कोपा अमेरिका: मेक्सिकोको पोष्टमा गोलको वर्षा गर्दै चिली सेमिफाइनलमा

असार ५, २०७३ मा प्रकाशित | 832 views

<p><span style="line-height: 1.42857143;">काठमाडौं,असार ५ । मेक्सिकाको पोष्टमा गालको वर्ष गर्दै डिफेन्डिङ च्याम्पियन चिलीले कोपा अमेरिकाको सेमिफाइन प्रवेश गरेको छ । आज बिहान अमेरिकाको लिभाइज स्टेडियममा भएको खेलमा मेक्सिककोलाई ७-० को फराकिलो गोलअन्तरले पराजित गर्दै चिलीले कोलम्बियासँगको भेट पक्का गरेको छ । चिलीलाई जिताउन भार्गास एक्लैले मेक्सिकोको पोस्टमा ४ गोल गरेका थिए । त्यस्तै इड्सन पुचले दुई गोल गर्दा एलेक्सिस सान्चेजले एक गोल गरे । मेक्सिकोले खेलमा कुनै गोल गर्न सकेन ।&nbsp;</span></p><p>चिलीले २–० को अग्रता लियो । चिलीले दोस्रो हाफमा थप पाँच गोल गर्‍यो । ४९ औं मिनेटमा सान्चेजले गोल गर्दै ३–० को अग्रता दिलाए । भारगासले ५२ र ५७ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेपछि चिलीको अग्रता ५–० मा पुग्यो । त्यसपछि पनि मेक्सिकोको पोस्टमा चिलीका खेलाडीले गोल गर्ने क्रम रोकिएन । ७४ औं मिनेटमा भारगासले व्यक्तिगत चौथो तथा ८८ औं मिनेटमा पुचले व्यक्तिगत दोस्रो गोल गरेपछि चिलीले ७–० को शानदार जित दर्ता गर्‍यो । चिलीले अब फाइनल प्रवेशका लागि कोलम्बियासँग खेल्ने छ ।&nbsp;</p>

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web