कसरी भए देउवा शक्तिशाली ?

काठमाडौं, चैत २७ ।   उखानै छ, बाह्र वर्षमा खोला पनि फर्कन्छ । कांग्रेस सभापति शेरबहादुर देउवाको हकमा भने १५ वर्षमा खोलो फर्केको छ । १५ वर्षअघि पार्टीको सत्तामा देउवाको उदय भएको छ । तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला र सुशील कोइरालासँग देउवाको झन्डै १५ वर्षसम्म आन्तरिक संघर्ष चल्यो । यसबीचमा पार्टी सभापतिमा दुईपटक र संसदीय दलमा तीनपटक पराजय भोगे । तैपनि निराश नभई सक्रिय राजनीति जारी राखेका देउवाका लागि ०७२ सालको आखिरी समय भने भाग्य नै चम्कन पुग्यो । उनी करिब एकैसाथ पार्टी र संसद्को नेतृत्वमा आइपुगेका छन् । २० वर्षपछि कोइराला परिवारबाट देउवाको हातमा नेतृत्वको बागडोर आइपुगेको छ ।

देउवा पार्टीभित्र शक्तिशाली बन्नुका पछाडि तत्कालीन संस्थापन पक्षभित्र पहिरो जानुलाई मुख्य कारण ठान्छन्, नेता शेखर कोइराला । ‘रामचन्द्रजीलाई सुरुमा नै नेतृत्वको रुपमा स्वीकार नगरिनु र तत्कालीन महामन्त्री कृष्णप्रसाद सिटौलाको साथ नपाउनु शेरबहादुरजीका लागि भाग्योदय बन्न पुग्यो,’ कोइराला भन्छन्,‘संख्याकै हिसाब गर्ने हो भने देशभरबाट आएका महाधिवेशन प्रतिनिधि हाम्रै पक्षका बढी थिए ।’

देउवानिकट केन्द्रीय सदस्य रमेश लेखक भने देउवाको उदयलाई स्वभाविक ठान्छन् । कांग्रेसभित्र नेतृत्व गर्ने राजनीतिक पृष्ठभूमि , लगानी, लोकतन्त्रका लागि संघर्ष , राष्ट्र र अन्तर्राष्ट्रिय पहिचानका कारण पार्टी र दलमा देउवाको नेतृत्व आगमन स्वभाविक भएको लेखकको तर्क छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।

 

आगलागीमा परि मृत्यु हुनेको संख्या १ सय २ पुग्यो, २ सय बढी घाइते (अपडेट)

एजेन्सी,चैत २८ ।  भारतको केरलास्थित पारावुरमा रहेको पुत्तिङगल देवी मन्दिरमा भएको आगलागी परी मृत्यु हुनेको संख्या १०२ पुगेको छ। आगलागीमा परी २०० भन्दा बढी व्यक्ति घाइते भएका छन्। स्थानीय प्रहरीका अनुसार मन्दिर परिसरमा उत्सव चहिरहेका बेला आगलागी भएकाले मृत्यु हुनेको संख्या अझै बढ्न सक्नेछ। आतिशवाजीकालागि राखिएको पटाखाहरुमा बिष्फोट हुँदा आगलागी भएर उक्त दुर्घट्ना भएको स्थानिय प्रहरीले बताएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन्। आगलागि आईतवार बिहान ३:१५मा शुरु भएको बताईएको छ।

स्थानिय प्रहरीले आतिशबाजी नगर्न सचेत गराए पनि मन्दिर प्रशासनले निर्दैशन पालन नगर्नाले त्यस्तो दुर्घट्ना हुन गएको स्थानिय प्रशासनले जनाएको छ। उआगलागीमा परेर घाइते भएकाहरुलाई नजिकैको अस्पतालमा भर्ना गरिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

टेलिफोनको गुणस्तर खस्किए १० करोडसम्म जरिवाना

काठमाडौं,चैत २९ । दूरसञ्चार सेवा प्रदायक कम्पनीहरुले सेवाको गुणस्तर खस्किएमा १० करोड रुपैयाँसम्म जरिवाना तिर्नुपर्ने भएको छ । दूरसञ्चार सेवाको गुणस्तरसम्बन्धी विनियामावली २०७२ को मस्यौदामा प्राधिकरणले निर्धारित मापदण्डअनुसार गुणस्तर स्तरोन्नति मापदण्डअनुसार गुणस्तर स्तरोन्नति नगरे दण्ड सजायका लागि उच्च रकम तय गरेको आजको कारोबार दैनिकमा समाचार छ । विनियामावलीमा साधारण टेलिफोन, मोबाइल सेवा र डेटालाई छुट्टाछुट्टै सेवाको सूचक निर्धारण गरेको छ ।

तोकिएको सूचक कायम नर्गे सेवाप्रदायकहरुलाई १ देखि १० करोड रुपैयाँसम्म जरिवाना लग्ने व्यवस्था गरेको हो । नियमावलीमा गुणस्तर सुधार गर्ने समयसीमा तीन महिनादेखि एक वर्षसम्म् कायम गरेको छ । तीन महिना भित्र गुणस्तर सुधार गरे जरिवाना लाग्ने छैन ।  विनियमावलीमा मोबाइल नेटवर्कमा पहुँच ९९ प्रतिशतभन्दा बढी हुनुपर्ने उल्लेख छ ।

 

आज जाने हैन त बृहत सांस्कृतिक कार्यक्रममा टोकियो मिनामी ओत्सुका हल ?

…………..
सुदुर पश्चिम बैतडीका आर्थिक अवस्था अति कमजोर भएका अपांग चार बालबालिकाको उपचार र शिक्षामा सहयोग गर्न आयोजित बृहत सांस्कृतिक कार्यक्रमको सम्पूर्ण तयारी सकिएको छ ।

बृहत सांकृतिक कार्यक्रम नाम दिइएको कार्यक्रम आयोजक संस्था आवर ग्रुपका अध्यक्ष विनोद भण्डारीले भन्नुभयो-'हामी कार्यक्रममा आउने सबैलाई स्वागतको लागि तयारी अवस्थामा छौं नयाँ बर्ष शुभकामना सहित ओइलिएका चार कोपिलाको भविष्यको लागि सहयोग जुटाउन आयोजित कार्यक्रममा उत्साहजनक सहभागीता हुन लागेकोमा हामी खुशी छौं ।' (UPDATE)

२० चैत, टोकियो ।
सुदुर पश्चिमका अति आर्थिक अवस्था कमजोर भएका अपांग चार बालबालिकाको उपचार र शिक्षामा सहयोग गर्न आयोजित बृहत सांस्कृतिक कार्यक्रमको लागि नेपालबाट कलाकारहरु जापान आइपुगेका छन् ।

हाम्रो ग्रुप जापानले आयोजना गरेको नयाँ बर्ष विशेष सांस्कृतिक कार्यक्रमको लागि नेपालबाट चर्चित गायक राजु ढकाल, गायिका साबित्री जोसी, चर्चित मोडल रश्मि तामाङ र हाँस्य कलाकार सुलेमान शंकर 'इकु' जापान आइपुगेका हुन् ।

कलाकारहरुलाई हाम्रो ग्रुप जापानका प्रतिनिधि सहित सफल व्यवसायी तथा समाजसेवी दिलु खत्री लगायतले भव्य स्वागत गरेका थिए ।

यहि अप्रिल ३ तारिखमा हुने कार्यक्रममा चर्चित गायक सुर्य खड्का, युवराज आचार्य ,बिनोद भण्डारी, चर्चित हाँस्य कलाकार प्रदिप कार्की सहित जापानमा रहेका विभिन्न कलाकारहरुले नृत्य प्रस्तुत गर्नेछन् ।


हाम्रो ग्रुप जापानका अध्यक्ष विनोद भण्डारीले टपनेपालन्युजडटकमलाई दिनुभएको जानकारी अनुसार कार्यक्रमको ९० प्रतिशत टिकट विक्रि भइसकेको छ ।


अप्रिल ३ तारिखका दिन टोकियो मिनामी ओत्सुका हलमा साँझ पाँचबजेबाट सुरु हुने कार्यक्रमको यहाँ स्थित नेपाली राजदूतावासका कार्यवाहक राजदूत गेहेन्द्रराज राजभण्डारीले उद्घाटन गर्नुहुने भएको छ ।

यस सम्वन्धि थप समाचार पढ्न तलको लिंकमा क्लिक गर्नुहोस्

आईएमइ नयाँ वर्ष योजना जापान नेपालको राउन्ड ट्रिप टिकेट

काठमाडौं,चैत १८ ।  आईएमई लिमिटेडले क्योदाई रेमिटेन्स जापानसँगको सहकार्यमा नेपाली नयाँ वर्ष २०७३ को उपलक्ष्यमा आफ्ना सेवाग्राहीहरुका लागि ३ महिने योजना ल्याएको छ । यस योजना अन्तर्गत जापानबाट नेपाल आईएमई गर्नुहुने सबै सेवाग्राहीहरुले साप्ताहिक लक्की ‘ड’«मा सहभागी भई हरेक हप्ता जापान – नेपालका लागि रोउन्ड ट्रिप टिकेट जित्न सक्नुहुनेछ । 

उक्त टिकेट विजेता घोषणा गरिएको मितीबाट एक वर्ष सम्मका लागि मान्य हुने छ । विजेताहरुको छनौट साप्ताहिक रुपमा सफ्टवेरबाट सन्चालित लक्की ‘ड्र’ बाट गरिनेछ । १ अप्रिल देखी ३० जुन २०१६ सम्मका लागि लागु हुने यस योजना अवधीभर १२ वटा लक्की ‘ड्र’ गरिनेछन् । आईएमई ट्राभल्स योजनाको ट्राभल पार्ट्नर हुनेछ ।
 

सिंहदरबारमा फेसबुक निषेध!

काठमाडौं,चैत १८ । सेवाग्राहीका काम गर्ने कार्यालय समयमा अधिकांश कर्मचारी सामाजिक सञ्जालमा झुलिए के हुन्छ? त्यो पनि अन्यत्र होइन, देशकै प्रमुख प्रशासनिक केन्द्र सिंदरबारमा । प्रस्ष्ट छ – काममा ढिलासुस्ती हुन्छ, सेवाग्राही ठगिन्छन्। 
 
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयदेखि अधिकांश महत्वपूर्ण मन्त्रालय र कार्यालय रहेको सिंहदरबार परिसरमा सरकारले फेसबुक, ट्वीटरलगायत सामाजिक सञ्जाल चलाउन निषेध गरेको छ। 
 
सेवा दिनुको सट्टा कर्मचारी फेसबुक, ट्वीटरमा व्यस्त हुन थालेपछि मुख्यसचिव सोमलाल सुवेदीको अग्रसरतामा बुधवारदेखि फेसबुक, ट्वीटरलगायत सामाजिक सञ्जाल चलाउन प्रतिबन्ध लगाइएको हो। 
 
प्रधानमन्त्री केपी शर्मा ओलीले कर्मचारीतन्त्रको कार्यसम्पादनप्रति असन्तुष्टि व्यक्त गरेलगत्तै यस्तो प्रतिबन्ध लगाइएको छ। नागरिक दैनिकमा समाचार छ – ओलीले भूकम्पप्रभावित जिल्लाका प्रमुख जिल्ला अधिकारी र स्थानीय विकास अधिकारीको भेला उद्घाटन गर्दै कर्मचारकिो कामप्रति असन्तुष्टि व्यक्त गरेका थिए।
 
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सबै मन्त्रालय र निकायलाई विहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म फेसबुक नचलाउन निर्देशनसमेत दिइसकेको छ । 

अनियमितता रोक्न खोज्दा एलडीओको सरुवा

२८ चैत, रोल्पा ।
जिल्ला प्राविधिक कार्यालयले सडक मर्मत गर्न गरेको टेन्डर प्रक्रियामा अनियमितता भएको आशंका गर्दै सहमति जनाउन अस्वीकार गरेका रोल्पाका स्थानीय विकास अधिकारी 'एलडीओ' को सरुवा भएको छ। कान्तिपुर दैनिकमा समाचार छ।
 
एलडीओ गेहेन्द्रवहादुर डाँगीलार्इ स्थानीय विकास मन्त्रालयले फिर्ता बोलाएको हो ।

‘टेन्डरमा मैले हस्ताक्षर गर्न नचाहेपछि यो अवस्था आएको हो,’ जिविसले आयोजना गरेको नियमित पत्रकार भेटघाटमा एलडीओ डाँगीले भने,‘दण्डित हुनु पर्नेले पुरस्कार पाउँछन्, पुरस्कृत हुनु पर्नेले दण्ड पाउँछन्। मुलुकको प्रणाली कहिले सुध्रने होरु’
 
उनको सरुवा दुई वर्ष नपुग्दै गरिएको हो। अघिल्लो चैतमा रोल्पा जिविसमा आएका उनको एक वर्षभित्रै सरुवा भएको हो।

इजिप्ट एयरको बिमान मुक्त गर्न अपहरणकारीसँग वार्ता सुरू

एजेन्सी,चैत १६ । अपहरणमा परेको इजिप्ट एयरको बिमान मुक्त गर्न अपहरणकारीसँग वार्ता सुरू भएको छ। ब्रिटिश पत्रिका टेलीग्राफले इजिप्ट एयरले अरवी भाषामा गरेको टुइटलाई उद्धृत गर्दै उक्त कुरा बताएको हो।
अपहरणकारीले महिला र बालबालिकासहित इजिप्टका २० जना नागरिकलाई रिहा गरेको छ।     
उक्त फ्लाइटका क्याप्टेन अमर(अल(गमालका अनुसार विमानका एक यात्रीको शरीरमा विष्फोटक पदार्थ रहेको दावी गर्दै बिमानलाई साइप्रसमा जबर्जस्ती अवतरण गराएका थिए। विमानमा कति अपहरणकारी छन् भन्ने स्पष्ट हुन सकेको छैन।          
इजिप्टको नागरिक उड्ययन प्राधिकरणका अनुसार बिमानमा ८१ यात्रु छन्। विमान इजिप्टको अलेग्जेन्ड्राबाट राजधानी कायेरो तर्फ उडेको थियो। अपहरण कसले र कुन प्रयोजनका निम्ति गरेको हो भन्ने बारे बाहिर थाहा हुन सकेको छैन।
-setopati.com

म्यानचेस्टर युनाइटेड एफए कप फुटबलको सेमिफाइनलमा

एजेन्सी,बैशाख २ । म्यानचेस्टर युनाइटेड एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।  गएराति भएको क्वाटरफाइनलमा वेष्ट ह्यामलाई २–१ ले पराजित गर्दै म्यानचेस्टर युनाइटेडले एफए कप फुटबलको सेमिफाइनल प्रवेश गरेको हो। पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएको म्यानचेस्टर युनाइटेडका लागि ५४ मिनेटमा मार्कस रासफर्डले गोल गर्दै सुरुवाती अग्रता दिलाए । 

६७ औं मिनेटमा मार्ओन फेरिनीले युुनाइटेडको अग्रता दोब्बर पारे ।  क्वाटर फाइनलको रिप्लेमा वेष्ट ह्यामकालागि टोमकिन्सले ७९ औं मिनेटमा एक गोल फर्काएपनि जित दिलाउन सकेनन् । अब फाइनल प्रवेशका लागि म्यानचेस्टर युनाइटेडले एभर्टनसँग प्रतिस्पर्धा गर्नेछ।

प्रधानमन्त्री ओलीद्वारा अधिकृत क्याडेटलाई आयुक्त प्रदान

भक्तपुर, चैत २९ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सैनिक प्रतिष्ठान खरिपाटीमा आज आयोजित कार्यक्रममा सिसं ५४ अधिकृत क्याडेट तालिमका १० महिलासहित १०७ अधिकृत क्याडेट र सिसं ४४ पदिक हुद्दा अधिकृत क्याडेट तालिमका एक महिलासहित २६ जनालाई आयुक्त पद प्रदान गरेका छन्।
 
सो अवसरमा प्रधानमन्त्री ओलीले राष्ट्र, राष्ट्रियता र सार्वभौमसत्ता एवम् भौगोलिक अखण्डताको रक्षार्थ नेपाली सेनाले संविधानको अधीनमा रहेर सरकारको मातहत र निर्देशनमा काम गर्दै आएको बताए।
 
विदेशी नागरिकलाई समेत आफूमा सहभागी गराएर नेपाली सेनाले मानवीय भ्रातृत्व र सेनाको समान कर्तव्यलाई एकै ठाउँमा उभ्याएको बताए। नेपाली सेनालाई सधैँ तन, मन, बचन र कर्मले नेपाल र नेपालीको सेवामा खटिनका लागि आग्रह गर्दै उहाँले लोकतन्त्रको रक्षा र सेवा गर्न सक्षम हुने नेपाली सेना समय र परिस्थितिसँग बुझेर कर्तव्य पथमा अघि बढ्ने विश्वास व्यक्त गरे।
 
प्रधानमन्त्री ओलीले भने, 'नेपाली सेना नेपाल र नेपालीको गौरव हो, नेपालीको हरेक दुःखमा सेना साथले दिएको छ र जनतासँग काँधमा काँध मिलाउँदै जनतामा समर्पित हुँदै आएको छ।' राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा समेत शिर उच्च राख्न सफल नेपाली सेना नेपालीको साझा सम्पत्ति भएको बताउँदै प्रधानमन्त्रीले भने, “संयुक्त राष्ट्र सङ्घ अन्तर्गत रहेर विश्वका धेरै मुलुकमा शान्ति स्थापनार्थ खटिएको नेपाली सेनाको पहिचान विश्वभर रहेको छ।” अन्तर्राष्ट्रिय मानवीय कानुन र मानवाधिकारको रक्षामा कटिबद्ध सेनाले गत वैशाखको भूकम्पका बेला गरेको खोजी तथा उद्धारको कामप्रति प्रधानमन्त्री ओलीले प्रशंसा गरे।
 
सिसं ५४ अधिकृत क्याडेट तालिममा माल्दिभ्स केन्या र नाइजेरियाका एक एक गरी तीन विदेशी अधिकृत क्याडेट सहभागी थिए। सिसं ४४ तालिममा अधिकृत क्याडेट आशिष गुरुङलाई तथा सिसं ५५ जुनियर अन्डर अफिसर पदिक अधिकृत क्याडेट नरबहादुर नाम्जालीलाई ‘सोर्ड अफ अनर’को उपाधि प्रदान गरिएको थियो।
 
यसैगरी ‘केन अफ अनर ’महिलाको उपाधि जुनियर अन्डर अफिसर अधिकृत क्याडेट श्रुति कुँवरलाई प्रदान गरियो भने विदेशी अधिकृत क्याडेटमध्ये सर्वोत्कृष्ट हुने नाइजेरियाका अन्तर्राष्ट्रिय अधिकृत क्याडेट बाबाटोला ग्याब्रियल एलेग्वीलाई ‘आइओसी खुकुरी अफ अनर’ प्रदान गरिएको थियो । रासस

एसएलसी दिने विद्यार्थीलाई परीक्षा नियन्त्रण कार्यालयले दियो ठूलो मौका !

काठमाडौँ, १५ चैत । परीक्षा नियन्त्रण कार्यालयले प्रवेशिका (एसएलसी) परीक्षामा संलग्न परीक्षार्थीले व्यक्तिगत विवरण सच्याउनुपर्ने भएमा परीक्षा केन्द्रमै आवेदन दिन सक्ने भएका छन् । पहिलो पटक गरिएको सोव्यवस्थाबाट परीक्षार्थीको नाम, थर, जन्म मिति र विषयलगायतमा त्रुटि कम हुने देखिएको छ । विवरण गलत हुँदा वर्षौसम्म क्षेत्रीय शिक्षा निर्देशनालयमा धाउने समस्या अन्त्य गर्न खोजिएको भन्दै परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले उनीहरुलाई परीक्षाको अन्तिम दिनमा सम्पूर्ण विवरण उल्लेख भएका परिचयपत्र उपलब्ध र विद्यार्थीले कुनै त्रुटि देखेमा तत्कालै सम्बन्धित परीक्षा केन्द्रमा विवरण सच्याउन निवेदन दिन सक्ने जानकारी दिनुभयो ।शिक्षा पत्रकार सञ्जाल (इजोन)ले आज यहाँ आयोजना गरेको अन्तरक्रियामा उहाँले विद्यालय, अभिभावक र विद्यार्थीको लापरबाहीका कारण यस्तो समस्या देखिने गरेकाले सकेसम्म कम गराउन खोजिएको बताउनुभयो । यही चैत १८ गतेबाट सुरु हुने यस वर्षको एसएलसी परीक्षामा कुल छ लाख १५ हजार ५५३ परीक्षार्थी सम्मिलित हुँदैछन् । सबैभन्दा बढी काठमाडौँका ३५ हजार ७२९ र सबैभन्दा कम मनाङका ६३ परीक्षार्थी सम्मिलित हुनेछन् । परीक्षामा देशभर ७२ हजार ८९६ जनशक्ति परिचालन गरिने भएको छ । सुरक्षाकर्मीमात्रै २९ हजार १४५ परिचालन हुनेछन् भने परीक्षालाई स्वच्छ र मर्यादित बनाउन शिक्षा सेवाका १८ सहसचिवलाई अनुगनममा खटाइनेछ । पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक बाबुराम पौडेलले यस वर्षबाट विद्यार्थीको मूल्याङ्कन अक्षराङ्कन ९ग्रेडिङ० पद्धतिबाट हुने भन्दै विसं १९९४ सालबाट ग्रेडिङ पद्धति लागू गर्ने चर्चा चले पनि ८० वर्षपछि लागू गर्न लागिएको जानकारी दिनुभयो । रासस

दोधारा चाँदनीको ‘बडुवाल टोल’ मा एकजना पनि प्रबेशिका परिक्षा उत्तीर्ण छैन्

<p style="text-align: justify;">पप्पु गुरुङ्, ३०, चैत्र / दोधारा चाँदनी, कञ्चनपुर । आफ्नो छोराछोरीलाई राम्रो विद्यालयमा पढाउने र भविष्यमा उनीहरु ठूलो मान्ने बनेको देख्ने सपना प्राय: सबै अभिभावकमा हुन्छ । नेपाली समाजमा पाका पुस्ताले सन्ततिलाई इन्जिनियर, डाक्टर, पाइलट बन्नु भनेर आशीर्वाद समेत दिने चलन अझै पनि छ । नेपाली समाजमा यस्ता सपना बोकेका धेरै अभिभावक र धेरै आशीर्वाद दिनेहरु छन् । तर अभिभावकको सपना र पाका पुस्ताको आशीर्वाद लिएर पनि ठूलो मान्छे बन्ने सपना चकनाचुर भएका सीमावर्ती गाउँका बालबालिका तथा युवा यतिखेर भारतको बजारमा मजदुरी गरेर गुजारा गरिरहेका छन् । दोधारा चाँदनी नगरपालिका–३ बडुवाल टोलका बालबालिकाको भविष्य तिनका… अभिभावकले सोचे जस्तो नहुदा पढ्ने लेख्ने उमेरमै पलायन हुनुपर्ने अवस्था छ । विसं २०४९ मा बडुवाल टोलमा प्राथमिक तहको विद्यालय स्थापना गर्दाको समस्या सम्झेर बडुवाल टोलका महावीर क्षेत्री भन्नुहुन्छ – “ स्कुल खोले पछि पहाड नै उठाए जस्तो लाग्थ्यो तर उपलब्धि गाउँमा केही पनि भएन । बालबालिकालाई एसएलसी सम्म पनि पुर्‍याउन सकेनौं ।” भारतको सीमा संग जोडिएको दोधारा चाँदनीको बडुवाल टोलमा २०२२ सालमा बस्ती बसेको महावीर क्षेत्री बताउनुहुन्छ । हाल उक्त टोलमा १ सय २५ भन्दा बढी घरधुरीमा ६ सय ६९ परिवार बस्दै आएका छन् । २ दर्जन भन्दा बढी घरहरु जंगली हात्तीको आतंकले बिस्तापित भएका छन् । ७५ प्रतिशत दलित परिवार रहेको दोधारा चाँदनीको बडुवाल टोलमा सरकारी उपस्थितिका नाउँमा गणेश प्रावि मात्रै छ । न  बिजुली छ, न त स्वास्थ्य क्लिनिक नै । हालै केही राजनितिक दल र गृह मन्त्रालय र युएनडिपी को साझेदारीमा सशस्त्र हिंसा न्युनिकरण तथा सामुदायिक सुरक्षा सबलिकरण परियोजनाको प्रयासमा उक्त स्थानमा बिद्युत लाईन बिस्तारको तयारी भईरहेको छ् ।  एउटा प्राथमिक तहको विद्यालय बाहेक अरु कुनै सरकारी निकाय टोलमा नरहेको स्थानियबासी चन्द्र लोहार बताउनुहुन्छ । “सरकारको उपस्थिति भनेको एउटा अधुरो विद्यायल मात्रै हो,” उहाँले भन्नुभयो –“त्यो विद्यालयको अपुरो शिक्षा हासिल गरेर हाम्रा छोराछोरी भारतमा मजदुरी गर्न बाध्य छन् ।” विद्यालय स्थापना भएको साल देखि नै गाउँका बालबालिकाले प्राथमिक तह सम्मको शिक्षा हासिल गर्ने गरेको भए पनि निम्न माध्यमिक र त्यस भन्दा माथिको शिक्षा हासिल नै गर्न पाउदैनन् । “गाउँका ६ सय भन्दा बढी बालबालिकाले प्रावि तह सम्मको अध्ययन गरेको भए पनि गाउँमा माथिल्लो तह सम्मको अध्यापन हुने विद्यालय नहुदा र जोगबुढा नदीमा पुल नभएकै कारण विद्यार्थीको पढाइ अधुरो रहदै आएको छ । त्यहाका विद्यार्थीले पढ्न पाउनुपर्ने अधिकारबाट वञ्चित भएको दशकौ बितिसक्यो । माथिल्लो शिक्षा हासिल गर्न जोगबुढा वारिका विद्यालयहरुमा आउनुपर्छ,” स्थानिय लोहारले भन्नुभयो – “जोगबुढामा पुल नहुादा विद्यार्थी पढ्न जान पाउादैनन् ।” जोगबुढा नदीमा वर्षातका तीन/चार महिना आवत जावत गर्न सक्ने अवस्था समेत नरहे पछि बडुवाल टोलका विद्यार्थी पढाइ छोड्न बाध्य हुने गरेको अभिभावकहरुको गुनासो छ । “वर्षातका चार महिना त जोगबुढा वारि आउनै पाउदैनौं ।” स्थानीय जनता भन्छन् – “जोगबुढाकै डरले बालबालिकाहरु स्कुल जान मान्दैनन् ।” “जोगबुढा नदीमा पुल भए मात्रै विद्यार्थीहरु वारिका विद्यालयमा माथिल्लो तहको पढाइ गर्न सक्थे,“ टोलका अर्का स्थानिय आशा रानाले भन्नुभयो – “पुलका लागि नेताल देखि प्रशासनिक निकाय सम्म धायौं, आश्वासन धेरै पायौं तर सुनुवाइ भएन । नदीमा पुल भइदिए बडुवाल टोलका बालबालिकाको पढ्ने चाहना पूरा हुने थियो ।” “गाउँबाट अहिले सम्म एक जनाले पनि एसएलसी उत्तीर्ण गरेको छैन,” रानाले भन्नुभयो – “गाउँमा माध्यमिक विद्यालय छैन, पारि जान जोगबुढा नदी बाधक बन्छ ।” उहाँले मावि तह सम्मको विद्यालय सञ्चालन गर्न पहल गरे पनि सम्बन्धित निकायले वास्ता नगरेको गुनासो गर्नुभयो । “गाउँमा अहिले सम्म एक जना पनि एसएलसी उत्तीर्ण छैन भन्दा लाज लाग्छ,” स्थानीय महावीर क्षेत्रीले भन्नुभयो – “बच्चाहरु बडो मुस्किलले ९ कक्षा सम्म पढेको उदाहरण मात्रै छन् ।” बालिबालिका पढ्ने रहर मारेर भारतका विभिन्न सहरहरुमा मजदुरी गरिरहेका उहाँले बताउनुभयो । “विद्यालयमा डेढ सय विद्यार्थी अहिले अध्ययन गरिरहेको भए पनि उनीहरुलाई प्रावि पछि पढाइ छाड्नुको विकल्प हुदैन,” स्थानिय आशा रानाले भन्नुभयो – “गाउँमा प्राय: सबै स्थानीयवासीको आर्थिक अवस्था कमजोर भएकाले पनि राम्रो ठाउँमा पढाउन सक्ने अवस्था छैन ।  पढाइ छाडेर अहिले भारतको गुजरात लगाएत बिभिन्न स्थानमा काम गर्दैछ ।” उहाँले भन्नुभयो – “यहा बसेर के गथ्र्यो ? न स्कुल छ, न त रोजगारीका अवसर नै ।” उहाँले सरकारले देशका नागरिकलाई साक्षर बनाउन अरबौं रुपैयाँ शिक्षामा लगानी गरेको भएपनि आफूहरुको गाउँमा त्यस्तो लगानी नआएको बताउनुभयो । उहाले भन्नुभयो – “सरकार १२ कक्षा सम्मको अध्ययन नि:शुल्क गराउने भन्दैछ । यहा हाम्रा छोराछोरी स्कुल नहुदा कलिलै उमेरमा विदेशी भूमिमा मजदुरी गर्न जान बाध्य छन् ।” त्यसै गरी, स्थानिय रानाले नागरिकता भएकै कारण आफूहरुले ‘नेपाली हुँ’ भन्नुपरेको बताउनुभयो । “एक किलो नुन लिन समेत सीमावर्ती भारतीय बजार नगरा तथा बनबासा जानुपर्छ,” उहाले भन्नुभयो – “प्रशासनिक काम बाहेक अन्य सबै भारतकै भरमा छौं ।” आर्थिक अवस्था निकै कमजोर भएका गाउँलेहरु भारतीय सीमावर्ती बजारमा मजदुरी गरेर, दाउरा बेचेर जीविकोपार्जन गर्दै आएका छन् । यातायात र महाकाली नदीमा पक्की पुल नहुदा दोधारा चाँदनीवासीलाई सदरमुकाम महेन्द्रनगर संग सम्बन्ध राख्न पनि निकै कठिन हुने गरेको छ । दोधारा चाँदनीको पनि जोगबुढा पारिका सीमावर्ती गाउँहरु अझ बढी मारमा छन् । महाकाली नदीमा झोलुङ्गे पुल बन्नु अघि दोधारा चाँदनीवासी किस्ती, डुङ्गाको भरमा महाकाली नदी ओहोरदोहोर गर्ने गर्दथे । झोलुङ्गे पुल बनेपछि उनीहरुलाई पैदल यात्रा गर्न र दुई पाङ्ग्रे सवारी सञ्चालन गर्न सहज भए पनि ठूला सवारी महाकाली नदीमा वारपार गराउन अझै समस्या छ । …</p>

<p style="text-align: justify;"> </p>

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web