३१ जेठ, काठमाडौं ।
सरकारले संविधानकै विरोध गरेर भारतले गरेको नाकाबन्दीमा सघाउँदै तराईका जिल्लामा अशान्ती फैलाउँदै आएको मधेशी मोर्चालाई वार्ताको लागि अन्तिम पत्र पठाएको छ ।

प्रधानमन्त्रीका निकटवर्ती एक एमाले नेताका अनुसार ओली सरकारले आन्दोलनको नाममा जनतालाई दुख दिएर मोर्चा थाकेकाले अब सार्थक वार्ता हुने ठानेर पत्र पठाइएको हो ।

यसपटकको अनुरोधमा पनि वार्तामा नआए अहिलेसम्म मौन रहँदै आएको सरकारले पेलेर जाने रणनीति बनाएको छ ।

सरकारले आज औपचारिक रुपमै मोर्चालाई वार्तामा आउन पत्र लेखेको छ ।

काठमाडौंमा आज भएको एक साक्षात्कार कार्यक्रममा प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले मधेसी समुदायको मागलाई वार्ता र संवादका माध्यमबाट समाधान गर्न सरकार तयार रहेको स्पष्ट पार्दै संघीय गठबन्धनलाई आन्दोलन छाडेर वार्तामा आउन आग्रह गरेका छन् ।

मधेसी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले वार्ताका लागि सरकारले पछिल्लोपटक पठाएको पत्र सकारात्मक रहेको बताएका छन् ।

संघीय समाजवादी फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले मधेसवादी दलहरु वार्ताको विरोधी नभएको र सरकारले वार्ताको नाममा खेलाँची गर्न नहुने प्रतिक्रिया दिए ।

तराई–मधेस लोकतान्त्रिक पार्टीका सह–अध्यक्ष जितेन्द्र सोनलले मधेशी मोर्चाका मागहरुका सम्बन्धमा स्पष्ट धारणा ल्याउनका लागि सरकारले प्रतिबद्धता व्यक्त गर्नु पर्ने तर्क गरे ।

पछिल्लो समय राजधानी केन्द्रित आन्दोलन भन्दै उफ्रेको मोर्चा दुई दिनमै थाकेपछि जनताको साथ नपाउँदा अहिले काठमाडौंको खुल्ला मञ्चमा धर्ना भन्दै बसिरहेको छ ।

19.12¡ÆC