संविधानको कार्यान्वयन र निर्वाचन कसैसँग सहमति गरेर गर्ने विषय होईनः सञ्चारमन्त्री राई

काठमाडौ, असार ५ । सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चारमन्त्री शेरधन राईले संविधान कार्यान्वय र निर्वाचन गर्ने कुरा कसैसँग छलफल र सहमति गर्नु पर्ने विषय नभएको स्पष्ट पारेका छन । रिपोर्टर्स क्लब नेपालले आईतवार आयोजना गरेको साक्षात्कारमा उनले भने,‘ सहमतिको नाममा संविधान कार्यान्वयन र निर्वाचन नगर्ने भन्ने कुरा हुँदैन । यो संविधानले निर्दिष्ट गरेको जिम्मेवारी हो । यो छलफल गरेर सहमति कार्यान्वयन गर्ने विषय होईन ।’

साक्षात्कारमा मन्त्री राईले मन्त्री परिषदले पारित गरेर ब्यवस्थापिका संसदमा पेश गरिसकेको संविधान कार्यान्वयनको कार्यतालिका सहितको कार्ययोजना प्रमुख प्रतिपक्षी नेपाली काग्रेसले पहिलादेखिनै भने अनुसार नै ल्याएकोले त्यसमा कसैको पनि विमति हुन नसक्ने दावी गर्दै संविधानले गर्नु पर्छ भनेर निर्दिष्ट गरेको काममा कसैको सहमति जुटाईरहन आवश्यक नहुने तर्क गरे ।

उनले भने,‘ संविधान कार्यान्वयनमा नेपाली काग्रेस र मधेसी दलहरु पनि उभिन्छन । यसबाट बाहिर जान कसैले पनि मिल्दैन । संविधानले २०७४ माघ ७ गतेसम्म सबै चुनाव गराउनु पर्छ भनेको छ त्यसै अनुसार हामीले कार्ययोजना ल्याएका हौ । कसैले पनि संविधान कार्यान्वयन नगर र चुनाव नगर भनेर भन्न सक्दैनन ।’

मन्त्री राईले कार्ययोजना अनुसार विभिन्न ऐनहरु पारित गर्ने, आयोगहरु गठन गर्ने काममा सरकार लागेको भन्दै बजेटको कार्यान्वयन र पुर्ननिर्माणको जिम्मेवारी पुरा गर्न पनि निर्वाचन अनिवार्य रहेको तर्क गरे ।

उनले मधेसी मोर्चाको ७ बुँदे सर्तको पुर्नलेखन गर्नु पर्ने दुई नम्बर बुँदाले उनीहरुको नियतमा अझै पनि खोट रहेको आशंका बढाएको भन्दै सो बुँदालाई मोर्चाले बटमलाईन बनाउने हो भने उनीहरु बार्ताबाट निकास चाहँदैनन भन्ने पुष्टि हुने दावी गरे ।

मन्त्री राईले भने, ‘संविधानको पुर्नलेखन सम्भव छैन । यो माग गंभिर र खतरनाक छ । संविधानसभा विघठन भईसकेको अवस्थामा यो अधिकार कसैलाई छैन । यो कुराले मधेसीमो चाहना समाधान भन्दा पनि अर्कै छ भन्ने देखाएको छ ।’

मोर्चाको नियत ठिक भए सरकार हदैसम्म लचक भएर कम्परमाईज गर्न तयार रहेको स्पष्टपार्दै अहिलेसम्म सरकारको कारण नभई मधेसी मोर्चाकै कारण बार्ता हुन नसकेको उनले ठोकुवा गरे ।

मन्त्री राईले बार्ताकोलागि प्रधानमन्त्री केपी शर्मा ओलीले अनौपचारिक रुपमा बार्ता गरिरहेको जानकारी दिदै संविधानको मर्म अनुसार प्रदेशको सीमांकनको विषयमा छलफल गर्न तयार रहेपनि मर्म विपरित भने कुनै पनि हालतमा नजाने स्पष्ट पारे ।

उनले बार्ताको बातावरण बनाउन मोर्चाले भने अनुसार आन्दोलनमा निधन भएकाको परिवारलाई क्षतिपूर्ति दिने, घाईतेको उपचार गराउने खर्च निकासा भईसकेको, आन्दोलनको क्रममा लागेका मुद्दाको विषयमा विवरणहरु आएर छानविन भईरहेको जानकारी दिदै मृतकलाई शहीद घोषणा गर्ने कुरा सरकारले मात्रै नसक्ने भएकोले त्यसकोलागि छलफल गरेर आवश्यवक सहमतिमा पुग्न तयार रहेको बताए ।

मन्त्री राईले भने,‘ आन्दोलनमा निधन भएकालाई शहीद घोषणा गर्ने विषयमा छलफल गर्न तयार छौ । त्यो सबैसँगको छलफलको आधारमा मापदण्ड बनाएर गर्ने विषय हो । अहिले नै सबै गर भन्ने हो भने त्यो सम्भव छैन ।’

मधेसका अधिकांश माग संबोधन भईसकेको दावी गर्दै उनले. दुई पटक बार्ताकोलागि पत्र पठाए पनि बेवास्ता गरेको कारण केही आशंका उत्पन्न भएको बताए । यद्यपि उनले सरकारको तेस्रो पत्रको जवाफ भने सकारात्मक रहेकोले बार्ताको बातावरण बन्ने विश्वास ब्यक्त गरे ।

साक्षात्कारमा नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झाले संविधान आफूहरुले स्विकार नगरेकोले यो संविधान अनुसार हुने चुनावमा आफूहरु सहभागि हुने स्पष्ट पार्दै आफूहरुले अघि सारेको सात बुँदे सर्तमा सरकार सकारात्मक भएको बार्ताबाट समस्याको समाधान गर्न आफूहरु तयार रहेको स्पष्ट पारे ।

उनले भने,‘ हामी बार्ता विरोधी होईनौ । बार्ताबाटै समस्याको समाधान हुन्छ भन्नेमा हामी दृढ छौ । तर त्यसकोलागि हामीले अघि सारेको सर्तमा सरकार सकारात्मक हुनु पर्छ ।’

अध्यक्ष झाले आन्दोलन जन्य कुराहरु घाईतेको निशुल्क उपचार, मृतक परिवारलाई क्षतिपूर्ति, झुठामुद्दा फिर्ता र मृतकलाई शहीद घोषणा गरे बार्ताको बातावरण बन्ने स्पष्ट पार्दै संविधानको पुर्नलेखनको विषयमा बार्ताको क्रममा माग संबोधन गर्ने अन्य विकल्प समेत हुन सक्ने बताए ।

स्पोर्टस् अवार्ड साउनमा

काठमाडौं,असार ५ ।  नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने पल्सर स्पोर्टस् अवार्डको १२ औं संस्करण आगामी साउन ६ गते काठमाडौंमा हुने भएको छ । मञ्चले आज पत्रकार सम्मेलन गरी अवार्डको मिति र हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिको बजाज पल्सरस“ग मुख्य प्रायोजन सम्झौता नविकरण गरेको छ । पछिल्लो सात बर्षदेखि हंशराज हुलाचन्द एण्ड कम्पनीले नै अवार्डलाई प्रायोजन गर्दै आएको छ । शनिबारको सम्झौतापछि आउने पाँच संस्करण पनि पल्सर स्पोर्टस अवार्डकै नाममा कार्यक्रम हुनेछ । हंशराज हुलासचन्द एण्ड कम्पनीका कार्यकारी अधिकृत शेखर गोल्छा र मञ्चका अध्यक्ष महेश आचार्यले सम्झौतामा हस्ताक्षर गर्नुभयो । पल्सरले यो वर्ष मुख्य प्रायोजन वापत ३ वटा पल्सर मोटरसाइकलसहित १५ लाख रुपैया“ बराबर उपलब्ध गराउने भएको छ । उत्कृष्ट खेलाडी पुरुष–महिला र लोकप्रिय खेलाडी बिधाका विजेताले पल्सर मोटरसाइकल प्राप्त गर्नेछन् ।

‘पल्सर स्पोर्टस् अवार्ड खेलकुद क्षेत्रमा मात्रै नभइ मुलुककै प्रतिष्ठित अवार्डका रुपमा दर्ज भइसकेको छ ,’ गोच्छाले भन्नुभयो,‘ हामीसँग सहकार्य गरेकामा मञ्चलाई धन्यवाद दिन चाहन्छौं ।’ खेलकुदले राष्ट्रलाई एकताको सुत्रमा बा“ध्ने काम गरे पनि राज्यले यसमा लागानी बढाउन सकेको छैन । ‘राज्यले लगानी नगरेको क्षेत्रमा नीजि क्षेत्रले जति नै गरेपनि अपुग देखिन्छ,’ उद्योग वाणिज्य महासंघका उपाध्यक्ष समेत रहेका गोल्छाले भन्नुभयो ‘सर्वप्रथम राज्य खेलकुद प्रति उदार भइदिनुपर्छ ।’ खेलकुदमा पछिल्लो समय बढेको नीजि क्षेत्रको लगानीबाट खेलाडी, प्रशिक्षक र खेल अधिकारीका साथै पल्सर स्पोर्टस् अवार्ड पनि लाभान्वित भएको गोल्छाले जनाउनुभयो ।

मञ्चले प्रत्येक वर्ष उत्कृष्ट खेलाडी महिला र पुरुष, युवा खेलाडी, प्रशिक्षक, लोकप्रिय खेलाडी, लाइफ टाइम एचिभमेन्ट अवार्ड, पारा एथ्लिट अवार्ड र स्पेशल अवार्ड गरी ८ विधामा खेलाडीलाई पुरस्कृत गर्दै आएको छ । विनाशकारी भूकम्प, त्यसपछिको अघोषित नाकाबन्दी र खेल पत्रकार सुमन भोम्जनको निधनका कारण मञ्चले गत वर्ष अवार्ड कार्यक्रम भने गरेन ।

मञ्चका अध्यक्ष आचार्यका अनुसार सबै बिधामा मनोनित हुने खेलाडीहरुको नामावली खेलाडी छनोट समितिले छिट्टै सार्वजनिक गर्नेछ । अवार्ड कार्यक्रमका लागि भन्दै मञ्चले विभिन्न १२ वटा उपसमिति समेत गठन गरिसकेको छ । उहा“ले भन्नुभयो, ‘मुख्य प्रायोजकस“गको सम्झौता र अवार्डको मिति घोषणास“गै कार्यक्रमले गति लिएको छ । अघिल्लो संस्करणको अवार्डभन्दा यसपालि थप रोमाञ्चक र आकर्षक कार्यक्रम पस्किनेपट्टि हाम्रो ध्यान जानेछ ।’

लोकप्रिय खेलाडीको छनोट भने एस.एम.एस भोटिङका आधारमा हुनेछ । मञ्चले हरेक वर्ष जुलाई २ अर्थात् विश्व खेलकुद पत्रकारिता दिवसको सेरोफेरोमा अवार्ड कार्यक्रम आयोजना गर्दै आएको छ ।

महासचिव लामा टेन्डी शेपाद्धारा मोर्डन पेन्टाथनलको विजेता पुरस्कृत

काठमाडौं,असार ५ । राहुल दर्शन र सिमरन मानन्धर ओलम्पिक डेको उपलक्ष्यमा आयोजित ट्रायथल प्रतियोगितामा आइतबार पहिलो भएका छन् । क्याटगोरी ‘डि’ को पुरुषमा राहुल तथा महिलामा सिमरन पहिलो भएका हुन् ।

पुरुषमा सार्थक श्रेष्ठ दोश्रो र प्रणमय डंगोल तेश्रो भए । महिलामा समिरासोभा थापा मगर दोश्रो र आश्मा तामाङ तेश्रो भए । स्पोर्ट्स फर अल कमिसन तथा नेपाल मोर्डन पेन्टाथनल संघद्वारा संयुक्त आयोजित प्रतियोगिताको क्याटगोरी ‘इ’ को पुरुषमा आदर्श कार्की पहिलो, पीयूष श्रेष्ठ दोश्रो तथा सनिलकुमार थापा मगर तेश्रो बने । सोही स्पर्धाको महिलामा अनुसिंह तन्डुकार पहिलो, टीएन शेर्मा लिम्बू दोश्रो तथा रेहा महर्जन तेश्रो भए ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष एवं नेपाल ओलम्पिक कमिटीका महासचिव लामा टेन्डी शेर्पाले एक कार्यक्रमबीच पुरस्कृत गरे । सुटिङ, पौडी र दौड समावेश ट्रायथलमा २२ खेलाडी सहभागी थिए ।

रिलेशन चलचित्रले निशाले एक बाउट जिते एक लाख दिने घोषणा

काठमाडौं,असार ५ । रियो दि जेनेरियोमा हुने ३१ औं ग्रिष्मकालीन ओलम्पिकका लागि वाइल्डकार्डमार्फत छनोट भएकी निशा रावलका लागि तेक्वान्दो सम्बन्धित चलचित्र रिलेशनले पुरस्कारको घोषणा गरेको छ । रिलेशन चलचित्रका नायक तथा निर्माता ग्रान्डमास्टर दिवाकर डान महर्जनले निशाले ओलम्पिकमा एक बाउट जितेको खण्डमा एक लाख रुपैयाँ प्रोत्साहनस्वरुप रिलेशन चलचत्रिकोतर्फबाट प्रदान गर्ने घोषणा गरेका हुन् ।

‘हाम्रो चलचित्र रिलेशनले तेक्वान्दोमार्पmत समाजमा परिवर्तन गराएको सन्देश दिएको समयमा नेपालका लागि उत्कृष्ट पदर्शन गर्नका लागि प्रेरणा प्रदान गर्ने उद्देश्यले हामीले उनलाई प्रत्येक बाउट जित्दा एक् लाख पुरस्कार दिने घोषणा गरेका हौं,’ महर्जनले भने । प्रत्येक बाउट जित्दा एक लाख रुपैया थपिदै जाने समेत महर्जनले बताए ।

तेक्वान्दो सम्बन्धी चलचित्र रिलेशन अमेरिकाको पोर्टल्यान्डको हलिउड थ्रिएटरमा भव्यताका साथ देखाइएको छ । त्यसैगरि १० असारबाट नेपालका सम्पूर्ण हलहरुमा रिलेशन चलचित्र पदर्शन हुने तयारी रहेको अवस्थामा चलचित्रले निशालाई पुरस्कार दिने घोषणा गरेको हो । ‘चलचित्रले कमाएपनि नकमाएपनि हामी खेलकुदकर्मी भएका नाताले खेलाडीको प्रोत्साहन गर्नु हाम्रो कर्तव्य हो भन्ने महसुस गरेर यो घोषणा गरिएको हो,’ महर्जनले भने । तेक्वान्दो सम्बन्धी चलचित्र हेरेर खेलाडीलाई प्रोत्साहन गर्न पनि उनले आग्रह गरेका छन् ।

निशा महर्जनले स्थापना गरेको मैत्री तेक्वान्दो डोजाङकी उत्पादन हुन् । यस अघि मैत्री तेक्वान्दो डोजाङ्गले निशालाई मैत्री देखि ओलम्पिकसम्म यात्रा गरेको भन्दै सम्मान गरेको थियो । रावलले २०१६ को ५ देखि २१ अगष्टसम्म हुने रियो ओलम्पिकमा ६७ केजीमाथि तौल समूहमा प्रतिस्पर्धा गर्ने छिन् । उनी यतिबेला ओलम्पिकको विशेष तयारीका लागि दक्षिण कोरियामा छिन् ।

राष्ट्रिय टेबलटेनिस:काठमाडौं पहिलो

काठमाडौं,असार ५ । ओलम्पिक डेको अवसरमा आयोजित उपत्यकाव्यापी टिम टेबलटेनिस प्रतियोगिताको पुरुषमा काठमाडौं आइतबार पहिलो भएको छ । ललितपुर दोश्रो र भक्तपुर तेश्रो भए । स्पोर्ट्स फर अल कमिसन तथा अखिल नेपाल लनटेनिस संघद्वारा संयुक्त आयोजित प्रतियोगिताको महिला टिम इभेन्टमा ललितपुर पहिलो, काठमाडौं दोश्रो र भक्तपुर तेश्रो बने ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको एकदिने प्रतियोगिताका विजेतालाई टेबलटेनिस संघका अध्यक्ष चतुरानन्दराज वैद्य, ओलम्पियन संगीना वैद्य, टेबलटेनिस संघका उपाध्यक्ष धर्ममान वज्राचार्यलगायतले पुरस्कृत गरे ।

आईसीसीले तयार पारेको नयाँ प्रस्तावसँगै नेपालललाई नयाँ अवसर

काठमाडौं,असार ५ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले तयार पारेको नयाँ प्रस्तावसँगै नेपाली राष्ट्रिय क्रिकेट टिमले नयाँ अवसर पाउने भएको छ । आईसीसीले नयाँ एकदिवसीय लिगको प्रस्ताव तयार पारेपछि नेपालले टेष्ट मान्यता प्राप्त शीर्ष दश टिमसँग खेल्ने मौका पाउने भएको हो ।

क्रिकइन्फोका अनुसार आईसीसीद्वारा प्रस्तावित नयाँ लिगमा १० शीर्ष टेष्ट टिम र नेपाल, अफगानिस्तान र आयरल्याण्डसहित १३ देशको सहभागिता रहनेछ । यो लिग तीन वर्षको हुने र यो अवधिमा सबै देशले एक अर्कासँग खेल्ने अवसर पाउनेछन् । यसैगरी लिगको शीर्ष दुई टिमले प्ले अफ सिरिज खेल्नेछ भने त्यसको विजेता एकदिवसीय लिगको विजेता हुने व्यवस्थासहित आईसीसीले नयाँ प्रस्ताव तयार गरेको छ ।

कोपा अमेरिका: मेक्सिकोको पोष्टमा गोलको वर्षा गर्दै चिली सेमिफाइनलमा

काठमाडौं,असार ५ । मेक्सिकाको पोष्टमा गालको वर्ष गर्दै डिफेन्डिङ च्याम्पियन चिलीले कोपा अमेरिकाको सेमिफाइन प्रवेश गरेको छ । आज बिहान अमेरिकाको लिभाइज स्टेडियममा भएको खेलमा मेक्सिककोलाई ७-० को फराकिलो गोलअन्तरले पराजित गर्दै चिलीले कोलम्बियासँगको भेट पक्का गरेको छ । चिलीलाई जिताउन भार्गास एक्लैले मेक्सिकोको पोस्टमा ४ गोल गरेका थिए । त्यस्तै इड्सन पुचले दुई गोल गर्दा एलेक्सिस सान्चेजले एक गोल गरे । मेक्सिकोले खेलमा कुनै गोल गर्न सकेन ।

चिलीले २–० को अग्रता लियो । चिलीले दोस्रो हाफमा थप पाँच गोल गर्‍यो । ४९ औं मिनेटमा सान्चेजले गोल गर्दै ३–० को अग्रता दिलाए । भारगासले ५२ र ५७ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेपछि चिलीको अग्रता ५–० मा पुग्यो । त्यसपछि पनि मेक्सिकोको पोस्टमा चिलीका खेलाडीले गोल गर्ने क्रम रोकिएन । ७४ औं मिनेटमा भारगासले व्यक्तिगत चौथो तथा ८८ औं मिनेटमा पुचले व्यक्तिगत दोस्रो गोल गरेपछि चिलीले ७–० को शानदार जित दर्ता गर्‍यो । चिलीले अब फाइनल प्रवेशका लागि कोलम्बियासँग खेल्ने छ ।

कोपा अमेरिका: भेनेजुएलालाई पराजित गर्दै अर्जेन्टिना सेमिफाइनलमा

एजेन्सी,असार ५ ।  अर्जेन्टिना कोपा अमेरिका फुटबलको सेमिफाइनलमा पुगेको छ । आइतबार बिहान भएको खेलमा भेनेजुएलालाई ४-१ गोलअन्तरले पराजित गर्दै अर्जेन्टिनाले सेमिफाइनल यात्रा तय गरेको हो । अर्जेन्टिनाले सेमिफाइनलमा अमेरिकासँग खेल्नेछ । अर्जेन्टिनाको जितमा हिगुइनले दुई तथा मेस्सी र लामेलाले एक एक गोल गरेका थिए ।  आठौं मिनेटमा नै हेगुइनले गोल गर्दै अर्जेन्टिनालाई सुरुवाति अग्रता दिलाए ।

२८ औं मिनेटमा हेगुइनले व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता दोब्बर पारे । पहिलो हाफमा २–० ले अघि रहेको अर्जेन्टिनाका लागि कप्तान लियोनल मेस्सीले ६० औं मिनेटमा गोल गरे । ७० औं मिनेटमा सालोमोन रोनडनले भेनेजुएलाका लागि एक गोल फर्काएपछि खेल ३–१ को अवस्थामा पुग्यो । तर त्यसको एक मिनेटपछि नै लामेलाले गोल गर्दै अर्जेन्टिनालाई ४–१ को जित दिलाए ।

मनसुनको आगमन सँगै दोधारा चाँदनीको कुतियाकवरमा बाढीको त्राश

पप्पु गुरुङ्, ५ असार, दोधारा चाँदनी / कञ्चनपुर । बिगतमा असारको पहिलो साता आएको बाढीले कञ्चनपुरको दोधारा चाँदनीको कुतियाकबर लगाएतका क्षेत्रमा त्राशद्धी मच्चाए संगै मनसुनको आगमनले स्थानियहरुमा बाढीको त्राशद्धी छाएको छ् । आकाशमा कालो बादल संगै पानी पर्न थाले पछि दोधारा चाँदनीनगरपालिका वडा नं. १० कुतियाकबर, शान्तिटोल, सुन्दरनगर, १९ नं. पिल्लर लगाएत क्षेत्रमा बिगतका बाढीको त्राशद्धी छाउन थालेको हो । बिगतका दिनहरुमा कुतियाकबरमा लगाएत क्षेत्रका स्थानियहरु बाढीको कारण बिद्यालयमा शरण लिन बाध्य भएको थिए । महाकाली नदी र जगबुडा नदी दोभानमा बस्दै आएका परिवारले सुरक्षित बासस्थानको माँग गर्दै आए पनि समस्याको समाधान हुन सकेको छैन । “मनुसन आउन लागिसक्यो, अब कहाँ बस्ने हो ?” दोधारा चाँदनी वडा नं. १० का गगन खत्रीले भने । उचित बासस्थानको व्यवस्था कतैबाट नहँुदा वर्षातमा कहाँ जाने भन्ने समस्याले च्याप्न थालेको छ् । “गासका लागि दैनिक मजदुरी गरी गुजारा चलाइरहेका छांै,” अर्का बाढी पिडित माया सुनारले भनिन् । महाकाली नदी र जगबुडा नदीको किनारमा बसेका स्थानियहरु अहिले मनसुनको आगमन संगै पर्न थालेको पानीले गाँस भन्दा बासको चिन्ताले बाढी पिरोल्न थालेको छ् । “कुतियाकबरको नेपाल–भारत सिमा संगै जोडिएको क्षेत्रका भारतिय नागरिकलाई त्यहाको सरकारले अर्को क्षेत्रमा लगेर पुन:स्थापना गरिसक्यो तर हामीले सभासद लगाएत सरोकारवाला सबै संग ब्यवस्थापन लगाएतका माँग राख्दा समेत अझै सम्म कुनै प्रकारको सुनुवाई समेत भएन्” स्थानिय शिक्षक टंकलाल जोशीले भने । वर्षातमा बालबालिका, गर्भवती र वृद्ध वृद्धालाई कसरी सुरक्षित राख्ने भन्ने चिन्ता रहेको उनको भनाइ छ । बिगतमा बाढीले कुतियाकबर क्षेत्रमा ८ जनाको ज्यान लिएको थियो भने लाखौको धनमाल क्षती भएका थियो ।

अब आवाजबाटै अपराधी पत्ता लाग्ने

५ असार, काठमाडौं ।
विशालबजारमा सुन कारोबारी सञ्जय पाण्डेको पाँच किलो सुन लुटेको आरोपमा प्रहरी नायब निरीक्षक विजयप्रताप साह पक्राउ परे पनि उनको संलग्नता पुष्टिको बलियो प्रमाण फेला परेन। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआईबीले साहको मोबाइल जाँचका क्रममा त्यसमा अटो कल रेकर्ड एप्स फेला पार्यो ।

त्यसपछि साहको आवाजको नमुना लिएर सुन लुट्ने योजनाको अडियो क्लिप ‘भ्वाइस इस्पेक्ट्रअ एनालाइजर’मार्फत परीक्षण गर्दा आवाज साहकै भएको पुष्टि भयो।

पक्राउ परेका अन्य आरोपीको बयानसँगै आवाज परीक्षणको प्रमाणले उनी पुर्पक्षका लागि थुनामा गए। साह प्रहरी अपराध महाशाखामा कार्यरत थिए।

साहमाथिको अनुसन्धान प्रहरीले सुरु गरेको आधुनिक प्रविधिमा आधारित अनुसन्धानको प्रमावकारिताको सफल नतिजामध्ये एक हो। प्रहरीले गम्भीर प्रकृतिका ५० बढी घटनाको अनुसन्धानमा ध्वाइस इस्पेक्ट्रअ एनालाइजरको प्रयोग गरेको छ भने हजार बढीको पोलिग्राफ परीक्षण गरेको छ ।

भ्वाइस एनालाइजरको परीक्षण जनकपुर बम काण्डको अभियुक्तबाट सुरु भएको थियो। घटनामा सञ्जय साहको संलग्नताको आशंका भए पनि प्रमाणका आधारमा प्रहरीले उनलाई अनुसन्धानको दायरामा ल्याउन सकेको थिएन । उनी पनि एनालाइजरकै फन्दामा परेका थिए।

सञ्चय कोषका ऋणी पनि कालोसूचीमा पर्ने

५ असार, काठमाडौं ।
कर्मचारी सञ्चय कोषको ऋण समयमै चुक्ता नगने ऋणीहरूलाई कालोसूचीमा राखिने भएको छ। यसअघि बैंक तथा वित्तीय संस्थाको ऋण चुक्ता नगरे कालोसूचीमा राख्ने व्यवस्था भए पनि सञ्चय कोषका ऋणीहरूको हकमा भने यस्तो व्यवस्था थिएन। कारोबार दैनिकमा समाचार छ।

‘कर्मचारी सञ्चय कोष ऐनलाई संशोधन गर्न बनेको विधेयक २०७१’मा ऋणीहरूलाई कालोसूचीमा राख्ने व्यवस्था गरिएको छ। यसअनुसार कोषसँग कोषबाट ऋण लिएको कुनै व्यक्ति वा संगठित संस्थाले हानी नोक्सानी पुर्याएमा वा कोषलाई ऋण तिर्न बुझाउनुपर्ने बाँकी नबुझाएका त्यस्ता व्यक्ति वा संस्थालाई कालोसूचीमा राख्ने व्यवस्था गरिएको छ। त्यस्तै, ठेक्का लिएको वा कुनै किसिमको ठेक्कापट्टामा हिस्सेदार भएको वा कोषले लगानी गरेको ऋणीसमेत कालोसूचीमा पर्नेछन्।

कालोसूचीमा राखिएका व्यक्ति वा संस्थालाई कोषले कालोसूचीबाट हटेको २ वर्षसम्म पनि कुनै ऋण दिन पाउने छैन। त्यस्तै ठेक्कापट्टा दिने वा हिस्सेदार बनाउन समेत सक्ने छैन।

माओवादी केन्द्र अस्तव्यस्त

५ असार, काठमाडौं ।
समान विचार र धारणा राख्ने दल पार्टी एकीकरणको एक महिना नाघ्दा पनि नवघोषित नेकपा माओवादी केन्द्रले पार्टीको कार्यदिशा र पदाधिकारी टुंगो लगाउन सकेको छैन।

पार्टी एकीकरणपछि भावी दिशा तय गर्न वर्षमान पुन नेतृत्वमा गठित नौ सदस्यीय कार्यदलले काम गर्न नगर्दा सिंगो पार्टी योजनाविहीन बनेको कार्यकर्ताको गुनासो छ। नागरिक दैनिकले छापेको छ।

पार्टी एकीकरणपछि बनाइएका १ हजार ९९ केन्द्रीय सदस्यलाई के जिम्मेवारी दिने भन्नेबारे अहिलेसम्म कुनै योजना नबनेको एक केन्द्रीय सदस्यले बताए। ‘एकीकरणका बेला नेतृत्व तहले पार्टीलाई एक नम्बर बनाउने घोषणा गरेको थियो,’ उनले भने, ‘अहिलेको अवस्था हेर्दा केन्द्र एक नम्बर हैन, योजनाविहीन हुने अवस्थामा आइपुग्यो।’

विगतमा सँगै काम गरेका अधिकांश समूहसँग एकता गरेको माओवादीलाई अहिले सबैलाई समेट्ने गरी कार्यदिशा तय गर्नै समस्या आइपरेको ती सदस्यले बताए। ‘अधिकांशको पृष्ठभूमि सशस्त्र आन्दोलनबाट मूलधारको राजनीतिमा प्रवेश गरेकाले कतिपयले युद्धको धङधङी छाड्न सकेका छैनन्।’ अर्का केन्द्रीय सदस्यले भने।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web