भोगिरहेका दम्पतीका लागि महत्वपूर्ण मानिएको आईभइएफ सेवा सञ्चालकमा प्रशासनले चासो नदिएको अस्पतालका कर्मचारी बताउँछन् ।

निजी अस्पतालमा ६ लाख रुपैयाँसम्म तिर्नुपर्ने आईभीएफ सेवाका लागि उक्त अस्पतालमा एक लाख ६० हजार रुपैयाँ तोकिएको थियो । बाहिर सेवा निकै महँगो भएका कारण कुरिरहेका सेवाग्राही ६ महिनादेखि अस्पताल धाइरहेका छन् । अस्पतालका निर्देशक डा. जागेश्वर गौतमले आईभीएफ सेवा छिट्टै सञ्चालन गर्न भवनको व्यवस्था गरिएको तथा सेवामा खटिने चिकित्सक तथा नर्सलाई तालिम लिन भारत पठाइएको बताए ।

चीनसंगको संझौता विरूद्ध लक्षित, साम्राज्यवादको सुनियोजित हमला-भरत दाहाल

भारतीय विस्तारवादका शासक नार्इके नरेन्द्र माेदी र यूराेपीयन यूनीयनले नेपालकाे संविधानलाइ लिएर जारी गरेकाे नेपाल विराेधि वक्तव्य, ह्यारीकाे मिशनरी नेपाल भ्रमण र सिके राउतलार्इ विखण्डनवादी अभिव्यक्तिका लागि मञ्च दिने एबिसि टेलिभिजनका जन लुटेराहरू सबैकाे भूमिका एउटै याेजनाका भिन्नभिन्न रूपहरू हुन् र यि सबै नेपाल-चीन बीचमा भएका संझाैताहरू विरूद्ध लक्षित छन्। यि नेपाल विराेधि हमलाहरूकाे रक्षा कवचका रूपमा खडा गरिएकाे छ, सर्वाेच्च अदालत नामकाे साम्राज्यवादकाे पुलिस चाैकि।

केपी अाेलीकाे चीन भ्रमणकाे पूर्वसन्ध्यामा भएकाे ह्यारीकाे भ्रमण सुनियाेजित थियाे। बेलायति राजदूतले गत बर्ष धर्मान्तरणका पक्षमा दिएकाे वक्तव्यबाट नेपालमा ब्रिटीस साम्राज्यवादका विरूद्धमा उत्पन्न नकारात्मक नकारात्मक भावनालार्इ मेटेर अहिले माेदीसंग इयूले जारी गरेकाे वक्तव्यलार्इ अाेझेलमा पार्नु ।

यसका लागि ह्यारीलार्इ देवदूतका रूपमा प्रचार गर्ने जिम्मा दिर्इएकाे छ डलरबाट माेटाएका मिडीयाहरूलार्इ। यि गुप्चर मिडीयाहरूकाे काम भनेकाे ह्यारीलार्इ विना प्रसंग पारससंग जाेड्नु र उनलार्इ साबेल बाेकेकाे तस्विरमा विज्ञापन गरेर यूराेपीयन मिशनलार्इ सघाउनु रहेकाे छ।

नेपाल-चीन संझाैतालार्इ तपशिलकाे सूचीमा थन्काउन गरिएकाे ह्यारी प्राेपाेगान्डा, माफिया मिडीयामा ह्यारीकाे वाहवाहपछि अाएकाे माेदी-इयू वक्तव्य र यससंगै सिके राउतलार्इ एबिसि टेलिभिजनकाे अातिथ्यले के दर्शाउँछन् भने नेपाललार्इ अाफ्नाे समस्याकाे समाधान खाेज्ने दिशामा अघि बढ्न नदिन साम्राज्यवादीहरू एकजुट भएका छन् ।

साम्राज्यवादीहरूकाे याे हर्कतले हामीलार्इ कुन तथ्य बुझ्न सहयाेग गरिरहेकाे छ भने मुश्लिम विद्राेहिहरूले साम्राज्यवादी शिविरहरूमा अकारण अाक्रमणहरू गर्दै अाएका हाेर्इनन्।

जनयुद्धका नाममा नेपाली जनताकाे संपत्ति लुटेर मात चढेका एबिसि मार्का एमाअाेवादीहरू, सिकेलार्इ अतिथि बनाउन खाेज्ने रीपाेर्टर्स क्लव जस्ता विदेशी मिशनका कलङ्कहरू र सिके राउतले राष्ट्रविराेधि गतिविधि नगरेकाे ठहर सुनाउने सर्वाेच्चका जासुसहरू नेपालका असलि शत्रुहरू हुन् भन्नेमा कुनै द्विविधा राख्नु हुँदैन ।

देशभक्त र देशद्राेहि कित्ताहरूभित्र बढ्दै गएकाे तिब्र ध्रुविकरणले अब सिधासिधा भाैतिक संघर्षकाे माग गर्दै जान थालेकाे छ, जाे अवश्यंभावि छ। नेपालभित्रकाे साम्राज्यवादी शक्ति संतुलनलार्इ उल्टाउने हाे भने यि अातंकवादीहरूसंग भिड्नुकाे कुनै विकल्प छैन।

लघुकथा-छाडा साँढेहरु : शारदा पौडेल

बिहानै बिहानै दौडनु स्वास्थ्यको लागि लाभदायक हुने भन्ठानेर म कहिले धापासी देखि सामाखुशीसम्म त कहिले बसुन्धरा हुँदै टिचिङ हस्पिटलको परिसर वरिपरि राउण्ड मारेर अाउँथेँ । एक दिनको कुरो म अाफ्नै गतिमा पानीपोखरीबाट तल लाग्दै थिएँ , एक जना बुबा समानको व्यक्ति भेट भए र भने – नानी पख त ।

मलाई पनि अाफ्नै बुबाले भन्ने शब्दले सम्बोधन गरेकाले रोकिएँ र सोधेँ – मलाई भन्नू भएको हो ?
उनले हो को संकेत गरेर भन्न थाले – अाहा ! कत्ति सर्लक्क परेको शरीर हो , लामो कपाल हिस्सी परेको अनुहार , भगवानले तिमीलाई फुर्सदमा बनाएछन् है ।

एकै वाक्यमा यति धेरै तारिफ दंग पर्दै सोधेँ- होइन हजुरले के भन्न खोज्नु भएको हो ? प्रष्टसँग भन्नू न ,मलाई हतार छ ।
उनले भने के को हतार हिँड चिया खान जाउँ ,यसो कुराकानी गर्यौ , अनि अाहा ! यस्तो शरिरसँग यसो …..

मलाई अलिकति रीस उठ्यो – के भन्न खोज्नु भएको हजुरले फेरि भनेँ ।
फेरि नम्र हुँदै भने – त्यसै हो र केही दिउँला नि हिँड न जाम ।
मलाई सही नसक्नु भयो र हिँडे – ऊ फत्फताउँदै थियो ।

अर्को दिन, मैले एउटा अफिसमा काम गर्ने महिला खोजेको छरे भन्ने सुनेँ र गएँ अनि त्यहाँको प्रमुखलाई भेटेँ ।
उचित सम्बोधन गरेँ र कामका बारेमा सोधेँ – शिरदेखि पाउसम्म हेरे र भने – अाहा क्या दामी , रुप नि उस्तै रहेछ , खासै अहिले त चाहिएको छैन तर तिमीले चाहन्छौ भने एउटा सर्तमा म ठाउँ खाली बनाएर राख्न सक्छु – दंग पर्दै सोधेँ , कस्तो सर्त ?

उनले भनेँ – तिमी मसँग….
कुरा बुझेँ र नमस्कार गरेर हिडेँ ।
गएको ठाउँ अलि टाढै भएकोले हिँडेर आउन सम्भव थिएन , त्यसैले बस चढ्ने निर्णय गरेँ र चढेँ । मनमा एकपछि अर्को घटनाले चस्काइरहेको थियो । सायद अनुहार निकै मलिन भएछ क्यारे , छेउमा बस्ने एक अधवैसे मान्छेले सोधे – होइन बहिनी किन उदास ?

होइन क्यै भएको छैन – मैले भने
यस्तो उमेरमा पनि यसरी उदास हुन हुन्छ त ,
हिँड जाउँ मसँग म तिमीलाई खुशी पार्छु भन्दै हात कपालसम्म ल्याउन खोज्दै थियो ।

म जुरुक्क उठेँ र त्यसलाई शिरदेखि पाउसम्म हेरेँ । अनि एकपछि अर्को घटनाको स्मरण गरेँ । अनि बाध्य भएर भनेँ – अाफुलाई के हुँ भन्ठान्छन् यी छाडा साँढेहरु……।।।

वन्यजन्तुको पनि अस्पताल खुल्दै

२८ चैत, काठमाडौं ।
वन्यजन्तुको उपचार र उद्धारका लागि चितवनको आँपटारीमा वन्यजन्तु अस्पताल निर्माण हुने भएको छ ।

घाइते, टुहुरा, अपाङ्ग तथा समस्याग्रस्त वन्यजन्तुको उपचार र व्यवस्थापन गर्ने उदेश्यले दियालो बंगलासँगै जोडिएको क्षेत्रमा वन्यजन्तु अस्पताल बनाउने तयारी गरिएको हो।

यस्तो अस्पताल मुलुककै पहिलो हुनेछ। चितवन मेडिकल कलेजले भवनसमेत निर्माण गरेर हाल प्रयोगविहीन अवस्थामा रहेको संरचनालाई अस्पतालका रुपमा सञ्चालन गर्ने तयारी गरिएको हो ।

विगत ३ वर्षदेखि त्यहाँका साना ठूला २१ वटा भवन प्रयोगमा नआएको वन कार्यालय चितवनले जनाएको छ।

कलेजले मन्त्रिपििरषदको स्वीकृति लिएर करिब एक दशक प्रयोग गरेको संरचनाले कानुनी मान्यता नपाएपछि प्रयोगविहीन छ ।

अस्पतालका लागि प्रस्ताव गरिएको जग्गा र त्यहाँ निर्माण भएको भवन हाल जिल्ला वन कार्यालयकै स्वामित्वमा छ । नेपाल समाचार पत्र दैनिकमा समाचार छ ।

अवकाशको डेढ वर्षपछि एआइजीमा बढुवा हुँदै चार डिआइजी

काठमाडौं, चैत २२ । अवकाशको डेढ वर्षपछि नेपाल प्रहरीका चारजना डिआइजी एआइजीमा बढुवा हुने भएका छन्। गृह मन्त्रालयले बढुवाको प्रस्ताव मन्त्रिपरिषद्मा लगेको छ । सर्वोच्च अदालतको आदेशमा सरकारले अवकाश पाइसकेका डिआइजी यादव अधिकारी, सुशीलबरसिंह थापा, पर्शुराम खत्री र विश्वराज शाहीलाई एआइजीमा बढुवा गर्न लागेको हो। नयाँ पत्रिका दैनिकमा समाचार छ।

२९ असोज ०७१ देखि नै तलब पाउने गरी उनीहरूलाई विशेष दरबन्दी सिर्जना गरी बढुवा गरिँदै छ। करिब १० महिनाका लागि उनीहरू बढुवा हुनेछन्। ०७३ फागुनको पहिलो साता उनीहरूले ३० वर्षे सेवाहदका कारण हालका आइजिपी उपेन्द्रकान्त अर्यालसँगै अवकाश पाउनेछन्।

यसै साता बढुवाको तयारी

स्रोतका अनुसार उनीहरूको यही साता बढुवा हुनेछ। तर, उनीहरूलाई कहाँ पदस्थापन गर्ने भन्ने विषयमा मन्त्रिपरिषद्मा पुर्‍याइएको प्रस्तावमा केही उल्लेख छैन। अदालतको आदेश पालनाका क्रममा बढुवाको प्रस्ताव मन्त्रिपरिषद् लगिएको गृह मन्त्रालयका सहसचिव चक्रबहादुर बुढाले बताए। बढुवा गरेपछि गृह मन्त्रालयले उनीहरूको पदस्थापन गर्नेछ।

‘सबै देशभक्त शक्ति एकताबद्ध बनेर अघि बढ्न पूर्व राजा ज्ञानेन्द्रको आग्रह'(विज्ञप्ती सहित)

काठमाडौं,चैत ३० ।  पूर्व राजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०७३ को अवसरमा शुभकामना सन्देश दिनुभएको छ । मंगलवार एक विज्ञप्ती जारी गर्दै सम्पूर्ण नेपालीहरुलाई शुभकामना सन्देश दिनु भएको हो ।  शुभकामना सन्देशमा देश कमजोर अवस्थामा पुगिसकेको सबै देशभक्त शक्ति एकताबद्ध बनेर अघि बढ्न आवश्यक रहेको बताएका छन् ।

देश कता जांंदैछ, समाजको मनोदशा के छ, हाम्रो साझा र सहि मार्ग चित्र के हुनुपर्दछ, कसको के कस्तो त्याग र योगदान छ, कसको के कस्तो महत्व र मान्यता छ अनि क(कसको कस्तो अर्गेल्याइंछ भन्ने विषयलाई वर्तमान अवस्थामा सवैले बुझिसकेकाले सबैलाई एक जुट हुन । उहाँले अग्रह गर्नु भएको हो ।

विज्ञप्तिको पूर्ण पाठ

पूर्व श्री छ महाराजाधिराज ज्ञानेन्द्र वीर बिक्रम शाहदेवबाट नव वर्ष २०७३ को उपलक्ष्यमा बक्सेको शूभकामना ।

नेपाली दिदीबहीनी तथा दाजूभाइहरु,

२०७२ लाई विदाई गरेर हामी विक्रम सम्वत् २०७३ मा आईपूगेका छौ । नववर्षको शूभागमनको उपलक्ष्यमा म देश विदेशमा रहेवसेका समस्त नेपालीहरुमा सूख, शान्ति, समून्नतीको लागि कामना गर्दछू । विक्रम सम्बतले  मिती, तिथी र नेपाली संस्कृतीलाई जोडेको हून्छ । हाम्रा राट्रिय मान्यताहरु ९धर्म, संस्कृती, भाषा, इतिहास र सभ्यता विपरित प्रहार भईरहेको वर्तमान अवस्थामा हाम्रा पूर्खाले सूम्पीएको धरोहरहरु आफ्ना सन्ततीलाई कसरी हस्तान्तरण गर्न सक्छौ भन्ने प्रश्न अहिले अझ पेचिलो वन्दै छ ।

त्यसका लागी दक्षिण एसियाको भुराजनितिक सम्वेदनशिलता र शक्ति सन्तूलनको हेक्का राख्न जरुरी छ । हामी को थियौं, कहां थियौं, अहिले कून स्थितीमा छौं , देश कता जांंदैछ, समाजको मनोदशा के छ, हाम्रो साझा र सहि मार्ग चित्र के हुनुपर्दछ, कसको के कस्तो त्याग र योगदान छ, कसको के कस्तो महत्व र मान्यता छ अनि क(कसको कस्तो अर्गेल्याइंछ भन्ने विषयलाई वर्तमान अवस्थामा सवैले बुझिसकेका छन् । राज्य संयन्त्रलाई व्यक्तिगत लाभमा दूरुपयोग गर्ने शासकीय शैलीले नेपाल कमजोर भैसकेको छ ।

राष्ट्रसम्बन्धी अवधारणा कमजोर भएको, क्षेत्रीय तथा भुमण्डलीय राजनिती नयाँ चरणमा प्रवेश गर्न थालेको अहिलेको सन्दर्भमा नेपालीको चिन्ता र अगस्ती नेतृत्वको तृष्णाबीचको फाटो नोक्सानदायी भैसकेकोछ । त्यसैले स्वदेशको माटोमा दह्रोसंग खूटृा टेक्ने र नेपाललाई नेपालीत्व, आफ्नो मौलिक अस्तित्व र नेपालकै आफ्नो स्वाधिन प्रमुख रहोस् भन्ने भावनावाट प्रेरित सबै देशभक्तहरुलाई समेटेर अगाडि बढ्नू आवश्यक भैसकेको छ ।

आफ्नो भाषा, इतिहास र धर्म संस्कृतीहरु देशका आधार हून् भन्ने विषयलाई मनन् गर्दैै स्वदेश हेरेर मात्र विदेश हेरौं, स्वदेश चिनेर मात्र विदेश चिनौं, स्वदेश मानेर मात्र विदेश मानौं र स्वधर्म बूझेर मात्र परधर्म बूझौं यहि मेरो शूभकामना ।

श्री पशुपतीनाथले हामी सबैको कल्याण गरुन ।

जय नेपाल ।

२ लाख दिने सरकारले भूकम्प पीडितको बिमा गराएन

२४ चैत, काठमाडौं । सरकारले भूकम्पपीडितलाई नयाँ घर बनाउन प्रतिपरिवार २ लाख दिएपनि ५ सय रुपैयाँको बिमा नगराउदा जोखिम कायमै रहेको छ ।

बिमा नगराउँदा भविष्यमा यस्तै विपत्ति आएर घर भत्किए फेरी पनि सरकारले नै अनुदान दिनु पर्ने अबस्था देखिएको आजको राजधानी दैनिकमा समाचार छ ।

पीडितलाई घर बनाउनका लागि राहत स्वरुप बाँडिएको राष्ट्रिय पुन निमार्ण प्रािधिकरणले नै बिमा गराउन चासो नदिदाँ यस्तो अवस्था आएको हो ।

बिमा क्षेत्रको नियमन र प्रवर्धनका लागि स्थापना भएको बिमा समितिले पनि घर बनाउने अनुदान दिँदा बिमा गराउनेतर्फ पहल गराउन प्राधिकरणलाई कुनै रायसुझाव दिएको छैन।

बिमा शुल्क महँगो नपर्ने भएकाले सरकारले तिरिदिँदा पनि धेरै व्ययभार पर्ने थिएन । सामान्य शुल्क भएका कारण अनिवार्य बिमा गराउनै पर्ने भनिएको भए घर बनाउने परिवारले पनि त्यस्तो रकम तिर्न सक्ने अवस्था हुन्थ्यो ।

भूकम्पका कारण भत्किएका घरको अनिवार्य रुपमा बिमा गराइएको भए त्यसपछि आइपर्ने जुनसकुकै प्रकारको प्राकृतिक विपत्तिका कारण घरमा क्षति पुगेर पुनः घर बनाउनु पर्ने भए वा मर्मत सम्भाव गर्नुपर्ने भए क्षति पुगेअनुसारको रकम बिमा कम्पनीले दिने थिए ।

हामी बर्बाद भयौं सर, कहाँ जाने के गर्ने भन्दै सिंहदरबारभित्रै रुवाबासी’

काठमाडौं,चैत १७ । सिंहदरबारको एउटा कुनामा दुई कलिला युवती हिक्क–हिक्क रुन्छन् । ‘हामी बर्बाद भयौं सर, कहाँ जाने के गर्ने ?’ सरकारी स्वामित्वको नेपाल टेलिभिजनभित्र त्यसरी दिनहुँजसो रुवाबासी गर्ने युवती हुन्  हेटौडाका सिर्जना नेपाल र मानवी केसी । यी चेलीलाई दिनरात रोएर हिड्नुपर्ने अवस्थामा पुर्याएका हुन् मिनेन्द्र रिजालसँग सबै बानी ब्यहोरा मिल्ने संचालक समिति अध्यक्ष महेश दाहालले ।

दुवै फुच्ची हेटौडामा काम गर्थे । एफएमको आरजेका रुपमा । टेलिभिजन अध्यक्ष नियुक्त भएपछि महेशले उनीहरुमाथि आँखामात्र लगाएनन, साथै काठमाडौं लिएर आए । शुरुमा इन्टर्नसीपका लागि ल्याएको भने । तर, पत्रकारिताका विद्यार्थीले स्नातक तेस्रो वर्षको परीक्षा दिनु अघि गर्नुपर्ने कार्यमूलक पत्रकारिताका लागि ती फुच्ची योग्य थिएनन् । एफएममा काम गर्दै त्यसबाट आएको तलबले कलेजको शुल्क तिर्ने गरिबका छोरीले जम्माजम्मा प्लस टुमात्र पास गरेका रहेछन् ।

भोकालाई भोजन कति प्यारो हुन्छ ? त्यस्तै गरे महेशले  । नेपाल टेलिभिजनको समाचारवाचिका बनाइदिन्छु भन्दै काठमाडौं ल्याए  । अध्यक्षले ल्याएका मान्छेलाई नराख्ने कुरा भएन । समाचार शाखामा तीन महिना करारमा काम पनि गरे । तर, एक अवधिको करार सकिएपछि टेलिभिजनले म्याद थपेन । किनभने योग्यता पुगेन । महेशले टेलिभिजनका हाकिमहरुकै अगाडि पहिल्यै भनेका रहेछन्, ‘तीन महिनाको एक्पेरियन्स लिनु, त्यसपछि तिमीहरुको जिम्मा म भएँ ।’

त्यसो भन्ने महेश काम नभएका दिन गाडीमा दिनैपिच्छे नयाँ नयाँ युवतीका साथ पुग्छन् । ती युवतीलाई स्टुडियो देखाउँछन् र आफ्नो कार्यालयमा एसी खोलेर खाजा अर्डर गर्छन् ।

जनआस्था साप्ताहिकबाट ।

प्रशासनमा पुनःसंरचना थाल्नै समस्या

२१ चैत, काठमाडौं ।
संविधान जारी भएको ६ महिना बितिसक्दा पनि निजामती प्रशासन पुनःसंरचनाले गति लिन सकेको छैन ।

राज्यको क्षमताभन्दा बृहत अवधारणाको मौलिक अधिकार, स्थानीय तहमा भारी अधिकारी प्रत्यायोजनलगायत कारणले पुनःसंरचनामा जटिलता देखिएको हो।

प्रशासन पुनःसंरचनाका लागि सरकारी निकायहरुले लयबद्ध रुपमा काम गर्न सकेका छैनन्। सरकारले अबको २ वर्षभित्र राज्य पुनःसंरचनाका क्रममा प्रशासनिक संरचना समेत व्यापक फेरबदल गर्नु पर्ने हुन्छ ।

तर संवैधानिक प्रावधान र त्यसलाई कार्यान्वयन गर्दा हुने प्रशासनिक जटिलताका कारण कार्यान्वयनमा कठिनाइ भइरहेको देखिन्छ।

निजामती प्रशासनको सुधार र पुनःसंरचनाको सरोकारवाला अड्डा सामान्य प्रशासन मन्त्रालय हो ।
तर मन्त्रालयले चाहेरमात्रै संविधानको अवधारणा अनुसार पुनःसंरचना हुन कठिन छ। कान्तिपुर दैनिकमा समाचार छ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web