एबिडि उत्कृष्ट प्रदर्शनले बैंग्लोर आइपिएलको फाइनलमा

एजेन्सी,जेठ १२ । एबिडि भिलियर्सको उत्कृष्ट प्रदर्शनले रोयल च्यालेन्जर्स बैंग्लोर इन्डियन प्रिमियर लिग आइपिएलको फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको पहिलो क्वालिफाएरमा गुजरात लायन्सलाई ४ विकेटले हराउँदै  बैंग्लोर आइपिएलको फाइनलमा प्रवेश गरेको हो ।  गुजरातले दिएको १ सय ५९ रनको लक्ष्य पछ्याएको बैंगलोरले १० बल बाँकी छँदै ६ विकेट गुमाएर भेट्टाएको हो। रोयल च्यालेन्जर्स बैंगलोरको जितमा एबिडीभिलियर्स नायक भए।

टिमको खातामा २९ रन हुँदा ५ विकेट गुमाइसकेको बैंगलोरलाई फाइनलसम्म पुर्‍याउन एबिडिभिलियर्सले उत्कृष्ट पारी खेल्दै  ४७ बलमा पाँचा चौका र पाँच छक्काको मद्दतमा नटआउट ७९ रन बनाए । यस्तै इकबाल अब्दुल्लाहले २५ बलमा ३३ रन बनाए । कप्तान विराट कोहली शुन्य तथा क्रिस गेल ९ रन बनाउँदा आउट भएका थिए । यस्तै शेन वाट्सन एक रन बनाएर आउट भए । बैंग्लोरको २९ रन बनाउँदा पाँच विकेट गुमाएको अवस्थालाई भिल्लियर्सले सम्हाले ।

गुजरातका धवल कुलकर्णीले चार विकेट लिए ।टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १५८ रन बनाएको थियो। गुजरातले सुरुवाती तीन विकेट मात्रै ९ रन बनाउँदा गुमाएको थियो । त्यसपछि डवेन स्मिथले ४१ बलमा ७३ रन बनाएर गुजरातलाई सम्मान जनक स्कोरमा पुर्‍याए । पराजित भएको गुजरातले फाइनल प्रवेशका लागि फेरि एक पटक प्रयास गर्न पाउने छ । जितसँग बैंगलोरले आइपिएलको फाइनल समेत होम ग्राउण्डमा खेल्ने मौका पाउनेछ।

बैंगलोरसँग पराजित भएपनि गुजरात प्रतियोगितामा कायमै छ। उसले अब फाइनल प्रवेशका लागि आज हुने सनराइजर्स हैदरावाद र कोलकोत्ता नाइट राइडर्सबीचको विजेतासँग फेरि क्वालिफार्स खेल खेल्नेछ।

स्नातक तह तृतीय वर्षको परीक्षा केन्द्र सार्वजनिक (तालिका सहित)

काठमाडौं,जेठ १२ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले स्नातक तह तृतीय वर्षको परिक्षा केन्द्र सार्वजनिक गरेको छ ।  कार्यालयले बुधबार एक सुचना जारी गरी ४ वर्षे बीएस्सी , बीबीएस र तीन वर्षे बीबीएस तथा तीनवर्षे मानविकी, शिक्षाशास्त्र, विज्ञान र कानुनतर्फको परीक्षाकेन्द्र सार्वजनिक गरेको हो ।

कार्यालयका अनुसार ४ वर्षे बीएस्सी , बीबीएस र तीन वर्षे बीबीएसको परीक्षा बिहान ७ बजेदेखि १० बजेसम्म हुनेछ भने तीनवर्षे मानविकी, शिक्षाशास्त्र, विज्ञान र कानुन संकायको परीक्षा दिउँसो १ बजेदेखि ४ बजेसम्म हुनेछ ।

फिफाको निर्देशनपछि बर्खास्त पदाधिकारी पुर्नबहाली गर्दै एन्फा

१२ जेठ, काठमाडौं ।
अखिल नेपाल फुटबल संघ एन्फाले जेठ १९ गते बस्ने कार्यसमिति बैठकले बर्खास्तीमा परेका तीन उपाध्यक्ष र एक सदस्यलाई पुनर्बहाल गर्ने भएको खबर आजको नागरिकमा छापिएको छ ।

‘केन्द्रीय समिति बैठकबाट उहाँहरूलाई पुनर्बहाली गर्छौ,’ फिफारएएफसीसँग जेठ १९ सम्मको समय मागेका थियौ,’ प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले भने,‘ त्यसमा दुबै निकायले सहमति दिएको छ। त्यही बैठकले पुनर्बहाली गर्नेछ।’

लगतार तीन बैठकमा अनुपस्थित भएको भन्दै असोज २१ मा बर्खास्तीमा परेका उपाध्यक्ष कर्मा छिरिङ शेर्पा, विजयनारायण मानन्धर, किशोर राई तथापंकज नेम्बाङलाई जेठ १० गते भित्र पुनर्बहाली गरिसक्न फिफाले वैशाख २७ मा एन्फालाई निर्देशन दिएको थियो ।

बैंक सञ्चालक रहेका सांसद्ले हटाए कार्यकाल सीमा

१२ जेठ, काठमाडौं ।
बैंक तथा बित्तिय संस्थाका अध्यक्ष तथा सञ्चालकको कार्यकाल सीमा तोक्ने व्यवस्था बैंकमै लगानीकर्ता र संचालक रहेका सांसद् सम्मिलित संसदीय समितिले हटाएको छ।

अर्थ मन्त्रालय र राष्ट्र बैंकले तयार पारेको बैंक तथा वित्तिय संस्थासम्बन्धी कानुनमा संशोधन तथा एकीकरण गर्न बनेको विधेयक २०७२ मा अध्यक्ष तथा संचालकको कार्यकाल बढीमा २ कालसम्म हुने व्यवस्था गरिएको थियो।

व्यवस्थापिका संसद्को अर्थ समितिले विधेयकमा छलफल गर्न गठन गरेको उपसमितिले कार्यकाल तोक्ने सीमा हटाउँदै अध्यक्ष तथा संचालक जति कार्यकाल पनि रहन पाउने व्यवस्था गरेको खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा छापिएको छ ।

कर्मचारी सरूवाका लागि पाँचदेखि १० लाख रुपैयाँ

१२ जेठ, काठमाडौं ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले आर्थिक वर्षको अन्तिममा स्थानीय विकास अधिकारी र कार्यकारी अधिकृतको सरुवा गृहकार्य थालेको छ।

उपप्रधानमन्त्री कमल थापाको निर्देशनमा मन्त्रालयले करिब ४ दर्जन कर्मचारीको सरुवा प्रस्ताव तयार पारेको खबर आजको नयाँ पत्रिकामा छापिएको छ।

ऐनविपरीत सरुवा गृहकार्य मन्त्रीको सचिवालयले दबाब दिएपछि मन्त्रालयले २२ उपसचिव र २१ अधिकृतको सरुवा प्रस्ताव तयार पारेको छ। निजामती सेवा ऐनअनुसार मन्त्रालयले हरेक वर्षको भदौमा मात्रै कर्मचारी फेरबदल गर्न सक्छन्।

ऐनको व्यवस्थाविपरीत स्थानीय मन्त्रालयका कर्मचारी सरुवाको गृहकार्य थालिएको हो। केही समयअघि मुख्यसचिव डा.सोमलाल सुवेदीको अध्यक्षतामा बसेको सचिवहरूको बैठकले पनि आर्थिक वर्षको अन्तिममा कुनै पनि कार्यालय प्रमुख र विभागीय प्रमुखको सरुवा नगर्ने निर्णय गरेको थियो। यो निर्णय पनि स्थानीय विकास मन्त्रालयले मिच्न खोजेको छ।

उपप्रधानमन्त्री कमल थापाको सचिवालयले कर्मचारी सरुवा गर्न आर्थिक ‘बार्गेनिङ’ गरेको स्रोतको भनाइ छ । स्थानीय मन्त्रालयका एक कर्मचारीले भने, ‘कार्यकारी अधिकृत र स्थानीय विकास अधिकारी भएर जान प्रिपेड र पोस्टपेड गरी पाँचदेखि १० लाख रुपैयाँ मागिएको छ।’

स्रोतका अनुसार थापाका स्वकीय सचिव राजाराम बर्तौलाले आकर्षक ठाउँमा जान चाहने कर्मचारीले राप्रपा नेपालका कोषाध्यक्षसँग सम्पर्क गरी पार्टीको खातामा रकम जम्मा गर्न भन्ने गरेका छन् । कम्तीमा पाँचदेखि १० लाख रुपैयाँसम्म रकम जम्मा गरेमा स्थानीय विकास अधिकारी र कार्यकारी अधिकृत बनाएर सरुवा गरिदिने भन्दै गर्तौलाले ‘डिल’ गरिरहेको स्रोतको दाबी छ।

यसअघि पोखरा उपमहानगरपालिकामा कार्यकारी अधिकृत बनाउन झन्डै १५ दिनसम्म रकम बार्गेनिङ भएको स्रोतले बतायो। तर, बर्तौलाले कर्मचारी सरुवाको विषय नितान्त प्रशासनिक भएकाले यसबारे उपप्रधानमन्त्री र आफूहरूलाई कुनै चासो नभएको दाबी गरे । उनले भने, ‘केही कर्मचारीले आफ्नो रुचि पूरा नभएकाले आर्थिक चलखेल भएको हल्ला पिटाएको हुनसक्छ।’

किन हुन्छ चलखेल ?

स्थानीय विकास अधिकारी र कार्यकारी अधिकृत पद आकर्षक मानिन्छ। आकर्षक मानिने जिल्लामा दुई वर्षसम्म कार्यरत स्थानीय विकास अधिकारीले कम्तीमा ३० देखि ५० लाख रुपैयाँसम्म अतिरिक्त कमाइ गर्ने कर्मचारीहरू बताउँछन् । उनीहरूका अनुसार आकर्षक नगरपालिकाका कार्यकारी अधिकृतले कम्तीमा २० देखि ४० लाख रुपैयाँसम्म अतिरिक्त कमाइ गर्ने स्थानीय विकास मन्त्रालयकै अधिकारीहरूको भनाइ छ ।

‘वान वेल्ट वान रोड’ योजना चीनले एकतर्फी अगाडि बढाइएपछि भारत रुष्ट

१२ जेठ, काठमाडौं ।

नेपालले पनि समर्थन जनाएको ‘वान वेल्ट वान रोड’ एसिया परियोजनालाई चीनले एकतर्फी रुपमा अगाडि बढाएको भन्दै भारतले कडा रुपमा असन्तुष्टि व्यक्त गरेको छ।

भारतिय राष्ट्रपति प्रवण मुखर्जीले ‘यस्तो क्षेत्रीय परियोजना सर्वस्वीकार्य अन्तर्राष्ट्रिय मान्यता र अभ्यासद्धारा निर्देशित हुनुपर्ने तथा सबै सम्वन्धीत पक्षहरुको चासो प्रतिविम्बित हुनुपर्ने’ बताएका छन् । आफ्नो चीन भ्रमणको पूर्वसन्ध्यामा चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वालाई दिएको अन्तवार्तामा भारतीय राष्टपति मुखर्जीले ‘यस परियोजनासँग सम्वन्धित सवै मुलुकहरुसँग परामर्श आवश्यकता’ रहेको बताएको खबर आजको कान्तिपुरमा छापिएको छ। इकोनोमिक टाइम्स पत्रिकाको मंगलबार संस्करणले राष्टपति मुखर्जीले व्यक्त गरेको सांकेतिक असन्तुष्टीलाई प्राथमिकताका साथ प्रकाशित गरेको छ ।

‘कनेक्टीभिटी हाम्रो राष्ट्रिय विकासको महत्वपूर्ण पाटो हो । भारतले अरु मुलुकहरुसँग सहकार्य गर्दै धेरै परियोजना अगाडी वढाएको छ,’ मुखर्जीले भनेका छन् । उनले परियोजनालाई अगाडि वढाउन सवै एसियाली मुलुकहरुको विचमा परामर्शको आवश्यकता औल्याएका छन् । मुखर्जीले मंगलबारदेखि चीनको भम्रण सुरु गदै छन् ।

यो परियोजनालाई ‘चीनले आफ्नो आर्थिक बलबुताका भरमा एकतर्फी रुपमा अगाडि वढाउन चाहेको’ भारतले बुझेको छ । यस्तो परियोजनाले सम्वन्धित मुलुकको राष्टिय स्वार्थमा पार्न सक्ने असरका सम्वन्धमा चीनले ध्यान नदिएको वताउँदै आएको छ । ‘धनी मुलुक चीनले सडक र सामुद्रीक सम्पर्क 'कनेक्टीभिटी' लाई अन्य सम्वन्धीत मुलुकसँग परामर्श नगरी एकतर्फी रुपमा अगाडी वढाएको भारतको बुझाई रहेको छ,’ समाचारमा उल्लेख छ ।

उता चिनियाँ अधिकारीहरुले भने भारत चीनले नेतृत्व लिएको यो परियोजनामा सहभागी हुनुपर्ने बताईरहेका छन् । चीनको आधिकारिक समाचार एजेन्सीले केही दिन अगाडि मात्र काठमाडौमा यस परियोजनाको वारेमा केही नेपाली तथा चिनियाँ अधिकारीहरुसँग छलफलको आयोजना गरेको थियो । कतिपयले नेपाल र भारतमा चीनको यो परियोजनालाई एसियाली मुलुकहरुमा आफ्नो प्रभाव बढाउने रणनीतिक औजारको रुपमा उपयोग गरेको बताएका छन् ।

ओलीलाई माकुनेको व्यंग्य-‘सगरमाथादेखि दार्चुलासम्म केबुलकार जोडौं’

१२ जेठ, काठमाडौं ।
नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुहाउँदा र सक्ने सपना मात्रै देख्न आग्रह गरेका छन्।

नपत्याउँदा सपना बाँडेर माजाकको पात्र नबन्न उनले आफ्नै दलका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीलाई सुझाएका खबर आजको नयाँ पत्रिकासहित अधिकांश पत्रपत्रिकामा छापिएको छ।

प्रधानमन्त्रीले एकपछि अर्को विकासका योजना घोषणा गर्दै गएकोमा मंगलबार मदन भण्डारी अध्ययन केन्द्रले राजधानीमा गरेको कार्यक्रममा नेता नेपालले व्यंग्य गर्दै नेपालले भने,‘ घरघरमा ग्यास पाइप फिट गरिदिने कुरा पनि आएको छ, सपना देख्न पाइन्छ तर यो कुरा सगरमाथाबाट दार्चुलासम्म केबलकार चलाउँछु,विदेशबाट १० करोड पर्यटक भित्र्याउँछु भनेजस्तै हो ।
सपना देख्नुपर्छ, सपना देख्नु राम्रो पनि हो तर त्यो यथार्थ र तथ्यसंगत हुनुपर्छ।’

बैदेशिक रोजगारमा जानेको बिमा रकम बढाएर १० लाख

१२ जेठ, काठमाडौं ।
सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको बिमा रकम बढाएर १० लाख रूपैयाँ पुर्‍याउने भएको छ ।

हाल प्रत्येक कामदारको पाँच लाख रूपैयाँको बिमा गरिएकोमा त्यसलाई दोब्बर बृद्धि गरी १० लाख बनाउने योजना अघि सारिएको खबर आजको अन्नपूर्णमा छापिएको छ ।

बजेटमार्फत बिमा रकम वृद्धि गर्न श्रम तथा रोजगार मन्त्रालयले प्रस्ताव गरेको छ । श्रमले आफ्ना महत्वपूर्ण र प्राथमिकता प्राप्त कार्यक्रममा यसपटक कामदारको बिमा रकम बढाउने योजना बनाएको हो ।

श्रमले प्रस्ताव गरेबमोजिम अर्थ मन्त्रालयले बजेटमा यो कार्यक्रम पारेमा विदेशिने कामदारले पाउने पैसा पाँच लाख बढ्नेछ ।

२०२० सम्ममा चिनियाँ नेपाल आइपुग्ने

१२ जेठ, काठमाडौं ।

चीनको रेल आउँदो सन् २०२० सम्ममा नेपाल आइपुग्ने चिनियाँ सरकारी मुखपत्र ग्लोबल टाइम्सले मंगलबार जनाएको छ ।

सो अवधिमा रसुवागढीसम्म रेलमार्ग पुग्ने र त्यसपछि काठमाडौं जोड्न सजिलो हुने सो पत्रिकामा चिनियाँ पक्षको अपेक्षा भन्दै प्रकाशित एक आलेखमा विश्लेषण गरिएको आजको नेपाल समाचारपत्र दैनिकले जनाएको छ ।

काठमाडौं जोडिएपछि रेलमार्ग वीरगन्ज लगिने र भारतको विहार क्षेत्रमा चीनसँगको व्यापारिक कारोबार पनि सजिलो हुने पनि सो आलेखमा उल्लेख गरिएको छ ।

अहिले कोलकता हुँदै भइरहेको व्यापारभन्दा बिहारीका लागि वीरगन्ज हुन्दै गरिने व्यपार सहज हुनेसमेत उक्त आलेखमा उल्लेख छ ।

उक्त आलेखलाई उदृत गर्दै भारतका सञ्चारमाध्यमले समेत सोसम्बन्धी समाचारको व्यापक प्रचारप्रसार गरेका थिए ।

अब पासपोर्ट एकदिनमै हात पर्ने

१२ जेठ, काठमाडौं ।

मेसिन रिडेबल पासपोर्ट 'एमआरपी' अब सेवाग्राहीले चाहेकै दिनमा लिन सकिने भएको छ ।

राहदानी विभागले सेवाग्राहीको आवश्यकता अनुसार एकै दिनमा एमआरपी उपलब्ध गराउने तयारी गरेको आजको नेपाल समाचारपत्रले जनाएको छ ।

सेवाग्राहीले आवेदन दिएकै दिन बढी शूल्क लिएर विभागले एमआरपी उपलब्ध गराउने गृहकार्य अघि बढाएको हो । विभागले बढी मूल्य तिरेर एकै दिनमा राहदानी उपलब्ध गराउन सक्ने जनाएको छ ।

बढी मूल्य सम्पन्न मानिसले मात्रै तिर्न सक्छन् । विपन्नलाई पनि राहदानीको हातार हुन सक्छ । तर उनीहरुले बढी रकम तिर्न सकेनन भने के गर्ने  रु सरकारी निकायलदे उपलव्ध गराउने सेवामा नै गरिब र धनीका लागि छुट्टै सेवा दिन नमिल्ने तर्क गर्नेहरु छन् ।

‘अब सेवाग्राहीको आवश्यकताअनुसार एकै दिनमा एमआरपी दिने तयारी भइरहेको छ, सेवाको शूल्क के कति लिने भन्नेबारे टुंगो लागेको छैन,’ विभागका महानिर्देशक लोकबहादुर चन्दले भने,’ सेवाग्राहीबाट बढी शूल्क लिने उद्धेश्य होइन, सेवाग्राहीको आवश्यकता सम्बोधन गर्ने प्रयास हो ।

यससँगै विभागले अब पूरानै शुल्कमा ३ दिनभित्रमा सबै सेवाग्राहीलाई एमआरपी वितरण गर्ने भएको छ ।  यस्तो सेवा भने विभाग परिसर नारायणहिटीबाट मात्र उपलव्ध गराउने तयारी गरिएको छ ।

जापानी विज्ञ टोली ग्यास अध्ययन गर्न नेपालमा

१२ जेठ, काठमाडौं ।

ठूला अपार्टमेन्ट तथा होटलमा पाइपलाइबाट ग्यास आपूर्ति गर्ने विषयमा दुई सदस्यीय जापानीज विज्ञको टोली नेपाल आइपुगेका छन् ।

स्वतन्त्ररुपमा आएका जापानिज विज्ञ टोलीले पछिल्लो तीन दिनदेखि नेपालको विभिन्न स्थानमा अध्ययन गर्ने आजको अन्नपूर्ण पोस्टमा समाचार छ ।

नेपाल आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेका अनुसार स्वतन्त्ररुपमा आएको टोलीले साल्ट ट्रेडिङ कर्पोरेसन र निगमसँग छलपल गरेर ठूला अर्पाटमेन्ट तथा होटलमा सिलिन्डररहित खाना पकाउने ग्यास आपूर्ति गर्ने विषयमा अध्ययन गरिरहेको छ ।

एउटा अपार्टमेन्ट र होटलमा सयौं सिलिन्डर प्रयोगमा ल्याउनुभन्दा पाइपलाइनबाट सुरक्षित रुपमा ग्यासको आपूर्ति र प्रयोग कसरी गर्न सकिन्छ भन्ने विषयमा टोलीले अध्ययन गरिरहेको छ ।

श्रीमती सँगै नबसेको भन्दै ८५ वर्षको उमेरमा सम्बन्धविच्छेद

१२ जेठ, गोरखा ।

गोरखा नगरपालिका ६ का ८५ वर्षीइ तिलकबहादुर खत्री सम्बन्धविच्छेदको मुद्दा बोकेर जिल्ला अदालत पुगेका छन् ।

२०७२ फागनु १२ गते गोरखा नगरपालिकामा दर्ता उक्त मुद्दा मिलापत्र हुन नसकेपछि अदालत पुगेको आजको नागरिक दैनिकमा समाचार छ ।

६३ वर्षीय श्रीमती आफूसँग नबसेको र बेढेसकालमा पालनपोषण्मा ध्यान नदिएको भन्दै खत्रीले उनीसँग सँगै बस्न नचाहेको बयान अदालतमा दिएका छन् ।

आफ्नो शरीर थेग्न पनि लौरीको सहायता लिनुपर्ने वेलमा खत्री श्रीमतीसँग सँगै बस्न नसक्ने ठहर गर्दै अदालत पुगेका हुन् । अहिले सम्बँन्धविच्छेद गर्न लागेको श्रीमतीसँग उनले २०६६ सालमा बिहे गरेका हुन् ।

श्रीमतीले पनि २०७२ सलामा मंसिरमा अंश मुद्दा दायर गरेकी छिन् । खत्री दम्पत्तीलाई मिलाउन नगरपालिकाले धेरै प्रयास गरे पनि मिल्न सकेन ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web