काठमाडौं,जेठ १२ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अदालतको प्रक्रियामा सहयोग गर्ने तर सर्वोच्व अदालत नजाने भएका छन् । उनको नीजि सचिवालयका अनुसार अदालतको मानहानी गरेको भन्दै उनीमाथि परेको रिटमा प्रचण्ड स्वंयम आफैं नगएर अधिवक्तामार्फत अदालतको प्रतिजवाफ लाउने भएका हुन् । गत जेठ ११ गते सर्वोच्च अदालतले अवहेलना मुद्दामा आफैँ अथवा प्रतिनिधिमार्फत ती दिनभित्र अदालतमा उपस्थित हुन प्रचण्डलाई आदेश दिएको थियो।

सोही अनुसार प्रचण्डले कानुनी अधिवक्तासँग बुधबार बिहानमात्रै छलफल गरेका थिए । प्रचण्डका कानुनी सल्लाहाकारले अधिवक्तामार्फत नै अदालतको प्रतिजवफाव लगाउन मिल्ने बताएपछि उनी नजाने भएका हुन् ।

द्वन्द्वकालीन मुद्दामा आफ्नो पार्टीका नेताहरुलाई अदालतले फँसाउन खोजेको भन्ने प्रचण्डको अभिव्यक्तिले अदालतको अवलेहना भएको भन्दै दिनेश त्रिपाठीले उनीविरुद्द जेठ ३ गते मुद्दा दायर गरेका थिए ।

अदालतको अवहेलना मुद्दामा १ वर्ष जेल र ५० हजार जरीवाना वा दुवै सजाय हुनसक्ने व्यवस्था छ ।

18.12¡ÆC