
१२ जेठ, काठमाडौं ।
सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको बिमा रकम बढाएर १० लाख रूपैयाँ पुर्याउने भएको छ ।
हाल प्रत्येक कामदारको पाँच लाख रूपैयाँको बिमा गरिएकोमा त्यसलाई दोब्बर बृद्धि गरी १० लाख बनाउने योजना अघि सारिएको खबर आजको अन्नपूर्णमा छापिएको छ ।
बजेटमार्फत बिमा रकम वृद्धि गर्न श्रम तथा रोजगार मन्त्रालयले प्रस्ताव गरेको छ । श्रमले आफ्ना महत्वपूर्ण र प्राथमिकता प्राप्त कार्यक्रममा यसपटक कामदारको बिमा रकम बढाउने योजना बनाएको हो ।
श्रमले प्रस्ताव गरेबमोजिम अर्थ मन्त्रालयले बजेटमा यो कार्यक्रम पारेमा विदेशिने कामदारले पाउने पैसा पाँच लाख बढ्नेछ ।