१२ जेठ, काठमाडौं ।
उत्तम शान्ति पुरस्कारबाट साहित्यकार सरुभक्त र रामप्रसाद पन्तलाई पुरस्कृत गरिएको छ ।

उत्तम कुँवर स्मारक गुठीले आज काठमाडौँमा गरेको कार्यक्रममा २०७१ साल र २०७२ सालको उत्तम शान्ति पुरस्कारबाट उहाँहरुलाई जनही रु ३५ हजार एक सहित सम्मान गरेको हो ।

गैरआख्यान कृति ‘बाङ्गाटिङ्गा धर्साहरु’ का लागि सरुभक्तलाई र ‘अविरल यात्रा’ का लागि पन्तलाई पुरस्कृत गरिएको थियो ।

25.12¡ÆC