३० जेठ, काठमाडौं ।  डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालको पार्टी घोषणाको भव्य तयारीको साथै भडकिलो प्रचार गरेका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईको नेतृत्वको नयाँ शक्तिले नेपालको इतिहासमै अनौठो प्रवृत्ती देखाएको छ । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अपरान्ह १२ बजे कार्यक्रम आयोजना गरि पार्टी घोषणा गर्न गर्दैछ । उक्त घोषणको लागि घोषणाको पहिलो दिन देशका सबैजसो प्रमुख राष्ट्रिय दैनिकमा ज्याकेट पेज विज्ञापन छापेको छ । नयाँ शक्तिले आफ्नो जुलुसमा ट्राफिक जाम नहुने दावी गर्दै आएको नयाँ शक्तिले पचासौं हजार सहभागी गराउने लक्ष्य सहित तय भएको कार्यक्रमा खादा लगाइदिने, ब्याच वितरण गर्ने काम नहुने समेत जनाएको छ । कार्यक्रममा नेता-कार्यकर्ताहरुले २५ मिनेटभन्दा बढी समय भाषण गर्न नपाउने घोषणा गरेपनि प्रचार प्रसार भने ब्यापक बनाएको हो ।

अरु पार्टीहरुभन्दा फरक देखाउन खोजेको नयाँ शक्तिले औपचारिक कार्यक्रमहरुमा अतिथिहरुलाई मञ्चमा आसन ग्रहण पनि नगराउने जनाएपनि अरु पार्टीको भन्दा फरक ढङगले नेपालका अधिकाँश चलेका टेलिभिजन, पत्रिका र एफएम रेडियामा नयाँ शक्तिको ब्यापक प्रचार गरेको छ । नयाँ शक्तिले आफ्नो मुख्य नारा “समृद्धी सम्भव छ हाम्रै पालामा” भन्ने बनाएको छ । ‘अबको निकास, आर्थिक विकास’ भन्ने नारा दिँदै नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले टेलिभिजन देखि एफएम सम्म आफ्नै बोली र अभिनयमा विज्ञापन प्रसारण गरेका छन् । यदी नयाँ शक्तिको ज्याकेट विज्ञापन स९शुल्क हो भने यसका लागि मात्र नयाँ शक्तिले १ करोड भन्दा माथि खर्च गरेको देखिन्छ । यद्यपी यो सहयोगमा निशुल्क मात्र भएको नयाँ शक्तिको दावी छ । कुनै पनि राजनीतिक पार्टीले पार्टी गठनकै दिन यति धेरै दैनिक पत्रिकामा ज्याकेट पेज विज्ञापन दिएको नेपालको इतिहासमै संभवत पहिलो घटना हो । बाबुरामको नयाँशक्ति प्रचारशैली निक्कै खर्चिलो भन्दै ब्यापक आलोचना पनि भएको छ ।

19.12¡ÆC