१३ जेठ, बीरगञ्ज ।
वाराको वरियारपुरबाट वीरगंज आउदै गरेका केडिया अर्गनाईजेशन उद्योग समूहका सदस्य सुरेश केडियालाई आज सांझ अज्ञात समूहले वाराको पसाहा पुल नजिकैबाट अपहरण गरी अज्ञात स्थल तर्फ लिएर गएको छ ।

भारतीय स्कारपियोमा आएको अज्ञात समूहले केडिया सवार बा १० च ७२४० नम्बरको कार नियन्त्रणमा लिई चालकमाथि गोली प्रहार गरी सुरेश केडियालाई अपहरण गरी भारत तर्फ लिएर गएको स्थनियवासिन्दाले बताएका छन् ।

गोली प्रहारबाट घाइते भएका चालक पर्सा विन्दवासिनी वडा नं. २ निवासी उमेश प्रसाद साह कानु लाई प्रहरीले घटना स्थलबाट उपचारका लागि वीरगंज स्थित नारायणी उपक्षेत्रिय अस्पतालमा ल्याई पुर्याएको र घटनाका बारेमा थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ । घाइते कानुको कानमा गोली लागेको छ ।

वाराको ग्रामिण क्ष्ँेत्रका व्यापारीहरुसंग गहुं मकै खरिदका लागि वीरगंजबाट गएका केडियालाई अपहरण गरेर भारत तर्फ लिएर जाने क्रममा अपहरणकारीहरुले चलाएको स्कारपियोले वाराको मझरिया गाउंमा ठक्कर दिएर ३ वटा बाख्रा मरेको समेत स्थानिय वासिन्दाले बताएका छन ।

घटना पछि अहिले वारा, पर्साको सम्पूर्ण क्षेत्रमा नाकाबन्दी गरी भारतीय सुरक्षाकर्मीलाई समेत परिचालन गरेर खोजतलास गरिएको अंचल प्रहरी कार्यालय नारायणी वीरगंजका प्रहरी वरिष्ठ उपरिक्षक नारायण सिंह खड्काले बताउनु भयो ।

अपहरित केडिया वीरगंज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष एवं केडिया अर्गनाईजेसका संचालक हिरालाल केडियाका जेठो छोरा हुनु हुन्छ । घटनापछि वीरगंजका उद्योगी व्यवसायि तथा स्थानियवासिन्दा समेत आतंकित भएका छन ।

१३ जेठ, कपिलवस्तु ।
जिल्लाको शिवराज नगरपालिका ५, वनकट्टीमा अबैध रुपमा संचालन भएका घरेलु मदिराभठ्ठीमाथि प्रशासनको अगुवाईमा लगातार दोस्रो पटक छापा मारेको छ ।

जिल्लास्तरीय अबैध मदिरा नियन्त्रण समितिको संयोजक आन्तरिक राजस्व कार्यालय कृष्णनगरको सक्रियता र इलाका प्रशासन कार्यालय चन्द्रौटाको सहकार्यमा आन्तरिक शुल्क ऐन २०५८ अनुसार अबैध घरेलु मदिरा नियन्त्रणका लागि छापा मारिएको हो ।

टोलीले अबैध रुपमा संचालन भएका रक्सीभठ्ठीबाट ६ हजार घरेलु मदिरासहित २२ क्विन्टल कच्चा पदार्थ, ५० क्विन्टल सहायक कच्चा पदार्थ, विषादी, मदिरा उत्पादन गरी भण्डारण गरिने २ सय ओटा ठूला प्लाष्टिकका ड्रम, धातुका ठूला भाँडाकुँडा लगायतका सामग्री बरामद गरेको छ ।

पूर्वपश्चिम राजमार्गसँगै जोडिएको वनकट्टीमा अबैध रुपमा खोलिएका मदिराभठ्ठीको दुर्गन्धले त्यसक्षेत्रबाट आवतजावत गर्ने सर्वसाधारणले ठूलो सास्ती बेहोर्नुपरेको जनगुनासो बढेको भन्दै अबैध मदिरा उत्पादन कार्यलाई पूर्ण रुपमा बन्द गर्न पहल चालेको इकालका प्रशासन कार्यालय चन्द्रौटाका उपसचिव मेघनाथ पाध्याले बताउनुभयो ।

दुई दिन अघि जेठ १० गते ठूलो परिमाणमा अबैध घरेलु मदिरा सहित कच्चा पदार्थ बरामद गरेपनि मदिरा उत्पादन कार्य नरोकिएपछि पुनः छड्के अनुगमन सहित छापा मारेको पाध्याको भनाई छ ।

काठमाडौं, जेठ १३ । वैदेशिक रोजगारीका लागि मलेसिया जाने नेपाली कामदारको स्वास्थ्य परीक्षणमा लागू गरिएको बायोमेट्रिक प्रणालीविरुद्ध पुनरावेदन अदालत पाटनमा दायर गरिएको रिट निवेदन खारेज भएको छ । बुधबार न्यायधीशद्वय टेकराज नेपाल र पदमराज भट्टको संयुक्त इजलासले सो रिट खारेज गरेको हो । मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणमा लागू गरिएको बायोमेट्रिक प्रणाली अवैध भएको तथा व्यवसायमाथि सेन्डिकेट लागू गरेको भन्दै खारेज गराउनका लागि नेपाल मेडिकल व्यवसायी सङ्घका अध्यक्ष शमसेर नेपालीले पुनरावेदन अदालत पाटनमा सो रिट निवेदन दायर गरेका थिए ।

२०७२ साल भदौ २८ मा दायर गरिएको उक्त रिट निवेदनमा श्रम तथा रोजगार मन्त्रालय, व्यवस्थापिका संसद अन्तराष्ट्रिय सम्बन्ध तथा श्रम समिति, व्यवस्थापिका संसद अन्तराष्ट्रिय सम्बन्ध तथा श्रम समिति अन्तर्गत वैदेशिक रोजगार अध्ययन उपसमिति, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, वैदेशिक रोजगार प्रवद्र्धन वोर्ड सचिवालय र नेपाल स्वास्थ्य व्यवसायी महासङ्घलाई विपक्षी बनाइएको थियो । निवेदनमाथि पुनरावेदनले यसबीचमा विभिन्न मितिमा प्रतिवादीहरूबाट आवश्यक मिसिलहरू मगाएर अध्ययन गरेको थियो भने वादीतर्फबाट आवश्यक प्रमाणहरू माग गरि अध्ययन गरेको थियो । तर दाबी गरिएअनुसार प्रमाणहरू नजुटेको र बायोमेट्रिक प्रणाली स्वास्थ्य परीक्षणसँग सम्बन्धित नरहेकोले उक्त रिट खारेज गरिएको हो ।

उत्प्रेषणयुक्त परमादेशको मुद्दा पुनरावेदनमा 2072-wo-0170 नम्बरमा दर्ता गरिएको थियो । पुनरावेदनले मन्त्रालयविरुद्ध दायर गरेको अग्राधिकार प्राप्त रिट २०७३ जेठ १२ गते फैसला गर्दै खारेज गरेको हो । बायोमेट्रिकसम्बन्धी यसअघि सर्वोच्च अदालतमा अन्तरिम आदेशका लागि परेको मुद्दा पनि खारेज भएको थियो भने सर्वोच्चमै यससम्बन्धी अर्को मुद्दा विचाराधिन रहेको छ ।

‘महासङ्घमा अनियमितता भेटिएन’

यसैबीच वैदेशिक रोजगारमा जाने नेपाली कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूको छाता संस्था नेपाल स्वास्थ्य व्यवसायी महासङ्घमाथि विभिन्न पक्षहरूले अनेकन आरोप लगाएर विभन्न नियामक निकायहरूमा दिईएको उजुरीबाट महासङ्घले कतै पनि गलत तथा अनियमितता नगरेको पुष्टि भएको छ ।

खासगरी मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणसँगै लागू गरिएको बायोमेडिकल प्रणाली, महासङ्घमा जम्मा भएको पैसा अनियमितता गरेको तथा स्वास्थ्य संस्था तथा सर्वसाधारणसँग समेत रकम उठाएर ठगी गरेको भनेर गरिएको उजुरीमाथि अनुसन्धान गर्दा कुनैपनि आरोप पुष्टि नभएको र अनियमितता नगरेको ठहर भएको हो ।

तत्काल आरोप पुष्टि नभएको भन्दै महासङ्घविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा परेको उजुरीलाई मुल्तवीमा राखिएको छ भने आयोगले २०७० पुस २९ मा महासङ्घ कार्यालयमा छापा मारी नियन्त्रणमा लिएको विभिन्न सक्कल कागजातहरू पनि महासङ्घलाई नै फिर्ता गरेको छ । तीन वर्ष लगाएर अनुसन्धान गर्दा पनि कुनै प्रकारको अनियमितता नदेखिएकोले सक्कल फाइलहरू फिर्ता गरिएको आयोगले जनाएको छ ।

त्यस्तै सर्वोच्च अदालतमा परेको उजुरी अझै विचाराधिन रहेकोले आयोगमा खडा भएको मुद्दाको फाइल भने तामेली शाखामा राखिएको छ । महासङ्घविरुद्ध परेको उजुरीमाथि अनुसन्धान गरिरहेको समाज कल्याण परिषद्ले पनि कुनै गलत तथ्य फेला नपारेको जनाएको छ ।

त्यसैगरी जिल्ला प्रशासन कार्यालयमा परेको उजुरीमाथि अनुसन्धान गर्दा पनि आरोपमाथि ठोस प्रमाण नजुटेको भन्दै महासङ्घ गलत नभएको निष्कर्षमा पुगेको थियो । त्यस्तै बायोमेट्रिकविरुद्धको उजुरीमाथि अनुसन्धान गर्दा पनि आरोप पुष्टि नभएको भन्दै महासङ्घ सही रहेको निचोड निकालेको छ । उजुरीकर्ताहरूले महासङ्घको वैधानिकता, महासङ्घले प्रयोग गर्दै आएको होलोग्राम स्ट्रिकटर, संस्थाको रकम ठगी, क्षतिपूर्ति वितरणमा अनियमितता गरेको लगायतका विषयमा प्रश्न उठाएका थिए । तर, सबै उजुरीहरूमाथि अध्ययन तथा अनुसन्धान गर्दा कतै पनि ठगी तथा अनियमितता र गलत काम नभेटिएको निचोडमा नियामक निकायहरू पुगेका हुन् । यसले सम्पूर्ण स्वासथ्य व्यवसायीहरू एक हुनुपर्ने सन्देशसमेत दिएको छ ।

काठमाडौं,जेठ १३ । प्रहरीले राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर विमल घर्ती मगरकी बहिनी मनिषा घर्तीको प्रेमीबाटै हत्या भएको हुन सक्ने आशंकामा अनुसन्धान सुरु गरेको छ । बुधवार राति आफ्नै घर बर्दघाट नगरपालिका ८ मा मृत अवस्थामा भेटिएकी मनिषाको हत्या गरेको अभियोगमा प्रहरीले आशिष चौधरीसहित ३ जनालाई पक्राउ गरेको छ ।

आशिष र मनिषाबीच प्रेम सम्बन्ध रहेको र त्यसकै कारण हत्या भएको हुनसक्ने प्रहरीको आशंका छ । १७ वर्षकी मनिषा ११ कक्षाको परीक्षा दिएर बसेकी थिईन । उनी बुधबार घरमा एक्लै थिइन्।

काठमाडौं,जेठ १३ । यातायात व्यवसायीले गरेको चक्काजामका कारण अलपत्र परेका यात्रुका लागि नेपाल प्रहरीले निः शुल्क बस सञ्चालन गरेको छ । यातायात ब्यवसायीले जरिवानाको दर उच्चरुपमा वृद्धी गरिएको भन्दै विहीबार चक्काजाम गरेका छन् । नेपाल प्रहरीले यी दुई रुटमा चलेका निःशुल्क बस सेवाको सदुपयोग गर्न अनुरोध गरेको छ-

रुट नं. १

नक्साल, जयनेपाल, पुतलीसडक, माइतीघर, थापाथली, पुल्चोक, जावलाखेल, एकान्तकुना, बल्खु, कलंकी, रविभवन, कालिमाटी, त्रिपुरेश्वर, नागस्थान, न्युरोड गेट, जमल, महेन्द्र शालिक, दरवारमार्ग, जयनेपाल सिनेमाहल हुँदै नक्साल ।

रुट नं. २

नक्साल, लोत्सेचोक, ज्ञानेश्वर, रातोपुल, गौशाला, एयरपोर्ट, सिनामंगल, कोटेश्वर तीनकुने, नयाँ बानेश्वर, माइतीघर, थापाथली, त्रिपुरेश्वर, नागेस्थान, न्युरोड गेट, जमल, लैनचौर, लाजिम्पाट, पुलिस एकेडेमी, नारायण गोपाल चोक, पुलिस एकेडेमी, बालुवाटार हुँदै नक्साल ।

नवलपरासी,जेठ १३ । नेपालका स्टार स्टाइगर विमल घर्ती मगरकी बहिनी मनिषा घर्तीमगर मृत अवस्थामा फेला परेकी छिन् । नवलपरासी बर्दघाट–८ पञ्चनगरमा रहेको आफ्नै घरमा मनिषा मृत भेटिएको प्रहरीले जनाएको छ । घर्तीकी आमा काम विशेषले बुटवल गएको बेला उनी घरमा एक्लै रहेकी थिइन् ।

प्रहरीले प्रारम्भिक जानकारी अनुसार उनको घाँटीमा कालो दाग भेटिएको र अन्य विषयमा अनुसन्धान भइरहेको छ । यो हत्या नै वा अरु नै भन्ने विषयमा अनुसन्धान भइरहेको नवलपरासीका डिएसपी अर्जुन रानाभाटले जानकारी दिएका छन् । यतिबेला विमल घर्तीमगर भने बेल्जियममा रहेका छन् ।

काठमाडौं,जेठ १३ । ट्राफिक जरिवाना रकम बढेको बिरोधमा चक्का जामको आयोजना गरेका व्यवसायीले नेपाली सेनाको सैनिक स्कुल बसमा तोडफोड गरेको छ । बन्दकर्ताले चाबहिल चोकमा बा २ ख २२४७ नम्बरको सैनिक बसमा ढंगामुढा र तोडफोड गरेका हुन् । उनीहरुले राजधानीको सुकेधारामा बा १ ज १५९९ नम्बरको ट्याक्सी, टेकुमा ना १ ज ८४१३ नम्बरको टाटासुमो र टेकुमा बा २ ज २००० नम्बरको ट्याक्सी तोडफोड गरेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले राजधानीको गौशाला, बालाजु, ललितपुरका विभिन्न स्थानमा जबर्जस्ति बन्द गराउदै हिड्ने १५७ जनालाई नियन्त्रणमा लिएको छ । नियम उल्लंघन गर्ने सवारीको कारबाहीका लागि ट्राफिक प्रहरीले बढी शुल्क लिन लागेको विरोधमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले गरेको बन्दले काठमाडौं उपतयका लगायत देश भरको जनजीवन प्रभावित भएको छ।

काठमाडौं,जेठ १३ । ट्राफिक नियम उल्लङ्घन गरेपछि लाग्ने शुल्क बढाएको भन्दै यातायात व्यवसायीले वृद्धि गरेको जरिवाना फिर्ता गर्न माग गर्दै सार्वजनिक यातायात बन्द गरेका छन् । आज विभिन्न यातायात व्यवसायी र मजदुरहरुले उपत्यकामा सवारी साधन चलाएका छैनन् । मोटरसाइकल र कार नीजि सवार साधन सडकमा कुदिरहेका छन्। ट्राफिक प्रहरीले शुल्क २५ देखि २०० सम्मलाई जेठ १ गतेदेखि लागू हुनेगरी ५०० देखि एक हजार ५०० सम्म पु¥याएको भन्दै चोकचोकमा सवारीसाधन थन्क्याएर चक्काजाम गरेका हुन् । नेपाल यातायात मजदुर संघ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, अखिल नेपाल यातायात मजदुर संघ र अखिल नेपाल क्रान्तिकारी मजदुर संघ लगायतका ८ वटा संस्था संयुक्त रुपमा जेठ १३ गते मुलुकभरका आफ्ना सवारीसाधन ग्यारेजमा थन्क्याएर सडकमा उत्रिएका हुन्।

काठमाडौँ उपत्यकामा अत्यावश्यक सवारीसाधनबाहेक अरू कुनै पनि भाडाका सार्वजनिक सवारीसाधन चलेका छैनन् । २०७२ असोज १४ गते ट्राफिक ऐन संशोधन गरी ट्राफिक नियम उल्लङ्घन गर्नेलाई यही जेठ १ गतेदेखि लागू हुनेगरी ट्राफिक जरिवाना वृद्धि भएको थियो । माओवादी बन्दका बेला र प्रहरी र प्रमुख जिल्ला अधिकारीसहितको ‘स्कटिङ’मा चलाउँने साझा यातायात यति बेला भने राजधानीमा गुमनाम अवस्थामा रहेको छ । विशेष सेवा सुविधा सहित सञ्चालनमा आएको महानगर यातायात पनि आज चलेकको छैन् । गृहले मंगलबार सार्वजनिक सवारी बन्द गरे कारवाही गर्ने चेतावनीसहित विज्ञप्ति निकालेको थियो ।

भाडाका सार्वजनिक सवारी साधनलाई पूर्ण रुपमा बन्द गरे पनि निजी सवारी साधनहरू भने सञ्चालनमा छन् । चक्काजाम बिहान ५ बजेदेखि बेलुकी ५ बजेसम्म कायम हुने जनाएको छ । ट्राफिक प्रहरीले नियम तोड्ने सवारीलाई जेठ १ गतेदेखि न्युनतम् ५ सयदेखि अधिकतम १५ सयसम्मको जरिवाना लगाउन सक्ने नियम लागू गरेको थियो । त्यसको बिरोधमा ब्यबसायीले बन्द घोषणा गरेको हो ।

कठमाडौं,जेठ १३ । ट्राफिक प्रहरीले वृद्धि गरेको जरिवाना फिर्ता गर्न माग गर्दै यातायात मजदुर व्यवसायीले आज सार्वजनिक यातायात बन्द गरेका छन् । आज विभिन्न यातायात व्यवसायी र मजदुरहरुले उपत्यकामा सवारी साधन चलाएका छैनन् । मोटरसाइकल र कार नीजि सवार साधन सडकमा कुदिरहेका छन्। गृह मन्त्रालयले सार्वजनिक यातायात बन्द नगर्न चेतावनी जारी गरेपनि त्यसको बेवास्ता गर्दै यातायात बन्दको घोषणा गरेका हुन् । नेपाल यातायात मजदुर संघ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, अखिल नेपाल यातायात मजदुर संघ र अखिल नेपाल क्रान्तिकारी मजदुर संघ लगायतका ८ वटा संस्था संयुक्त रुपमा जेठ १३ गते मुलुकभरका आफ्ना सवारीसाधन ग्यारेजमा थन्क्याएर सडकमा उत्रिएका हुन्।

गृहले मंगलबार सार्वजनिक सवारी बन्द गरे कारवाही गर्ने चेतावनीसहित विज्ञप्ति निकालेको थियो । भाडाका सार्वजनिक सवारी साधनलाई पूर्ण रुपमा बन्द गरे पनि निजी सवारी साधनहरू भने सञ्चालनमा छन् । चक्काजाम बिहान ५ बजेदेखि बेलुकी ५ बजेसम्म कायम हुने जनाएको छ । ट्राफिक प्रहरीले नियम तोड्ने सवारीलाई जेठ १ गतेदेखि न्युनतम् ५ सयदेखि अधिकतम १५ सयसम्मको जरिवाना लगाउन सक्ने नियम लागू गरेको थियो । त्यसको बिरोधमा ब्यबसायीले बन्द घोषणा गरेको हो ।

पप्पु गुरुङ्, १३ जेष्ठ / दोधारा चाँदनी, कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनीबाट सशस्त्र प्रहरीले रु. ५० हजार बराबरको अबैध बरामद गरेको छ् । तस्करहरुले आज बिहान करिब ५ बजे दोधारा चाँदनीको महाकाली झोलुङ्गे पुल नजिक महेन्द्रनगर लग्दै गर्दा बिभिन्न प्रकारको लेडिज सुट, ब्लाउज, पेटिकोटको कपडा बरामद गरेको सशस्त्र सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनीका प्रहरी निरिक्षक शंकर सिंह धामीले बताउनुभएको छ् । सशस्त्र प्रहरीको गस्ति टोली देखेपछि तस्करहरु कपडा छाडेर भोगेको प्रहरीले जनाएको छ् । आजै बरामद अबैध कपडालाई भन्सार कार्यालय गड्डा चौकी बुझाईने सशस्त्र प्रहरीले बताएको छ् ।

काठमाडौं,जेठ १३ । नेपालका असन्तुष्टि

१. केन्द्रीय कमिटीका निर्णय कार्यान्वयन भएनन्

गत ४ वैशाखमा सम्पन्न केन्द्रीय कमिटी बैठकले विभाग गठन, प्रादेशिक संगठन कमिटी बनाउने र सरकार–पार्टीबीच समन्वयका लागि छुट्टै संयन्त्र गठन गर्ने निर्णय गरेको थियो ।

एक साताभित्र विभाग गठन गरी तल्लो तहसम्म सर्कुलर पठाउने निर्णय भए पनि डेढ महिना बित्न लाग्दा अहिलेसम्म ३१ मध्ये २२ वटा विभाग मात्रै गठन भएका छन् । स्थायी समितिले प्रदेश कमिटी बनाउने निर्णय गरे पनि कस्तो कमिटी बनाउनेबारे औपचारिक छलफलसमेत भएन ।

‘केन्द्रीय कमिटीले निर्णय गरेको एक महिना १० दिन बित्यो, तर किन कार्यान्वयन भएन् ?, किन संयन्त्र बनेन ? तीन दिनभित्र जारी गर्न सकिने सर्कुलर किन कार्यकर्ताबीच पुगेन ?, त्यो त हाम्रो हातमा छैन,’ मदन भण्डारी अध्ययन केन्द्रले गरेको राष्ट्रिय भेलामा सचिव योगेश भट्टराईले भने ।

२. संस्थागत निर्णय र परामर्श हुँदैन भेलामा नेता नेपाल र वरिष्ठ नेता झलनाथ खनाल दुवैले पार्टीमा स्थायी, पोलिटब्युरो र केन्द्रीय कमिटीका बैठक औपचारिकतामै सीमित हुने गरेको आरोप लगाएका छन् । ‘आवश्यक परामर्श त परै जाओस्, स्थायी समितिमा कसैले विरोधमा बोल्ने धृष्टता गरिहाल्यो भने कर्के नजरले हेरिन्छ,’ नेपालले असन्तुष्टि पोख्दै भने, ‘गुट चलाउनेको हातमा पार्टी गएको छ, पार्टी चलाउनेहरूचाहिँ चाउरिएर बस्नुपरेको स्थिति छ ।’

३. दशौँ महाधिवेशनलाई लक्षित गरेर सदस्यतामा धाँधली नेता नेपालले दशौँ महाधिवेशनलाई लक्षित गरेर संस्थापनले संगठित सदस्यता वितरण र सरुवामा मनपरी गरेको आरोप लगाएका छन् ।

नयाँ पत्रिका दैनिकमा समाचार छ।

काठमाडौं,जेठ १३ । संसदीय क्षेत्र विकास कार्यक्रमका नाममा सांसदलाई दिइँदै आएको अबौँ बजेट दुरुपयोग भएको आरोप लगाउँदै पूर्वअर्थमन्त्रीहरुले आउँदो बजेटमा यस्तो रकम विनियोजन नगर्न सुझाव दिएका छन् ।

पूर्वअर्थमन्त्री तथा तत्कालीन एमाओवादी नेता वर्षमान पुनले निर्वाचन क्षेत्र विकासका नाममा सांसदलाई दिइन रकम रोक्नुपर्ने बताए । ‘विकासका नामा सांसदले पाउने रकम जथाभावी खर्च हुँदा एकातिर नेताहरु बद्नाम हुँदै गएका छन् भने अर्कोतिर त्यो बजेजबाट खासै उपलब्धि हात लागेको देख्न सकिएको छैन ।’ उनले भने ।

यसैवीच नागरिक दैनिकले आज सम्पादकीय लेख्दै राज्यको ढुकुटीको दोहर गरि सांसदहरुले सांसद कोषको पैसाबाट मादल किनिदिने जस्ता क्षणिक कार्यक्रमहरुमा सांसदहरु लाग्न नहुने उल्लेख गरेका छन् । महत्वपूर्ण आयोजनाका निमित्त राज्यका ढुकुटी प्रयोग हुनुपर्ने भन्दै नागरिकले सम्पादकीय लेखेको छ ।