एजेन्सी,जेठ ३१ । डिफेण्डिङ च्याम्पियन स्पेनले युरो कप २०१६ मा विजयी सुरुवात गरेको छ । समूह डी अन्तरगत सोमबार भएको खेलमा चेक रिपब्लिकलाई १–० गोल अन्तरले हराँउदै स्पेनले विजयी सुरुवात गरेको हो । स्पेनलाई जिताउन खेलको ८७ औँ मिनेटमा आन्द्रे इनिष्टाले गोल गरे । को क्रसमा पिकेले हेड मार्फत गोल गर्दै जित दिलाएका हुन् । माराटा, जोर्डी अल्बा र डेभिड सिल्भाले मौका पाए पनि गोल गर्न सकेनन् ।

स्पेन

गोलः जेरार्ड पिके ८७ मिनेट

बल पोजिसनः ७२

कर्नरः १४

चेक रिपब्लिक

बल पोजिसनः २८

कर्नरः ३

दशौं पटक युरोकप खेलिरहेको स्पेनले यसअघि नै तीन पटक उपाधि जितिसकेको छ । सन् १९६४ मा पहिलो पटक युरो कप जितेको स्पेनले २००८ र २०१२ मा लगातार दुईपटक च्याम्पियनसिप उपाधि जित्ने कीर्तिमान समेत बनायो ।

काठमाडौं,जेठ ३१ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्कीको निवेदन सर्वोच्च अदालतले खारेज गरिदिएको छ । कार्कीले कामु प्रधानन्यायाधीशसँग आफ्नो सातपुस्ते नाता पर्ने भन्दै आफूविरुद्धको मुद्दा हेर्न नमिल्ने दाबी गर्दै सर्वोच्च अदालतमा निवेदन दर्ता गराएका थिए ।

कार्की नातेदार भएकाले आफूविरुद्धको मुद्दा हेर्न नमिल्ने’ जिकिर गर्दै दर्ता गरेको निवेदन खारेज गरिदिएको हो

लोकमानले अदालतको अवहेलना गरेको भन्दै साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितकी पत्नी शान्ताले सर्वोच्च अदालतमा दर्ता गरेको रिट आइतबार प्रधानन्यायाधीश कार्कीको इजलासमा परेको थियो।

३१ जेठ, एजेन्सी ।
अतिवादी चरमपन्थी समुह आइएस आवद्ध एक बन्दुकधारीले अमेरिका आक्रमण गरि कम्तिमा ५० जनाको हत्या गरेका छन् ।

अमेरिकाको फ्लोरिडा राज्यको ओर्ल्याण्डो शहरमा एक रात्रिक्लबमा गएराती आक्रमण गरि ति बन्दुकधारीले ताकेर गोली हान्दै ५० जनाको हत्या गरेका हुन् ।

गोलावारीमा परि अन्य ५३ जना घाइते भएको र घटनापछि ओल्याण्डो सहरका मेयर बुढ्डी डायरले आपतकालको घोषणा गरेका छन् ।

अमेरिकी समाचार संस्था सिएननले घटनामा संलग्न युवा आइएस लडाकुसँग सम्वद्ध भएको पाइएको उल्लेख गरेको छ ।

घटनापछि सम्वोधन गर्दै अमेरिकी राष्टपति बाराक ओबामाले घटना विभत्स र आतंकवादी कार्य भएको भन्दै यस्ता घटना गराउनेलाई कहिँ गएपनि नछाड्ने प्रतिवद्धता जनाएका छन् ।

समचार अनुसार समलिंगीहरूले सञ्चालन गरेको रात्रिक्लब ‘पल्स’मा भएको भीषण गोलाबारी सेप्टेम्वर ११ को ट्विन टावर आक्रमणपछिको सबैभन्दा ठुलो हत्या काण्ड हो ।

ओर्ल्याण्डो प्रहरीले पल्स क्लबलाई तीन घन्टा नियन्त्रणमा लिएर बन्दुकधारीले सर्वसाधारणको हत्या गरेको जनाएको छ । आक्रमणकारी ओमार मातिन नामका एक मुश्लिम युवक पनि सोही क्लबमा मारिएका छन् ।

आक्रमणमा घाइते भएकाहरूलाई उपचारका लागि भर्ना गरिएको छ । अस्पतालबाहिर घाइतेहरूका आफन्तहरूको भीड लागेको छ ।

ओर्ल्याण्डो प्रहरी प्रमुख जोन मिनाले २ बजे आक्रमण सुरु भएको र त्यसअघि आक्रमणकारीले ड्युटीमा रहेका प्रहरीको बन्दुक लिएको जानकारी गराएका छन् ।

आक्रमण गरिएको पल्स क्लब फ्लोरिडाको सबैभन्दा ठूलो समलैंगिक क्लब भएको बताइएको छ ।

सिएननले उल्लेख गरेको समाचारमा गत वर्ष अमेरिकामा भएका यस्तै खाले साना बन्दुक आक्रमणमा परि ४ सय ७५ जनाको मृत्यु हुएमने उल्लेख छ ।

काठमाडौं,जेठ ३१ । चिनियाँ जहाज उडाएर बजार हिस्सा ओगट्दै पर्याप्त आम्दानी गर्ने राष्ट्रिय ध्वजावाहक नेपाल बायुसेवा निगमको सपना सपनामात्रै हुने भएको छ। गत बैशाखमा दुई साताभन्दा बढी थन्किएर बल्लबल्ल मर्मतपछि उडेको मोर्डन अर्क–६० (एमए–६०) सिरिजको चिनियाँ जहाज फेरि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थन्किएको छ। यो जहाजको दायाँ इन्जिनमा समस्या उत्पन्न भएपछि ग्राउन्डेड भएको हो।

‘एमए–६० को दायाँ इन्जिनको इसिएस प्यानल चर्किएपछि जहाजलाई ग्राउन्डेड गरिएको छ,’सम्बद्ध स्रोतले भन्यो,‘त्यसमाथि दुई दिनपछि यो जहाजको दुई वर्षे मर्मतको तालिका पनि परेको छ र बढीमा एक महिना थन्किने छ।’

स्रोतका अनुसार जेठ २६ गते काठमाडौंबाट विराटनगर उडान गरेर फर्केपछि जहाजमा समस्या देखिएको थियो। त्रिभुवन विमानस्थलमा अवतरण भएपछि निगमका इन्जिनियरहरुले जहाज वरिपरि घुमेर हेर्दा दायाँ इन्जिनको इसिएस प्यानलमा क्र्याक देखेका थिए। त्यसपछि जहाज ग्राउन्डेड गरिएको थियो। नागरिक दैनिकमा समाचार छ।

काठमाडौं,जेठ ३१ । आछामका सुगम गाविसमध्ये पर्ने जनाकीकोट गाविस ८ मा एसएलसी उत्तीर्ण गरेका एक जना पनि छैनन् । वडामा ४२ घर दलित बस्ती रहेको छ । एउटै गाविसका एउटै जातिको बसोबार रहेको दुई फरक गाउँमा शैक्षिकस्तरको ठूलो खाडल छ । वडा नं ६ मा स्नातकोत्तर उत्तीर्णको गर्ने स्थानीय पनि छन् । यो वडामा ३२ दलित परिवारको वसोबास छ । सिंगो गाउँमा एसएलसी उत्तीर्ण एकजना पनि नभएपछि जागिरे हुने त कुरै भएन । गाउँका सबैले पुर्खादेखिको लुगा सिलाउने दसैंतिहार जस्ता चाढपर्वमा बाजा बजाउने काम गर्दै आए । अाजको अन्नपूर्णमा समाचार छ ।

गाउँमै निमावि तहसम्मको पढाइ हुने विद्यालय छ भने छिमेकी तिमल्सेना गाउँमा माविसम्को पढाइ हुने विद्यालय छ । यति मात्र नभएर जिल्लाकै जेठो महेन्द्र उच्च मावि बयलपाटा र जनता क्यासपनि पनि करिब डेढ घण्टाको दुरीमा छ । यो गाँउमा सवैभन्दा धेरै पढेका गणेश आउजी हुन् । उनले कक्षा १० उत्तीर्ण भएपछि पढाइ छोडेका थिए । उनी दुई पटक एसएसलीमा अनुत्तीर्ण भएका थिए । उनले विवाह पनि गरेका छन् । उनकी श्रीमती पनि दश कक्षा उत्तीर्ण छिन् । आर्थिक अवस्था कमजोर भएका कारण दलित वस्तीका युवाहरु पाँच छ कक्षा पढेपछि भारत जाने प्रचलन छ ।

पप्पु गुरुङ्, ३१ जेठ, कञ्चनपुर । मानव बेचविखनमा सक्रिय दलालहरुले मानव तस्करका नयाँ नयाँ ट्रिकहरु प्रयोग गर्दै नेपाली चेलीहरुलाई बैदेशिक रोजगारीको बहानामा भारत तथा खाडि मुलुकमा तस्करी गर्ने रहस्य खुलेको छ । पछिल्लो समय सिमानाका चेक जाँचमा कडाई हुन थाले पछि तस्करहरुले स्थानिय ब्यक्तिलाई नै प्रयोग गरी मानव तस्करी गर्न लागेको पाईएको छ । उनीहरुले स्थानिय केहि होटेल ब्यवसायी तथा मुन्द्रे यातायातका नाममा संचालित मोटरसाईकल मा यात्रु वोक्ने व्यक्तिलाई प्रयोग गर्दै सहजै नाका कटाउने गरेका छन । विगत लामो समय देखी तस्करहरुले नेपालका अन्य क्षेत्रवाट विभिन्न प्रलोभनमा पारी भारत तथा तेस्रो मुलुकमा युवतीहरुलाई लैजानका निमित्त कञ्चनपुरका विभिन्न खुल्ला सिमानाका तथा पश्चिमी नाका गड्डा चौकी लाई प्रयोग गर्दे आईरहेका छन । काठमाडौं, पोखरा, सिन्धुपाल्चोक, लगायतका जिल्लाहरुवाट दलालहरुको सेटिङमा तस्करहरुले बसमा कञ्चनपुरको सदरमुकाम महेन्द्रनगर सम्म पुर््याउने र २/३ दिन यहाँकै होटेलहरुमा युवतीहरुलाई बसाउने गरेका छन । २/३ दिन बास बसेपछि महेन्द्रनगर बाट गड्डाचौकी हुदै भारतिय शहर बनवासा सम्म मुन्द्रे यातायातका नाममा संचालन भएका मोटरसाईकल मार्फत उनीहरुलाई भारतिय सिमा वजार बनवासा सम्म पुगाउने र त्यहावाट सिधै दिल्ली लगीने गरेको पाईएको छ । गत सुक्रवार मात्रै काठमाडौं बाट महेन्द्रनगर सम्म आएकी महोत्तरी माईस्थान गाविस १ की २५ वर्षिय युवती लाई भारतीय प्रहरीको सहयोगमा सुक्रवार माईती नेपाल कञ्चनपुरले भारतिय शारदा व्यारेज बाट उद्धार गरेको हो । काठमाडौं बस्ने तामाङ थरकी महिलाले दलालहरु संग सेटिङ गर्दै ३ दिन अघि काठमाडौ बाट महेन्द्रनगर जाने बसमा ति युवतीलाई बसाएको र महेन्द्रनगर पुगेपछि बसपार्क क्षेत्रकै १ होटलमा बास बस्न लगाएर दोसा्रे दिन एक जना भारतिय को मोटरसाईकलमा पश्चिमी सिमा गड्डाचौकी हुदै भारत तिर जादै गर्दा मानव बेचविखन विरुद्ध कार्य गर्ने भारतीय प्रहरीको एन्टी ह्युमन ट्रेफिकिङ सेल को सहयोगमा उद्धार गरीएको माईती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टले बताउनुभएको छ । पछिल्लो समयमा मानव बेचविखन गर्ने दलालले सिमा क्षेत्रकै स्थानिय व्यक्तिहरुसंग मिलेर नयाँ नयाँ जुक्ति लगाएर मानव तस्कर भैरहेकाले मानव बेचविखन विरुद्ध कार्य गर्ने संस्थाहरुलाई ठुलो चुनौती भईरहेकोले संयोजक भट्ट ले चिन्ता ब्यक्त गर्नु भएको छ । पछिल्लो केही समय काठमाडौ दिल्ली , पोखरा —दिल्ली तथा महेन्द्रनगर—दिल्ली जाने बसहरुलाई सिमानाका मा कडाईका साथ चेकजाँच गर्न थालिए पछि दलालहरुले स्थानिय ब्यक्तिहरुलाई नै प्रयोग गर्न थालिएको उहाँको भनाई छ । माईती नेपाल कञ्चनपुरले मात्रै भुकम्प पछिको अवधिमा पश्चिमी नाका गड्डाचौकी बाट २ सय ४८ जना महिलाको रोकथाम गरी परिवारजन लाई बुझाएको र १८ जना को जोखिममा परिसकेपछि उद्धार गरीसकेको छ । जस मध्ये भारत का विभिन्न सहरबाट १६ जना महिला तथा कञ्चनपुर बाट २ जना महिलाको उद्धार गरेको माइती नेपाल कञ्चनपुरले जनाएको छ । मानव बेचविखनका लागी कञ्चनपुरको सदरमुकाम महेन्द्रनगर एउटा ट्रान्जीट पोईन्ट तथा सेल्टर एरियाको रुपमा विकसित भईरहेको र यसलाई सदरमुकाम का केहि होटेल ब्यवसायीको समेत प्रत्यक्ष अप्रत्यक्षरुपमा सहयोग भईरहेको कञ्चनपुर प्रहरी प्रवक्ता प्रहरी नायव निरिक्षक केदाल खनाल ले जानकारी दिनुभएको छ । नेपाल बाट भारत जाने बस हरुमा प्रहरी तथा मानव बेचविखन विरुद्ध काम गर्ने सहयोगी संस्थाहरुले कडा निगरानी थालेपछि दलालहरुले स्थानिय मुन्द्रे यातायातका नामले सवारी बोक्ने ब्यक्तिहरुलाई प्रयोग गरीरहेको समेत प्रवक्ता खनाल ले खुलासा गर्नुभएको छ । महेन्द्रनगर वाट भारत पुर््याए वाफत प्रती ब्यक्ति १५ हजार सम्म सवारी बोक्नेलाई दिने गरैको समेत अनुसन्धानका क्रममा पाईएको उहाँले बताउनुभयो । तस्करहरुले नेपाल बाट भारत सम्म आफ्नै लगानीमा युवतीहरुलाई दलाल हरु सम्म पुऱ्याउने र भारत बाट घरेलु कामदारको रुपमा भन्दै गैरकानुनी रुपमा खाडिमुलुकमा लैजाने र त्यहा पुगे अधिकांश नेपाली युवतीलाई यौन शोषण तथा बेश्याबृतीमा लगाउने गरेको प्रवक्ता खनाल बताउनुहुन्छ । स्थानियले नै केहि रकमको लागी नेपाली चेलीहरुलाई नारकिय जिवनमा धकेल्न सहयोग गरीरहेकाले यस्ता ब्यक्तिको पहिचान गर्नु पर्ने जरुरी देखिएको छ । यसरी कञ्चनपुर जिल्ला पछिल्लो समयमा मानव तस्करको अखाडा बन्दै गएकाले यहाँका सम्वन्धित सरोकार वाला पक्ष तथा राजनितिक संयत्रले बेलैमा सचेत भई यस्ता कार्यलाई निरुत्साहित पार्न नितान्त जरुरी देखिन्छ ।

काठमाडौं,जेठ ३१ । एसएलसी परीक्षामा स्तरीकृत अङ्क (ग्रेड प्वाइन्ट) कम्तीमा १.६ ल्याउने विद्यार्थीले मात्रै कक्षा ११ मा भर्ना पाउने भएका छन् । सो स्तरीकृत अङ्क ‘डी प्लस’ मसमान हुन्छ ।

सरकारले एसएलसी परीक्षामा कसैलाई पनि अनुत्तीर्णको प्रमाणपत्र नदिने भने पनि डी र ई ग्रेड ल्याउनेले भर्न नपाउने नीतिबाट अघोषित रुपमा त्यस्ता विद्यार्थी अनुत्तीर्ण भएको विश्लेषणा शिक्षाविदहरुको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

अक्षराङ्कन पद्धति लागू भएपति उच्च माध्यामिक तहको भर्ना सम्बन्धमा सुझव दिन गठित समितिले आइतबार उच्च माध्यामिक शिक्षा परिषदसमइा यस्तो सिफारिस गरेको छ । परिषद्का सहसचिव दुर्गा अर्यालको संयोजकत्वमा गठित पाँच सदस्यीय सुझव समितिले दिएको सिफारिसका आधारमा सोमबार शिक्षा मन्त्रालयले कार्यान्वयनको निर्णय गर्ने भएको छ । सुझाव समितिले विज्ञान र प्राविधिक विषय बाहेकमा कक्षा ११ मा भर्ना हुन एसएलसी परीक्षामा प्त्येक विषयमा कम्तीमा डी प्लस ल्याउनैपर्ने सिफरि गरिएको परिषद्का उपाध्यक्ष चैतन्य शर्माले जानकारी दिए ।

काठमाडौं,जेठ ३१ । गृहमन्त्रालयले प्रक्रिया अघि बढाएको आठ वर्षपछि राष्ट्रिय परिचयपत्र बन्ने भएको छ । जसको जिम्मा फ्रान्सेली कम्पनी मोर्फोलाई दिइएको छ । गृहका अनुसार ग्लोबल टेन्डरमा सहभागी ६ कम्पनीमध्ये सबैभन्दा कम बोलकबोल गर्ने मोर्फोलाई प्रक्रिया थाल्न राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रले स्विकृति दिएको आजको कारोबार दैनिकमा समाचार छ ।

पाँच वर्षभित्र सबै नेपालीका हातमा स्मार्ट कार्ड पुर्याउने योजनासहित करिब ८५ करोड रुपैयाँबराबरको ठेक्का मोर्फोलाई दिइएको जनाइएको छ । गृहले आइतबार स्मार्ट कार्ड मोर्फो कम्पनीलाई दिने अन्तिम निर्णय गरेको हो । गृहका प्रवक्ता यादवप्रसाद कोइरालाका अनुसार एसियाली विकास बैंकको अनुदानमा जारी गर्न लागिएको स्मार्ट कार्ड पूर्ण कार्यान्वयनमा आएसँगै २०७८ सालपछि नेपाली नागरिकता विस्थापन हुनेछ । टेन्डर पाएको कम्पनीले पहिलो चरणमा १ लाख १७ हजार थान स्मार्ट कार्ड उपलव्ध गराउने जनाइएको छ।

काठमाडौं,जेठ ३१ । एनसेलका १० वटा बेस स्टेसन र वल्र्ड भिजनको कार्यलयमा आगजनी गरेसँगै विप्लब माओवादीलाई निगरानीमा राखिने भएको छ । गृहमन्त्री शक्तिबहादुर बस्नेतले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीका गतिविधिप्रति उच्च निगरानी राख्न सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएका छन् ।गृहमन्त्रीले आइतबार नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखलाई मन्त्रालयमा बोलाएर अराजक गतिविधि गर्ने र कानुन हातमा लिनेमाथि कडा कारबाही गर्न निर्देशन दिएका हुन् । उनले एनसेलको बेस स्टेसन र वल्र्ड भिजनको कार्यलय जलाउनेलाई तत्काल पक्राउ गर्न पनि निर्देशन दिको आजको अन्नपूर्णमा समाचार छ ।

‘तोडफोड र आगजनी गरेर सार्वजनिक सम्पत्तिमा क्षति पुर्याउने जोकोही व्यक्ति वा समूह भए पनि उम्कन पाउने छैनन्। पक्राउ गरेर कानुनी दायरामा ल्याउनुहोस्,’सुरक्षा निकायका प्रमुखलाई गृहमन्त्रीले दिएको निर्देशन उदृत गर्दै गृहका प्रवक्ता यादवराज कोइरालाले भने । प्रहरी प्रधान कार्यालयले शनिवार देशभरका प्रहरी कार्यालयलाई ‘विप्लव नेतृत्वको माओबादीका कार्यकर्ता र उनीहरुका गतिविधिलाई विशेष निगरानी गर्नु’ भन्दै परिपत्र पनि गरेको छ ।

विप्लव माओवादीका कार्यकर्ताले नुवाकोटमा रहेको वल्र्ड भिजनको कार्यालयका साथै सल्यान, दाङ, कास्की, झपा, धनकुटा, मोरङ गोरखा लगायतका १० वटा एनसेल बेस स्टेसन जलाएका थिए ।

एजेन्सी,जेठ ३१ । विश्व च्याम्पियन जर्मनीले युरोकप फुटबलमा विजयी सुरुवात गरेको छ । सोमबार विहान भएको आफ्नो पहिलो खेलमा जर्मनीले युक्रेनलाई २-० गोल अन्तरले हराएको हो । अहिले सम्म तीन पटक युरोकप जितेको जर्मनी कीर्तिमानी चौथो पटक युरोकपको उपाधि जित्ने लक्ष्यमा रहेको छ । जर्मनीको जितमा खेलको १९ औं मिनेटमा श्कोड्रान मुस्ताफीले हेडमार्फत गोल गरे । पहिलो हाफमा १-० ले अघि रहेका जर्मनीको लागि दोस्रो गोल भने निर्धारित ९० मिनेटको अन्तिम बेलामा मारियो गोट्जेको स्थानमा मैदान प्रवेश गरेका वास्टियन स्वाइन्सटाइगरले अतिरिक्त समयमा गरेका थिए । गोलरक्षक म्यानुएल नुएरले धेरै राम्रा बचाउ गरे । जर्मनीलाई २–० को जित दिलाए । जर्मनी युरोकपको सफल टिम मध्ये एक हो । उसले सन् १९७२, १९८० तथा १९९६ गरी तीन पटक उपाधि जितेको छ । त्यसयता २० वर्षको अवधिमा उपाधि जित्न सकेको छैन ।

एजेन्सी,जेठ ३१ । नर्दन आयरल्यान्ड पराजित गर्दै पोल्यान्डले युरोकप फुटबलमा विजयी सुरुवात गरेको छ । आईतवार राती भएको खेलमा तेस्रो पटक युरोकप खेलेको पोल्याण्डले ३० वर्षपछि मुख्य प्रतियोगितामा छनोट भएको उत्तरी आयरल्याण्ड १-० ले हराँउदै पहिलो जित दर्ता गराएको हो ।

पोल्याण्डको लागि ५१ औँ मिनेटमा मिलिकले गरेको एक मात्र गोल नै खेलको लागि निर्णायक ठहरियो। पहिलो हाफ ०-० को बराबरीमा रहेको पोल्यान्डलाई सेकेन्ड हाफको सुरु भएको पाँच मिनेटमै अग्रता प्राप्त भएको थियो। यो जितसँगै समूह 'सी'मा पोल्यान्डले महत्त्वपूर्ण ३ अङ्क जोड्न सफल भएको छ। यही समूहमा जर्मनी र युक्रेन पनि रहेका छन्।

२९ जेठ, काठमाडौं ।
शेयर बजारमा आईतवार भएको कारोवारको वृद्धिले परिसूचक १ हजार ६०० माथि पुगेर नयाँ रेकर्ड बनाएको छ ।

एन बी, स्ट्यान्डर्ड चार्टर्ड र एभरेष्ट बैंकको कारेवार चम्किँदा सेयर बजार ३१.२६ अंकले बढेर १ हजार ५ सय ९७ अंकमा पुगेको छ । बजारमा आइतवारको कारोवार अवधिमा भने परिसूचक १ हजार ६०० अंक नाघेको थियो ।

एनबी बैंकले १० सेयर हुनेलाई ८ हकप्रद सेयर दिने घोषणा गरेसँगै ३५ करोड ५८ लाख रुपैयाँका चार लाख ६ हजार १११ कित्ता शेयरहरु किनबेच भएका छन् ।

बजारमा आईतवार जलविद्युत समूह बाहेकका सबै समूहको कारोवार बढेको छ । आईतवार बजारमा एक अर्ब ९६ करोड ४७ लाख रुपैयाँबरावरको सेयर किनबेच भएको छ