ढोरपाटनको अर्गानिक आलु फ्रान्स निर्यात गरिंदै

१२ जेठ, काठमाडौं ।

बागलुङको बोवङ गाविसस्थित ढोरपाटन, ताराखोला, अधिकारी चौर गाविसमा उत्पादित अर्गानिक आलु युरोपेली मुलुक फ्रान्स निर्यात गर्ने तयारी गरिएको छ ।

फ्रान्समा आलुको माग भएपछि ढोरपाटनको आलु हिमालयन आलुको ब्रान्डमा निर्यात गर्ने पक्रिया सुरु गरिएको आजको अन्नपूर्ण पोस्टले जनाएको छ ।

समुद्र सतहबाट १८ सयदेखि २७ सय मिटरसम्मको उचाइमा उत्पादन हुने अर्गानिक आलु फ्रान्समा माग भएपछि अर्गानिक सपर्टफिकेसनको तयारी गरुएिको जिल्ला कृषि विकास कार्यालय बागलुङका प्रमुख विदानेद हमालले जानकारी दिए ।

फ्रान्समा रहेका ढोरपाटन क्षेत्रका नेपालीको पहलमा यो प्रक्रिया सुरु भएको हो ।

ढोरपाटनको आलु स्वाद राम्रो भएकाले फ्रान्समा माग भएकोले गुणस्तरीयताको परीक्षण प्रतिवेदन आएपछि निर्यातको प्रक्रिया अगाडि बढ्ने जिल्ला कृषि विकास कार्यालय बागलुङका प्रमुख हमालले बताए ।

खनाल नेपालले गरे आफ्नै पार्टी सरकार बिरुद्ध भेला

१२ जेठ, काठमाडौं ।

केपी ओलीको नेतृत्वमा सरकार बनेको आठ महिना पनि बित्न नपाउँदै उनकै पार्टी एमालेभित्र संगठित असन्तुष्टिका स्वर चर्किन थालेका छन् ।

पार्टीका दुई वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र झलनाथ खनालले आफू पक्षधर नेताकार्यकर्ताको भेला गरेका आजको अन्नपूर्णले जनाएको छ ।

पार्टी अध्यक्ष रहेका प्रधानमन्त्री ओलीले सररल्लाहका लागि कुनै उपयुक्त फोरम नदिएको भन्दै उनीहरले दुईदिलने भेला आयोजना गरेका हुन् । भेला मंगलबार सुरु भई बुधबार सकिदैँछ ।

नेपाल खनानल पक्षले आगमी दसौं महाधिवेशनका लािग अध्यक्षको उम्मेदवारको रुपमा नेपाललाई अगाडि सारेको छ ।

ओली पक्षले यस्तो भेला गर्न र आफ्नो समूह बलियो बनाउन मदन भण्डारी प्रतिष्ठान र नेपाल पक्षले मदन भण्डारी अध्ययन केन्द्रलाई व्यानर बनाउँदै आएका छन् ।

नेपाल पक्षले पनि यस अघि ओली पक्षले जस्तै गरी देशभरीबाट भेलामा सहभागि बोलाएको छ । मदन आश्रितको २३ औ  स्मृति दिवसको सन्दर्भ पारेर ‘संविधान कार्यन्वयन राष्ट्र र पार्टी निर्माण’बिषयक नाम दिएको यस भेलामा देशका सबै जिल्लाबाट प्रतिनिधित्व गराइएको छ।

जिल्ला कार्यसमितिमा आफनो पक्षको अध्यक्ष त्यो नभए पदाधकारी र त्यो पनि नभए सदस्यलाई प्रतिनिधित्व गराइएको छ । सबै गरेर चार सया भन्दा बढीको सहभागिता रहेको यस भेलामा स्थायी कमिटी सदस्य, पोलिटब्युरो सदस्य, केन्द्रीय समितिका सदस्य, सांसद, जनर्गीय संगठनक ३ पदाधिकारी, लगायतका सहभागिता रहेको छ ।

यस्ता भेललाई लिएर यस भन्दा अघिल्लो बैठकमा नेताहरुले कुरा उठाए पछि तीनलाई पार्टीको मञ्चमा परिणत गर्ने र केही कुरा भन्न परे पार्टीले नै आयोजना गर्ने सहमति भएको थियो। तर बरिष्ठ नेता नेपालले त्यस्तो कुनै फोरम नपाएकेले कुरा सुन्न र पार्टीलाई सृदृढ बनाउन यस्तो भेला आयोजना गरेको बताए ।

भेलामा संबोधन गर्दै बरिष्ठ नेता नेपालले पार्टीके दशौ महाधिबेशनलाई प्रभाव पार्नका लागि एकलौटी तरिकाले जथाभावी पार्टी सदस्यता बितरण गर्न लागेको आरोप लगाए ।

‘मनपरि र अपारदर्शी ढंगले पार्टी सदस्यता बाँडने काम भएको छ, कसैसँग सरल्लाह गरिएको छैन’नेपालले भने । नेपालले माओवादीमा समेत अहिले नौ जनाको हेडक्वाटर भएकोमा आफनो पार्टीमा केही नेताहरुबीच नै सहमति हुन छोडेको बताए ।

क्यान पदाधिकारी नसुध्रे सम्म नेपाली राष्ट्रिय क्रिकेट आइसिसीलेनै सम्हाल्ने

१२ जेठ, काठमाडौं ।
अन्तराष्ट्रि क्रिकेट परिषद आई सी सी ले क्रिकेट संघ नेपाल क्यानलाई विवादित साधारणसभा कै कारण आई सी सी ले क्यानलाई प्रतिबन्ध लगाएको जनाएको छ ।

आई सी सी का प्रमुख कार्यकारी अधिकृत डेभिड रिचर्डशनले क्यानका निर्वाचित अध्यक्ष चतुरबहादुर चन्दलाई पठाएको पत्रमा क्यान माथि राष्ट्रिय खेलकुद परिषदको हस्तक्षेप पनि प्रतिबन्धको एउटा कारण भएको जनाईएको छ ।

नेपाली क्रिकेटको आन्तरीक समस्याका विषयमा आई सी सी का उच्च पदाघिकारीहरुले सम्बोधन गरेको यो पहिलो घटना हो ।

आई सी सी को पत्रमा विवाद समाधानका लागि दुवै क्यानका पदाधिकरीहरुले आई सी सी संग सहकार्य गर्नु पर्ने उल्लेख गरिएको छ ।

यसैगरी पत्रमा विवाद समाधान नहुँदा सम्म नेपाली राष्ट्रिय क्रिकेट टिम र नेपाली क्रिकेटको व्यवस्थापन आई सी सीले प्रत्यक्ष रुपमा गर्ने पनि उल्लेख गरिएको छ ।

तराई मधेश द्रूत मार्ग र निजगढ बिमानस्थल पाँचबर्षभित्र सम्पन्न गर्न निर्देशन

११ जेठ, काठमाडौं ।
व्यवस्थापिका संसद्, अर्थ समितिले काठमाडौं तराई–मधेश द्रूत मार्ग र निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कार्य पाँच वर्षभित्र सम्पन्न गर्ने गरी पर्याप्त बजेट विनियोजन गर्न सरकारलाई निर्देशन दिएको छ ।

अर्थ समितिका सभापति प्रकाश ज्वालाको अध्यक्षतामा मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले तराई–मधेश द्रूत मार्ग र निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका लागि चालू आर्थिक वर्षमा १५ देखि २० अर्ब रुपियाँ बजेट विनियोजन गर्न सरकारलाई निर्देशन दिएको हो ।

समितिले यसअघि निर्देशन दिए अनुरुप तराई–मधेश द्रूत मार्ग र निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य सरकार आफैले गर्ने गरी नीति तथा कार्यक्रममा समावेश गरिएकोमा सरकारलाई धन्यवाद समेत दिएको छ ।

यसैगरी, समितिले हुलाकी राजमार्ग निर्माणको काम समयमा नै सम्पन्न गर्नका लागि पर्याप्त बजेट विनियोजन गर्न समेत सरकारलाई निर्देशन दिएको छ ।

सरकारी रकम हिनामिना गर्ने प्रधानाध्यापक बिरुद्ध मुद्दा

११ जेठ, रौतहट ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी रकम हिनामिना गरेको अभियोगमा रौतहटको एक विद्यालयका प्रधानाध्यापक र शिक्षकविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

रौतहट जिल्लाको रामनरेश लक्ष्मण माध्यमिक विद्यालय हजमनियाका प्रधानाध्यापक नगनारायण सिंह र खाता सञ्चालक शिक्षक कौशलकिशोर प्रसादले विभिन्न आर्थिक वर्षका विद्यालयको भौतिक पूर्वाधार मर्मत तथा निर्माणका लागि प्राप्त भएको ६ लाख ६८ हजार रुपैयाँ हिनामिना गरेको अभियोगमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

मल अभाव हुन दिंदैनौं आपूर्ति मन्त्रालय

११ जेठ, काठमाडौं ।
कृषहरुलाई धान रोपाईका समयमा रासायनिक मलको अभाव हुन नदिनका लागि थप २० हजार मेट्रिक टन रासायनिक मल आयातको व्यवस्था मिलाइएको आपूर्ति मन्त्रालयले जनाएको छ ।

कृषि विकास मन्त्रालयसँगको समन्वयमा साल्ट ट्रेडिङ कर्पोरेशनबाट आगामी असारभित्रै थप २० हजार मेट्रिक टन डीएपी रासायनिक मल आयातको व्यवस्था मिलाइएको आपूर्ति मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्दराम रेग्मीले जानकारी दिनुभयो ।

सहसचिव रेग्मीले साल्ट ट्रेडिङ कर्पोरेशनले प्रतिस्पर्धाका आधारमा भारत सरकारको स्वामित्वमा रहेको इण्डियन पोटास लिमिटेडबाट डीएपी रासायनिक मल आयात गर्ने पनि स्पष्ट गर्नुभयो ।

शैक्षिक सुधार वर्ष–२०७३ घोषणा

११ जेठ, काठमाडौं ।

खस्कँदै गरेको शैक्षिक गुणस्तरलाई मूलधारमा ल्याउन जिल्ला शिक्षा कार्यालयले शैक्षिक सुधार वर्ष–२०७३ घोषणा गरेको छ ।

दशेरा गाविसमा आज आयोजित कार्यक्रममा २०७३ लाई जेठ ११ गते शैक्षिक सुधार वर्ष घोषणा गरिएको हो । दशेरा गाविसको जनप्रिय क्याम्पस दशेरामा गृहमन्त्री शक्तिबहादुर बस्नेतले शैक्षिक सुधार वर्ष–२०७३ को उद्घाटन गनुभयो ।

त्यस अवसरमा मन्त्री बस्नेतले खलङ्गादेखि रिम्ना हुँदै दल्ली, खलङ्गा पाँचकाटिया, अनि छेडादेखि थलहसम्म पिच गर्ने कार्य सुरु हुने जानकारी दिनुभयो ।

तत्काल कुनै एलडिओको सरुवा हुँदैन ः मन्त्री शर्मा

११ जेठ, काठमाडौं ।
सामान्य प्रशासनमन्त्री रेखा शर्माले विकास निर्माणमा असर पर्ने देखिएपछि स्थानीय विकास अधिकारी 'एलडिओ' को सरुवा गर्न सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले गरेको प्रस्ताव रोक्नुपरेको बताउनुभएको छ ।

क्रान्तिकारी पत्रकार सङ्घ दाङले आज घोराहीमा गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री शर्माले दाङसहित २८ जिल्लाका एलडिओको सरुवाका लागि मन्त्रालयले गरेको प्रस्ताव रोकिएको जानकारी दिनुभयो ।

अर्थिक बर्षाको अन्त्यमा एलडिओको सरुवा गरिएमा विकासनिर्माणमा ठूलो बाधा पुग्ने उहाँले बताउनुभयो ।

अण्डर १४ फुटबल टोलि ताजीकिस्तान प्रस्थान

११ जेठ, काठमाडौं ।
१४ वर्ष मुनी उमेर समूहको अण्डर १४ फुटबल महोत्सवमा सहभागि हुन नेपाली अण्डर १४ फुटबल टोली सोमबार राती ११ बजे ताजीकिस्तान प्रस्थान गरेको छ ।

नेपाली अण्डर १४ फुटबल टोलीको कप्तानी पृथ्वी चौधरीले गरेका छन् ।

नेपाली टोली बुधबार ताजीकिस्तानको दुशान्वे पुग्ने छ ।

अण्डर १४ फुटबल महोत्सवमा नेपाल सहित अफ्गानिस्तान, किर्गीस्तान, ईरान, ताजीकिस्तन र भारत सहभागी रहेका छन् ।

‘जेठ २० भित्र कक्षा ६ देखि १० सम्मका पुस्तक विक्रिवितरण हुन्छ’

११ जेठ, काठमाडौं ।
जनक शिक्षा सामग्री केन्द्रले यहि जेठ २० गतेभित्रमा कक्षा ६ देखि १० सम्मका सम्पूर्ण पाठय्पुस्तक छपाई गरी विक्रिवितरण गरिसक्ने जनाएको छ ।

जनक शिक्षा सामग्री केन्द्रका प्रवन्ध निर्देशक अनिलकुमार झाले सम्पूर्ण पाठ्यपुस्तक यहि जेठ २० गते भित्रमा विक्रिवितरण गरिसक्ने गरी काम भैरहेको बताउनु भयो ।

जनकशिक्षा सामाग्री केन्द्रले कक्षा ६ देखि १० सम्मका १८ लाख सेट पाठ्यपुस्तक छपाई गर्ने जिम्मा पाएको थियो ।

हालसम्म १५ लाख सेट पाठ्यपुस्तक छपाई गरी विभिन्न क्षेत्रिय कार्यालयहरु मार्फत विक्रि वितरण गरिसकेको र वाँकी पाठ्य पुस्तक छपाईको काम भैरहेको केन्द्रले जनाएको छ ।

ट्राफिक नियम उलङ्घन शुल्क बढाउँदा चक्काजाम गर्नेखोज्नेलाई गृहको जवाफ

११ जेठ, काठमाडौं ।

गृह मन्त्रालयले यातायात व्यवस्था ऐनमा कुनै असहमति भए कानुनले निर्धारण गरेको प्रक्रिया अवलम्वन गर्न र विरोधका कार्यक्रम गर्दा संवैधानिक र कानुनी दायराभित्र रहेर गर्न यातायात व्यवशायी तथा यातायात मजदुरलाई आग्रह गरेको छ ।

यही जेष्ठ १३ गते देशव्यापी चक्का जाम गर्ने यातायात व्यवशायी तथा मजदुरको घोषणाप्रति गृह मन्त्रालयको गम्भिर ध्यानाकर्षण भएको र आन्दोलन तथा विरोधका नाममा संविधान र कानुन विपरितका क्रियाकलाप गरे प्रचलित कानुन अनुसार कारबाही हुने हुँदा त्यस प्रकारका गैर कानुनी गतिविधि नगर्न नगराउन सम्बद्ध सबैलाई अनुरोध गरिएको गृह मन्त्रालयका प्रवक्ता यादवप्रसाद कोइरालाले आज जारी गर्नुभएको प्रेस विज्ञप्तीमा जनाइएको छ ।

ट्राफिक नियम उलङ्गन गरेवापत लाग्ने जरिवाना रकम बढाएको भन्दै यातायात मजदुर तथा यातायात व्यवसायीहरु त्यसको विरोधमा उत्रेका हुन् ।

म्याग्दीको बैसरी अझै पहिरोको जोखिममा

११ जेठ, म्याग्दी ।
म्याग्दीको राम्चेस्थित बैसरीमा एक वर्षअघि पहिरोले कालीगण्डकी नदी थुनिएको स्थलमा अझै पहिरोको जोखिम रहेको प्राविधिक अध्ययनले देखाएको छ ।

पहिरो खसेको ठाउँको स्थलगत अध्ययन गरेको प्राविधिक टोलीले बैसरीमा अझै पहिरो खस्ने जोखिम रहेकाले त्यहाँ बसोबास नगर्न र पहिरो नरोकिँदासम्म भौतिक संरचना निर्माण नगर्न अनुरोध गरेको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिले खटाएको अध्ययन टोलीका संयोजक, भूसंरक्षण अधिकृत दिवाकर पौडेलले भूकम्पका कारण चर्किएको दुई तिहाइ पहाड खसिसकेको र एक तिहाइ जमिन अझै चिरा र प्वाल परेकाले जुनसुकै बेला पहिरो जाने खतरा रहेको बताउनुभयो ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web