१२ जेठ, काठमाडौं ।
प्रधानमन्त्री के.पी. शर्मा ओलीले बुढिगण्डकी जलविद्युत आयोजनाको निर्माणलाई सरकारले उच्च प्राथमिता दिएकाले बजेटको अभावले निर्माण कार्य नरोकिने र स्थानीयबासीलाई चाँडै जग्गाको मुआब्जा उपलब्ध गराइने बताउनु भएको छ ।

बुढिगण्डकी जलविद्युत आयोजना अघि बढाउने विषयमा गोरखा र धादिङका सांसदहरु, आयोजना सरोकार समितिका प्रतिनिधिहरुसहितको बैठकमा प्रधानमन्त्री ओलीले पैसाकै कारण आयोजना नरोकिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा सरकारले आयोजना चाँडो अघि बढाउनुपर्ने, चित्त बुझदो ढंगबाट स्थानिय वासिन्दालाई जग्गाको मुआब्जा उपलब्ध गराउनुपर्ने र आयोजना वरिपरि रिंगरोड निर्माण गर्नुपर्ने माग आएको नेकपा एमालेका सांसद राजेन्द« पाण्डेले जानकारी दिनुभयो ।

१२ सय मेघावाट विद्युत उत्पादन क्षमताको यस आयोजना निर्माणका लागि करिब २ सय ६० अर्ब रुपियाँ लागत लाग्ने र आयोजना सम्पन्न हुन ८ वर्ष लाग्ने अनुमान गरिएको छ ।

राष्ट्रिय गौरवको यस बुढिगण्डकी जलविद्युत आयोजना निर्माणका लागी सरकारले आयोजना क्षेत्रमा जग्गा किनबेच रोक्का गरिसकेको छ ।

Young filmmakers and social activists will gather in Kathmandu, Nepal in July for the 11th annual international youth media summit. These youth delegates from more than 25 different countries will create short films together, learning about pertinent global issues and about one another’s cultural realities as they work.

These youth delegates from more than 25 different countries will create short films together, learning about pertinent global issues and about one another’s cultural realities as they work.
An excited Evelyn Seubert, a teacher by profession and president of International Youth Media Summit told PSJ at a reception hosted by Rishi Dhakal, Honorary Consul General of Nepal for California that when she dropped the idea of embarking to Nepal, the delegates were like “Oh my God, that’s the place I always wanted to go,” and she said, “Come along.”
International Youth media Summit (IYMS) is an annual two week event that brings together young people from different cultures to create media projects aimed at inspiring their own generation take action and responsibility for the future.

Over the last ten years, more than six hundred young delegates and their adult advisors representing fifty countries have participated in the events. Seubert, who is leading the delegation along with teacher John Latimer- is convinced that holding the summit in Nepal will allow young people around the world to experience firsthand effects of the devastating earthquake. “At the same time,” she says, “to see international efforts to fight the issues of poverty, discrimination, illness and negative environmental impacts.”

So how the summit does impacts the individual experience as a life changing learning opportunity? Responding to this query, Seubert recalls an experience of a summit in 2014. “I remember that summit when Israel and Palestine delegates worked together for two weeks. The Israeli delegate came to the realization that these people were not his enemies and made most moving speech to our assembled delegates that continue to impact all of our lives to this day."

Seubert, who is leading the delegation along with teacher John Latimer- is convinced that holding the summit in Nepal will allow young people around the world to experience firsthand effects of the devastating earthquake.

“At the same time,” she says, “to see international efforts to fight the issues of poverty, discrimination, illness and negative environmental impacts.
In Nepal, the delegates activities will include film making training sessions, a delegate talent show, screening of delegate’s project from home and filming issues movies around Kathmandu valley.

The organizers recruited students from the Cleveland Charter High School’s Global Media Program who are interested in international affairs and/or filmmaking. To win spots on the U.S. team, they needed to fill out applications which required in-depth essays that reflected their thoughts and possible solutions for the social issues, as well as recommendations from community members.

Teachers Evelyn Seubert and John Latimer will lead the delegation from Cleveland H.S. that includes Joshua Bjorklund, Kimberly Vanegas, Garrett Alvord and Carol Gonzalez. Kate Randolph and Sarah Randolph represent Soka University in Orange County on the U.S. delegation. We continue to find interest from people around the Los Angeles area and will continue to recruit students and teachers to join the American delegation.

Honorary Consul General Rishi Dhakal is enthusiastic about the summit. “Seventy youths from 25 different countries working with Nepali teen is an extraordinary cultural exchange,” he quipped, “I am confident that both the guest and host parties will earn a life changing experience from this summit.”

The official website of the summit is www.iyms.org.

हृदयविदारक यो तस्वीरले जो कोहिलाई पनि एक पटक सोँच्न विवश बनाउँछ । जहाँ चारै तिर एक हुल मान्छेहरु लठ्ठी डन्टा लिई घेरेर उभिएका छन् । एक महिलाले आफ्नी दुई नाबालिक छोरीको हत्या गरेकी छन् । बच्चको लास अगाडमै छन् । बीचमा अमाले आँसुको खोलो बगाई भकानिदै छिन् ।
बाराको कलैया नगरपालिकाको बरेवाका विजय साह कानुकी श्रीमती २२ वर्षीया सबिता देवीले आफना छोरीहरु चार बर्षीया काजल र अढाइ बर्षीया अनिताको हत्या गरेकी हुन् । ससुरा र श्रीमानले शारीरिक तथा मानसिक यातना दिएर घर निकाला गरेपछि यात्ना खेप्न नसकी सविता एक आमा भएर पनि आफ्नी दुई छोरीको ज्यान लिएर आत्म हत्या गर्न विवश भईन् । आफ्नै हातले कलिला दुई नाबालिक छोरीको हत्या गरिन् र स्वयम् आत्म हत्या गर्न खोज्दा स्थानीयले रोके ।

आखिर यस्तो राक्षस र निरंकुश समाज कनि बन्दै छ हाम्रो । जहाँ छोरी भएकै कारण एक महिलामाथि घरका सम्पूर्ण सदस्यहरुले अन्याय गर्छन् । यातना दिन्छन् । आखिर छोरी भन्ने वितिके बोझ किन ? के साँचिकै छोरी यो समाजको बोझ हो ? मात्रै छोराले संसार चल्छ ।

सोँच महिलामाथि हिंसा गर्नै नामर्दहरु हो सोँच ……………

वीरगन्ज जेष्ठ १२ गते बुधबार :- श्रीमान तथा सासु ससुराले मानसिक यातना दिए पछि घर छाडेर हिँडेकी एक महिलाले आफनै दुई नाबालिका छोरीको हत्या गरेकी छन् ।

बाराको कलैया नगरपालिकाको बरेवाका विजय साह कानुकी श्रीमती २२ वर्षीया सबिता देवीले आफना छोरीहरु चार बर्षीया काजल र अढाइ बर्षीया अनिताको हत्या गरेकी हुन्।

वीरगन्ज उपमहानरपालिका वडा नम्बर ८ भेडियाहीमा अवस्थित शम्सानघाट नजिक रहेको सिंगहा नदिको पानीमा मङगलबार साँझ दुवै छोरीलाई चोबलेर सबिता देवीले हत्या गरेकी हुन् ।
छोरीहरुको हत्या गरेपछि सबिताले पनि आत्महत्याको प्रयास गरेकी थिइन् । तर, गाँउलेले देखेपछि उनलाई आत्महत्या गर्नबाट रोकेका थिए ।

सिंगहा नदिको छेउमा रहेको सिसौंको हाँगा काट्न गएका भेडियाहीका साबीर भेडिहरले सबै भन्दा पहिले सबिताले दुई बालिकालाई नदिको पानीमा चोबलेको देखेका थिए । एक महिलाले दुई नाबालिकालाई पानीमा चोबलेको देखेपछि उनले अन्य गाँउलेहरुलाई गुहार लगाएका थिए ।
साबीर र गाँउलेहरुले नदिबाट निकाल्दा दुवै बालिकाको मृत्यु भइसकेको थियो ।

म बन्चरो लिएर सिसौको हाँगा काट्न आएको थिए, साबीरले भने, ‘नदिको पानीमा रातो सारी लगाएकी महिलाले पानीमा बच्चालाई डुबाएको जस्तो देखेपछि चिच्याएर अरुहरुलाइ बेलाएँ, तर बाहिर निकाल्दा दुवै बच्चाको प्राण गइसकेको रहेछ ।’
बच्चाको हत्या गरेपछि ती महिलाले आफुले पनि पानीमा डुबेर आत्म हत्या गर्ने प्रयास गरेको प्रत्यक्षदर्शी साबीरले बताए ।

बच्चाहरुलाई पानीमा चोबलेर मारेपछि ती महिलाले पनि पानीमै डुबेर आत्महत्याको प्रयास गरेकी थिइन् , उनले भने, ‘तर नदिमा तीन चार फिट मात्र पानी भएकाले उनको प्रयास सफल भएन, अनि हामीले पनि उनलाई तत्कालै नदिबाट बाहिर निकाली हाल्यौ ।

गाँउलेले खबर गरेपछि तत्कालै घटनास्थलमा प्रहरी पुग्दा मृतक दुवै नाबालिकाको शव नजिकै सबीता देवीले टाउको बजारेर रुदै गरेको अवस्थामा भेटिएको प्रहरी चौकी बसपार्कका प्रहरी नायब निरीक्षक जयराम यादवले बताए ।

सबिता देवीलाई प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेको छ । मृतक दुवै बालिकाको शव पोष्टर्मामका लागि नारायणी उपक्षेत्रीय अस्पतालमा राखिएको पर्साका प्रहरी उपरिक्षक राजुबाबु श्रेष्ठले बताए ।
घरमा श्रीमान् र सासु ससुराले मानसीक यातना दिएपछि झगडा गरेर सोमबार सविता आफना दुई छोरीलाई लिएर वीरगन्ज १५ मुर्लीमा अवस्थित दिदीको घरमा आएकी थिइन् ।

कलैयाको बरेवामा रहेको घर फर्कनका लागि भन्दै मङगलवार मध्यान्ह १२ बजे तिर दिदीको घरबाट निस्किएकी उनले भेडियाहीमा रहेको सिंगहा नदीमा लगेर दुवै छोरीको पानीमा चोबलेर हत्या गरेकी हुन् ।
प्रहरीसँगको प्रारम्भिक बयानका क्रममा सविता देवीले घरपरिवारबाट मानसिक यातना दिएका कारण छोरीको हत्या गरेको बताएकी छन् ।

नदीको छेउमा पुगेपछि दुवै छोरीलाई तिमिहरु घर जाऊ म यही बस्छु भने, तर उनिहरुले मलाई छाडेर जान मानेन्, प्रहरी हिरासतमा रहेकी सविताले भनिन्, ‘घर जान नमानेपछि रिस उठ्यो । अनि दुवैलाई पानीमा डुबाएर मारिदिएँ, अहिले पछुतो लागेको छ ।’

घरमा श्रीमान र सासु ससुराले छोरीकै कारण विभिन्न बहाना बनाएर अनावश्यक रुपमा मानसिक यातना दिदै आएकाले आफूले घर छाडेर हिँडेको उनले बताइन् ।
पर्साका प्रहरी उपरीक्षक श्रेष्ठले भने घटनाका बारेमा अनुसन्धान भइरहेको बताए । ‘घटना पछि महिला मानसिक रुपले विक्षप्त अवस्थामा पुगेकी छन्’, उनले भने , ‘अहिले उनि कुरा गर्न सक्ने अवस्थामा छैनन्, पछि अवस्था ठिक भएपछि हामी उनिसँग सोधपुछ गर्छौ ।

बैलेन्द्र महतोको फेसबुकबाट साभार

काठमाडौ, १२ जेठ । नेपाली काग्रेसका नेता डा. प्रकाश शरण महतले सरकारको आगामि बजेट दिर्घकालमा मुलुक र जनताको हित नगर्ने खाले कार्यकर्तालाई रकम बाड्ने गरी वितरण मुखी बजेट आउने दावी गरेका छन । रिपोर्टर्स क्लब नेपालले बुधवार आयोजना गरेको साक्षात्कारमा उनले भने,‘ प्रधानमन्त्रीले बोले जस्तो यो बोल्ने बजेट आउँछ । धेरै सपनाहरु बाडिन्छ । बजेटबाट खासै आशा छैन, सपना बाडिन्छ र अर्थतन्त्रलाई धारासायी बनाईन्छ । यसले कार्यकर्ताको तत्कालिन महत्वकांक्षा त पुरा गर्ला तर दिर्घकालिन रुपमा मुलुकलाई फाईदा गर्दैन ।’

डा. महतले भएका पुराना औद्योगिक क्षेत्रहरु धारासायी बनेर बन्द रहेको अवस्थामा कार्यकर्तालाई जागिर दिन नयाँ नयाँ औद्योगिक क्षेत्रको घोषणा गरेर नियूक्ती दिन थालिएको भन्दै मुलुकमा कालाबजारी, महंगी र तस्करी चलिरहेको विषयमा सरकार संबेदनशिल नभएको आरोप लगाए ।

उनले भने,‘ बजेटले कार्यकर्तालाई बाड्न स्वरोजगार कार्यक्रम ल्याउछ । मुल्यबृद्धि रोक्ने योजना आउँदैन । कार्यकर्तालाई बाड्ने गरी बजेट आउँछ । यो सरकारले ल्याउने बजेटले दिर्घकालिन हितगर्ने देखिदैन ।’

डा. महतले प्रधानमन्त्रीले हावादारी कुरा बोल्न छाड्नु पर्ने सुझाव दिदै अहिले प्रधानमन्त्री आखाँ बन्द गरेर राम्रो सपना देख्न भनिरहेको तर्क गरे ।

उनले बजेट फाष्ट ट्रयाक र जलविद्युतमा लगानी गर्नुपर्ने, उत्पादनमुखी र पुजिगत खर्चमा केन्द्रीत होस भन्ने आफूहरुको चाहना रहेको स्पष्ट पार्दै ठूलो बजेट ल्याउादा पुजिगत बजेटको हिस्सा कार्यान्वय गर्ने ब्यवस्थापनि साथै ल्याउनु पर्ने सुझाव दिए । उनले भने,‘ मुल्य बृद्धि कम गर्ने र लगानीकोलागि भरपर्दो आधार बजेटले दिनु पर्छ ।’

डा. महतले विदेशी लगानी नआएसम्म मुलुकको आर्थिक विकास नहुने भन्दै सरकारले पर्यटन क्षेत्रमा विदेशी लगानीलाई ४९ प्रतिसत लगानीमा सिमि तगर्न लागिएको प्रति आपत्ति प्रकट गरे ।

नेकपा माओवादी केन्द्रका नेता देब गुरुङले मुलुकको अर्थतन्त्र कमजोर भएको बेला ठूलो बजेट ल्याउन नहुने भन्दै ठूलो बजेट ल्याउँदा आन्तरिक स्रोतले नपुग्ने र त्यो अवस्थामा विदेशी ऋणमा भर पर्दा उनीहरुको सर्त मान्नु पर्ने भएकोले राष्ट्रिय स्वाधिनता संकटमा पर्ने दावी गरे ।

उनले परिणाममुखि, विकास केन्द्रीत खर्च हुने खाले बजेट ल्याउनु पर्ने धारणा राख्दै कृषिलगायतका उत्पादनमुखी क्षेत्रमा आन्तरिक लगानीमा जोड दिनु पर्ने बताए ।

गुरुङ्गले बजेट चुनावी घोषणापत्र जस्तो हुन नहुने भन्दै स्वाधिनता, राष्ट्रियता प्रर्वशन, पुर्ननिर्माण, अभावलाई सहज बनाउन, भ्रष्टाचार र कमिशन खोरी अन्तगरी शुसासन कायम गर्ने दिशातर्फ लाग्नु पर्नेमा जोड दिए ।

राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष दिनेशचन्द्र देबकोटाले मुलुकको प्रमुख समस्या भनेको बजेटको कार्यन्वयन नै भएकोलेयसमा विशेष ध्यान दिनु पर्ने भन्दै संविधानको कार्यान्वयन, दिगो विकास, विकासोन्मुख मुलुकको सूचिमा पुर्याउने लक्ष्यसहित ठूला र मेघा प्रोजेक्टहरुलाई बजेटले सुरुवात गर्नु पर्ने बताए ।

उनले पुराना योजनाहरुलाई निरन्तरता दिदै मध्य पहाडी लोकमार्ग, बुढी गण्डकी जलविद्युत अयोजनामा प्रयाप्त बजेट छुट्याउनु पर्ने भन्दै सामाजिक न्यायसहितको आर्थिक विकासकोलागि सामाजिक सुरक्षामार्फत जनतालाई राहत दिनु पर्ने बताए ।

देबकोटले पुरै पद्धतिको पुनःसरंचनामा काम नगरे बजेट असफल हुने भन्दै बजेटले कृषिको ब्यवसायीकरण, भैतिक पूर्वाधार, उर्जा संकट समाधानकोलागी पीपीपी मोडलमा लगानी आर्कषित गर्ने कर्मचारीको क्षमता विकासमा ध्यान दिनु पर्ने बताए ।

उनले भने, आर्थिक सामाजिक रुपान्तरण गर्ने गरि योजना बनाउनु पर्छ । कार्यान्वयनको पाटोमा ध्यान दिनु पर्छ । यसो गरे छिमेकीको जत्तिकै विकास सम्भव छ ।’

राष्ट्र बैंकका पूर्व गर्भनर डा. तिलक रावलले पुजिगत खर्च नभएसम्म आर्थिक विकास सम्भव नरहेको भन्दै मुलुकमा अहिले पैसाको अभाव नरहेकोले त्यसको उचित सदुपयोग गर्नुपर्ने धारणा राखे ।

उनले खर्च गर्न सक्ने सरकारी संरचनाको क्षमता बढाउनु पर्ने भन्दै कार्यान्वयन गर्न नसक्ने खाले सपना देखाउन नहुने सुझाव दिए ।

रावलले भने,‘ कार्यक्षेत्रमा उतार्ने योजना सहित बजेट आउनु पर्छ । कर्णप्रिया शब्द राखेर मात्रै केही हुँदैन ।’

उनले भारतको बजेट र नीतिको अध्ययन गरेर यहाँको नीति नियम नबनाए बजेटले उपलब्धि हासिल गर्न नसक्ने भन्दै त्यसो नगरी बजेट पास गरिए त्यसपछि ठूलो गोलमाल हुने आशंका ब्यक्तगरे ।

उनले अर्थमन्त्रीले ६ प्रतिसतको आर्थिक बृद्धिदर हासिल गर्ने अनुमान गरेपनि त्यो राजनीति अस्थिरताको कारण सम्भव नभएकोले राजनीतिक स्थिरता आवश्यक रहेकोमा जोड दिए ।

बरिष्ठ उद्योगी दिवाकर गोल्छाले मुलुकको औद्योगिक करणलाई माथि उठाउन ध्यान दिने हो भने राजनीतिक रुपमा मुलुकमा लगानी कर्तालाई हतोत्साहित गर्ने र निजामति प्रसासनको ब्यवहारमा रुपान्तरणको आवश्यकता औल्याउँदै विदेशी लगानीको लागि झण्झट रहित एकद्धार प्रणालीको स्थापना गर्नु पर्ने सुझाव दिए ।

उनले उर्जा उत्पादनले मुलुक बनाउने भएकोले त्यसकोलागि लगानी भित्राउन विद्यमान अवरोध हटाउनु पर्ने धारणा राँदै सरकारले समय समयमा स्थिति जन्य निर्णयहरु गरेर आर्थिक बातावरण बनाउन सक्नु पर्ने बताए ।

उनले अहिले कायम रहेको आर्थिक र कर्मचारीको अवरोधलाई हटाउनु पर्ने धारणा समेत राखे ।

काठमाडौं,जेठ १२ । नेकपा माओवादी केन्द्र हेडक्वाटर सदस्य देब गुरुङ्गले छिनछिनमा सरकार परिवर्तन गर्दा मुलुक अस्थिरता तर्फ धकेलिने भन्दै अहिले यही सरकारलाई निरन्तरता दिनु पर्ने बताएका छन ।

रिपोर्टर्स क्लब नेपालले बुधवार आयोजना गरेको साक्षात्कारमा उनले भने,‘ सरकार परिवर्तन राष्ट्रिय सहमति भयो भने मात्रै हुने हो । अहिलेको स्थिति हेर्दा सरकार परिवर्तनको सम्भावना छैन । काग्रेस संसदीय अभ्यासमा रहेकोले सहमतिको सरकार बन्न सक्ने अवस्था छैन । त्यसैले अहिले सरकार परिवर्तनको मुद्दा सान्दर्भिक छैन । ’ उनले अहिले माओवादी केन्द्र भित्र सरकार परिवर्तनको विषयमा कुनै छलफल समेत नभएको स्पष्ट पारे ।

साक्षात्कारमा गुरुङ्गले मुलुकको समस्या समाधान गरेर अगाडि बढाउन राष्ट्रिय सहमतिको आवश्यकता भए पनि स्थायी प्रतिपक्षको ब्यवस्थाले त्यस्तो अवस्था नरहेको स्पष्ट पार्दै यसले मुलुकलाई घाटा पार्ने आशंका ब्यक्त गरे । उनले मधेसीसहित आदीबासी जनजातिको माग आधारभुत रुपमा ठिकै भएकोले त्यसलाई संबोधन गर्नु पर्ने भन्दै राज्य पक्षले सहमतिको लागि लचकता अपनाउनु पर्ने धारणा राखे ।

गुरुङले भने,‘ आन्दोलनरत र अरु दलको पोजिसन हेर्दा सहमतिको सम्भावना देखिन्छ । त्यसैले अहिले सहमतिकोलागि सबैले पहल गर्नु पर्छ ।’

काठमाडौं,जेठ १२ । ट्राफिक जरिवाना शुल्क बृद्धिको विरोधमा यातायात ब्यवासायीले महासंघले विहिवार सार्वजनिक सवारी नचलाउने भएका छन् । यातायात ब्यवसायी महासंघले एकतर्फी रुपमा ट्राफिक जरिवाना शुल्क बृद्धिको विरोधमा भोली बिहान ७ बजेदेखि ५ बजेसम्म भाडाका यातायात बन्द गर्ने निर्णय गरेको हो । महासंघको आज बसेको बैठकले सरकारले आफूहरुको परामर्श विना नै ट्राफिक प्रहरीलाई १५ प्रतिशत कमिसन दिलाउन खोजेको निष्कर्ष निकाल्दै देशव्यापी रुपमा भाडाका यातायात बन्द गर्ने निर्णय गरेको हो । गृह मन्त्रालयले सार्वजनिक सवारीको साधन बन्द नगर्न यातयात व्यवसायीहरुलाई आग्रह गर्दै बन्द गराए कारवाही गर्ने चेतावनी दिएको छ ।

काठमाडौं,जेठ १२ । पूर्वप्रधानमन्त्री एवम् नयाँ शक्ति नेपालको संयोजक डा. बाबुराम भट्टराईले नियमविपरित कुनै पनि सेवासुविधा आफूलाई नचाहिने बताएका छन् । पूर्वपदाधिकारीलाई सरकारले उपलब्ध गराएको सुरक्षाकर्मीका विषयमा समाचार बाहिर आइरहेको बेला बुधबार उनका स्वकीय सचिव विश्वदीप पाण्डेले एक विज्ञप्ति जारी गर्दै यस्तो कुरा बताएका हुन् । समाचारहरुमा अनावश्यक सुरक्षाकर्मी लिएर दुरुपयोग गरेको भन्ने आशयसहित भट्टराईको पनि नाम उल्लेख भएकोप्रति ध्यानाकर्षण भएको जनाउदै

आफ्नो सुरक्षाका लागि सरकारले नियमविपरित सुरक्षाकर्मी खटाए भए फिर्ता लैजान भनेका छन्।

विज्ञप्तिमा भनिएको छ- 'प्रथमत:, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको सुरक्षामा खटिएका सुरक्षाकर्मीहरु उहाँले माग गरेर नभई सरकारले नै उपलब्ध गराएको हो । मलाई यति नै संख्यामा सुरक्षाकर्मी चाहिन्छ भनेर उहाँले कहिल्यै पनि सरकारसँग माग गर्नुभएको छैन । सरकारले जे जति सुरक्षाकर्मीहरु पठाएको हो त्यही टोली नै उहाँको सुरक्षामा खटिएको छ ।

दोस्रो कुरा, केही दिन अघि मात्रै नेपाल सरकारका मुख्य सचिवलाई डा. भट्टराईले नियमअनुसार मात्रै आफूलाई सुरक्षा प्रदान गर्न आग्रह गर्नुभएको थियो । उहाँले नियमविपरित कुनै पनि सेवासुविधा आफूलाई नचाहिने स्पष्ट गर्दै उहाँले नियमविपरित सरकारले सुरक्षाकर्मी पठाएको भए फिर्ता गर्न पनि आग्रह गर्नुभएको थियो । तेस्रो कुरा, गत असोजदेखि (नाकाबन्दीका कारण पेट्रोलियम पदार्थको अभाव भएपछि) हालसम्म डा. बाबुराम भट्टराईले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको अगुवा र पछुवा गाडी समेत प्रयोग गर्नुभएको छैन । उहाँले प्रयोग गर्ने गाडीमा नै एक जना नेपाल प्रहरीबाट र एक जना सशस्त्र प्रहरी बलबाट गरी दुई जना सुरक्षा अधिकृत लिएर हिँड्ने गर्नुभएको छ ।

अत: उहाँको सुरक्षाका निम्ति सरकारको निर्णय र नियम विपरित सुरक्षाकर्मी खटाइएको भए तत्काल नियमविपरित खटिएका सुरक्षाकर्मीहरु फिर्ता गरी नियम र निर्णयअनुसार मात्रै सुरक्षा प्रदान गर्ने बन्दोबस्त मिलाउन नेपाल सरकारसँग आग्रह गर्दछौं । साथै सञ्चारकर्मी मित्रहरुमा पनि कुनै किसिमको अस्पष्टता भएमा यसैअनुसार स्पष्ट हुन आग्रह गर्दछौं ।'

भक्तपुर,जेठ १२ । नेपाली काँग्रेसकी नेतृ एवं केन्द्रिय सदस्य सुजाता कोइरालाले तत्काल सरकार परिवर्तन सबैका लागि घातक सावित हुने बताउनु भएको छ । रफत सञ्चार क्लबले आयोजना गरेको साक्षतकार कार्यक्रममा कोइरालाले केपी ओली नेतृत्वको सरकारले आर्थिक, सामाजिक विकासको योजना नेपाल र नेपालीको हितमा भएकाले काँग्रेसले समेत सहमति जनाउने भन्दै उहाँले तत्काल सरकार परिवर्तन गरिए विकासको बाटाहरु बन्द हुने भएकाले तत्काल सरकार परिवर्तन सबैका लागि घातक हुने बताउनु भयो ।

कोइरालाले स्थानिय निकायको निर्वाचन गर्ने मिति सरकारले तोकेता पनि एमालेले नचाहेको भन्दै यदि एमालेले स्थानिय निकायको निर्वाचनको तयारी गर्ने भए प्रतिपक्ष काँग्रेसलाई छलफलमा बोलाउनु पर्ने तर त्यसो नभएको उहाँले बताउनु भयो । स्थानिय निकायको निर्वाचन हुन नसक्दा जताततै भ्रष्टाचार मौलाएकाले समेत स्थानिय निकायका निर्वाचन सबैको आवश्यकता रहेको उहाँको टिप्पणी छ ।

प्राधिकरणका काम सुस्त गतिमा भएको गुनासो गर्दैै बर्खाको समयमा भुकम्पपिडितहरुका लागि केहि गर्न नसक्दा त्यसले सबै तर्फ नकारात्मक असर पार्ने भएकाले सरकारले पूनर्निर्माणको कामलाई तिब्रता दिन नेपाली सेना लगायत अन्य युवा दस्ताहरुलाई स्वयम सेवकका रुपमा परिचालन गर्न सक्नु पर्ने कोइरालाले बताउनु भयो ।

मधेश आन्दोलनका जायज मागहरुको सम्बोधन गर्नु पर्ने भन्दै कोइरालाले अबको एजेन्डा भनेको देशको आर्थिक र सामाजिक विकास भएकाले सबै मिलेर यता लाग्न र तराईलाई समेत आर्थिक बाटो तर्फ अगाडि बढाउन लाग्नु पर्नेमा जोड दिनु भयो ।

हिन्दु राज्यका बिषयमा नेपाली काँग्रेसभित्र विभिन्न भनाइहरु बाहिर आएता पनि त्यो गलत भएको भन्दै अब साना बिषयहरुलाई संबिधानमा समेटर संशोधन गर्न सकिए पनि मूख्य बिषयहरु जो नेपाली जनताले लेखेका छन् ती परिवर्तन नहुने समेत कोइरालाले दाबी गर्नु भयो ।

नेपाली काँग्रसेले आफ्ना भातृ संगठनको निर्वाचन गर्न नसकेको तर्फ सबै केन्द्रित भएर लाग्नु पर्ने भन्दै कोइरालाले यदि बेलैमा काँग्रेसले सोचेर निर्वाचनतर्फ अग्रसर नभए त्यसले कार्यकर्तामा निराशा छाउने बताउनु भयो ।

नेपालका छिमेकी देशहरुसँग सफल कुटनीतिक सम्बन्धको बिस्तार गर्दै बिकासका बिषयलाई एजेन्डाको रुपमा लिएर नेपालले लाभ लिने तर्फ अगाडि बढ्नु पर्नेमा कोइरालाले जोड दिनु भयो ।

काठमाडौं,जेठ १२ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अदालतको प्रक्रियामा सहयोग गर्ने तर सर्वोच्व अदालत नजाने भएका छन् । उनको नीजि सचिवालयका अनुसार अदालतको मानहानी गरेको भन्दै उनीमाथि परेको रिटमा प्रचण्ड स्वंयम आफैं नगएर अधिवक्तामार्फत अदालतको प्रतिजवाफ लाउने भएका हुन् । गत जेठ ११ गते सर्वोच्च अदालतले अवहेलना मुद्दामा आफैँ अथवा प्रतिनिधिमार्फत ती दिनभित्र अदालतमा उपस्थित हुन प्रचण्डलाई आदेश दिएको थियो।

सोही अनुसार प्रचण्डले कानुनी अधिवक्तासँग बुधबार बिहानमात्रै छलफल गरेका थिए । प्रचण्डका कानुनी सल्लाहाकारले अधिवक्तामार्फत नै अदालतको प्रतिजवफाव लगाउन मिल्ने बताएपछि उनी नजाने भएका हुन् ।

द्वन्द्वकालीन मुद्दामा आफ्नो पार्टीका नेताहरुलाई अदालतले फँसाउन खोजेको भन्ने प्रचण्डको अभिव्यक्तिले अदालतको अवलेहना भएको भन्दै दिनेश त्रिपाठीले उनीविरुद्द जेठ ३ गते मुद्दा दायर गरेका थिए ।

अदालतको अवहेलना मुद्दामा १ वर्ष जेल र ५० हजार जरीवाना वा दुवै सजाय हुनसक्ने व्यवस्था छ ।

काठमाडौं,जेठ १२ । समाज सेवाको क्षेत्रमा क्रियाशील हिमानी ट्रष्टकी अध्यक्ष एवम् पूर्व श्री ५ युवराज्ञी हिमानी शाह गत आइतबार चीनको भ्रमणमा जानुभएको छ । चिनियाँ सरकारी निकायको निमन्त्रणामा बेइजिङतर्फ प्रस्थान गर्नुभएकी हिमानीले चीनमा सात दिन बिताउनुहुनेछ । हिमानीका साथमा स्वकीय सचिव स्मिता सिंह र चर्चित उद्यमी प्रभाकरशम्शेर राणालगायत सामेल छन् । घटना र विचार साप्ताहिकले समाचार छापेको छ ।

केही अघि चाइना–नेपाल व्यापार संगठनले पनि हिमानीलाई चीन भ्रमणको लागि निमन्त्रणा दिँदा उहाँले त्यसलाई स्वीकार गर्न सक्नु भएको थिएन । यसपटक भने सरकारीस्तरबाटै निम्ता प्राप्त भएकाले उहाँ चाइनाको भ्रमणमा सरिक हुनुभएको बुझिएको छ ।

हिमानीको चीन भ्रमणको मूल उद्देश्य के हो भन्ने औपचारिक जानकारी गराइएको छैन । चीनमा समाजसेवासँग सम्बन्धित कार्यको अवलोकन र त्यहाँ क्रियाशील सामाजिक संघसंस्थाहरूसँग पारस्परिक सम्बन्ध र सम्पर्कै बढाउन उहाँको भ्रमण भएको बताइएको छ । चीनबाट फर्किएपछि युवराज्ञी हिमानीले केही दिन बैंककमा बिताउनु हुने समाचार छ । यसैबीच प्राप्त अर्को एक समाचारअनुसार ख्यातिप्राप्त उद्यामी एवम् व्यवसायी सुरज बैद्य हिमानी ट्रष्टको बोर्डमा सदस्यका हैसियतले समावेश हुने भएका छन् । आगामी महिना हुने साधारणसभाले वैद्यको नाम बोर्डमा सदस्यका रुपमा अनुमोदन गर्ने बुझिएको छ ।

काठमाडौं,जेठ १२ । नेपाली यु १९ तथा राष्ट्रिय टोलीका स्टार बलर सन्दीप लामिछाने आज हङ्कङ प्रस्थान गरेमा छन्। उनिहरु हङ्कङ् मा हुन गहिरहेको हङ्कङ् टि-२० ब्लिट्ज क्रिकेट प्रतियोगीता अन्तरगतको कव्लून केंटन टिमबाट खेल्न हङ्कङ प्रस्थान गरेका हुन्। खेल मे २८ देखि दुई दिन सम्म चल्ने छ । चार फ्रेन्चाजी टोलीले प्रतिस्पर्धा गर्ने प्रतियोगीतामा सन्दिप लामीछाने र अष्ट्रेलियन पुर्व कप्तान माइकल क्लार्क एउटै टिम बाट खेल्दै छन् सन्दिपले उनीसँग ड्रेसिङ रूम सेयर गर्न पाउनुभनेको गर्वको कुरो हो। लेग स्पिनर सन्दिपले गत बर्ष बंगलादेशमा सम्पन्न यू–१९ विश्वकप क्रिकेटमा १४ विकेट लिएका थिए । राष्ट्रिय टोलीको डेब्यू खेलमा १ विकेट लिएका सन्दीपले वैशाख ६ मा नामिवियाविरुद्ध कै अर्को खेलमा २ विकेट आफ्नो नाममा लेखाएका थिए ।

काठमाडौं,जेठ १२ । राजधानी केन्द्रित आन्दोलन गर्दै आएको संघीय गठबन्धनले आज बालाजु बाइपासमा प्रदर्शन गर्ने भएको छ । आफ्ना मागका बिषयमा सरकार गम्भीर नभएको भन्दै वार्तामा बस्नुको कुनै औचित्य नभएको बताउँदै आएको मोर्चाले आज बालाजुमा आन्दोलन गर्न लागेको हो । अपरान्ह ४ बजे देखि सुरु हुने सभामा विभिन्न स्थानबाट र्याली सहित आउने जुलुस सभामा परिणत हुने मोर्चाका नेताहरुले बताएका छन् ।

मोर्चाले पछिल्लो समय सिंहदरबार र प्रधानमन्त्री निवास घेराउको आन्दोलनपछि १० दिने विरोधका कार्यक्रम घोषणागरि विभिन्न स्थानमा सभा गर्दै आएको छ । मधेस केन्द्रित आन्दोलन गर्दै आएको मोर्चाले पछिल्लो समय केही जातीय संगठन तथा पार्टीहरुसँगको सहकार्यमा राजधानी केन्द्रित आन्दोलन गर्दै आएको छ ।