लोडसेडिङ दैनिक चार घण्टामा सीमित

२९ जेठ, काठमाडौं ।
नेपाल विद्युत प्राधिकरणले अनौपचारिक रुपमा विद्युत कटौती 'लोडसेडिङ' को अवधि दैनिक नौ घण्टाबाट घटाएर पाँच घण्टामा सीमित गरेको छ ।

नदीहरुमा पानीको बहाव बढेको र भारतबाट आयात गरिएको विद्युतको व्यवस्थापनबाट अनौपचारिक रुपमा लोडसेडिङ घटाएर दैनिक पाँच घण्टा आसपासमा सीमित गरिएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेले जानकारी दिनुभयो ।

कार्यकारी निर्देशक काफ्लेले दैनिक पाँच घण्टा हुने लोडसेडिङ पनि विद्युतको अत्यधिक माग हुने विहान र बेलुकाको समयमा मात्र हुने र दिउँसोको समयमा भने प्रायः लोडसेडिङ नहुने बताउनुभयो ।

कार्यकारी निर्देशक काफ्ले आगामी हिउँदमा लोडसेडिङ हुन नदिनका लागि भारतबाट तीनसय मेगावाट विद्युत आयातका लागि प्रक्रिया अगाडि बढाइसकिएको स्पष्ट गर्नुभयो ।

उहाँले आन्तरिकतर्फ पनि ५० मेगावाट क्षमताको मस्र्याङ्दी ‘ए’ जलविद्युत आयोजनाबाट आगामी सेप्टेम्बरदेखि तथा १४ मेगावाट क्षमताको कुलेखानी तेस्रो जलविद्युत आयोजनाबाट आगामी डिसेम्बरदेखि विद्युत उत्पादन शुरु हुने पनि जानकारी दिनुभयो ।

साइबर अपराध दोब्बर बढ्यो

२९ जेठ, काठमाडौं ।
साइबर अपराध गर्नेको सङ्ख्या गत वर्षको तुलनामा यो बर्ष दोब्बर बढेको प्रहरीले जनाएको छ ।

महाशाखाका प्रहरी नायब उपरीक्षक पशुपतिकुमार रायले साइबर अपराधमध्ये सबैभन्दा धेरै फेसबुकमा हुने गरेको जानकारी दिनुभयो ।

फेसबुक, ट्विटर, बैंकिङ, अनलाइन, एटिएम लगायतको क्षेत्रमा बढी साइबर अपराध हुँदै आएको छ ।

चलचित्र प्रतिलिपि अधिकार हनन गर्ने एक, केटीका नाममा फेसबुक आइडी बनाएर पैसा माग्ने दुई  र  सरकारी बेकसाइट ह्याक गर्ने चार जनालाई पक्राउ गरिएको महाशाखाले जनाएको छ ।

बाबुराम भट्टराई नेतृत्वमा नयाँ शक्ति पार्टी घोषणा, के-के भयो रंगशालामा ?

२९ जेठ, काठमाडौं ।
नयाँ शक्ति पार्टी नेपाल पार्टीको आज औपचारिक घोषणा भएको छ । अबको निकास आर्थिक विकास भन्ने नाराका साथ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले काठमाडौंमा पार्टीको घोषणा गर्नु भयो ।

नयाँ शक्ति नेपाल पार्टी घोषणा कार्यक्रममा सुभकामना दिनुहुँदै प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार वार्ता र संवादका माध्यमबाट अहिलेको समस्या समाधा गर्न प्रतिबद्ध रहेको बताउनु भयो ।

प्रधानमन्त्री ओलीले संविधान संशोधन गरेर समस्या समाधान गर्न सकिने भएकाले वार्ता र संवादमा आउन आन्दोलनरत दलहरुले फेरी एक पटक आव्हान गरेको बताउनु भयो ।

प्रधानमन्त्री ओलीले संविधानले सवै सवैलाई समान अधिकार दिएकाले अव देशलाई विकास र समृद्धिको बाटोमा अघि बढाउन आवश्यक रहेको र त्यसमा नयाँ शक्ति नेपाल पार्टीले महत्वपूर्ण भुमिका खेल्ने विश्वास व्यक्त गर्नु भयो ।

कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले मुलुकमा आर्थिक विकास र समृद्धिका लागि सवै एक जुट हुनु आवश्यक रहेको बताउनु भयो ।

नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले नेपालले रानीतिका विभिन्न चरण पार गर्दै आएको र अवको बाटो आर्थिक विकास भएकाले नयाँ शक्ति नेपाल सबृद्ध नेपालका लागि बैकल्पिक शक्तिका रुपमा आएको बताउनु भयो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले आर्थिक विकास अहिलेको आवश्यकता भएकाले त्यसका लागि राजनीतिक स्थिरता र सन्तुलन हुनु आवश्यक रहेको बताउनु भयो ।

नयां शक्ति नेपालको पार्टी स्थापना तथा राष्टिय सभा घोषणा सभामा विभिन्न राजनीतिक दलका नेताहरु, विभिन्न कुटनीतिक नियोगका प्रतिनिधिहरु र विभिन्न मुलुकका राजनीतिक दलका नेताहरु सहभागि हुनुहुन्थ्यो ।

टर्कीलाई हराउँदै क्रोएसियाको विजयी सुरुवात

काठमाडौं,जेठ ३० । टर्कीलाई पराजित गर्दै क्रोएसियाले युरो कप फुटबलमा विजयी सुरुवात गरेको छ । आइतबार भएको खेलमा क्रोएसियाले टर्कीलाई १-० गोलले हराउँदै २००८ को युरोको क्वार्टरफाइनलमा व्यहोरेको हारको बदला लिएको छ । पेरिसमा भएको खेलमा लुका मोडरिचले ४१ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।उनले करिव २५ यार्ड टाढाबाट भली गोल गरेका हुन् ।  चौथो पल्ट युरो कप खेलिरहेको र सन् २००८ मा सेमिफाइनलसम्म पुगेको टर्कीले भने गोल गर्ने खासै मौका बनाउन सकेन ।

टर्कीलाई हराउने क्रोएसिया भने सन् १९९६ र २००८ मा क्वाटरफाइनलसम्म पुगेको थियो । १ गोल गरेको क्रोएशियाले १८ पटक टर्कीको पोष्टमा आक्रमण गरेको थियो, जस मध्येका ६ प्रहार गोल लक्षित थिए । तर टर्कीले भने जम्मा ९ पटक मात्र क्रोएशियाको पोष्टसम्म बल लैजान सक्यो र २ पटक मात्र गोलका लागि लक्षित गरेर प्रहार गरेको थियो । यो समूहमा रहेका स्पेन र चेक गणतन्त्रबिचको खेल सोमबार हुने छ । आइतबारको विजेता क्रोएशियाले चेक गणतन्त्रसँग र टर्कीले स्पेनसँग आउँदो शुक्रबार खेल्ने छ ।

Child labour submits memo to PM Oli

18 child labours have submitted a 12-point memorandum to PM KP Sharma Oli today.

Amidst a programme organized at PM's residence Baluwatar to mark the World Day against Child Labour today, a child labour from Ramechhap district Samjhana Manandhar read out 12-point memorandum sharing the plights of the child labours. She said the house owners beat them accusing of not working properly, deprive of adequate meal and right to education, deduct wage if any pot was damaged.

In the memorandum, she said the child labours fear of possible sexual assaults from the house owners. She then reminded PM Oli to take initiative to implement the existing laws that protect rights of the children below 14 years as right to education and proper wage

On the occasion, PM Oli said it was quite disappointing to have the children meted out disrespectful behaviour as depriving them of proper schooling and upbringing. He informed that the government has arranged the facility of education up to masters' degree free of cost to the people from poor, Dalit and disadvantaged groups.

Similarly, Minister for Labour and Employment Dipak Bohara said the government had prepared a 10 year perspective plan against child labour.

Naya Shakti formally announces party establishment

The Naya Shakti Nepal has been formally announced as a political party.

Administrating oath to party members, Coordinator of Naya Shakti, Dr Baburam Bhattarai, announced the establishment of Naya Shakti amidst a function organised at Dasharath Stadium.

Addressing the party announcement gathering, PM K P Oli claimed that the new national statute does not discriminate any caste, community and sect.

Prime Minister KP Sharma Oli stated that the discontent with the new constitution could be addressed through talks and dialogue.

He said if there were any weakness in the constitution, it could be corrected.
Urging the disgruntled Madhesh-centric political parties to come on board, the PM said, the government is at loss for request.

He spoke of the need for one and all to be committed to usher our multilingual and geographically diverse country further in the path of development and prosperity as guided by the law.

On the occasion, PM Oli extended his best wishes to the newly formed political parties for its role in the commonweal.

Nepali Congress President Sher Bahadur Seuba stressed of unity among all parties for the country's economic prosperity and stability.

Coordinator of the Naya Shakti Nepal Dr. Baburam Bhattarai said the Naya Shakti Nepal has stood as the alternative force for the economic prosperity of the country adding that economic development should be the central agenda of the country.

He said Naya Shakti would bring reforms and establish the fact that politics is not a dirty game.

Dr. Bhattari further said politics is not a profession or means of making money rather it is to make pure and transparent.

Leader Bhattarai proposed the idea of an independent corruption watchdog—that will investigate into the corruption allegations leveled against the leaders including himself.

Leader Bhattarai said his new Part would try its best to bring prosperity, increased investment and capital formation to Nepal.

CPN (Maoist Centre) leader Krishna Bahadur Mahara said political stability is a must for economic prosperity is the agenda of the coutnry and added that political stability is a must for achieving this goal.

Leader Mahara expressed belief that the Naya Shakti would work for economic prosperity of the country.

Various leaders of different political parties of India as well as representatives of international organizations were also present in the programme.

माया र नासालाई उपाधि

काठमाडौं, जेठ ३० । टिम माया र नासा इन्टरनेसनल कलेजले थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेका छन् । माया ब्वाइज र नासा गल्र्समा च्याम्पियन बने ।

चावहिलस्थित बाबा बोर्डिङ हाइ स्कुलको कोर्टमा भएको ब्वाइज फाइनलमा मायाले सीसीआरसीलाई १८–१६ को साँघुरो अन्तरले पराजित ग¥यो । मायाको जितमा सन्तोष दाहालले ८ अंक योगदान गरे ।

गल्र्सको उपाधि भिडन्तमा नासाले टिम मायालाई ११–५ ले हरायो । नासाकी सुशीला तामाङले ६ स्कोर गरिन् । फाइनलका सर्वाधिक स्कोरकर्ताद्वय सन्तोष र सुशीला ‘मोस्ट भेलुएबल प्लेयर’ चुनिए ।

विजेतालाई बाबाका भाइस प्रिन्सिपल डिबी दाहाल, राष्ट्रिय रेफ्री राजन सिंहलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । दुईदिने प्रतियोगिताको ब्वाइजमा २३ तथा गल्र्समा ११ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेको प्रतियोगिता संयोजक डिकेश प्रधानले जनाएका छन् ।

रितिज र सिक्कालाई स्वर्ण

काठमाडौं,जेठ ३० । आदर्श विद्या मन्दिर (एभीएम) का रितिज जोशी र सिक्का सुवालले प्रथम उपत्यकाव्यापी खुला टेबलटेनिस प्रतियोगितामा स्वर्ण जितेका छन् । यु–१६ सिंगल्सको ब्वाइजमा रितिज र गल्र्समा सिक्का पहिलो भएका हुन् । ब्वाइज फाइनलमा रितिजले शुभकामनाका निकेश महर्जनलाई ३–० ले पराजित ग¥यो । गल्र्स फाइनलमा सिक्काले एभीएमकी लश्ता महर्जनलाई ३–१ ले हराइन् ।

सिंगल्सको यु–१२ ब्वाइजमा प्रोक्सिमाका रेखन तामाङ र गल्र्समा स्वर्णिमकी आभा पन्त, यु–१४ ब्वाइजमा एभीएमका सन्योग कपाली र गल्र्समा एभीएमकै दीक्षा तामाङ तथा पुरुष खुलामा नेपाल आर्मी क्लबका कृष्ण थापा मगर र महिला खुलामा एपीएफकी सेलिशा खड्गी पहिलो भए ।

‘पहिचान देखाउने गरिने शक्ति प्रदर्शन कुनै नौलो होईन’ :प्रवक्ता भुसाल

३० जेठ,काठमाडौं ।

नेकपा माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले आफ्नो पार्टीले राष्ट्रिय सरकारको गृहकार्य सुरू गरेको बताएकी छन्। रफत सञ्चार क्लबले आइतबार आयोजना गरेको साक्षतकार कार्यक्रममा भुसालले हाल आफ्ना मन्त्रीहरुलाई सरकारबाट फिर्ता नबोलाउने भन्दै उनले नेकपा माओवादीको नेतृत्वमा राष्ट्रिय सहमतीको सरकार निर्माणमा लागि बिभिन्न दलहरुसँग छलफल सुरू गरिरहेको बताइन्।

बिभिन्न फुटबाट एक जुट भएको माओवादी केन्द्रमा ढिला चाँडै भए पनि किरण, बाबुराम र बिप्लब आउने भन्दै उनले आफ्नो पहिचान देखाउने गरिने शक्ति प्रदर्शन कुनै नौलो नभएको बताइन्। उनले माओवादीलाई चट्क्कै छाडेर जानुको साट्टो माआवादीमै समाहित भएर बाबुराम, बिप्लबले आफ्नो जिम्मेवारी लिएर काम गर्दा सबैको लागि हित हुने बताइन्।

मधेश आन्दोलनका जायज मागलाई सम्बोधन गर्दै उनीहरूलाई समेत राष्ट्रिय सरकारमा सामेल गर्न नेकपा माओवादी केन्द्र सक्षम रहने बताइन्।

नेपालमा प्रत्यक्ष रूपमा बिदेशी हस्तक्षेप रहेको भन्दै सुगौली सन्धी, राजनीतिक, आर्थिक, जलस्रोत, सिमादेखि बिभिन्न क्षेत्रमा हस्तक्षेप भएको सबैका अघि स्पष्ट भएको उनले बताइन्। बिभिन्न देशहरुको हस्तक्षेपका अघि नेपालले नयाँ उपनिबेशको सामना गरिरहेको बताउँदै उनले हालसम्म भारत लगायत अन्य देशको हस्तक्षेप जारी रहेको दाआ गरिन्।

चीन तर्फका नाका बिस्तारका लागि नेपाल सरकारले सम्झौता गरिसकेको र त्यसलाई पूर्णता दिन नेपाल अग्रसर बन्नु पर्ने उनको टिप्पणी छ।

यस्तो छ नयाँ शक्तिको सदस्यहरुलाई भट्टराईले खुवाएका सपथ,गर्लान त पूरा ?

३० जेठ,काठमाडौं ।

डा  बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल पार्टीको घोषणा भएको छ । घोषणा सभामा  भट्टराईले नयाँ सदस्यहरुलाई सपथग्रहण गराएका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार आयोजित एक कार्यक्रममा नयाँ सदस्यहरुलाई सपथग्रहण गराएका छन्। डा.भट्टराईले लिखित सपथ पढ्दै उपस्थित पार्टीका सदस्यहरुलाई दोहोर्‍याउन लगाएका थिए।

शपथ–ग्रहणको व्यहोरा यस्तो छ

१. म, (……) नयाँ शक्ति नेपालको सदस्य भएकोमा गर्व गर्दछु । यही गर्वका साथ म मेरो देश, शहीदहरु, नेपाली जनता र यसको गौरवशाली इतिहासलाई साक्षी राख्दै निम्न प्रतिज्ञा गर्दछु,

२. म, नेपाली जनताको लोकतन्त्र, संघीयता, समृद्धि, विकास र सामाजिक न्यायको सपनालाई पूरा गर्न वचनवद्ध छु ।

३. म, आफ्नै जीवनकालमा समृद्ध नेपाल निर्माण गर्न सम्भव छ भन्ने विश्वास राख्दछु ।

४. म, सबै नेपाली जनताको समान पहिचान र स्वामित्व सहितको स्वाधीन, समृद्ध, समानुपातिकरसमावेशीरसहभागितामूलक लोकतन्त्र र समुन्नत समाजवाद निर्माणकालागि क्रियाशील रहनेछु ।

५. म, जीनवनभर सुशासन, सदाचार, मानवीय मूल्य र गरिमा बृद्धिकालागि लागिरहनेछु ।

६. म, कहिल्यै सार्वजनिक हितलाई कुण्ठित गर्ने छैन र निजी स्वार्थकालागि राजनीति गर्नेछैन ।

७. म, सधैं श्रमको सम्मान गर्नेछु ।

८. म, जे बोल्छु, त्यही गर्नेछु र सधैं सकारात्मक सोंच राख्नेछु ।

९. म, नयाँ शक्ति नेपाललाई एक वैकल्पिक राजनीतिक पार्टीको रुपमा विकास गर्दै यसको लक्ष्य र उद्देश्य प्राप्त गर्न निरन्तर क्रियाशील रहनेछु ।

१०. नयाँ शक्ति नेपाल, जिन्दावाद !

“नेपाल फेस्टिवल स्टल बुकिङ खुल्ला, आयोजक सहित विभिन्न समिति गठन”

३० जेठ, टोकियो ।

गैर आवासीय नेपाली संघ एनआरएनए जापानको आयोजनामा टोकियोमा हुन लागेको नेपाल फेष्टिवलमा सहभागिताका लागि स्टल बुकिङ खुल्ला गरिएको छ। आगामी अगस्ट ६ र ७ गते टोकियो योयोगी पार्कमा हुन लागेको नेपाल फेस्टिवलको पहिलो बृहत बैठकले स्टल बुकिङ खुल्ला भएको जानकारी दिईयो। सिनोकुबोमा सम्पन्न भएको भेलाले एनआरएनए जापान अध्यक्ष सुदन थापालाई सर्वसम्मत रूपमा मुल आयोजक समितिको संयोजकको जिम्मेवारी दिईएको थियो ।

छलफल कार्यक्रममा सहभागीहरुले नेपाल फेस्टिवल सफल र भब्य रुपमा संम्पन्न गर्न विभिन्न सुझाब राख्नु भएको थियो। नेपाल फेस्टिवल जापान मूल आयोजक कमिटि २०१६ नामक नव गठित कमिटि मातहतमा विभिन्न कमिटिहरू गठन गरिएको थियो यस कमिटिका सदस्यहरु अझै थप गर्न मिल्ने गरि निर्माण गरिएको छ । आउँदो अगष्ट ६ र ७ मा जापानमा हुन गैरहेको नेपाल फेष्टिबलका स्टलहरुको बुकिङ् कार्य जुन १२ तारिक बाट खुल्ला गरिएको आयोजक गैरआवासीय नेपालीसंघ (एनआरएनए ) जापानले जानकारी दिएको छ ।

एनआरएनए जापान मुख्य आयोजक र जापानमा रहेका विभिन्न संघसंस्थाहरुको सहकार्यमा आगामी अगष्ट ६ र ७ मा टोकियोको योयोगी पार्कमा हुन गैरहेको दुई दिवसीय नेपाल फेष्टिवल लाई सभ्य ,भब्य रुपमा सम्पन्न गर्नका निम्ति सम्पूर्ण संघ संस्था बिधार्थी ,बुद्धिजिबी ,पेसाकर्मी लाई सहयोग को निम्ति अपिल गरिएको छ  । नेपाल फेष्टिबलका बाट आर्जित रकम गैर आवासीय नेपाली संघ एनआरएनए जापानले स्थापना गरेको आपतकालीन राहत कोष मा जम्मा गरिनेछ  ।

नेपाल फेष्टिबलको तयारीका लागि तिब्र रुपमा जुटेको आयोजक समितिले ब्यवसायीहरुले आफ़्ना सेवा तथा उत्पादनलाई विक्रि तथा प्रचारप्रसार गर्नका लागि स्टल राख्न चाहने महानुभावहरुलाइ सुसुचित गर्दै स्टलहरु सिमित संख्यामा भएको र बुकिङ्ग कार्य तिब्ररुपमा भैरहेकोले ढिला नगरी समयमै बुकिङ्ग गर्न सम्बन्धित सबैलाई अनुरोध गरेको छ ।

त्यस्तै यो वर्षदेखि नेपाल फेष्टिवल नेपाल र नेपालीलाई चिनाउने दिशामा केन्द्रीत हुन सकोस् भन्ने हेतुले कार्यक्रम तथा प्रस्तुतीहरु विदेशी नागरिकमा लक्षित हुने गरि मञ्चका साँगीतिक तथा अन्य प्रस्तुतीहरुमा नेपाली कला कौशल र चिनारीजन्य सामाग्रीमा बिशेष ध्यान दिई सोहि अनुरुपको तयारीमा जुटेको पनि आयोजक समितिले बताएको छ । फेस्टिवल अबधि भर गैरआवासीय नेपालीसंघ (एनआरएनए ) जापानको कार्यालय बिहान १० बजे बाट बेलुकी ६ बजे सम्म खुल्ला रहने छ l

नेपाल फेष्टिवलका स्टल सम्बन्धि नियमावलीहरु ।

१. दुई दिवसीय फेष्टिवलमा खाद्यजन्य स्टलका लागि प्रतिस्टल ३२ मान येन शुल्क र नेपाल जापान कुटनीतिक सम्बन्धको ६० औ वर्ष गाठ पुनित अबसरमा सम्पूर्ण स्टल हरुको ब्यानर एकै किसिमको बनाइने हुनाले ब्यानर बापत + ३०००० लाग्ने छ। ।

२. अन्य अखाद्यजन्य स्टल तथा सेवामुलक स्टलका लागि प्रति स्टल १० मान येन लाग्ने छ ।

३ . फेष्टिवलमा विक्रि गरिने परिकारहरुको न्युनतम मूल्य प्रति आईटम ५ सय येन हुने छ । साँझ ६ बजेपछि भने यो नियम लागु हुने छैन ।

४ . फेष्टिवलमा स्टल राख्न चाहनेहरुले आयोजक समितिले डिजाईन गरेको आधिकारिक फर्म्याटको फाराम भरि सबै नियमहरु अक्षरश पालना गर्ने छु, भन्ने ब्यहोराको मञ्जुरीसहितको समझदारीपत्रमा सहिछाप गरी आवश्यक शुल्क भुक्तानी गरेको भौचर सहित आवेदन गर्नुपर्ने छ ।

५ . आवेदन एनआरएनए को कार्यालयमा प्रत्यक्ष आएर, हुलाक मार्फत वा इमेल मार्फत पठाउन सकिने छ ।

६ . अन्य थप जानाकारीहरु नेपाल फेष्टिवलको आधिकारिक होमपेज वा स्थानीय मिडियाहरुमार्फ नियमित जानाकारी गराईने छ ।

७ . सम्पर्कका लागि देहायको एनआरएनए जापानको कार्यालयमा सम्पर्क गर्न सकिने छ ।

८ . आवेदकहरुलाई स्टलको स्पेश बितरण गोलाप्रथाद्वारा हुने छ । सोही दिनमा पालना गर्नुपर्ने नियमहरुका बारेमा बिस्तृतमा जानाकारी गराईने छ ।

〒169-0074

東京都 新宿区北新宿1-30-30 柏木ハイツ127

(Shinjuku-Ku, Kita Shinjuku 1-30-30 kashiwagi haitsu 127)

Email:- nrnjapan2015@gmail.com

नयाँ शक्तिले देखायो इतिहासमै अनौठो प्रवृत्ती,सबै राष्ट्रिय दैनिकमा बाबुरामको ‘फल्स ज्याकेट’

३० जेठ, काठमाडौं ।    डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालको पार्टी घोषणाको भव्य तयारीको साथै भडकिलो प्रचार गरेका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईको नेतृत्वको नयाँ शक्तिले  नेपालको इतिहासमै अनौठो प्रवृत्ती देखाएको छ । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अपरान्ह १२ बजे कार्यक्रम आयोजना गरि पार्टी घोषणा गर्न गर्दैछ । उक्त घोषणको लागि घोषणाको पहिलो दिन देशका सबैजसो प्रमुख राष्ट्रिय दैनिकमा ज्याकेट पेज विज्ञापन छापेको छ । नयाँ शक्तिले आफ्नो जुलुसमा ट्राफिक जाम नहुने दावी गर्दै आएको नयाँ शक्तिले  पचासौं हजार सहभागी गराउने लक्ष्य सहित तय भएको कार्यक्रमा खादा लगाइदिने, ब्याच वितरण गर्ने काम नहुने समेत जनाएको छ । कार्यक्रममा नेता-कार्यकर्ताहरुले २५ मिनेटभन्दा बढी समय भाषण गर्न नपाउने घोषणा गरेपनि प्रचार प्रसार भने ब्यापक बनाएको हो ।

अरु पार्टीहरुभन्दा फरक देखाउन खोजेको नयाँ शक्तिले औपचारिक कार्यक्रमहरुमा अतिथिहरुलाई मञ्चमा आसन ग्रहण पनि नगराउने जनाएपनि अरु पार्टीको भन्दा फरक ढङगले नेपालका अधिकाँश चलेका टेलिभिजन, पत्रिका र एफएम रेडियामा नयाँ शक्तिको ब्यापक प्रचार गरेको छ ।  नयाँ शक्तिले आफ्नो मुख्य नारा “समृद्धी सम्भव छ हाम्रै पालामा” भन्ने बनाएको छ । ‘अबको निकास, आर्थिक विकास’ भन्ने नारा दिँदै नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले टेलिभिजन देखि एफएम सम्म आफ्नै बोली र अभिनयमा विज्ञापन प्रसारण गरेका छन् ।  यदी नयाँ शक्तिको ज्याकेट विज्ञापन स९शुल्क हो भने यसका लागि मात्र नयाँ शक्तिले १ करोड भन्दा माथि खर्च गरेको देखिन्छ । यद्यपी यो सहयोगमा निशुल्क मात्र भएको नयाँ शक्तिको दावी छ । कुनै पनि राजनीतिक पार्टीले पार्टी गठनकै दिन यति धेरै दैनिक पत्रिकामा ज्याकेट पेज विज्ञापन दिएको नेपालको इतिहासमै संभवत पहिलो घटना हो । बाबुरामको नयाँशक्ति प्रचारशैली निक्कै खर्चिलो भन्दै ब्यापक आलोचना पनि भएको छ ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web