३२ जेठ, विरगञ्ज ।
विद्युत प्राधिकरण वीरगंज वितरण केन्द्रको लापरवाहीका कारण पोखरीयामा आज सांझ करेन्ट लागेर एक बालकको ज्यान गएको छ ।

पोखरीया नगरपालिका ५ वसन्तपुरमा हावाहुरीले ढलेको विद्युतको तारमा अल्झेर आज सांझ स्थानिय परमानन्द गिरीका १० वर्षिय हरिओम गिरीको करेन्ट लागि मृत्यु भएको हो । वसन्तपुरमा हिजो विद्युत पोल ढलेपछि स्थानियले हिजै सो बारेमा केन्द्रमा जानकारी गराएका थिए ।

केन्द्रमा जानकारी दिएपनि विद्युत लाईन नकाटेपछि घटना भएको भन्दै स्थानिय आक्रोशित भएका छन् ।

यसैविच मृतक बालकको शव स्थानिय बासिन्दाले विद्युत प्राधिकरण पोखरीया सव स्टेशन अगाडी सडकमा राखेर प्रदर्शन गरेको स्थानिय दिपनारायण प्रसाद रौनियारले बताउनुभयो ।

तिम्रा यादहरुबाट सुरक्षीत छैन -राई अनु ‘पृथक’

तिम्रा यादहरुबाट सुरक्षीत छैन्
सम्झनामा अब ती अतीत छैन

पानीमा लेखेको अक्षर जस्तै भयो
तिम्रो नाम मसँग सम्बन्धित छैन्

सम्झिदा नि हाँसो उठ्छ त्यसै त्यसै
पागल प्रेमीहरु बीच अाज प्रित छैन्

कथा जस्तो,नाटक जस्तो भई दियो
मुना-मदनको जस्तो कुनै गीत छैन

तिम्रा यादहरुबाट सुरक्षीत छैन्
सम्झनामा अब ती अतीत छैन

अन्तरविद्यालय कराते: आयोजक पारामाउन्टलाई उपाधि

काठमाडौं,जेठ ३२ । आयोजक पारामाउन्ट एकेडेमी, नेपालले दोश्रो पारामाउन्ट इन्डो–नेपाल अन्तरविद्यालय कराते प्रतियोगिताको उपाधि मंगलबार जितेको छ । गत संस्करणको च्याम्पियन पारामाउन्टले १६ स्वर्ण जित्दै टिम च्याम्पियन बन्नुका साथै उपाधि पनि रक्षा ग¥यो ।

नेपालकै इन्टेन्सिभ स्कुल दोश्रो भयो । इन्टेन्सिभले ८ स्वर्ण हात पा¥यो । तेश्रो स्थानमा रहेको भारतले ५ स्वर्णमा चित्त बुझायो ।

पुरुषमा इन्टेन्सिभका सोनु थापा तथा महिलामा भारतकी विशारा प्रित कौर उत्कृष्ट खेलाडी घोषित भए । सोनुले ४ स्वर्ण तथा विशाराले २ स्वर्ण र १ कांस्य हात पारे ।

दोलखाको श्री कालिका उमाविले राइजिङ टिमको उपाधि जित्यो । त्यस्तै गोकर्णेश्वरको उत्तर बाहिनी स्कुलले बेस्ट पर्फमेन्सको उपाधि हात पा¥यो ।

पारामाउन्टका लागि समुन्द्र न्यौपाने, अभिक्षा गुरुङ, निरज खत्री, अनिल तामाङ, अनन्त राना मगर, शिव भण्डारी, नलिना घर्ती मगर, अन्जली लिम्बू, सागर न्यौपाने, सविता कँडेल, सन्तोष केसी, सुजिता तामाङ, सचिन गुरुङ, एलिना विक तथा निर्मल पुनले विभिन्न स्पर्धामा स्वर्ण जिते ।

विजेतालाई सांसद् एवं पारामाउन्ट विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगदीश्वरनरसिंह केसी, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष पुरेन्द्रविक्रम लाखे, नेपाल तथा दक्षिण एसियाली जापान गोजुरियो केन्वाकाइका प्रमुख प्रशिक्षक विसनसिंह खड्का, पारामाउन्टका संस्थापक निर्देशक प्रमोद पाण्डे, पारामाउन्टका संस्थापक प्रिन्सिपल मुकुन्दप्रसाद पाण्डेलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

सो अवसरमा कराते खेलको विकास र विस्तारमा सहयोग पु¥याएवापत पुरेन्द्रविक्रम लाखे, ध्रुवविक्रम मल्ल, हरिशरण केसी, नेपालको पहिलो महिला जज मिङमा शेर्पालगायतलाई सम्मान गरिएको थियो ।

दुईदिने प्रतियोगितामा विभिन्न १६ विद्यालयका टिमका २ सय ५० खेलाडीले ४८ स्वर्णका लागि प्रतिस्पर्धा गरेका थिए ।

के– के छन् नयाँ शक्तिको राष्ट्रिय भेलाद्वारा पारित आठ बुँदामा ? खर्च विवरण सार्वजनिक

काठमाडौं,जेठ ३२ । नयाँ शक्ति नेपालको पार्टी स्थापना राष्ट्रिय भेला ८ बुँदे समसामयिक प्रस्ताव पारित गर्दै आज सकिएको छ । जेठ ३० गते विधिवत घोषणा भएको नयाँशक्तिको भेला आज समापन भएको हो । राजधानीमा चलेको भेलाले राज्य पुनर्संरचना समितिको प्रारम्भिक प्रतिवेदनको आधारमा संविधान संशोधन गरी समस्याको समाधान गर्न सरकार र आन्दोलनरत पक्षलाई आग्रह गरेको छ।

यो चरणमा अबको निकास, आर्थिक विकास, समृद्धि सम्भव छ हाम्रै पालामा लगायतका नारासहित, नेपाललाई २५ वर्षमा समृद्ध बनाउने योजनासहित गहिरो आत्मविश्वासका साथ ऐतिहासिक रुपमा वैकल्पिक राजनीतिक पार्टीको रूपमा नयाँ शक्ति नेपाल घोषणा भएको छ ।

ऐतिहासिक रुपमा सम्पन्न पार्टी घोषणा पश्चात आयोजित राष्ट्रिय भेला निम्न प्रस्ताव पारित गर्दछः

१.अधिकार प्राप्तीका निम्ति भएका सबै अन्दोलनप्रति ऐक्यवद्धता प्रकट गर्दै ती आन्दोलनहरूमा शहादत प्राप्त गर्ने शहीदहरूप्रति श्रद्धाञ्जली तथा घाइते अपांगप्रति शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं ।

२. संविधानसभाबाट नयाँ संविधान जारी भएको एक वर्ष वितिसकेको छ । पहिचान र अधिकारकालागि संघर्ष गरिआएका तराई–मधेश तथा थारुवानरथरूहट, मगरात, लिम्बूवान लगायतका आदिवासी जनजातिहरु, दलित, महिला र मुस्लिम, अल्पसंख्यक जनसमुदायका भावनाहरु नसमेटिएकोले मुलुक विगत एक वर्षदेखि नै अन्तहीन आन्दोलनमा छ । संविधानको सर्वस्वीकार्यता, सबैको स्वामित्व र अपनत्वकालागि वार्ता र सहमतिको माध्यमद्वारा अन्तरिम संविधानबमोजिम गठित राज्य पुनर्संरचना आयोगको प्रतिवेदन, शीर्ष नेता र मधेश आन्दोलनकारीहरूका बीचमा भएको सम्झौता, तथा पहिलो संविधानसभाको राज्य पुनर्संरचना तथा राज्यशक्तिको बाँडफाँट समितिले बनाएको सर्वस्वीकार्य मान्यताका आधारमा समितिबाट पारित राज्य पुनर्संरचना समितिको प्रारम्भिक प्रतिवेदनको आधारमा संविधान संशोधन गरी समस्याको समाधान गर्न सरकार र आन्दोलनरत पक्ष लगायत सबै सरोकारवालाहरुलाई यो भेला आग्रह गर्दछ ।

३. अभाव, महंगी, असुरक्षा, कालाबजारी, कमिशनखोरी, तस्करी, भ्रष्टाचार, महिला विरुद्धको हिंसा र अराजकताका कारण जनजीवन अत्यन्त कष्टकर बनेको छ । सरकार जनताका सरोकारका विषयलाई वेवास्ता गर्दै सत्ताधारी परम्परागत राजनैतिक दलहरु सत्ता चलखेलको घिनलाग्दो अभ्यासलाई नै निरन्तरता दिने पुरानो आदत मै अभ्यस्त छन् । यो भेला सरकारका यस्ता क्रियाकलापको घोर भर्त्सना गर्दै जनताका समस्याप्रति सम्वेदनशील हुन माग गर्दछ ।

४..महाविनाशकारी भूकम्पका कारण जर्जर बनेको अर्थतन्त्र पुनर्निर्माण र नवनिर्माणको व्यग्र प्रतीक्षामा छ । विगत एक वर्षदेखि नै भूकम्प पीडित जनता खुला आकाशमुनि कष्टकर जीवन व्यतित गर्न वाध्य छन् । तर सरकार र सत्ताधारी पार्टीहरु प्राधिकरणमा भागवण्डा र सोका नाममा विनियोजित रकम दुरुपयोग गर्ने खेलमा चुर्लुम्म डुबेका छन् । विगत १४ महिनादेखि भूकम्पपीडित जनता निरन्तर प्रताडित छन् र दाताले समेत प्रश्न उठाउन थालेका छन्, जुन कुराले स्वाभिमानी नेपालीको शीर झुकेको छ । यो भेला भूकम्प पीडित जनताको तत्काल खाना, नाना र छानाको यथोचित वन्दोवस्त गर्दै चुनौतिलाई अवसरमा बदल्दै आर्थिक समृद्धिको दिशामा लागोस् भन्ने पनि आग्रह गर्दछ ।

५. संविधानसभाबाट संविधान जारी भैसकेपछि पनि संक्रमणकाल समाप्त भएको छैन । विस्तृत शान्ति सम्झौताको मर्म अनुसार द्वन्दकालमा घटेका घटनाहरुको सत्यतथ्य पत्ता लगाउन सत्यनिरुपण तथा मेलमिलाप आयोग तथा वेपत्ता छानविन आयोग गठन भै काम आरम्भ गरेका छन् । द्वन्दकालका मुद्दाहरु तिनै आयोगहरुको दायरामा ल्याई आयोगकै निष्कर्ष अनुसार मेलमिलापको माध्यमबाट समाधान गर्नुपर्छ भन्ने राज्यको प्रतिवद्धता हो । तर विडम्वना नयाँ शक्ति नेपालका अन्तरिम केन्द्रिय परिषद् सदस्य तथा सप्तरी जिल्ला संयोजक अरूणकुमार साहलाई द्वन्दकालमा घटेको घटनालाई नै वहाना वनाई गिरफ्तार गरी थुनामा राख्ने काम गरेको छ । सरकारको सो काम शान्ति सम्झौताको मर्मविपरित छ । राज्यकै प्रतिबद्धताका विपरित पनि छ । तसर्थ उक्त कार्यको यो भेला घोर भर्त्सना गर्दछ । गिरफ्तार गरी जेल चलान गरिएका निज अरूणकुमार साहलाई अविलम्ब रिहा गर्न पनि जोडदार माग गर्दछ ।

६. नयाँ संविधान जारी भएपछि आर्थिक समृद्धिको अभियानको थालनी होस् भन्ने जनताको अपेक्षा हो । सो अपेक्षा उपेक्षामा परिणत भएको छ । जनता निराश छन् । जनताको निराशालाई आशामा बदल्न र विद्यमान समस्याको समाधान गरी नयाँ नेपाल निर्माणकालागि नयाँ शक्ति नेपाल वैकल्पिक राजनैतिक धारका रुपमा स्थापित भएको कुराको वोध गर्दै नयाँ राजनीतिक शक्ति निर्माणको अभियानमा लामवद्ध हुन आम जनतामा आग्रह गर्दछ ।

७ .अबको निकास, आर्थिक विकासु, 'सम्भव छ समृद्धि हाम्रै पालामा' भन्ने नारालाई व्यवहारमा रुपान्तरण गर्न पुनः प्रतिबद्धता व्यक्त गर्दै तदनुकुल आचरण, व्यवहार र क्रियाकलाप गर्ने वाचा गर्दै सो प्रतिबद्धतामा साथ दिएर समानुपातिकरसमावेशीरसहभागितामूलक, समुन्नत र समृद्ध नेपाल निर्माणमा सघाउ पुर्यागउन सबै सरोकारवालाहरुमा आग्रह गर्दछ ।

८. नयाँ शक्ति नेपाल विधिवत स्थापना भै जनादेश प्राप्त गरी आर्थिक विकास र समृद्धिको खाका कार्यान्वयन गर्न प्रतिबद्ध छ । समृद्ध नयाँ नेपाल निर्माण गर्ने यो महाअभियानमा हरतरहले साथ दिन हामी आम जनसमुदायमा हार्दिक अपील गर्दछौं ।

प्रधानमन्त्रीद्धारा अचानक विमानस्थलको भ्रमण

काठमाडौं,जेठ ३२ । विमानस्थलका सेवाबारे गुनासो बढेपछि प्रधानमन्त्री केपी ओली मंगलबार दिउँसो अचानक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भ्रमण गरेका छ् । दिउँसो २ बजेर १७ मिनेटमा प्रधानमन्त्री ओली, अर्थ मन्त्री विष्णु पौडेल, पर्यटन मन्त्री आनन्दप्रसाद पोखरेल र पर्यटन राज्यमन्त्री बलबहादुर महतसहित विमानस्थल अनुगमनको लागि पुगेका विमानस्थलका निमित्त प्रमुख भोला गुरागाईंले बताए ।

प्रधानमन्त्री ओलीले विमानस्थलको प्रस्थानद्वारबाट छिरेर अन्तराष्ट्रिय टर्मिनल भवनमा रहेका सबै सरकारी एजेन्सीको काम हरेका थिए । प्रधानमन्त्री ओली साढे ३ बजे विमानस्थलबाट फर्किएका थिए ।

रसियालाई एक लाख ५० हजार युरो जरिवाना,हिंसा मच्चाउनेलाई देशनिकाला

एजेन्सी,जेठ ३२ । रुसी फुटबल संघलाई एक लाख ५० हजार युरो जरिवाना लगाइएको छ। फ्रान्समा जारी युरोकप अन्तगर्त समर्थकले गरेको हिंसात्मक व्यवहारका कारण जरिवानामा परेको छ । युरोपियन फुटबलको सर्वोच्च निकाय युइएफएले कारबाही गरेको हो। फेरि पनि समर्थकले पुरानै व्यवहार दोहोर्याए युरो प्रतियोगिताबाटै निलम्बन गर्ने उसले चेतावनी दिएको छ। रुसका समर्थकलाई रंगभेद गरेको आरोप प्रमाणित भएको छ । रुसलाई युइएफएको यस निर्णय बिरुद्ध अपील गर्ने अधिकार छ ।

मार्सेलीमा भएको खेलमा इंग्ल्याण्डसाग १-१ गोलको बराबरी भएपछि रुसी समर्थकले रंगशालाभित्रै हिंसात्मक आक्रमण गरेका थिए । युरोकपका क्रममा इंग्लयाण्ड र रसियाबीचको खेलपछि रंगशाला वरपर वितण्डा मच्चाउने रुसी समर्थकलाई फ्रान्सले देश निकाला गर्ने भएको छ । फ्रान्सेली प्रहरीले १५० जनाको ‘पूर्ण प्रशिक्षित रुसी गुण्डा’को समूहलाई मार्सेलीमा भएको इंग्लयाण्ड र रसियाबीचको खेलमा १-१ को बराबरी भएपछि भएको हिंसात्मक झडपमा दोषि ठहर्याएको बिबिसीले जनाएको छ ।

बिबिएस प्रथम वर्षको परीक्षाफल प्रकाशित

काठमाडौं,जेठ ३२ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७२ मा सञ्चालित व्यवस्थापन सङ्कायतर्फ चारवर्षे स्नातक तह (बिबिएस) प्रथम वर्षको परीक्षाफल आज प्रकाशन गरिएको छ । असोज तथा मंसिर र पुसमा सञ्चालित सो परीक्षाको नतिजा www.educationsansar.com, www.educationkhabar.com, www.edusanjal.com, www.tu.ntc.net.np मा हेर्न सकिनेछ।

यस्तै त्रिवि सङ्गठन तथा शैक्षिक प्रशासनसम्बन्धी नियम २०५० अनुसार परीक्षाको मर्यादा विपरीत काम गर्ने आठ परीक्षार्थीलाई दुई वर्षसम्मका लागि त्रिविका कुनै पनि परीक्षामा सामेल हुन नपाउने गरी निष्काशन गरिएको छ। निष्काशनमा पर्नेमा ७०१५०४०८, ७०१९०२५९, ७०३९०२८०, ७२६२००४३, ७२७८०२७७, ७३९६००९५, ७७५४००७३ र ७०८४६०००९ नम्बर भएका परीक्षार्थी रहेका छन्।

राखेपका ७ वटा खेल संघ खारेज,कुन-कुन परे खारेजमा (सूची सहित)

काठमाडौं,जेठ ३२ । राष्ट्रिय खेलकुद परिषद राखेपले ७ वटा राष्ट्रिय खेल संघ खारेज गरेको छ । दर्ता भए यता साधारणसभा नगरेको र निष्कृय रहेको पाइएपछि संघको दर्ता खारेज गरिएको राखेपले जनाएको छ । खारेज हुनेमा

परिषदमा दर्ता भएका नेपाल फुटबल संघ, नेपाल जेनुइन मार्सल आर्ट संघ, नेपाल फ्युजन मार्सल आर्ट संघ, नेपाल खेलकुद योग संघ, नेपाल आर्म रेस्लिङ संघ, नेपाल लागुपदार्थ तथा एड्स संघ र नेपाल कर्पोरेट खेलकुद संघको दर्ता खारेज गरिएको हो ।

नयाँ शक्तिमा कम पढ्नेहरुको भविष्य अन्धकार,सांसद हुन कम्तीमा स्नातक

काठमाडौं,जेठ ३२ । नयाँ शक्ति नेपालले प्रत्यक्ष निर्वाचित हुन चाहने सांसदले कम्तीमा स्नातक उत्तीर्ण हुनु पर्ने प्रस्ताव गरेको छ । प्रज्ञा भवनमा सोमबार सुरु छलफल सत्रमा संयोजक बाबुराम भट्टरार्यको राजनीतिक प्रतिबेदन ‘नयाँ शक्तिको आधारतत्व’, नेता देबेन्द्र पौडेलको संगठन विधान प्रतिवेदन र रामेश्वर खनालको आर्थिक विकास र समृद्धिको प्रारुप माथि १२ समूहमा बाँडिएर बहस गर्दै प्रतिनिधिले यस्तो माग गरेका हुन्।

समानुपातितर्फ भने शैक्षिक योग्यतासम्बन्धी प्रावधान नराखिने गरी छलफल सत्रमा बहस भएको हो। भट्टराईले बाम लोकतान्त्रिक धारको पार्टी निर्माण गर्न प्रस्ताव गरे पनि कतिपय सहभागीले भने बाम भनिरहनु नपर्ने, लोकतान्त्रिक भने पुग्ने जिकिर गरे।

आफूलाई बामपन्थी भन्ने पार्टीहरु राजनीतिक कार्यक्रममा बाम दिशा तय गर्न चुकेको भन्दै ती सहभागीले नयाँ शक्ति वैकल्पिक लोकतान्त्रिक शक्ति बन्नु पर्ने टिप्पणी गरे। नयाँ शक्तिले पार्टीका सवै तहका नेता अनिबार्य चुनिएर आउनुपर्ने व्यवस्था गरेको छ। आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ ।

मेलम्चीमै खानेपानीको हाहाकार,कहिले आउला त काठमाडौं ?

काठमाडौं,जेठ ३२ । गतबर्ष वैशाख १२ गतेको भूकम्प र लामो समयदेखिको खडेरीका कारण सिन्धुपाल्चोक जिल्लाको मेलम्चीलगायतका ग्रामीण क्षेत्रका मुहान सुकेपछि र लगातारको वर्षामा समेत पानीको मुहान नपलाएपछि खानेपानीको हाहाकार भएको छ । मेलम्ची नगरपालिका–६ खानीगाउँमा खानेपानी आयोजनाको मुहानमै पानी सुकेपछि धारामा पानी आउन छाडेको उपभोक्ताले गुनासो गरेका छन् ।

पानीको समस्याका कारण सिन्धुपाल्चोक जिल्लाका धेरै गाविसका स्थानीयवासी घन्टौ टाढा दिनभर लाइनमा बसेर पानी ल्याउन बाध्य छन् ।

मेलम्ची खानीगाउँका महेन्द्र घले आफ्नो घर नजिकैको धारमा पानी आउन छाडेको र भएको मूल पनि सुकेपछि बिहानभरको समय बिताएर घन्टौँ टाढासम्म हिँडेर पानी लिन जाने गरेका छन् । भूकम्पपछि खानीगाउँका स्थानीयको बिहानको समय पानी बोक्दैमा जाने गरेको छ ।

घले भन्छन् गाउँमा भएको मूल सुक्यो, नजिकै कुनै पनि मुहान छैन, करिब दुई घन्टा टाढा जङ्गलमा पानी लिन पुग्नुपर्छ त्यहीँ पनि कहिले त पालो नै पाइँदैन । बिहानभरि पानी लिन आउनेको लाम हुन्छ । भएको मूल पनि रसाउन छोडिसक्यो, थोरै पानी सङ्कलन गरी पानी भर्नका लागि लामो समय कुरेर बस्नुपर्ने बाध्यता रहेको उनी बताउँछन् । पानी अभावका कारण रछ्यानमा लगाएको तरकारी, फलफूलका बोटबिरुवा र अन्नबाली सुक्न थालेको स्थानीय बताउँछन् ।

मेलम्ची नगरपालिका, खानीगाउँका स्थानीय भन्छन् “भूकम्पपछि सुकेको मुहान वर्षामा समेत पलाउन नसक्दा अहिले पानीको समस्या छ । गाउँभन्दा झन्डै दुई घन्टा टाढासम्मको दूरीबाट पानी ओसारेर दैनिक उपभोग गर्ने गरेका छौँ ।”

पानीकै लागि बिहानको पूरै समय खर्चिनुपर्ने बाध्यता रहेको मेलम्ची नगरपालिकाका स्थानीय श्याम घलेले बताए । मेलम्ची नगरपालिका खानीगाउँमा रहेका ६० घरधुरी खानेपानीको चरम समस्या झेल्न बाध्य छन् ।

भूकम्प पहिले गाउँमा पूरै समय आउने पानी अहिले गाउँमा खानेपानीको समेत हाहाकार हुँदा गाई भैँसी, फलफूल, तरकारीखेती गर्नेलाई समेत समस्या भएको र गाउँमा पानीको समस्या भएपछि अधिकांश परिवार गाउँ छाडेर बसाइँ नै सर्न बाध्य भएको स्थानीय युवा प्रवेश घले बताउछन् ।

मुहान सुकेपछि अहिले मेलम्ची खानीगाउँका बासिन्दाले पानी अभावमा आवास पुनःनिर्माण समेत गर्नसक्ने स्थिति समेत नरहेको स्थानीय बताउँछन् । पटकपटक आफ्नो समस्या लिएर नगरपालिकाको कार्यालय धाउँदासमेत सिङ्गो गाउँको कुरा सुनुवाइ नभएको श्याम घलेले बताए ।

हुन्छ, गर्छा भनेर आश्वासन दिने गर्दछन्, तर पछि नगरपालिकामा भएको समस्याको चासो दिनुको साटो राजनीतिक टोेलीसँग भ्रमणमा हिँड्ने गरेको स्थानीयले आरोप लगाएका छन् । मूल सुकेपछि नजिकैको मेलम्ची नदीबाट भए पनि बोरिङको व्यवस्था गरेर मेलम्ची नगरपालिकाले पानीको समस्या दूर गर्नुपर्नेतर्फ लाग्नुपर्नेमा स्थानीयवासीले जोड दिएका छन् ।

घर अगाडि रहेको मेलम्ची नदी सुसाएर बग्छ तर खडेरी र मुहान सुकेको कारण सिङ्गो गाउँ नै खानेपानी समस्यामा भएकाले नगरपालिकाले चासो दिनुपर्ने महेन्द्र घलेले गुनासो गरे ।

भूकम्प र खडेरीका कारण मुहान सुक्यो, तर वर्षात्पछि समेत मूल नपलाउँदा जिल्लाको सदरमुकाम चौतारा, मेलम्ची नगरपालिकाको केही वडा र पिपलडाँडा, कुञ्चोक, सागाँचोक, बाँडेगाउँलगायतका गाविसमा खानेपानीको हाहाकार भएको छ ।

onlinekhabar.com

प्रहरीमा पूर्वपदाधिकारीलाई सुविधा खारेज नगर्न दबाब

काठमाडौं,जेठ ३२ । व्यवस्थापिका संसदको संसदीय समितिले कानुनविपरीत पूर्वपदाधिकारीलाई दिइएको सुविधा खारेज गर्ने तयारी थालेपछि दुई सुरक्षा निकायका प्रमुखले यसमा गम्भिर चासो राखेका छन् ।

प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल र सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राईले सोमबार संसदको सुशासन उपसमितिका संयोजक जनकराज जोशीलाई भेटेर सुविधा खारेज नगर्न दबाबसमेत दिएका छन् ।

सुशासन समितिको उपसिमिलिते एकपटक सुरक्षा निकायका प्रमसखसँग छलफल गरिसकेको थियो । उनीहरुले आफ्नो तर्फबाट उपसमितिमा रायसमेत दिइसकेका थिए ।अाजको राजधानी दैनिकमा समाचार छ ।

आफूहरुको सुझावमा राजनीतिक दलले तिब्र असन्तुष्टि जनाएको जानकारी पाएपछि र्अाजीपीद्वय अर्याल र राई संसद सचिवालय पुगेका हुन् । यसअघि उपसमितिले बोलाएको छलफलमा सुविधा खारेज गर्न भनेको भए पनि त्यसलाई परिवर्तन गर्दै सेवा सुविधा दिनुपर्ने भनाई प्रतिवेदनमा उल्लेख गर्न पनि महानिरीक्षकहरुले आग्रह गरेका छन् । गृह मन्त्रालयले पूर्व पदाधिकारीलाई अहिलेको सुविधामा थप गरेर पूर्वपदाधिकारीसम्बन्धी विधयेकको मस्यौदा संसदमा ल्याउन लागको छ । सर्वोच्च अदालतले पूर्वपदाधिकारीलाई सुविधा दिनुपर्ने भए कानुन बनाए दिन आदेश दिएको वर्षाैंभएको छ । एकपटक संसदमा आएको सुविधा दिने विधयेक सांसदहरुकै विरोधपछि गृह मन्त्रालय फिर्ता भएको थियो ।

अध्ययन गर्न विदेश गएका ५ सय कर्मचारी उत्तै वेपत्ता !

काठमाडौं,जेठ ३२ । सरकारी सुविधामा लाखौं रुपैयाँ खर्चेर अध्ययनका लागि विदेश गएका निजामती कर्मचारी अध्ययन सकेपछि उत्तै वेपत्ता हुने क्रम बढ्दै गएको छ । सरकारी ऐन नियमको ठाडो उल्लंघन गरी विदेश गएका पाँच सयभन्दा बढी कर्मचारी उत्तै वेपत्ता भएका छन् । त्यसरी वेपत्ता हुने कर्मचारीको खोजी गरी उनीहरुलाई कारबाही गर्न सरकार असफल भएको छ ।

सामान्य प्रशासन मन्त्रालयका अनुसार लामो समयदेखि विभिन्न देशमा अध्ययन गर्न गई उतै वेपत्ता भएका सरकारी कर्मचारीको संख्या पाँस सयभन्दा बढी रहेको अाजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

विदेश अध्ययन गर्न गएर वेपत्ता भएका कर्मचारीलाई सरकारले निजामी सेवा एनको ४० घ अनुसार कारबाही गर्न सक्ने प्रावधान छ । तर, सरकारी निकायसँग त्यस्ता कर्मचारीको कुनै रेकर्ड राखी कारबाही गर्ने जिम्मेवारी पाएको सामान्य प्रशासन मन्त्रलय आफैं वेखबर छ ।

सामान्य प्रशासन मन्त्रालयले केही समयअघि मात्रै विदेश अध्ययनका लागि गएर उतै वेपत्ता भएका कर्मचारीको खोजी गर्न विभिन्न सर्च टोली बनाएको थियो । तर ती सर्च टोलीले कुने सफलता पाउन सकेनन् । अधिकांश मन्त्रालय तथा निकायले वेपत्ता भएका आफ्ना मातहतका कर्मचारीको जानकारी नदिएर सामान्य प्रशासन मन्त्रालयको सर्च टोलीलाई असहयोग गरेपछि कर्मचारी खोज्ने सरकारी प्रयास असफल भएको हो ।

सामान्य प्रशासन मन्त्रालयको अध्ययन अनुसार नर्वेलगायतका युरोपियन देश, अमेरिका, अस्ट्रेलिया र जापानमा अध्ययनका लागि जने कर्मचारी अध्ध्यन सकेपछि नेपाल र्फकनुको साटो उतै बस्ने गरेका छन् । विशेषगरी कृषि, बन र सिँचाइ मन्त्रालयका प्राविधिकहरु वेपत्ता हुने गरेका छन् ।

19.12¡ÆC