नदीको कारण भारतका बिद्यालयमा जान्छन् १८ नं. पिल्लरका बालवालिका

जेष्ठ ३१, २०७३ मा प्रकाशित | 1182 views

पप्पु गुरुङ्, ३१ जेठ, दोधारा चाँदनी । दोधारा चाँदनीको जगबुडा नदीका कारण दोधारा चाँदनी नगरपालिका वडा नं. १०, १८ नंं. पिल्लरका स्थानिय बालवालिकाहरु भारतिय बिद्यलय जान बाध्य भएका छन् । १८ नंं. पिल्लरका आधा दर्जन बालवालिकाहरु सिमावर्ती भारतिय बिद्यालयहरुमा पढ्न बाध्य भएका स्थानिय सुन्दर ओलीले बताएका छन् । उक्त बस्तीका आफुहरु भारतिय बिद्यालयमा पढ्दा थुप्रै असजिलो परेको सिमावर्ती भारतिय क्षेत्रका एक बिद्यालय राजकिय ईन्टर हाईस्कुलमा अध्यन गर्दै गरेकी १८ नंं. पिल्लर बस्तिका १७ वर्षिय बालिका बशन्ती सुनारले बताएकी छिन् । जगबुडा नदीको कारण नेपालको स्कुलमा पढ्न नसकेको बशन्तीले बताईन् । “नेपालमा पढ्ने चाहाना थियो । नदीको कारण नजिकैको बिद्यालयमा पढ्न सकिन्” बशन्तीले भनिन् । उनि जस्तै थुप्रै अरु बालवाली नदीको कारण बिद्यालय छाडेर रोजगारीको लागी भारत पलाएन् भएका छन् या भने सिमावर्ती भारतिय बिद्यालयहरुमा पढ्न बाध्य भएका छन् । जस्ले गर्दा समय समयमा उनिहरु भारतियहरुको दबाब खेप्नु परेको उनिहरु बताउछन् । ३० बिघाह क्षेत्रमा फैलिएको १८ नं. पिल्लरमा १० घरधुरीमा करिब एक सय परिवारहरु बसोबास गर्छन् । उनिहरुको दैनिकी सिमावर्ती भारतियहरु चलेको छ् । जती भारतियहरुले दु:ख दिएपनि उनिहरुमा सहन गर्ने बानीनै बन्न पुगेको छ् । “भारतियहरुको धम्की सुन्ने अब बानी नै परिसक्यो” स्थानिय बिरु बुढाले भने । उनिहरुको बजार, उनिहरुकै बाटो प्रयोग पर्नु परेको कारण मिलेर बस्नुको बिकल्प नभएको स्थानिय बुढाको भनाई रहेको छ् । सरकारले उक्त स्थानमा अझै सम्म एक रुपियाँ बराबरको बिकासका काम नगरेको स्थानियहरु बताउछन् । “चुनावको बेला मात्र आउछन् नेताहरु, अरु बेला देखा पर्दैनन् ।” स्थानिय निर्मला सुनारले बताईनन् । अझै सम्म सरकारबाट बस्तीमा कुनै सहयोग नपाएको उनिहरुको भनाईछ् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web