काठमाडौंको फोहोर व्यवस्थापन निजी क्षेत्रलाई

जेष्ठ ३०, २०७३ मा प्रकाशित | 1018 views

काठमाडौं,जेठ ३० । सरकारले लामो समयको प्रयासपछि काठमाडौं उपत्यकाको फोहोरमैलालाई निजी क्षेत्रमार्फत व्यवस्थापन गर्ने अन्तिम तयारी गरेको छ। त्यसका लागि प्याकेज वानअन्तर्गत काठमाडौं महानगरभित्रको फोहोर नेप वेस्ट, प्याकेज टु र थ्रीअन्तर्गत क्लिन भ्यालीलाई महानगरबाहिर, ललितपुर र भक्तपुर जिल्लाका साथै कीर्तिपुर नगरपालिकाको फोहोर व्यवस्थापनको जिम्मा दिइएको खबर आजको अन्नपूर्णमा छापिएको छ।

सरकारले लगानी बोर्डमार्फत विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) स्वीकृत भइसकेको छ भने बढीमा तीन महिनाभित्रै सम्झौता हुनेछ। लगानी बोर्डका सहायक प्रवक्ता खगेन्द्र रिजालले दुवै कम्पनीसँगको सम्झौताका लागि अन्तिम चरणमा काम भइरहेको जानकारी दिए।

उनले भने, '७६ प्रतिशत घरहरूबाट, ११ प्रतिशत नालीहरूबाट, दुई प्रतिशत अस्पतालहरू, दुई प्रतिशत कार्यालयहरू र बाँकी अन्यत्रबाट उत्पादन हुने गरेको तथ्यांक छ। निजी क्षेत्रलाई दिनका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भई स्वीकृतसमेत भइसकेको छ।'

निजी क्षेत्रलाई दिएपछि जैविक फोहोरबाट नेप वेस्टले बिजुली, कम्पोस्ट मल र ग्यास उत्पादन गर्नेछ भने क्लिन भ्यालीले कम्पोस्ट मल, इन्धनको वैकल्पिक साधन, बायोग्यास र बायोडिजेल उत्पादन गर्नेछ। बोर्डले चाँडै यी दुई निजी कम्पनीसँग सहमति गरेपछि करिब पाँच महिनापछि फोहोरको जिम्मा निजी क्षेत्रले लिने उनको भनाइ छ।

महानगरभित्र भने उत्पादन हुने जम्मा फोहोरको ७० प्रतिशत प्राइभेट पार्टी (फोहोरसम्बन्ध संघसंस्था आदि) बाट उठाइरहेको जानकारी कार्यकारी अधिकृत रुद्रसिंह तामाङले दिए। उनले भने, 'महानगरपालिकाबाट केवल ३० प्रतिशत फोहोरमात्र व्यवस्थापन हुँदोरहेछ।

बजेट व्यवस्थापनका दृष्टिले ७० प्रतिशतमा खर्च देखिँदैन तर ३० प्रतिशतमा करोडौं बजेट र उत्तिकै जनशक्ति खर्च भइरहेको छ।' उनले मन्त्रिपरिषद् सरहको बोर्डले निर्णय गरेपछि फोहोरको जिम्मा निजी क्षेत्रलाई दिनु स्वागतयोग्य भएको बताए।

उनले थपे, 'बर्सेनि महानगरपालिकाले छुट्ट्याउने ५५ करोड बजेटमध्ये १०–१२ करोड त तलबभत्तामा जाला तर बाँकी रकम बच्नेछ। साथै उल्टै फोहोर उठाउने कम्पनीले रोयाल्टी तिर्छ। देशका लागि इन्धन उत्पादन गर्छ। राम्रो ढंगले काम भए यसले परिवर्तन ल्याउनेछ।'

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web