टेलिफोनको गुणस्तर खस्किए १० करोडसम्म जरिवाना

बैशाख २०, २०७३ 2016-05-02 मा प्रकाशित
Published at 2016-05-02

864 views

काठमाडौं,चैत २९ । दूरसञ्चार सेवा प्रदायक कम्पनीहरुले सेवाको गुणस्तर खस्किएमा १० करोड रुपैयाँसम्म जरिवाना तिर्नुपर्ने भएको छ । दूरसञ्चार सेवाको गुणस्तरसम्बन्धी विनियामावली २०७२ को मस्यौदामा प्राधिकरणले निर्धारित मापदण्डअनुसार गुणस्तर स्तरोन्नति मापदण्डअनुसार गुणस्तर स्तरोन्नति नगरे दण्ड सजायका लागि उच्च रकम तय गरेको आजको कारोबार दैनिकमा समाचार छ । विनियामावलीमा साधारण टेलिफोन, मोबाइल सेवा र डेटालाई छुट्टाछुट्टै सेवाको सूचक निर्धारण गरेको छ ।

तोकिएको सूचक कायम नर्गे सेवाप्रदायकहरुलाई १ देखि १० करोड रुपैयाँसम्म जरिवाना लग्ने व्यवस्था गरेको हो । नियमावलीमा गुणस्तर सुधार गर्ने समयसीमा तीन महिनादेखि एक वर्षसम्म् कायम गरेको छ । तीन महिना भित्र गुणस्तर सुधार गरे जरिवाना लाग्ने छैन ।  विनियमावलीमा मोबाइल नेटवर्कमा पहुँच ९९ प्रतिशतभन्दा बढी हुनुपर्ने उल्लेख छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.