नेपाल र चीनका व्यापारीको संयुक्त लगानीमा ३६ अर्बको सिमेन्ट उद्योग स्थापना

जेष्ठ १२, २०७३ मा प्रकाशित
Published at 2016-05-25

895 views

१२ जेठ, नवलपरासी ।
चीन र नेपालका सिमेन्ट उत्पादक कम्पनीहरुको करिव ३६ अर्ब रुपियाँ लगानीमा नवलपरासीको बेणिमनिपुरमा देशकै ठूलो सिमेन्ट उद्योग स्थापनाको काम शुरु भएको छ ।

चिनियाँ कम्पनी होङ्सीको ७० प्रतिशत र नेपालको शिवम् सिमेन्टको ३० प्रतिशत लगानी रहेको होङ्सी शिवम् सिमेन्टबाट उत्पादन हुने सिमेन्टले नेपाली बजारको ३० प्रतिशत माग पूरा गर्ने उद्योगले जनाएको छ ।

दैनिक १२ हजार मेट्रिक टन सिमेन्ट उत्पादन क्षमता भएको यस उद्योगले तीन वर्षमा उत्पादन बजारमा ल्याउने होङ्सी शिवम् सिमेन्टका प्राविधिक शिवरत्न अटलले जानकारी दिनुभयो ।

होङ्सी शिवम् सिमेन्टको उत्पादन क्षेत्र नवलपरासीको  बेणिमनिपुरमा बुधबार उद्योग स्थापनाबाट हुने फाइदाका बारेमा जिल्लाका सांसद, विभिन्न राजनीतिक दलका नेता, सरकारी कार्यालयका प्रमुख र स्थानीयवासीहरुसँग छलफल भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Website by Muncha Developers.