एजेन्सी,जेठ ३२ । इटालीले युरोकप फुटबलमा विजयी सुरुवात गरेको छ । गत संसकरणको उपबिजेता इटालीले बेल्जियमलाई २–० ले हरायो । इटालीको जितमा इमानुएल जाकेरिनी र ग्राजियानो पेलेले एकएक गोल गरे ।

३२ औं मिनेटमा जाकेरिनीले गोल गर्दै इटालीलाई सुरुवाति अग्रता दिलाए ।खेलको अन्त्यतिर इटालीले दोहोरो अग्रता लियो । बेल्जियमले काउण्टरमा गोल खान पुग्यो । जाकेरिनीले सन् २०१३ को नोभेम्बरपछि पहिलो पटक राष्ट्रिय टिमका लागि गोल गरेका हुन् ।

एजेन्सी,जेठ ३२ । इटालीले युरोकप फुटबलमा विजयी सुरुवात गरेको छ । गत संसकरणको उपबिजेता इटालीले बेल्जियमलाई २–० ले हरायो । इटालीको जितमा इमानुएल जाकेरिनी र ग्राजियानो पेलेले एकएक गोल गरे ।

३२ औं मिनेटमा जाकेरिनीले गोल गर्दै इटालीलाई सुरुवाति अग्रता दिलाए ।खेलको अन्त्यतिर इटालीले दोहोरो अग्रता लियो । बेल्जियमले काउण्टरमा गोल खान पुग्यो । जाकेरिनीले सन् २०१३ को नोभेम्बरपछि पहिलो पटक राष्ट्रिय टिमका लागि गोल गरेका हुन् ।

३१ जेठ, कञ्चनपुर । देशका विभिन्न क्षेत्रमा दूर सञ्चार सेवा प्रदायक कम्पनी एनसेलका टावर माथि आक्रमण तथा आगजनी हुन थालेपछि सचेत हुदै कञ्चनपुर प्रहरीले यहाँका ६० वटा टावरमा सुरक्षा पहरा दिएको छ । देशका अन्य भागमा विप्लप माओवादीले टावरहरुमा आक्रमण थाले पछि कञ्चनपुरमा सुरक्षा निगरानी बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक केदार खनालले जानकारी दिए । “साठी वटै टावरमा कम्पनीका गार्डहरुलाई समेत समन्वय गरेर सुरक्षा व्यवस्था मिलाएका छौं” प्रवक्ता खनालले भने – “यहाँ आठ वटा टावर घरको छत र बाँकी ५८ वटा टावर निजी जमिनमा जडान गरिएका छन् ।” नेपाल प्रहरीका साथै सशस्त्र प्रहरीले पनि टावरहरुको सुरक्षा सतर्कता बढाएको जनाएको छ । सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालयका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक तारादत्त पन्तले यहााका सबै एनसेल टावरमा निगरानी राखेको बताए ।

पप्पु गुरुङ्, ३१ जेठ, दोधारा चाँदनी । दोधारा चाँदनीको जगबुडा नदीका कारण दोधारा चाँदनी नगरपालिका वडा नं. १०, १८ नंं. पिल्लरका स्थानिय बालवालिकाहरु भारतिय बिद्यलय जान बाध्य भएका छन् । १८ नंं. पिल्लरका आधा दर्जन बालवालिकाहरु सिमावर्ती भारतिय बिद्यालयहरुमा पढ्न बाध्य भएका स्थानिय सुन्दर ओलीले बताएका छन् । उक्त बस्तीका आफुहरु भारतिय बिद्यालयमा पढ्दा थुप्रै असजिलो परेको सिमावर्ती भारतिय क्षेत्रका एक बिद्यालय राजकिय ईन्टर हाईस्कुलमा अध्यन गर्दै गरेकी १८ नंं. पिल्लर बस्तिका १७ वर्षिय बालिका बशन्ती सुनारले बताएकी छिन् । जगबुडा नदीको कारण नेपालको स्कुलमा पढ्न नसकेको बशन्तीले बताईन् । “नेपालमा पढ्ने चाहाना थियो । नदीको कारण नजिकैको बिद्यालयमा पढ्न सकिन्” बशन्तीले भनिन् । उनि जस्तै थुप्रै अरु बालवाली नदीको कारण बिद्यालय छाडेर रोजगारीको लागी भारत पलाएन् भएका छन् या भने सिमावर्ती भारतिय बिद्यालयहरुमा पढ्न बाध्य भएका छन् । जस्ले गर्दा समय समयमा उनिहरु भारतियहरुको दबाब खेप्नु परेको उनिहरु बताउछन् । ३० बिघाह क्षेत्रमा फैलिएको १८ नं. पिल्लरमा १० घरधुरीमा करिब एक सय परिवारहरु बसोबास गर्छन् । उनिहरुको दैनिकी सिमावर्ती भारतियहरु चलेको छ् । जती भारतियहरुले दु:ख दिएपनि उनिहरुमा सहन गर्ने बानीनै बन्न पुगेको छ् । “भारतियहरुको धम्की सुन्ने अब बानी नै परिसक्यो” स्थानिय बिरु बुढाले भने । उनिहरुको बजार, उनिहरुकै बाटो प्रयोग पर्नु परेको कारण मिलेर बस्नुको बिकल्प नभएको स्थानिय बुढाको भनाई रहेको छ् । सरकारले उक्त स्थानमा अझै सम्म एक रुपियाँ बराबरको बिकासका काम नगरेको स्थानियहरु बताउछन् । “चुनावको बेला मात्र आउछन् नेताहरु, अरु बेला देखा पर्दैनन् ।” स्थानिय निर्मला सुनारले बताईनन् । अझै सम्म सरकारबाट बस्तीमा कुनै सहयोग नपाएको उनिहरुको भनाईछ् ।

३१ जेठ, काठमाडौं ।
राष्ट्रिय गौरवको आयोजनाका रुपमा लिइएको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको ७९ प्रतिशत कार्य सम्पन्न भएको छ ।

विसं २०७३ सालमै सम्पन्न गर्ने लक्ष्य लिइएको तामाकोसी आयोजना भूकम्प र नाकाबन्दीका कारण काम रोकिएपछि एक वर्ष पछि धकेलिएको हो ।

४ सय ५६ मेगावाटको त्यस आयोजना २०७३ पुसमा काम सम्पन्न गरी उत्पादन गर्ने योजनाको साथ अघि बढिरहेका अवस्थामा भूकम्प र नाकाबन्दीका कारण एक वर्ष ढिलाइ भएको आयोजनाका प्रबक्ता डा गणेश न्यौपानेले बताउनु भयो ।

३१ जेठ, काठमाडौं ।
सरकारले संविधानकै विरोध गरेर भारतले गरेको नाकाबन्दीमा सघाउँदै तराईका जिल्लामा अशान्ती फैलाउँदै आएको मधेशी मोर्चालाई वार्ताको लागि अन्तिम पत्र पठाएको छ ।

प्रधानमन्त्रीका निकटवर्ती एक एमाले नेताका अनुसार ओली सरकारले आन्दोलनको नाममा जनतालाई दुख दिएर मोर्चा थाकेकाले अब सार्थक वार्ता हुने ठानेर पत्र पठाइएको हो ।

यसपटकको अनुरोधमा पनि वार्तामा नआए अहिलेसम्म मौन रहँदै आएको सरकारले पेलेर जाने रणनीति बनाएको छ ।

सरकारले आज औपचारिक रुपमै मोर्चालाई वार्तामा आउन पत्र लेखेको छ ।

काठमाडौंमा आज भएको एक साक्षात्कार कार्यक्रममा प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले मधेसी समुदायको मागलाई वार्ता र संवादका माध्यमबाट समाधान गर्न सरकार तयार रहेको स्पष्ट पार्दै संघीय गठबन्धनलाई आन्दोलन छाडेर वार्तामा आउन आग्रह गरेका छन् ।

मधेसी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले वार्ताका लागि सरकारले पछिल्लोपटक पठाएको पत्र सकारात्मक रहेको बताएका छन् ।

संघीय समाजवादी फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले मधेसवादी दलहरु वार्ताको विरोधी नभएको र सरकारले वार्ताको नाममा खेलाँची गर्न नहुने प्रतिक्रिया दिए ।

तराई–मधेस लोकतान्त्रिक पार्टीका सह–अध्यक्ष जितेन्द्र सोनलले मधेशी मोर्चाका मागहरुका सम्बन्धमा स्पष्ट धारणा ल्याउनका लागि सरकारले प्रतिबद्धता व्यक्त गर्नु पर्ने तर्क गरे ।

पछिल्लो समय राजधानी केन्द्रित आन्दोलन भन्दै उफ्रेको मोर्चा दुई दिनमै थाकेपछि जनताको साथ नपाउँदा अहिले काठमाडौंको खुल्ला मञ्चमा धर्ना भन्दै बसिरहेको छ ।

The Government of Nepal has condemned the mass shooting incident in a night club in Orlando, Texas USA yesterday.

The government is deeply saddened by the news of mass shooting in the incident killing 50 people and injuring dozens other.

The Ministry of Foreign Affairs today, issued a press statement and stated that Nepal condemns such barbaric act of violence against innocent people and expresses sympathy to the bereaved family members of the victims.

The Ministry of Forest and Soil Conservation has unveiled a five-year implementation plan (2073 -2077 BS) for the implementation of programmes incorporated by the Forest Policy- 2071 BS.

The policy aims to increase productivity of forest area, production of forest products, land productivity and carry out integrated conservation and management of wetlands.

Minister for Forest and Soil Conservation Agni Prasad Sapkota shared this at a programme organised to brief the media about its work progress and programmes and plans envisaged by the Forest Policy, 2071 BS. The implementation of the new action plan is estimated to cost Rs 114 billion.

On the occasion, Minister Sapkota said the government is determined to carryout scientific management of forest area and thereby increasing the production of timber and timber products to replace its import.

According to Minister Sapkota, works are on progress to set up a multi-dimensional national zoological garden in Suryabinayak of Bhaktapur as an alternative to the Jawalakhel-based Central Zoo. The Ministry has planned to hold a foundation stone laying ceremony for the new garden on coming June 23.

The Ministry formulates plans of all donor agencies and international government organisations assisting Nepal in the conservation and management of forest sector and supervise their implementation, he said.

Prime Minister KP Sharma Oli has inaugurated a three-day seminar on astronomy and space science organized by BP Koirala Memorial Planetarium Observatory and Science Museum Development Board today.

On the occasion, PM Oli spoke of the need for Nepal to create its own position in space mission. PM Oli reiterated that the government is committed to developing and promoting astronomy and space science.

The Prime Minister admitted that he is too excited to visit National Observatory in Nagarkot which offers a scientific observance and study on moon and constellations.

More than 100 science students from higher secondary to masters level are taking part in the seminar that aims to deliberate on the researches and studies carried out in the astronomy and space science sector by the local community as well as the efforts made by the Government of Nepal towards that end.

Discussion on the three reports presented in the closed session of the Naya Shakti Party has been concluded today.

In the closed session held in the Nepal Academy hall, Kamaladi, party coordinator Dr Baburam Bhattarai had presented the report on' base component for Naya Shakti' secretariat member Devendra Poudel on 'principles of organization and statute' and another secretariat member Rameshwar Khanal on 'draft for development and prosperity', said the spokesperson Khimlal Devkota.

The reports would be finalized tomorrow after receiving the suggestions from the 12 different groups where were formed for the deliberation on the same.

Minister for Peace and Reconstruction Eknath Dhakal has said that an investigation would be carried out into the insurgency cases.

In a programme organized Solukhumbu today in honour of the families of insurgency victims and enforced disappeared today, Minister Dhakal clarified that judicial investigation would be made into such cases as the Truth and Reconciliation Committee has registered the complaints over it.

He added that the perpetrators will face the action.

काठमाडौं,जेठ ३१ । काठमाडौं जिल्ला शारीरिक सुगठन तथा फिट्नेस संघको आयोजनामा मिस्टर काठमाडौं शारीरिक सुगठन प्रतियोगिता तथा प्रथम महिला शारीरिक सुगठन प्रतियोगिता भदौमा हुने भएको छ ।

प्रतियोगिता भदौ २४ र २५ गते काठमाडौंमा हुने सोमबार आयोजित पत्रकार सम्मेलनमा आयोजक संघका अध्यक्ष सुरेश सुवेदीले जानकारी गराए ।

पुरुषमा ५५, ६०, ६५, ७०, ७५ र ७५ केजीमाथि गरी जम्मा ६ तौलसमूहमा प्रतिस्पर्धा हुने छ । प्रत्येक स्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीले क्रमशः १० हजार, ५ हजार र ३ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । समग्रमा मिस्टर काठमाडौंको उपाधि विजेतालाई १ लाख नगद पुरस्कार प्रदान गरिने छ ।

खुला फिट्नेस विधामा प्रतिस्पर्धा हुने महिला स्पर्धामा विजेताले २० हजार, उपविजेताले १० हजार र तेश्रो हुनेले ५ हजार नगद पुरस्कार हात पार्ने छन् । आयोजकका अनुसार प्रतियोगिता सञ्चालन गर्न करिब ७ लाख खर्च हुने छ ।

काठमाडौं, जेठ ३१ । नेपालका प्रकाश गुरुङ र सुजिता तामाङले दोश्रो पारामाउन्ट इन्डो–नेपाल अन्तरविद्यालय कराते प्रतियोगितामा सोमबार स्वर्ण जितेका छन् । जापान गोजुरियो कराते डो केन्वाकाइ संघ नेपालको तत्वावधानमा पारामाउन्ट एकेडेमीद्वारा आयोजित प्रतियोगिताको सिनियर एकल काताको ब्वाइजमा प्रकाश र गल्र्समा सुजिताले स्वर्ण जितेका हुन् । प्रकाशले नेपालकै निर्मल पुन तथा सुजिताले भारतकी हर्लिन प्रित कौरलाई पछि पारे ।

एकल काताको यु–१० ब्वाइजमा नेपालका सचिन गुरुङ र गल्र्समा भारतकी विसार प्रित कौर, यु–१२ ब्वाइजमा नेपालका सन्तोष केसी, यु–१४ ब्वाइजमा भारतका जसकरण प्रित र गल्र्समा नेपालकी हृदय राई तथा यु–१६ ब्वाइजमा नेपालका सोनु थापाले स्वर्ण जिते ।

गोंगबुस्थित आयोजक पारामाउन्टको हातामा भएको प्रतियोगिताको ब्वाइज टिम कातामा नेपालका इन्टेन्सिभ स्कुल पहिलो र आयोजक पारामाउन्ट दोश्रो भए ।

प्रतियोगिताको पूर्व मन्त्री एवं सांसद अर्जुननरसिंह केसीले एक कार्यक्रमबीच उद्घाटन गरे । सो अवसरमा डब्लुजीकेएफ रेफ्रीमा उत्तीर्ण हुन सफल केन्वाकाइ संघ तथा दक्षिण एसियाली गोजुरियो केन्वाकाइ संघका प्रमुख प्रशिक्षक विसनसिंह खड्का र नेपाल गोजुरियो कराते संघका महासचिव विआर मित्रलाई सम्मान गरिएको थियो ।

त्यस्तै नेपालको प्रतिनिधित्व गरी विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्न सफल खेलाडी पर्शुराम बाँस्तोला, सिमोन खत्री र सुमन तिमल्सिनालाई पनि सम्मान गरिएको थियो । कराते खेलको विकास र विस्तारमा योगदान पु¥याएकोमा प्रकाशमोहन धौभडेललगायत पनि सम्मानित भए । उनीहरुलाई सांसद् केसीले सम्मान पत्र प्रदान गरी सम्मान गरे ।

दुईदिने प्रतियोगितामा विभिन्न विद्यालयका १६ टिमका २ सय ५० खेलाडीले ४८ स्वर्णका लागि प्रतिस्पर्धा गरिरहेको आयोजकले जनाएको छ ।