ट्राफिक प्रहरीले वृद्धि गरेको जरिवाना फिर्ता गर्न माग गर्दै सार्वजनिक यातायात बन्द

जेष्ठ १३, २०७३ मा प्रकाशित | 1067 views

<p><span style="line-height: 1.42857143;">कठमाडौं,जेठ १३ । &nbsp;ट्राफिक प्रहरीले वृद्धि गरेको जरिवाना फिर्ता गर्न माग गर्दै यातायात मजदुर व्यवसायीले आज &nbsp;सार्वजनिक यातायात बन्द गरेका छन् । &nbsp;आज विभिन्न यातायात व्यवसायी र मजदुरहरुले उपत्यकामा सवारी साधन चलाएका छैनन् । मोटरसाइकल र कार नीजि सवार साधन &nbsp;सडकमा कुदिरहेका छन्।&nbsp;</span><span style="line-height: 1.42857143;">गृह मन्त्रालयले सार्वजनिक यातायात बन्द नगर्न चेतावनी जारी गरेपनि त्यसको बेवास्ता गर्दै यातायात बन्दको घोषणा गरेका हुन् । नेपाल यातायात मजदुर संघ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, अखिल नेपाल यातायात मजदुर संघ र अखिल नेपाल क्रान्तिकारी मजदुर संघ &nbsp;लगायतका ८ वटा संस्था संयुक्त रुपमा जेठ १३ गते मुलुकभरका आफ्ना सवारीसाधन ग्यारेजमा थन्क्याएर सडकमा उत्रिएका हुन्।</span></p><p>गृहले मंगलबार सार्वजनिक सवारी बन्द गरे कारवाही गर्ने चेतावनीसहित विज्ञप्ति निकालेको थियो । भाडाका सार्वजनिक सवारी साधनलाई पूर्ण रुपमा बन्द गरे पनि निजी सवारी साधनहरू भने सञ्चालनमा छन् । चक्काजाम बिहान ५ बजेदेखि बेलुकी ५ बजेसम्म कायम हुने जनाएको छ । &nbsp;ट्राफिक प्रहरीले नियम तोड्ने सवारीलाई जेठ १ गतेदेखि न्युनतम् ५ सयदेखि अधिकतम १५ सयसम्मको जरिवाना लगाउन सक्ने नियम लागू गरेको थियो । त्यसको बिरोधमा ब्यबसायीले बन्द घोषणा गरेको हो ।</p>

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web