सशस्त्रले ५० हजार बराबर अबैध कपडा बरामद

पप्पु गुरुङ्, १३ जेष्ठ / दोधारा चाँदनी, कञ्चनपुर  । कञ्चनपुरको दोधारा चाँदनीबाट सशस्त्र प्रहरीले रु. ५० हजार बराबरको अबैध बरामद गरेको छ् । तस्करहरुले आज बिहान करिब ५ बजे दोधारा चाँदनीको महाकाली झोलुङ्गे पुल नजिक महेन्द्रनगर लग्दै गर्दा बिभिन्न प्रकारको लेडिज सुट, ब्लाउज, पेटिकोटको कपडा बरामद गरेको सशस्त्र सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनीका प्रहरी निरिक्षक शंकर सिंह धामीले बताउनुभएको छ् । सशस्त्र प्रहरीको गस्ति टोली देखेपछि तस्करहरु कपडा छाडेर भोगेको प्रहरीले जनाएको छ् । आजै बरामद अबैध कपडालाई भन्सार कार्यालय गड्डा चौकी बुझाईने सशस्त्र प्रहरीले बताएको छ् ।

किन बढ्यो प्रधानमन्त्रीको पार्टीभित्रै असन्तुष्टि ?

काठमाडौं,जेठ १३ । नेपालका असन्तुष्टि

१. केन्द्रीय कमिटीका निर्णय कार्यान्वयन भएनन्

गत ४ वैशाखमा सम्पन्न केन्द्रीय कमिटी बैठकले विभाग गठन, प्रादेशिक संगठन कमिटी बनाउने र सरकार–पार्टीबीच समन्वयका लागि छुट्टै संयन्त्र गठन गर्ने निर्णय गरेको थियो ।

एक साताभित्र विभाग गठन गरी तल्लो तहसम्म सर्कुलर पठाउने निर्णय भए पनि डेढ महिना बित्न लाग्दा अहिलेसम्म ३१ मध्ये २२ वटा विभाग मात्रै गठन भएका छन् । स्थायी समितिले प्रदेश कमिटी बनाउने निर्णय गरे पनि कस्तो कमिटी बनाउनेबारे औपचारिक छलफलसमेत भएन ।

‘केन्द्रीय कमिटीले निर्णय गरेको एक महिना १० दिन बित्यो, तर किन कार्यान्वयन भएन् ?, किन संयन्त्र बनेन ? तीन दिनभित्र जारी गर्न सकिने सर्कुलर किन कार्यकर्ताबीच पुगेन ?, त्यो त हाम्रो हातमा छैन,’ मदन भण्डारी अध्ययन केन्द्रले गरेको राष्ट्रिय भेलामा सचिव योगेश भट्टराईले भने ।

२. संस्थागत निर्णय र परामर्श हुँदैन भेलामा नेता नेपाल र वरिष्ठ नेता झलनाथ खनाल दुवैले पार्टीमा स्थायी, पोलिटब्युरो र केन्द्रीय कमिटीका बैठक औपचारिकतामै सीमित हुने गरेको आरोप लगाएका छन् । ‘आवश्यक परामर्श त परै जाओस्, स्थायी समितिमा कसैले विरोधमा बोल्ने धृष्टता गरिहाल्यो भने कर्के नजरले हेरिन्छ,’ नेपालले असन्तुष्टि पोख्दै भने, ‘गुट चलाउनेको हातमा पार्टी गएको छ, पार्टी चलाउनेहरूचाहिँ चाउरिएर बस्नुपरेको स्थिति छ ।’

३. दशौँ महाधिवेशनलाई लक्षित गरेर सदस्यतामा धाँधली नेता नेपालले दशौँ महाधिवेशनलाई लक्षित गरेर संस्थापनले संगठित सदस्यता वितरण र सरुवामा मनपरी गरेको आरोप लगाएका छन् ।

नयाँ पत्रिका दैनिकमा समाचार छ।

राज्यको ढुकुटीबाट मादल किन्छन् सांसदहरु

काठमाडौं,जेठ १३ । संसदीय क्षेत्र विकास कार्यक्रमका नाममा सांसदलाई दिइँदै आएको अबौँ बजेट दुरुपयोग भएको आरोप लगाउँदै पूर्वअर्थमन्त्रीहरुले आउँदो बजेटमा यस्तो रकम विनियोजन नगर्न सुझाव दिएका छन् ।

पूर्वअर्थमन्त्री तथा तत्कालीन एमाओवादी नेता वर्षमान पुनले निर्वाचन क्षेत्र विकासका नाममा सांसदलाई दिइन रकम रोक्नुपर्ने बताए । ‘विकासका नामा सांसदले पाउने रकम जथाभावी खर्च हुँदा एकातिर नेताहरु बद्नाम हुँदै गएका छन् भने अर्कोतिर त्यो बजेजबाट खासै उपलब्धि हात लागेको देख्न सकिएको छैन ।’ उनले भने ।

यसैवीच नागरिक दैनिकले आज सम्पादकीय लेख्दै राज्यको ढुकुटीको दोहर गरि सांसदहरुले सांसद कोषको पैसाबाट मादल किनिदिने जस्ता क्षणिक कार्यक्रमहरुमा सांसदहरु लाग्न नहुने उल्लेख गरेका छन् । महत्वपूर्ण आयोजनाका निमित्त राज्यका ढुकुटी प्रयोग हुनुपर्ने भन्दै नागरिकले सम्पादकीय लेखेको छ ।

प्रभावशाली नेताको क्षेत्रमा अर्बौं बजेट रकमान्तर

काठमाडौं,जेठ १३ । आगामी आर्थिक वर्षको बजेट निर्माण गर्न ढोका थुनेर बसेका अर्थमन्त्री र सचिवले ठूलो मात्रामा आफ्नो जिल्ला तथा क्षेत्रमा चालू आर्थिक वर्षको बजेट रकमान्तर गरेका छन् । बजेट पारदर्शीतामा सरकारले हरेक महिनाको अन्त्यमा रकमान्तर भएको बजेट सार्वजनिक गर्नुपर्ने भएपनि अर्थ मन्त्रालयले चैत र वैशाख महिनामा भएको रकमान्तर रकम सार्वजनिक गरेको छ । आजको अन्नपूर्णमा समाचार छ ।

‘आगामी बजेटमा आफ्नो जिल्लामा ठूलो रकम बजेट पार्ने तयारीमा रहेका मन्त्री र सचिवले चालू वर्षमै आफ्नो क्षेत्रमा रकमान्तर गरेका छन् ।’अर्थ स्रोतले भन्यो । रकमान्तर गरिएको विषय वेवसाइटमा राखेर सार्वजनिक गर्ने गरिए पनि विरोध हुने भएकोले यसलार्य सार्वजनिक नगरिएको स्रोतले जानकारी गरायो । स्रोतका अनुसार प्रभावशाली नेता तथा मन्त्री र नेताका जिल्लामा पछिल्लो दुई महिनामा १० अर्ब रुपैयाँ जतिको रकमान्तर भएको छ ।

हैदरावादसँग पराजित हुँदै कोलकोता आइपिएलबाट बाहिरियो

एजेन्सी,जेठ १३ । कोलकाता नाइट राइडर्स इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटबाट बाहिरिएको छ । बुधबार राति भएको एलिमिनेटरमा सनराइजर्स हैदरावादसँग २२ रनले पराजित हुँदै कोलकाता प्रतियोगितबाट बाहिरिएको हो । विजयी भएको हैदरावादले फाइलन प्रवेशका लागि पहिलो क्वालिफाएरमा पराजित भएको गुजरात लाइन्ससँग दोस्रो क्वालिफाएर खेल्नेछ।

दिल्लीस्थित फिरोज शाह कोटला मैदानमा भएको खेलमा सनराइजर्स हैदरावादले दिएको १ सय ६३ रनको लक्ष्य पछ्याएको कोलकोता पुरै ओभरमा ८ विकेट गुमाउँदै मात्र १ सय ४० रनमा समेटिन पुगेको थियो। कोलकोताका लागि मनिष पाण्डेयले २८ बलमा ३६, कप्तान गौतम गाम्भीरले २८ बलमा २८ तथा सूर्यकुमार यादवले १५ बलमा २३ रन बनाए । हैदरावादका भुवनेश्वर कुमारले तीन विकेट लिए । त्यस्तै मोसेस हेनरिक्सले २ विकेट लिए।

पहिले ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १६२ रन बनाएको थियो।  उसका युवराज सिंहले ३० बलमा ४४, मोइसिस हेनरिक्सले २१ बलमा ३१ तथा कप्तान डेविड वार्नरले २८ बलमा २८ रन बनाए । हैदरावादका कुलदीप यादवले तीन तथा युशुफ पठान र ज्यासन होल्डरले दुई दुई विकेट लिए । हैदरावादले शुक्रबार हुने दोस्रो क्वालिफाएरमा गुजरात लाइन्ससँग खेल्नेछ । यसअघिनै पहिलो क्वालिफाएरमा गुजरातलाई हराएको बैंलोर फाइनलमा पुगिसकेको छ। फाइलन आइतबार हुनेछ।

मनोहरा यूथ क्लव बिजयी

१२ जेठ, काठमाडौं ।
मनोहरा यूथ क्लब सी डिभिजन लिग फुटबल प्रतियोगिताको बुधबार भएको पहिलो खेलमा विजयी भएको छ ।

सातदोबाटो स्थित एन्फा मैदानमा भएको खेलमा यसै वर्ष सी डिभिजन नक आउटबाट सी डिभिजन लिग चरणमा उक्लिएको मनोहरा यूथ क्लबले सानोगौचरन यूथ क्लबलाई २÷१ गोल अन्तरले पराजित गरेको थियो ।

श्री भगवती क्लब र झम्सिखेल यूथ कलबबिच एन्फा मैदान मै भएको दोस्रो खेल भने गोल रहित बराबरीमा सम्पन्न भएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।

नेपाल र चीनका व्यापारीको संयुक्त लगानीमा ३६ अर्बको सिमेन्ट उद्योग स्थापना

१२ जेठ, नवलपरासी ।
चीन र नेपालका सिमेन्ट उत्पादक कम्पनीहरुको करिव ३६ अर्ब रुपियाँ लगानीमा नवलपरासीको बेणिमनिपुरमा देशकै ठूलो सिमेन्ट उद्योग स्थापनाको काम शुरु भएको छ ।

चिनियाँ कम्पनी होङ्सीको ७० प्रतिशत र नेपालको शिवम् सिमेन्टको ३० प्रतिशत लगानी रहेको होङ्सी शिवम् सिमेन्टबाट उत्पादन हुने सिमेन्टले नेपाली बजारको ३० प्रतिशत माग पूरा गर्ने उद्योगले जनाएको छ ।

दैनिक १२ हजार मेट्रिक टन सिमेन्ट उत्पादन क्षमता भएको यस उद्योगले तीन वर्षमा उत्पादन बजारमा ल्याउने होङ्सी शिवम् सिमेन्टका प्राविधिक शिवरत्न अटलले जानकारी दिनुभयो ।

होङ्सी शिवम् सिमेन्टको उत्पादन क्षेत्र नवलपरासीको  बेणिमनिपुरमा बुधबार उद्योग स्थापनाबाट हुने फाइदाका बारेमा जिल्लाका सांसद, विभिन्न राजनीतिक दलका नेता, सरकारी कार्यालयका प्रमुख र स्थानीयवासीहरुसँग छलफल भएको थियो ।

साहित्यकार सरुभक्त र पन्त पुरस्कृत

१२ जेठ, काठमाडौं ।
उत्तम शान्ति पुरस्कारबाट साहित्यकार सरुभक्त र रामप्रसाद पन्तलाई पुरस्कृत गरिएको छ ।

उत्तम कुँवर स्मारक गुठीले आज काठमाडौँमा गरेको कार्यक्रममा २०७१ साल र २०७२ सालको उत्तम शान्ति पुरस्कारबाट उहाँहरुलाई जनही रु ३५ हजार एक सहित सम्मान गरेको हो ।

गैरआख्यान कृति ‘बाङ्गाटिङ्गा धर्साहरु’ का लागि सरुभक्तलाई र ‘अविरल यात्रा’ का लागि पन्तलाई पुरस्कृत गरिएको थियो ।

बाजुरामा घरमा बाढी पस्दा दुई बालकको मृत्यु सात घाईते

१२ जेठ, बाजुरा ।
बाजुराको रुगिन गाविस वडा नं ६ कवाडीमा आज विहान बाढीले दुईवाललको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रुगिन गाविस वडा नं ६ निवासी चन्द्र बुढथापाका छोरा वर्ष १० का निखिल बुढथापा र ६ वर्षे दीर्घ बुढथापा हुन् ।

आज विहान चार वजे तिर परेको पानीले खोला गाउँ पस्दा घरवाट बाहिर निस्कन नसकि भलपानीमा पुरिएर  बालकको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठले जानकारी दिनुभयो ।

बाढीले बगाउँदा  नौरता भण्डारी, छमकला बुढथापा मोहन सुनार, रिउली बुढथापा ,अम्कला बुढथापा र मदन बुढथापा भाईते भएका छन् ।

घटनास्थल सदरमुकाम मार्तडीबाट चालिस कोष टाढाको पैदल दुरीमा रहेकाले अझै पनि सरकारी टोली घटनास्थलमा पुग्न सकेको छैन ।

यस्तै पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको बर्दघाट–९ भुतहाँमा आज दिउँसो सवारी दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार बर्दघाटबाट बुटवल जाँदै गरेको लु१ख ३१३८ नम्बरको बसले सोही दिशाबाट बुटवल जाँदै गरेको लु१ख ७३७४ नम्बरको बसलाई पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको हो ।

अन्य घाइतेको उपचार स्थानीय अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ । बस र चालक प्रहरीको नियन्त्रणमा छन् ।

तत्काल सरकार परिवर्तन सबैका लागि घातक ः काँग्रेस नेत्री कोइराला

१२ जेठ, काठमाडौं ।
नेपाली काँग्रेसकी नेत्री एवम् केन्द्रीय सदस्य सुजाता कोइरालाले तत्काल सरकार परिवर्तन गरे सबैका लागि घातक सावित हुने बताउनुभएको छ ।

रफत् सञ्चार क्लबले आज भक्तपुरमा गरेको साक्षात्कारमा नेत्री कोइरालाले वर्तमान सरकारले ल्याएको आर्थिक एवम् सामाजिक विकासको योजना नेपाल र नेपालीको हितमा भएको बताउनुभयो ।

आन्दोलनमा जनताले साथ दिन छाडेपछि उपेन्द्र भन्छन्-‘सरकार सकारात्मक भए वार्तामा बस्छौं’

१२ जेठ, काठमाडौं ।
संघिय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आफुहरुका माग प्रति सरकार सकारात्मक भए आफुहरु बार्तामा बस्न तयार रहेको बताउनु भएको छ ।

आज भैरहवामा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष यादवले मधेशी र जनजातीका माग प्रति सरकार र प्रमुख राजनीतिक दलहरु सकारात्मक नभएकाले आफुहरुले आन्दोलन जारी राखेको बताउनु भयो ।

कोइरालालाई सरकार ढाल्नै हतारो भन्छन्-‘यो सरकार धेरै दिन टिक्दैन’

१२ जेठ, काठमाडौं ।
कोइलाई के धन्दा घर ज्वाईलाई खानाकै धन्दा भनेजस्तै !

नेपाली काँग्रेसका महामन्त्री रहेका सशांक कोइरालालाई भने कहिले ओली सरकार ढल्ला र ढाल्न पाउँला जस्तो भएको उनकै अभिव्यक्तिले प्रष्ट पारेको छ ।

काँग्रेसका महामन्त्री डा. सशांक कोइरालाले केपी ओली नेतृत्वको वर्तमान सरकार संविधान कार्यान्वयन र भूकम्पपछिको पुनः निर्मणमा सुस्त देखिएको बताउनु भएको छ ।

काँग्रेस मकवानपुर क्षेत्र नम्बर–२ को प्रशिक्षण कार्यक्रममा महामन्त्री डा. कोइरालाले संविधान जारी भएको लामो समय भैसक्दा पनि पछिल्ला समय संस्थागत भ्रष्टाचार मौलाउँदै गएको बताउनुभयो ।

महामन्त्री कोइरालाले सरकारले गर्न नसक्ने र हावादारी बाचा गरेर चर्चा बटुल्नमात्र खोजेको बताउनुभयो ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web