एजेन्सी,असार ५ । अर्जेन्टिना कोपा अमेरिका फुटबलको सेमिफाइनलमा पुगेको छ । आइतबार बिहान भएको खेलमा भेनेजुएलालाई ४-१ गोलअन्तरले पराजित गर्दै अर्जेन्टिनाले सेमिफाइनल यात्रा तय गरेको हो । अर्जेन्टिनाले सेमिफाइनलमा अमेरिकासँग खेल्नेछ । अर्जेन्टिनाको जितमा हिगुइनले दुई तथा मेस्सी र लामेलाले एक एक गोल गरेका थिए । आठौं मिनेटमा नै हेगुइनले गोल गर्दै अर्जेन्टिनालाई सुरुवाति अग्रता दिलाए ।

२८ औं मिनेटमा हेगुइनले व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता दोब्बर पारे । पहिलो हाफमा २–० ले अघि रहेको अर्जेन्टिनाका लागि कप्तान लियोनल मेस्सीले ६० औं मिनेटमा गोल गरे । ७० औं मिनेटमा सालोमोन रोनडनले भेनेजुएलाका लागि एक गोल फर्काएपछि खेल ३–१ को अवस्थामा पुग्यो । तर त्यसको एक मिनेटपछि नै लामेलाले गोल गर्दै अर्जेन्टिनालाई ४–१ को जित दिलाए ।

24.12¡ÆC