बाजुरामा घरमा बाढी पस्दा दुई बालकको मृत्यु सात घाईते

जेष्ठ १२, २०७३ मा प्रकाशित | 822 views

१२ जेठ, बाजुरा ।
बाजुराको रुगिन गाविस वडा नं ६ कवाडीमा आज विहान बाढीले दुईवाललको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रुगिन गाविस वडा नं ६ निवासी चन्द्र बुढथापाका छोरा वर्ष १० का निखिल बुढथापा र ६ वर्षे दीर्घ बुढथापा हुन् ।

आज विहान चार वजे तिर परेको पानीले खोला गाउँ पस्दा घरवाट बाहिर निस्कन नसकि भलपानीमा पुरिएर  बालकको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठले जानकारी दिनुभयो ।

बाढीले बगाउँदा  नौरता भण्डारी, छमकला बुढथापा मोहन सुनार, रिउली बुढथापा ,अम्कला बुढथापा र मदन बुढथापा भाईते भएका छन् ।

घटनास्थल सदरमुकाम मार्तडीबाट चालिस कोष टाढाको पैदल दुरीमा रहेकाले अझै पनि सरकारी टोली घटनास्थलमा पुग्न सकेको छैन ।

यस्तै पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको बर्दघाट–९ भुतहाँमा आज दिउँसो सवारी दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार बर्दघाटबाट बुटवल जाँदै गरेको लु१ख ३१३८ नम्बरको बसले सोही दिशाबाट बुटवल जाँदै गरेको लु१ख ७३७४ नम्बरको बसलाई पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको हो ।

अन्य घाइतेको उपचार स्थानीय अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ । बस र चालक प्रहरीको नियन्त्रणमा छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web