१४ जेठ, काठमाडौं ।
ओएसीस् क्लब र बीरगन्ज यूथ एकेडमी सी डिभिजन लिग फुटबल प्रतियोगिताको बिहिबार भएका खेलमा विजयी भएका छन् ।

सातदोबाटो स्थित एन्फा मैदानमा भएको पहिलो खेलमा ओएसीस्र क्लबले खालीबार यूथ क्लबलाई १-० गोल अन्तरले पराजित गरेको थियो ।

एन्फा मैदान मै भएको दोस्रो खेलमा बीरगन्ज यूथ एकेडमीले बैद्ध फुटबल क्लबलाई ३-२ गोल अन्तरले पराजित गरेको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।

१४ जेठ, काठमाडौं ।
सरकारले काठमाडौ उपत्यकामा वस र्यापिड ट्रान्जिट र मेट्रो केवल कार निमार्ण तथा विकासका लागि सम्भाव्यता अध्ययन गर्न तथा कार्यान्वयन गर्ने कार्यका लागि लगानी वोर्डलाई तोक्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास वालुवाटारमा हिजोसाझ वसेको मन्त्रीपरिषदको बैठकले जीयो थर्मल पावर प्लान्टको सम्भाव्यता अध्ययन, विकास र कार्यान्वयन सम्वन्धी कार्य गर्न समेत लगानी वोडलाई तोक्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचना तथा संचारमन्त्री शेरधन राइले बताउनु भयो ।

बैठकले जापान सरकारबाट हियूमन रिर्सोस स्कर्लसीप प्रोजेक्टको लागि प्राप्त हुने अठ्ठाइस करोड ४७ लाख रुपैया अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

इन्जिनियर समुहबाट संजय शर्मालाई सचिव पदमा बढुवा गरि खानेपानी तथा सरसफाई मन्त्रालयमा पदस्थापना गर्ने लगायतका निणर्य मन्त्रीपरिषदेको बैठकले गरेको संचारमन्त्री राईले जानकारी दिनु भयो ।

१४ जेठ, मुगु ।
मुगु जिल्लाका करान तथा रोवा गाबिसका गरि बिभिन्न ३८ बिद्यालयका कक्षा २ भन्दा माथिका करीब १ हजार भन्दा बढी बिद्यार्थीहरु यार्सा टिप्न पाटन हिँडेपछि बिद्यालयहरु सुनसान जस्तै बनेका छन् ।

शिक्षकले बिद्यालय कुरुवा बनेका छन् । गरिबीका कारण करान क्षेत्रका भोटे समुदायका मानिसहरु बर्ष भरिको खानाको लागी यासाृ बेचेर पैंसा कमाउन आप्ना साना बाल बच्चा सहित पाटन तिर लाग्ने गर्दछन् ।

१४ जेठ, बिराटनगर ।
रातभरी परेको अविरलवर्षाका कारण बिराटनगरक्षेत्र जलमग्न भएको छ । पानीको निकास नभएका कारण वर्षाको पानी जमेपछी विराटनगर क्षेत्रका सयौघरहरु पानी पसेपछी सर्वसाधारणलाइ समस्या भएको छ ।

मुख्य सडक लगायत सहायक सडक तथा चौक चौराहाहरुमा दुुइ फिटसम्म पानी जमेको छ । सडकहरुमा पानी जमेपछी सवारी साधन लगायत सर्वसाधारणहरुलाइ आवत जावतगर्न समस्या भएको छ ।

िवराटनगर उपमहानगरपालिकाले विराटनगरक्षेत्रमा व्यवस्थित ढल निमार्ण तथा वाटौ विस्तारका लागी अहिले विराटनगर प्राय सवै सडकहरु भत्काएको छ । जसका कारण वर्षाका कारण विराटनगरका सडकहरु जलमग्न भएका छन ।

विराटनगर इटहरी सडक खण्डको शिवमन्दीर अगडाी पानीको निकास नहुुदा एकसय मिटर दायावाय पानी जम्नाले आवत जावत समस्या भएको छ । यसवर्ष चाडै पानी परेकाले काम पुुरागर्न समस्या भएको उपमहानगरपालिकाको भनाइ छ ।

१४ जेठ, बर्दिया ।
निकुञ्जबाट बर्दिया निकुञ्जको बबई उपत्यकामा स्थानान्तरण गरिएको एक पोथी गैंडाले भाले बच्चा (केटो) जन्माएको छ ।

गत फागुनमा स्थानान्तरण गरिएका तीन पोथीमध्येको २१०१० नम्बर आईडी भएको पोथी गैंडाले दुई दिन अघि बच्चा जन्माएको निकुञ्जका सहायक वार्डेन अशोक भण्डारीले बताए ।

स्थानान्तरण गरिएका पाँच वटै गैंडाको घाँटीमा रेडियो स्याटेलाईट जडान गरी अनुगमन गरिंदै आएको छ । ‘बबईको गुठी पोष्ट नजिक २१०१० आईडीको गैंडाले बच्चा जन्माएछ,’ सहायक वार्डेन भण्डारीले भने, ‘बच्चा र आमा सुरक्षित छन् ।’ त्यसको अनुगमनका लागि निकुञ्जको टोली खटिएको छ ।

गैंडाविहीन भएको बबई उपत्यकामा फेरी गैंडाको संख्या बढाउने उद्देश्यले गत फागुन तेस्रो साता चितवनबाट दुई भाले र तीन पोथी गैंडा स्थानान्तरण गरिएको थियो ।

काठमाडौँ जेठ १४ । गणतन्त्र दिवसमा सरकारले घोषणा गर्ने विभिन्न विभूषणका लागि ४१ हजारभन्दा बढीको सिफारिस भएको छ । विभूषणका लागि अत्यधिक दबाब आएपछि बिहीबारसम्म पनि विभूषण समितिले क–कसलाई दिने भन्ने निर्णय गर्न सकेको छैन ।गणतन्त्र दिवसको अवसरमा सरकारले हरेक वर्ष विभूषण घोषणा गर्दै आएको छ । तर, निश्चित मापदण्डका आधारमा भन्दा पनि सोर्सफोर्सका आधारमा विभूषण दिने प्रवृत्तिले निर्णय हुन नसकेको नयाँ पत्रिकाले जनाएको छ ।

यसपटक पनि नियमित मानपदवी, अलंकार र पदकका लागि मात्र एक हजारभन्दा धेरैको सूची बनिसकेको छ । प्राकृतिक प्रकोप पीडितोद्धार पदकका लागि झन्डै ४० हजारको सूची सिफारिस भएर आएको गृह मन्त्रालय स्रोतले बताएको छ ।

उपप्रधानमन्त्री विजयकुमार गच्छदारको अध्यक्षतामा विभूषण समितिको बैठक केही दिनयता दैनिक बस्दै आएको छ । तर, कतिलाई दिने भन्ने निर्णय हुन सकेको छैन ।

समितिमा गृहमन्त्री सदस्य छन् भने गृहसचिव सदस्यसचिव छन् । अन्य ६ जना स्वतन्त्र व्यक्ति विज्ञका रूपमा सदस्य छन् । स्रोतका अनुसार सुरक्षा निकायकाबाट विभूषणका लागि अत्यधिक दबाब आएको छ ।

काठमाडौँ जेठ १४ । अमेरिकाले नेपाललाई भारतीय नजरबाट हेर्ने गर्छ भन्ने सामान्य नेपाली मान्यता सही नभएको र अमेरिकाले नेपाललाई स्वतन्त्र आँखाबाट हेर्ने गरेको अमेरिकी राजदूत एलाइना बी तेप्लिजले बताएकी छिन् । अमेरिकी राजदूत तेप्लिजले त्रिभुवन विश्वविद्यालय किर्तिपुरमा बिहीबार आयोजित एसिया क्षेत्रमा अमेरिकी विदेश नीति’ विषयक अन्तक्रियामा भनिन्,’पहिलो कुरा अमेरिकाले आफ्नो विदेशी नीतिको सवालमा भारत वा अन्य कुनै पनि मुलुकलाई डिकेक्ट गर्न अनुमति दिँदैन ।’ आजको अन्नपूर्णमा समाचार छ ।

नेपालमा अमेरिकाले भारतको विदेश नीतिलाई समर्थन गरेको भन्ने प्रायजसो सुनिने गर्छ । यो देख्दा अचम्म लाग्छ । हाम्रो नेपालप्रति भिन्नै नीति थिएन र भारतकै नीति अख्तियार गरिइको हुन्थ्यो भने यहाँ अमेरिकाले किन दूतावास स्थापना गर्नुपथ्र्यो र ?’ उनले अमेरिकाले नेपालका लागि आफ्नो नीति भारतबाट आइटसीर्सिङ गर्दै आएको भन्ने चर्चा नेपालमा हुने गरेको बताइन् ।

“हामी हौं प्रभाती, अदम्य सहिदका रक्तिम,
क्रान्तिकारी, सिर्जनशील, जनमुक्तीका महामान्छे ।

हामी हौं प्रभाती मान्छे, ज्वालामुखी–चट्याङ निकाल्ने,
अन्यायीलाई सधैं झुकाउने, वैरीको नामोनिशान मेटाउने ।

हामी हौं अदम्य मान्छे, साहसको आँधीबेहरी ल्याउने,
आकाश–पाताल एक बनाई धर्तीलाई संसार बनाउने ।

हामी हौं सङ्घर्षशील मान्छे, रक्तकुण्डमा क्रान्तिको कमल फुलाउने,
दिन–रातलाई परास्त गरी प्रभाती किरण सदा फुलाउने ।

हामी हौं सहिदका रक्तिम मान्छे, विद्रोहको ज्वाला दन्काइरहने,
हुँकारले व्रम्हाण्ड कम्पायमान गरी, सारा ठाउँमा दासता हटाउने ।

हामी हौं सिर्जनशील मान्छे, गरिबको बस्तीमा लाली किरण दिने,
जस्तै कठिनमा पनि सुवास देख्ने, दुःखीतिर सुगन्ध छल्काउने ।

हामी हौं जनमुक्तिका मान्छे, अन्यायलाई बदला लिने रक्तवीज,
महाभूकम्प–महाप्रलय ल्याउने, समतामूलक समाज सदा बनाउने ।

हामी हौं क्रान्तिकारी मान्छे, न्यायको बिगुल सदा फुक्ने,
बम–बारुदलाई सहजै पचाउने, राता झन्डा फर्फराइरहने ।

हामी हौं प्रभाती, अदम्य सहिदका रक्तिम,
क्रान्तिकारी, सिर्जनशील, जनमुक्तीका महामान्छे”

बिजु सुवेदी “विजय”को रत्न पुस्तक भण्डारबाट केहि समय अगाडि प्रकाशित कथा सङ्ग्रह “सत्य सङ्घर्षका कथाहरु”बाट

१४ जेठ, काठमाडौं ।
नेपाली राष्ट्रिय क्रिकेट टिमका उदयमान युवा खेलाडी सन्दिप लामिछाने हङकङमा पहिलो पटक आयोजना हुन लागेको हङकङ ब्लीज टि २० क्रिकेट प्रतियोगितामा सहभागि हुन बुधबार त्यस तर्फ लागेका छन् ।

१६ वर्षिय लेग स्पिनल सन्दिपले हङकङको कावलुन क्लबबाट खेल्ने छन् ।

कावलुन क्लबको कप्तानी अष्ट्रलियाका पूर्व कप्तान माईकल क्लार्कले गर्दै छन् ।

बंगलादेशमा भएको आई सी सी अण्डर १९ विश्व कप क्रिकेटमा १४ विकेट लिँदै दोस्रो सर्वाधिक विकेट लिने बलर भएका सन्दिपले कीर्तिपुरमा नामिबिया बिरुद्धको २ खेलमा पनि ३ विकेट लिएका थिए ।

१४ जेठ, काठमाडौं ।
यातायात व्यवसायीले आज गरेको चक्काजामको तोडफोडमा संलग्न २०२ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक माधवप्रसाद जोशीका अनुसार चक्काजामको अवधिमा छ सवारी साधन तोडफोड भएका छन् । व्यवसायीले देशभर चक्काजाम गर्ने भने पनि काठमाडौँ उपत्यका बाहिर तोडफोड र पक्राउको घटना नभएको प्रवक्ता जोशीले जानकारी दिनुभयो ।

ट्राफिक नियम उल्लङ्घन गर्नेलाई यही जेठ १ गतेदेखि लागू हुने गरी जरिवाना शुल्क अत्यधिक वृद्धि गरिएको भन्दै नेपाल राष्ट्रिय यातायात व्यवसायी महासङ्घलगायत यातायात व्यवसायी सम्बद्ध सङ्घसंस्थाले आज सार्वजनिक सवारी साधन नचलाई विरोधमा उत्रिएका हुन् ।
आज देशभर सार्वजनिक यातायात बन्द गराउँदा सर्वसाधारण जनताले ठूलो सास्ती ब्यहोर्नु परेको छ ।

यातायात व्यवस्थापन सम्बद्धहरुले जरिवाना शुल्क स्वभाविक भएको र ट्राफिक नियमलाई स्वअनुशासनको रुपमा लिन आग्रह गर्दै आएका छन् ।

यातायात व्यवस्था विभागले आज विज्ञप्ति प्रकाशन गरि संसदद्वारा स्वीकृत भई लागु भएको जरीवाना परिवर्तनको विषयका सन्दर्भमा आपसी समन्वय, सरसल्लाह एवं वार्ताबाट नै समस्याको निकास हुने एवं जरीवानामा नै नपर्ने क्रियाकलाप सञ्चालन गरि अनुशासित मर्यादित एवं सम्मानजनक पेशाको रुपमा विका गर्न सम्बद्ध सबै पक्षलाई वार्ता रसहकार्यका लागि आग्रह गरेको छ ।

१३ जेठ, काठमाडौं ।
सरकारले सदनसमक्ष आर्थिक वर्ष २०७२/७३ को आर्थिक सर्वेक्षण आज प्रस्तुत गरेको छ ।
सर्वेक्षणअनुसार चालु आवमा मुलुकको कुल गार्हस्थ्य उत्पादन ० दशमलव ७७ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ । गत वर्ष त्यस्तो वृद्धिदर २ दशमलव ३२ प्रतिशत थियो ।

कृषि क्षेत्रको वृद्धिमा कमी, भूकम्पको प्रभावबाट गैरकृषि क्षेत्रका गतिविधिमा अधिक प्रभाव र भारतसँगको सीमा क्षेत्रमा भएको अवरोध र आपूर्तिमा त्यसबाट उत्पन्न व्यवधानले आर्थिक वृद्धि हुन नबसकेको उल्लेख छ ।

चालु आवमा कृषि क्षेत्रको उत्पादन १ दशमलव ३ प्रतिशतले बढ्ने अनुमान गरिएको छ भने गैरकृषि क्षेत्रको वृद्धि ० दशमलव ६ प्रतिशतले बढोत्तरी हुने प्रक्षेपण गरिएको छ ।

चालु आवमा उद्योग क्षेत्रको उत्पादनमा ६ दशमलव ३ प्रतिशतले कमी आएको देखाइएकोछ भने सेवा क्षेत्रको उत्पादनमा २ दशमलव ७ प्रतिशतले वृद्धि भएको उल्लेख छ ।

मुलुकको अर्थतन्त्रमा संरचनागत परिवर्तनसँगै कुल गार्हस्थ्य उत्पादनमा कृषि र उद्योग क्षेत्रको योगदान नगण्य रह्यो भने सेवा क्षेत्रको योगदान क्रमशः वृद्धि उन्मुख छ ।

त्यसैगरी कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान घट्दो क्रममा रहे पनि गैरकृषि क्षेत्रको योगदानमा भने वृद्धि हुँदै आएको छ ।

चालु आवमा कुल राजस्व परिचालन रु चार खर्ब ७५ अर्ब एक करोड रहने अनुमान गरिएकामा बितेका आठ महिनामा रु दुई खर्ब ३१ अर्ब सात करोडमात्र सङ्कलन भएको छ ।

गत आवको तुलनामा चालु आवमा मूल्य वृद्धि अनपेक्षित रुपमा बढेको सर्वेक्षणमा उल्लेख छ ।

चालु आवमा मुलुकको कुल खाद्यान्न उत्पादन (धान, गहुँ, मकै, कोदो, जौ र फापर) गत आवको तुलनामा छ प्रतिशतले घट्ने अनुमान गरिएको छ । मौसमी प्रतिकूलता, सीमा नाकामा भएको अवरोधले मल र इन्धन ढुवानी समयमै नहुँदा भूमिगत सिँचाइमा परेको प्रभावले अन्नबाली उत्पादन कम हुने प्रक्षेपण गरिएको छ ।

१३ जेठ, काठमाडौं ।
सरकारले आगामी आव २०७३/७४ को राजस्व र व्ययको अनुमान ९बजेट० आगामी शनिबार सदनसमक्ष पेस गर्दै छ ।

व्यवस्थापिका–संसद्को आजको बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको संविधानअनुसार वार्षिक बजेट प्रस्तुत गर्न सदनसमक्ष गर्नुभएको अनुरोधलाई स्वीकार गर्दै सभामुख ओनसरी घर्तीले यही जेठ १५ गते अपराह्न ४ बजे पेस गर्ने गरी समय निर्धारण गरिएको जानकारी दिनुभयो ।

संविधानमा हरेक वर्ष सरकारले जेठ १५ गते बजेट प्रस्तुत गर्नुपर्नेछ ।