जापानमा ‘गाजलु’

२९ जेठ, टोकियो ।
अनमोल केसी र मिस नेपाल सृष्टि श्रेष्ठ अभिनित गाजलु चलचित्र जापानमा प्रदर्शन हुने भएको छ ।

गतशुक्रबारबाट नेपालमा प्रदर्शन भइरहेको चलचित्र गाजलु जापानको टोकियो, ओशाका र फुकुओका लगायतका सहरमा प्रदर्शन हुन लागेको हो ।

नेपालमा राम्रो कमाई गरिरहेको गाजलुलाई जापानमा इश्वर श्रेष्ठले प्रदर्शन गर्न लागेका हुन् ।

पहिलो चलचित्रको रुपमा उदाएकी सृष्टि श्रेष्ठको अभिनय रहेको चलचित्रमा काठमाडौंको नेवार समुदायमा रहेको कुमारी प्रथालाई आधार बताइएको छ ।

पछिल्लो समयमा सफलता पाइरहेका अभिनेता अनमोल र पहिलो फिल्ममा अभिनय
गरिरहेकी मिस नेपाल सृष्टिको जोडी भएकाले पनि यो फिल्म चर्चामा रहेको छ ।

चलचित्रको भिडियो हेर्नुहोस्

टोकियोमा नग्न रेष्टुरेण्ट, हेर्न पाइने छुन नपाइने

टोकियो ।
इंगल्याण्ड र अष्ट्रेलियामा लोकप्रिय र यसअघि नै सञ्चालनमा रहेको नग्न रेष्टुरण्टको सिको गर्दै जापानमा पनि यस्तै खालको नग्न रेष्टुरेण्ट खुल्ने भएको छ ।

जापानमा पहिलो नग्न रेष्टुरेण्ट यही जुन २९ तारिखबाट राजधानी टोकियोमा खुल्ने भएको हो । नाम अनुसारनै यो नग्न रेष्टुरेण्टमा कुनैपनि कपडा लगाउन पाइनेछैन ।

लुगा लगाउन नपाइने यस्तो रेष्टुरेण्टको भने जापानमा छुट्टै नियम राखिएको छ । नियम अनुसार आउने सबै पाहुनाको तौल नापिने छ । यती तोकिएको भन्दा बढी तौल भएमा भने रेष्टुरेण्टमा पस्न पाइने छैन ।

तौल सँगै उमेर पनि तोकिएको नग्न रेष्टुरेण्टमा पस्न ग्राहकको उमेर निश्चित हुनुपर्नेछ । ग्राहकको परिचयपत्र हेरेर १८ देखि ६० बर्ष उमेरकालाई मात्र रेष्टुरेण्टमा छिर्न दिइने बताइएको छ ।

तौल तोकिए भन्दा बढी हुन नहुने निमय राखेको रेष्टुरेण्टले उचाइका आधारमा हुनुपर्ने औषत तौल भन्दा बढीमा १५ किलो सम्म भएमा छुट हुने र त्यो भन्दा बढी भएमा मोटाहरुलाई छिर्न नदिने भएको छ ।

अनलाइनमै यसबारेमा सबै जानकारी राखेको रेष्टुरेण्टले बुकिंग गरेर आउन सकिने बताएको छ । नियम अनुसार रेष्टुरेण्टमा कुनैपनि पाहुनाले कसैलाई छुन पाउनेछैन । तर आफुसँगै आएका व्यक्तिलाई भने छुन छुट छ ।
आवाज निकालेर बोल्न समेत नपाइने रेष्टुरेण्टमा ट्याटु भएकाले पनि प्रवेश पाउनेछैन ।

गीत, मोडलहरुको नृत्य समेत रहेको रेष्टुरेण्टमा बुकिंग गरेको व्यक्तिमा माथिका केही नियम विपरितको पाइए रेष्टुरेण्टबाट निकालिने र बुकिंग पैसा फिर्ता हुने छ ।
डिनरको लागि न्युनतम नै ८ मान अर्थात् ७५० अमेरिकी डलर तोकिएको रेष्टुरेण्टमा नृत्य नहेरिकन खाना मात्र खान चाहोले १४ हजार देखी २८ हजार येनका खाना खान सक्नेछन् ।

नग्न रेष्टुरेण्टमा आउने पाहुना बाहिरबाटै नांगै आउनुपर्ने नभई रेष्टुरेण्टमा प्रवेश गर्नसाथ लुगा राख्ने कोठा हुने र त्यहीँ लुगा फुकालेर भित्र प्रवेश गर्न सक्नेछन् ।

लगातार ३० दिन हाजिर नभए जागिर चट् !

काठमाडौं,जेठ ३० । लोकसेवा आयोगले सुरक्षा निकायलगायत सबै सार्वजनिक निकायका कर्मचारीको सेवा, सर्तसम्बन्धी कानुनमा एकरूपता कायम गराउने उद्देश्यले सामान्य सिद्धान्तको मस्यौदा तयार गरेको छ ।

मस्यौदा पारित भएपछि सुरक्षा निकायलगायत सबै सङ्गठित संस्थाका कर्मचारीको सेवाका सर्तसम्बन्धी कानुन, बढुवा र विभागीय कारबाही गर्दा अपनाउनुपर्ने सामान्य सिद्धान्त एकै हुने भएको छ ।

आयोगले मस्यौदा गरेको सामान्य सिद्धान्तमा कर्मचारीको बढुवाका लागि राष्ट्रिय सञ्चारमाध्यममा सार्वजनिक विज्ञापन गर्नुपर्ने, कर्मचारीको बढुवा गर्दा रिक्त पदमा मात्र गर्न पाइने, बढुवा प्रयोजनका लागि छुट्टै बढुवा समिति गठन गरिनुपर्ने, समिति बढीमा पाँच सदस्यीय हुनुपर्ने, बढुवा समितिको कुनै सदस्यको नातेदार उम्मेदवार भएमा त्यस्तो सदस्यलाई समितिमा संलग्न गराइनु नहुने, जुन पदमा बढुवा हुने हो, सो पदभन्दा माथिल्लो पदको अधिकृत मात्र बढुवा समितिको अध्यक्ष वा सदस्य हुने गरी व्यवस्था गरिनुपर्ने तर आयोगको प्रतिनिधिले भने समान तहमा पदपूर्ति वा बढुवा समितिको अध्यक्ष वा सदस्य हुन पाउने उल्लेख गरिएको आजको गोरखापत्रमा समाचार छ ।

यस्तै बढुवा गर्दा कार्यक्षमता मूल्याङ्कनको आधार, ज्येष्ठता वा अनुभवको आधार, आन्तरिक प्रतियोगितात्मक परीक्षा र विशेषगरी चार किसिमले गर्न सकिने मस्यौदामा उल्लेख छ ।

आन्तरिक प्रतियोगिताको लिखित परीक्षा लोकसेवा आयोगले लिने, विशेष परिस्थितिमा सम्बन्धित संस्थाले कर्मचारीको विशेष बढुवा गर्दा लोकसेवा आयोगको पूर्वसहमति लिएर गर्न सक्ने, रिक्त पदमध्ये कति पदमा कुन पद्धति र तरिकाका आधारमा गरिने हो, सो खुलाउनुपर्ने, उम्मेदवारलाई प्राप्ताङ्कको जानकारी दिनुपर्नेलगायतका व्यवस्था सामान्य सिद्धान्तको मस्यौदामा उल्लेख गरिएको छ ।

यस्तै विभागीय कारबाही गर्दा अपनाउनुपर्ने सामान्य सिद्धान्तअन्तर्गत सामान्य र विशेष गरी दुई किसिमका सजाय गरिने विद्यमान व्यवस्थामा विशेष सजायअन्तर्गत अति आवश्यक सेवाका कर्मचारीको हकमा बाहेक कार्यालयमा पूर्वस्वीकृति नलिइकन लगातार ३० दिन र वर्षभरिमा ९० दिनसम्म गयल भएमा जागिर चट् हुने व्यवस्था मस्यौदाले गरेको छ ।

यस्तै विदेशमा स्थायी आवासीय अनुमति लिएमा वा सोका लागि आवेदन गरेमा पनि जागिर जाने भएको छ तर विशेष सजाय गर्दा अनिवार्य रूपमा कर्मचारीसँग स्पष्टीकरण लिनुपर्ने व्यवस्था गरिएको छ ।

प्रचण्ड नयाँ शक्तिको पार्टी घोषणामा नजाने

काठमाडौं,जेठ ३० । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई संयोजक रहेको नयाँ शक्ति नेपालको पार्टी स्थापना दिवसमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) नजाने भएका छन् । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले पार्टी स्थापना घोषणा सभामा उपस्थित हुन प्रचण्डलाई निमन्त्रण दिए पनि प्रचण्ड नजाने भएका हुन् । प्रचण्ड सचिवालयले अध्यक्ष प्रचण्ड पार्टीको आन्तरिक प्रशिक्षण तथा कार्यक्रमको सिलसिलामा सुदुरपश्चिमको धनगढी पुगेको बताउँदै नयाँ शक्ति घोषणा सभामा जान नसक्ने पुष्टि गरे ।

जेठ ३० गते एक लाख कार्यकर्ताको उपस्थितीमा घोषणा गर्न लागेको नयाँ शक्तिको पार्टी घोषणामा कार्यव्यस्तताका कारण प्रचण्ड अनुपस्थित हुने सचिवालयले जनाए । सचिवालयका अनुसार प्रचण्ड आइतबार दिउँसो राजधानी आइपुगे लगत्तै राजधानीमा आयोजिक एक कार्यक्रममा सहभागी हुने कार्यतालिका छ ।

दशरथ रंगशालामा आयोजित कार्यक्रममा नयाँ शक्तिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत निमन्त्रण पठाइएको छ । पार्टी घोषणाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै संयोजक भट्टराईले प्रधानमन्त्री केपी ओलीसहित सबै दलका प्रमुख नेताहरुलाई निम्तो गरिएको बताए ।

उनले भने कार्यक्रममा प्रचण्ड उपस्थित हुने विश्वास समेत व्यक्त गरे । ‘हामीले सबै दललाई निमन्त्रण पठाएका छौँ, प्रचण्डजीसँग पनि मेरो कुरा भएको छ, उहाँलाई समेत उपस्थितिका लागि आग्रह गरेको छु, उहाँ आउनुहुन्छ भन्ने मेरो विश्वास छ ।’ उनले भने । आजको कमाण्डर पोस्टमा खबर छ  ।

गत असोज ०९ गते भट्टराईले प्रचण्ड नेतृत्वको तत्कालीन एमाओवादी पार्टी परित्याग गरेर नयाँ शक्ति निर्माणमा जुटेका डा. भट्टराईले गैरमाओवादीलाई समेत मिलाएर रंगशालाबाट नयाँशक्ति घोषणा गर्न लागेका हुन् ।

स्रोतका अनुसार प्रचण्डले भट्टराईको पार्टी घोषणामा प्रतिनिधि पठाउने तयारी गरेका छन् । तर त्यसबारे आधिकारिक निर्णय भने भएको छैन ।

काठमाडौंको फोहोर व्यवस्थापन निजी क्षेत्रलाई

काठमाडौं,जेठ ३० । सरकारले लामो समयको प्रयासपछि काठमाडौं उपत्यकाको फोहोरमैलालाई निजी क्षेत्रमार्फत व्यवस्थापन गर्ने अन्तिम तयारी गरेको छ। त्यसका लागि प्याकेज वानअन्तर्गत काठमाडौं महानगरभित्रको फोहोर नेप वेस्ट, प्याकेज टु र थ्रीअन्तर्गत क्लिन भ्यालीलाई महानगरबाहिर, ललितपुर र भक्तपुर जिल्लाका साथै कीर्तिपुर नगरपालिकाको फोहोर व्यवस्थापनको जिम्मा दिइएको खबर आजको अन्नपूर्णमा छापिएको छ।

सरकारले लगानी बोर्डमार्फत विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) स्वीकृत भइसकेको छ भने बढीमा तीन महिनाभित्रै सम्झौता हुनेछ। लगानी बोर्डका सहायक प्रवक्ता खगेन्द्र रिजालले दुवै कम्पनीसँगको सम्झौताका लागि अन्तिम चरणमा काम भइरहेको जानकारी दिए।

उनले भने, '७६ प्रतिशत घरहरूबाट, ११ प्रतिशत नालीहरूबाट, दुई प्रतिशत अस्पतालहरू, दुई प्रतिशत कार्यालयहरू र बाँकी अन्यत्रबाट उत्पादन हुने गरेको तथ्यांक छ। निजी क्षेत्रलाई दिनका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भई स्वीकृतसमेत भइसकेको छ।'

निजी क्षेत्रलाई दिएपछि जैविक फोहोरबाट नेप वेस्टले बिजुली, कम्पोस्ट मल र ग्यास उत्पादन गर्नेछ भने क्लिन भ्यालीले कम्पोस्ट मल, इन्धनको वैकल्पिक साधन, बायोग्यास र बायोडिजेल उत्पादन गर्नेछ। बोर्डले चाँडै यी दुई निजी कम्पनीसँग सहमति गरेपछि करिब पाँच महिनापछि फोहोरको जिम्मा निजी क्षेत्रले लिने उनको भनाइ छ।

महानगरभित्र भने उत्पादन हुने जम्मा फोहोरको ७० प्रतिशत प्राइभेट पार्टी (फोहोरसम्बन्ध संघसंस्था आदि) बाट उठाइरहेको जानकारी कार्यकारी अधिकृत रुद्रसिंह तामाङले दिए। उनले भने, 'महानगरपालिकाबाट केवल ३० प्रतिशत फोहोरमात्र व्यवस्थापन हुँदोरहेछ।

बजेट व्यवस्थापनका दृष्टिले ७० प्रतिशतमा खर्च देखिँदैन तर ३० प्रतिशतमा करोडौं बजेट र उत्तिकै जनशक्ति खर्च भइरहेको छ।' उनले मन्त्रिपरिषद् सरहको बोर्डले निर्णय गरेपछि फोहोरको जिम्मा निजी क्षेत्रलाई दिनु स्वागतयोग्य भएको बताए।

उनले थपे, 'बर्सेनि महानगरपालिकाले छुट्ट्याउने ५५ करोड बजेटमध्ये १०–१२ करोड त तलबभत्तामा जाला तर बाँकी रकम बच्नेछ। साथै उल्टै फोहोर उठाउने कम्पनीले रोयाल्टी तिर्छ। देशका लागि इन्धन उत्पादन गर्छ। राम्रो ढंगले काम भए यसले परिवर्तन ल्याउनेछ।'

गच्छदारले सरकार छाड्ने

काठमाडौं,जेठ ३० । मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) सरकारबाट बाहिरिने भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार सबै मोर्चामा असफल भएको भन्दै फोरम लोकतान्त्रिकले मुलुकको समस्या समाधानका लागि विकल्प खोज्न सुरू गरेको खबर आजको नागरिकमा छापिएको छ।

‘हामी जुन उद्धेश्यले सरकारमा सहभागी भएका थियौं, त्यसअनुसार काम भइएन,’ फोरम लोकतान्त्रिकका उपाध्यक्ष जितेन्द्र देवले भने,‘ सरकारमा बस्नुको औंचित्य छैन।’ ओली सरकारमा सहभागी हुनुअघि भएको समझदारी कार्यान्वयनमा प्रधानमन्त्रीले चासो नदेखाएको फोरम लोकतान्त्रिकको गुनासो छ।

युरोकप: इंग्ल्याण्ड रुससँग बराबरीमा रोकियो (भिडियो सहित)

एजेन्सी,जेठ ३० ।
इंग्ल्याण्डले युरो कप २०१६ मा निराशाजनक सुरुवात गरेको छ । प्रदर्शन गरेको छ । आइतबार विहान भएको खेलमा रसियाले इंग्ल्याण्डलाई १–१ को बराबरीमा रोकेको हो ।

समूह बी अन्तर्गत रहेका इंग्ल्याण्ड र रुस बीचको खेल इन्जुरी समयमा रुसका भासिली बेरेजुट्स्कीले गोल गरेपछि खेल बराबरीमा सकिएको हो ।

पहिलो हाफमा गोल रहित बराबरी भएको खेलमा ७३ औं मिनेटमा एरिक डिएरले २० यार्डबाट प्रहार गरेको फ्रि–किक गोलमा परिणत भएपछि इंग्ल्याण्डले सुरुवाति अग्रता लिएको थियो ।

रुसका भासाली बेरोजोस्कीले खेल सकिन २ मिनेट बाँकी छँदा गोल गरेपछि खेल बराबरीमा सकियो । वायने रुनीले खेलमा राम्रो प्रदर्शन गरे पनि गोल भने गर्न सकेनन् ।

यो सहित नवौं पटक युरोकपमा सहभागिता जनाएको इंग्ल्याण्डले अहिलेसम्म सुरुको खेल जितेको छैन । इंग्ल्याण्डले अब बिहीबार वेल्ससँग खेल्ने छन् ।

युरो कप फुटबल :वेल्सको विजयी सुरुवात,स्लोभाकिया पराजित (भिडियो सहित)

एजेन्सी,जेठ २९ ।

युरो कप फुटबल प्रतियोगितामा वेल्सले विजयी सुरुवात गरेको छ । शनिबार भएको आफ्नो पहिलो खेलमा  स्लोभाकिया २-१ ले हराँउदै विजयी सुरुवात गरेको हो ।

पहिलोपटक युरोपियन च्याम्पियनसिपमा भाग लिएको वेल्सलाई जिताउन गारेथ बेल र कानुले गोल गरे । वेल्सको लागि बेलले खेलको १० औं मिनेटमा गोलको खाता खोलेका थिए। पहिलो हाफमा १ गोलले अघि रहेको वेस्सका लागि स्लोभाकिया ६१ औं मिनेटमा गोल गर्दै खेलबराबरीमा ल्याए ।

८१ औं मिनेटमा कानुले गोल गर्दै वेल्सलाई  को छनोट गराउने क्रममा उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले २-१ को अग्रता दिलाए । त्यसपछि क्नै तर्फवाट गोल हुन सकेन र वेल्स विजयी भयो ।

सातौं राष्ट्रिय वादोकाइ करातेमा प्रदेश नं. ३ च्याम्पियन

काठमाडौं,जेठ २९ । प्रदेश नं. ३ ले सातौं राष्ट्रिय वादोकाइ कराते प्रतियोगिताको उपाधि शनिबार जितेको छ । प्रदेश नं. ३ १० स्वर्ण, १३ रजत र ७ कांस्य जित्दै टिम च्याम्पियन बन्यो ।

दोश्रो भएको प्रदेश नं. ७ ले ६ स्वर्ण, ८ रजत र ३ कांस्य जित्यो । ५ स्वर्ण, ४ रजत र ५ कांस्यसहित प्रदेश नं. ५ ले तेश्रो स्थानमा चित्त बुझायो ।

पुरुषमा आयोजक नेपाल वादोकाइ कराते संघका निरज भण्डारी तथा महिलामा प्रदेश नं. ३ की रुपा महर्जन उत्कृष्ट खेलाडी घोषित भए । निरजले २ तथा रुपाले ३ स्वर्ण जिते । पुरुषमा सजन थापा तथा महिलामा निरुता केसी उदीयमान खेलाडी चुनिए । दुवै आयोजकका हुन् । एपीएफ स्कुलले अनुशासित टिमको उपाधि हात पा¥यो ।

विजेतालाई सांसद् मोहनबहादुर बस्नेतलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । दुईदिने प्रतियोगितामा विभिन्न ९ टिमका २ सय ५५ खेलाडीले ३१ स्वर्णका लागि प्रतिस्पर्धा गरेको आयोजक संघका महासचिव नारायणबहादुर मगरले जनाएका छन् ।

अश्बिन, मेलिना र साकारलाई स्वर्ण

काठमाडौं, जेठ २९ ।   हिमरश्मीका अश्बिन अधिकारी, फेयरल्यान्डकी मेलिना प्रधान र न्युटनका साकार मैनालीले दोश्रो ओप्स अन्तरविद्यालय टेबलटेनिस प्रतियोगितामा शनिबार स्वर्ण जितेका छन् । अश्बिन सिनियर ब्वाइज, मेलिनाले सिनियर गल्र्स तथा साकार जुनियर ब्वाइज सिंगल्समा पहिलो भए ।

सामाखुशीस्थित पुष्पकुञ्ज स्कुलको संयोजनमा अर्गनाइजेसन अफ प्राइभेट स्कुल (ओप्स) द्वारा आयोजित प्रतियोगिताको सिनियर ब्वाइज फाइनलमा अश्बिनले नव बुद्धका कमल श्रेष्ठलाई ११–७, ११–९, ११–४ र १२–१० ले पराजित गरे । राजन मेमोरियलका समिर ढुंगाना र फेयरल्यान्डका प्रवेश चौलागाईं तेश्रो भए ।

सोही स्पर्धाको गल्र्स फाइनलमा मेलिनाले राजन मेमोरियलकी अन्जिता घर्ती मगरलाई ११–९, ११–८, १०–१२, ११–१३, ११–८ र ११–९ ले हराइन् । ज्ञान मन्दिरकी रविना खत्री र मन्जरीकी सोनी शेर्पा संयुक्त रुपमा तेश्रो भए ।

जुनियर ब्वाइज उपाधि भिडन्तमा साकारले ज्ञान मन्दिरका अन्जिल बलामीको चुनौती ८–११, ११–६, ११–३, ११–६ र ११–९ ले समाप्त पारे ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का कोषाध्यक्ष सुरेन्द्रबहादुर हमाल, ओप्सका अध्यक्ष लोकेन्द्र खड्का, ओप्सका उपाध्यक्ष एवं पुष्पकुञ्जका प्रिन्सिपल एकबहादुर आले, प्रा.डाद्वय रामकृष्ण महर्जन र होमबहादुर बरुवाल, काठमाडौं प्याब्सनका अध्यक्ष थकिन गुरुङलगायतले पुरस्कार वितरण गरे । एकदिने प्रतियोगितामा विभिन्न १७ विद्यालयका ५१ खेलाडीले ३ सिंगल्स स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

लुम्बिनी हाम्रो गौरव होः राष्ट्रपति

२९ जेठ, काठमाडौं ।
राष्ट्रपति विद्यादेवी भण्डारीले गौतमबुद्धको जन्मस्थल वरपरको पवित्र क्षेत्रको संरक्षण र विकास गरी लुम्बिनीलाई अन्तर्राष्ट्रिय रुपमै शान्ति नगरीका रुपमा विस्तार गर्नुपर्नेमा जोड दिनुभएको छ ।

सुलक्षण कीर्ति विहार चोभारकी प्रमुख डा अनोजा गुरुमालाई म्यानमा सरकारले ‘महासधम्म ज्योतिकध्वज सम्मान २०१६’ प्रदान गरेका अवसरमा आज विहार परिसरमा राष्ट्रपतिले उहाँलाइ बधाइ तथा शुभकामना दनुहुँदै बुद्धको सन्देश विश्वभर फैलाउनु पर्ने बताउनु भयो ।

बौद्ध दर्शनमा विद्यावारिधि लिने पहिलो नेपाली भिक्षुणी डा अनोजालाई म्यानमा सरकारले बौद्धधर्मको गहिरो अनुसन्धान र प्रचारप्रसारमा उल्लेखनीय योगदान पुरयाएबापत सर्वोत्कृष्ट सम्मान प्रदान गरेको हो ।

त्यस अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री आनन्दप्रसाद पोखरेलले “तिलौराकोट, रामग्राम र देवदह क्षेत्रको विकास र विस्तार गरेर संसारभरका विभिन्न धर्मालम्बीलाई लुम्बिनी पुरयाउने काम गर्नु पर्ने बताउनु भयो ।

लुकाएको बढी जग्गा सरकारी नाममा ल्याउन अख्तियारको निर्देशन

२९ जेठ, काठमाडौं ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार ऐन–२०२१ विपरीत हदबन्दीभन्दा बढी जग्गा लुकाई छिपाई राखेको तथ्य फेला परेको भन्दै हदबन्दी भन्दा बढी जग्गा नेपाल सरकारको नाममा ल्याउन भूमिसुधार तथा व्यवस्था मन्त्रालयलाई निर्देशन दिएको छ  ।

आयोगले जग्गा खोजी गरी सत्यतथ्य पत्ता लगाउन गठित छानविन समितिले भूमिसुधार ऐन २०२१ विपरीत हदबन्दीभन्दा बढीको तराईमा पाँच हजार २ सय २३ विघा र पहाडमा छ हजार २ सय ६५ रोपनी जग्गा लुकाएको तथ्य फेला पारेको जनाएको छ ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web