काठमाडौं,चैत २५ । नेपालले फिफा र्याङकिङमा सुधार गरेको छ । विश्व फूटबल संघ (फिफ)ले बिहीबार सार्वजनिक गरेको नयाँ र्याङकिङमा नेपाल छ स्थान सुधार गर्दै नेपाल १७९ औं स्थानमा उक्लिएको छ। गत महिनाको र्याङकिङमा नेपाल १८५ औं स्थानमा थियो । दक्षिण एसियाली मुलुकहरू मध्ये अफगानिस्तान सबैभन्दा माथि रहेको अफगानिस्तान १४७ औं स्थानमा छ। नेपाल भन्दा माथि रहेका माल्दीप्स १६०औं स्थानमा, भारत १६२ औं स्थानमा र बंगलादेश १७७ औं स्थानमा छन्। दक्षिण एसियाकै भूटान १८६ औं स्थानमा, श्रीलंका १८७ औं स्थानमा र पाकिस्तान १९०औं स्थानमा छन्।
बेल्जियमलाई पछि पार्दै अर्जेन्टिना पहिलो स्थानमा उक्लिएको छ भने दोस्रोमा बेल्जियम, तेस्रोमा चिली,चौथोमा कोलम्बिया रहेका छन् । त्यस्तै पाँचौमा जर्मनी, छौठौंमा स्पेन सार्तौमा ब्राजिल,आठौंमा पोर्चुगल,नवौंमा उरुग्य र दशै स्थानमा इग्ल्याण्ड रहेका छन् ।
19.12¡ÆC