बाबुरामको नयाँ शक्तिमा नयाँ झमेला सुरु, पूर्व माओवादीहरुमा चरम असन्तुष्टि

१७ असार, काठमाडौं ।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालमा वरीयताको विषयमा पार्टीभित्र असन्तुष्टि बढेको छ। पार्टीका हालै सम्पन्न सचिवालय बैठकमा तीनजना पार्टी सहसंयोजक चयन भएपछि दोस्रो वरीयताका विषयमा पार्टीभित्र अन्योलता र असन्तुष्टि चुलिएर गएको हो ।नयाँ शक्तिले सह संयोजकहरुमा रामचन्द्र झा, महेश कर्मोचा र दुर्गा सोबलाई चयन गरेको थियो। मधेसी कोटाबाट झा, आदिवासी जनजातिबाट कर्मोचा र महिला तथा दलितबाट समानुपातिक हुने गरी सोबलाई चयन गरेको जनाएपनि यो संरचनाले पार्टी विकास नहुने भन्दै सशस्त्र युद्ध लडेर आएका माओवादी नेताहरु भने असन्तुष्ट रहेको स्रोतले बतायो ।

नयाँ शक्तिका नेता पर्शराम तामाङले बरियताका क्रममा नसोचिएको भएपनि सहसंयोजक बनाएकाले बरियताक्रम त्यही अनुसार हुनसक्ने   आजको राजधानी दैनिकमा खबर छ । कतिपय नेताले भने पार्टी सहयसंयोजक चयन नयाँ शक्तिकै अन्तरिम विधान विपरित भएको समेत टिप्पणी गरेकाछन् ।

शिक्षकलाई डीभी–पीआर वा जागिर त्याग्न ६० दिनको समयसीमा

१७ असार, काठमाडौं ।
डीभी, पीआर र ग्रिनकार्ड लिएका वा लिने प्रक्रियामा रहेका सामूदायिक विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीलाई जागिरबाट बर्खास्त गरिने भएको छ। राजधानी दैनिकमा समाचार छ।

बुधवार राष्ट्रपतिबाट प्रमाणीकरण भई कार्यान्वयनमा आएको शिक्षा ऐनले सो ऐन लागू हुनुपूर्व यस्ता आवासीय अनुमति लिएकाको हकमा समेत लागू हुने गरी कानुनी व्यवस्था गरेको छ।

ऐनले भुतलक्षित कानुन निर्माण गर्दै विगतमा यस्तो आवासीय अनुमति लिएकालाई समेत कारबाहीको दायरामा ल्याएको हो ।

निजामती ऐनले सरकारी कर्मचारीलाई डीभी, पीआर र ग्रिनकार्ड लिन रोक लगाएपछि शिक्षा ऐनमा समेत यस्तो व्यवस्था गरी शिक्षकमाथि कडाइ गरिएको हो।

संशोधित ऐनमा आवासीय अनुमति लिएका र लिने प्रक्रियामा रहेकाहरुले दुई महिनाभित्र फिर्ता गरेको अवस्थामा भने माफी दिन सकिने व्यवस्था छ।

‘सामूदायिक विद्यालयमा कार्यरत शिक्षक वा कर्मचारीले स्थायी आवासीय अनुमति लिन वा त्यस्तो अनुमति प्राप्त गर्नका लागि आवेदन दिनु हुँदैन ।

यो दफा प्रारम्भ हुनु अघि कसैले स्थायी आवासीय अनुमति लिएको वा त्यस्तो अनुमति प्राप्त गर्नका लागि आवेदन गरेको भए त्यस्तो शिक्षक वा कर्मचारीलाई भविष्यमा निजले काम गरेको सेवाका लागि अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त गरिनेछ,’ ऐनको दफा ३० को उपदफा १६ ९ङ१० मा भनिएको छ।

१५ दिनमा १ अर्ब खर्च गर्दै सरकार

१७ असार, काठमाडौं ।

सरकारले यही असारभित्र अर्थात अबको १५ दिनमा एक खर्ब रुपैयाँ विकास खर्च गर्दैछ। महालेखा नियन्त्रक कार्यालयका अनुसार अहिलेसम्म विकास खर्चका लागि ६७ अर्ब रुपैयाँमात्र खर्च भएको छ। अन्नपूर्ण पोस्टमा समाचार छ।

आर्थिक वर्ष सकिन १५ दिन बाँकी रहेका बेला सरकारले विकास खर्चको संशोधित लक्ष्य पूरा गर्न ९२ अर्ब रुपैयाँ खर्च गर्नुपर्छ।चालू आर्थिक वर्षको बजेटमा विकास खर्चका लागि दुई खर्ब विनियोजन भएपनि अर्थ मन्त्रालयले संशोधित अनुमानमार्फत एक खर्ब ५९ अर्ब खर्च हुने अनुमान गरेको छ।

झरी सुरु भएसँगै देशभर अहिले सडक पिच र ढल मर्मतका काम भइरहेका छन्। गुणस्तरको हिसावले यसरी पिच गरिने सडकको आयु छोटो हुने र भत्कने क्रम नरोकिए भइपनि आर्थिक वर्षको अन्त्यमा हुने विकास खर्चको गति रोकिएको छैन।

अर्थविद केशव आचार्य आथिएक वषएको अन्त्यमा भौतिक प्रगतिसँगै खर्च पनि बढ्ने बताउँछन्।

अब १५ दिनमा जिल्लाबाटै पासपोर्ट हात पर्ने

१७ असार, काठमाडौं ।
राहदानीका लागि आवेदन दिएको दुई साताभित्रै जिल्लाबाटै साधारण शुल्कमा मेसिन रिडेबल पासपोर्ट 'एमआरपी' उपलब्ध गराउने गरी सरकारले तयारी थालेको छ। कान्तिपुर दैनिकमा समाचार छ।

राहदानी विभागले दोब्बर राजस्व तिरेपछि तीन दिनमा नै पासपोर्ट उपलब्ध गराउने भएपछि जिल्लाबाट पनि जतिसक्दो छिटो दिन दबाब परेको हो।

जिल्लाबाट साधारणतया ५ हजार रुपैयाँ तिरेर ४५ दिनमा दिनुपर्ने पासपोर्ट नियमावलीमा उल्लेख भए पनि पछिल्लो सहजताको कारण जिल्लाले २५ दिनदेखि महिनादिनभित्र एमआरपी उपलब्ध गराउँदै आएका थिए।

राहदानी आवेदन फारम जिल्ला जिल्लाबाट जम्मा गरेका १० दिनमा विभागले ल्याउने र विभागले १० दिनपछि राहदानी दिने गरेकोमा अब ७ दिनमा विभागमा ल्याउनु पर्ने र विभागले फारम आएको भोलिपल्टै दिनुपर्ने व्यवस्था गर्न लागिएको हो।

गुन्डानाइके दीपक मनाङ्गे पक्राउ

१७ असार, काठमाडौं ।
गुन्डानाइके दीपक मनाङ्गेलाई प्रहरीले ठमेलबाट पक्राउ गरेको छ ।

प्रहरीले संगठित गुन्डागर्दीको आरोपमा मनाङ्गेलाई बिहीबार राति ठमेलको एक रेष्टुराँबाट पक्राउ गरेको हो ।

काठमाडौं प्रहरी परिसरका एसएसपी विक्रम सिंह थापाका अनुसार मनाङ्गेसँगै उनका केही सहयोगीहरु पनि पक्राउ परेका छन् ।

मनाङ्गेमाथि धेरै उजुरी परेको र विशेषगरि धम्क्याएर पैसा असुल्ने गरेको प्रमाण पाइएपछि उनलाई पक्राउ गरिएको हो ।

प्रहरीले मनाङ्गेले आफू भूमिगत रुपमा बसेर युवा परिचालन गरी अवैध धन्दा गर्दै आएको बताएको छ ।

प्रहरीले उनीमाथि संगठित अपराधको मुद्दा सहित जर्वजस्ती पैसा असुली, ज्यान मार्ने धम्की लगायत मुद्दा लगाउने तयारी गरेको छ ।

समर्थन गुमाउँदै डा.केसी, चिकित्सकहरु नै भए विभाजित

काठमाडौं,असार १७ । महाराजगञ्जस्थित चिकित्साशास्त्र अध्ययन संस्थानका प्राध्यापक डा. गोबिन्द केसीको घोषित आठौं आमरण अनशनले चिकित्सा समुदायमा स्पष्ट विभाजन ल्याउन थालेको छ । यसअघि चिकित्सा शिक्षा क्षेत्र सुधारका लागि राजनीतिक हस्तक्षेप र भ्रष्टाचार समाप्त गर्नुपर्ने मूख्य मागसहित केसी अनशन बस्दा उनलाई समर्थन गर्ने प्रमुख व्यक्तिहरु उनको घोषित आगामी अनशनको विरोधमा छन् वा त्यसप्रति उदासीन र मौन ।

केसी संलग्न त्रिवि शिक्षण अस्पताल प्रशासनले भने यसबारे व्यवहारिक रुपमा कुनै प्रतिक्रिया दिइसकेको छैन तर अनशन र त्यसपछि उत्पन्न हुने परिस्थितिमा पनि ठूलो अस्पताल पर्दा बिरामीहरुको स्वास्थ्य सेवा पाउने अधिकार हनन तथा अस्पताललाई आर्थिक हानि पुग्ने भन्दै चिन्ता व्यक्त गरेका आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

यसअघि केसीको अनशनका कारण बिरामी विद्यार्थी र प्राध्यापक स्वयंलाई पर्ने नकारात्मक असरबारे अनसन उठाउँदै आएका आईओएमका एक प्राध्यापकले अस्पतालमा हुने अनशन र त्यसपछि उत्पन्न हुने परिस्थितिको सबै पक्षबाट मुल्यांकन गर्नुपर्ने अवस्था आएको बताए ।उनका अनुसार केसीको अनशनका विषयलाई लिएर यसपटक प्राध्यापक, अस्पतालका कर्मचारी र विद्यार्थीबीच व्यापक असन्तुष्टिसँगै विभाजन ल्याएको छ ।

उपत्यकामा ३६ वर्षपछि धेरै वर्षा

काठमाडौं,असार १७ । काठमाडौं उपत्यकामा ३६ वर्षपछि धेरै वर्षा भएको छ । उपत्यकामा बुधबार बिहान ८:४५ देखि बिहीबार बिहान ८:४५ सम्मको २४ घन्टामा ९५ मिलिमिटर वर्षा भएको छ । उपत्यकामा वर्षा भएको २४ घन्टाको रेकर्ड २७ जेठ ०३७ को २४ घन्टाको भन्दा केही कम हो । सो वर्षको २४ घन्टामा १०० दशमलव १ मिलिमिटर पानी परेको जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाको तथ्यांक छ ।

उपत्यकामा यस वर्षको मनसुन सुरु भएको २८ जेठदेखि बिहीबारसम्म कुल ३९५ दशमलव २ मिलिलिटर पानी परेको महाशाखाका मौसमविज्ञ सुजन सुवेदीले जानकारी दिए । महाशाखाका अनुसार यसअघि मनसुन सुरु भएपछि उपत्यकामा सामान्यत: २३६ दशमलव ३ मिलिमिटर वर्षा हुने गरेको थियो । सुवेदीका अनुसार यस वर्ष पूर्वी र पश्चिमी क्षेत्रका केही ठाउामा भारी वर्षा हुनसक्ने प्रक्षेपण गरिएको छ । नेपालमा मनसुन सामान्यत: २८ जेठदेखि सुरु भएर असोज पहिलो सातासम्म सकिने अाजको नयाँ पत्रिका दैनिकमा समाचार छ । यस वर्षको मनसुनमा क्षेत्रगत रूपमा सुदूरपश्चिमका तराई–पहाडी क्षेत्रमा औसतभन्दा धेरै पानी पर्ने प्रक्षेपण छ । नेपालमा वर्षमा १४ सय मिलिमिटर पानी पर्ने गर्छ ।

पश्चिम नेपालमा ठूलो भूकम्प आउन सक्ने दाबी

सुर्खेत,असार १७ ।  सुदुरपश्चिमको पहाडी जिल्ला बझाङमा दुई दिनदेखि लगातार भूकम्पको धक्का महसुस भएपछि स्थानीयबासिन्दा त्रसित बनेका छन् । बुधबार दिउँसो २ बजे पहिलोपटक पाँच म्याग्निच्यूडको भूकम्प गएको थियो । त्यसपछि बभाङ केन्द्रविन्दु भएर लगातार भूकम्प गइरहेको छ । विहीबार दिउँसो ३ बजे सम्ममा २१ पटक पराकम्पन गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।

गोरखामा गएको भूकम्पको पराकम्पन नभई बझाङमा नयाँ भूकम्पको धक्का मापन भएको केन्द्रले जनाएको छ । बझाङ सदरमुकाम चैनपुरबाट ११ किलोमिटर उत्तरपूर्व केन्द्र बनाएर भूकम्प गएको र अहिले पनि पराकम्पनहरु नरोकिएको भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक कपिल महर्जनले जानकारी दिए ।

लगातार भूकम्पका धक्काहरु महसुस भएपछि सर्वसाधारण त्रसित बनेका छन् । करिब पाँच सय वर्षदेखि पश्चिम नेपालमा ठूलो भूकम्प नगएकाले कुनै पनि बेलामा ठूलो धक्का आउन सक्ने भन्दै उच्च सतर्कता अपनाउन केन्द्रले आग्रह गरेको छ ।

‘बुधबार दिउँसोबाट लगातार बझाङ केन्द्रविन्दु बनाएर भूकम्प गइरहेको छ, अहिलेसम्म २१ पटक तीन रेक्टर स्केलभन्दा माथिका धक्का महशुस भएका छन्’ महर्जनले भने,‘भविष्यवाणी गर्न त सकिँदैन, तर कुनै पनि बेलामा पश्चिमक्षेत्रमा ठूलो धक्का आउन सक्छ । लगातार पराकम्पन हुनु पनि यसैको संकेत हो, पूर्वसतर्कता अपनाउनु नै उपयुक्त हुन्छ ।’

करिब पाँच सय वर्षदेखि नेपालको पश्चिम क्षेत्रमा ठूलो भूकम्प नगएकाले पनि जोखिम बढी भएको उनको भनाइ छ । गोरखा र बझाङको भूधरातल र बनावट एउटै प्रकृतिको भएकाले पनि यस क्षेत्रमा भूकम्पको जोखिम बढी भएको केन्द्रले जनाएको छ ।

बझाङमा गइरहेको भूकम्पको मापन गर्दै सुर्खेतस्थित भूकम्प मापन केन्द्रका प्राविधिक । तस्बिर: ललितबहादुर बुढा

महर्जनले थपे,‘बझाङमा यसअघि बैशाखमा पनि भूकम्प गएको थियो, त्यहाँ आसपासको क्षेत्रमा बेलाबेलामा धक्का महसुस हुने गरेको छ । यसपटक लगातार धक्का आइरहेको छ, सावधानी अपनाउनु हितकर हुनेछ ।’

केन्द्रका अनुसार दुई दिनको अवधिमा पाँच म्याग्निच्यूड भन्दा ठूलो धक्का भने मापन भएको छैन । केन्द्रका अर्का प्राविधिक तीर्थ दाहालले पश्चिमक्षेत्रमा पूर्वसावधानी अपनाउनुपर्ने बताए ।

‘अहिलेसम्म बझाङमा मात्र सामान्य घर र विद्यालय भवनहरु चर्किएका छन्, मानविय क्षती भएको छैन’, उनले भने, ‘तर अब सावधानी अपनाउन आवश्यक छ, कति बेला के हुन्छ ढुक्क हुने अवस्था छैन ।’

उनका अनुसार बझाङमा विस्तारै धक्काहरु कमजोर बन्दै गएका छन् । अहिले दक्षिणतर्फ रहेको इण्डियन प्लेट र उत्तरतर्फ रहेको तिब्वेतियन प्लेट एक आपसमा घर्षण भइरहेका धक्का आइरहेको केन्द्रको भनाइ छ । भूकम्पको जोखिम बढी भएको र पश्चिमक्षेत्र संवेदनशील भएकाले पनि पश्चिम क्षेत्रमा उच्च सतर्कता अपनाउन कार्यालयले आग्रह गरेको छ ।

लगातार भूकम्पको धक्का आउन थालेपछि अहिले वीरेन्द्रनगरमा रहेको भूकम्प मापन केन्द्रमा रहेका प्राविधिक तथा कर्मचारीहरु पनि सतर्क अवस्थामा छन् ।

भूकम्प मापन केन्द्र सुर्खेतले सावधानी अपनाउन आग्रह गर्दै हल्लाको पछि नलाग्न र भागदौड नगर्न सर्वसाधारणहरुलाई आग्रह गरेको छ ।

कार्यालयले होसियारीपूर्वक सचेत रहन आग्रह गर्दै नआत्तिन समेत सुझाव दिएको छ । बझाङमा भने सर्वसाधारणहरु त्रसित बनेका छन् ।

स्थानीय प्रशासनले सर्वसाधारणहरुलाई नआत्तिन आग्रह गर्दै सुरक्षाकर्मीलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ । बझाङमा लगातार पराकम्पन गएपछि आसपासका जिल्लामा समेत सर्वसाधारणहरु त्रसित बनेका छन् ।

-अन्नपूर्ण पोष्ट

पोल्याण्डलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै हराउँदै पोर्चुगल सेमिफाइनलमा

एजेन्सी,असार १७ । पोल्याण्डलाई पेनाल्टीसुटआउटमा ५–३ ले पराजित गर्दै पोर्चुगल युरोकप फुटवलको सेमिफाइनलमा प्रवेश गरेको छ।  फ्रान्समा जारी युरो २०१६ अन्तर्गत पहिलो क्वाटरफाइनल खेल निर्धारित ९० मिनेटमा अतिरिक्त ३० मिनेटको खेल एक एक गोलको बराबरीमा सकिएपछि खेलको पेनाल्टीसुटआउटमा पुगेको हो। पोर्चुगलका गोलरक्षकले रुई प्याट्रिसियाले पोल्याण्डका ज्याकुब ब्लासचोकोब्स्कीको पेनाल्टी रोके भने रिकार्डो करिज्माले विजयी पेनाल्टी गोल गरे ।

स्टेड भेलोड्रोनमा भएको खेलको दोस्रो मिनेटमै स्ट्राइकर रोबर्ट लेवान्डास्कीले गोल गर्दै पोल्याण्डलाई अग्रता दिलाएका हुन्। यसअघिका चार खेलमा गोल गर्न नसकेको लेवान्डास्कीको पोल्याण्डका लागि यो ३५ औं गोल हो। लेवान्डास्कीको गोल जारी युरोकै सबैभन्दा छिटो गोल हो। उनले १ मिनेट ४० सकेकेण्डमा गोल गरेका हुन् । यसअघि प्रिकवाटरफाइनलमा आयरल्याण्डका रोबी ब्राडीले फ्रानस विरुद्ध दोस्रो मिनेटमा गोल गरेका थिए।

३६ औं मिनेटमा पोर्चुगलका रेनाटो सान्चेजले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याएका थिए। नानीको ब्याक पासमा गोल गरेका हुन्। उक्त गोलसँगै सान्चेज युरोकप को नकआउट राउण्डमा गोल गर्ने सबैभन्दा कान्छो खेलाडी बनेका छन्।  पोर्चुगलले अब सेमिफाइनलमा वेल्स र बेल्जियमको विजेतासँग खेल्नेछ।

पोर्चुगलविरुद्ध पोल्यान्डको युरो इतिहासकै दोस्रो छिटो गोल

एजेन्सी,असार १७ । पोर्चुगलविरुद्ध पोल्यान्डले युरो इतिहासकै दोस्रो छिटो गोल गरेको छ । युरो २०१६ को शुक्रबारदेखि सुरु भएको क्वार्टरफाइनल खेलको पहिलो खेलमा लेवान्डोस्कीले १ मिनेट ४० सेकेन्डमा यो गोल गरेर पोल्यान्डलाई अग्रता दिलाएका हुन्। प्रतियोगितामा यो उनको पहिलो गोल हो भने पोल्यान्डका लागि उनको यो ३५ औँ गोल हो।

यसअघि युरो इतिहासको दोस्रो छिटो गोल यही प्रतियोगितामा भएको थियो। आयरल्यान्डविरुद्धको खेलमा फ्रान्सका रबी ब्राडीले दोस्रो मिनेटमा पेनाल्टीबाट गोल गरेका थिए।  युरो इतिहासकै सबैभन्दा छिटो गोल भने ६७ सेकेन्डमा ग्रिसविरुद्ध रसियाका डिमिट्री किर्चेन्कोले सन् २००४ मा गरेका थिए।

सान्चेस युरोकप इतिहासमा गोल गर्ने तेस्रो कान्छो कान्छो खेलाडी

एजेन्सी,असार १७ । युरोकप २०१६ को खेलमा नकआउट चरणमा अहिलेसम्म गोल गर्ने सबैभन्दा कान्छा खेलाडी पोर्चुगलका रेनिटो सान्चेस भएका छन् । बार्यन म्युनिख कल्बबाट खेल्ने उनी जम्मा १८ वर्ष तीन सय १६ दिनका भएका छन् । सान्चेस युरो इतिहासमा गोल गर्ने तेस्रो कान्छो व्यक्ती पनि हुन् ।यस भन्दा अघि भोलोन्देनर रुनीले सबैभन्दा कान्छो उमेरमा गोल गरेर रेर्कड राखेका छन् । सान्चेसले ३३ औं मिनेटमा गरेको गोलले नै पोर्चुगललाई बराबरी पारेको थियो । बराबरी भएपछि पेनाल्टी सुट आउटमा पोर्चुगलले खेल जितको हो ।

सान्चेस यो खेलको म्यान अफ दि म्याच पनि भए । म्यान अफ द म्याच भएपछि सान्चेसले भने ‘ मेरो र टिमका लागि यो आश्र्चयपूर्ण क्षण हो । हामीले धेरै मेहनत गरेर खेलेका थियौं र खेल्छौं पनि । हामीलाई अरुले आलोचना गरिरहेका छन् तर त्यसलाई हामी ध्यान दिदैनौं किनकी हामी सेमिफाइनलमा पुगिसकेका छौं ।’

unn.com.np

ज्लाटान इब्राहिमोबिक म्यानचेस्टर युनाइटेडमा

एजेन्सी,असार १७ ।इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडले विश्वचर्चित स्वीडेनका स्ट्राइकर ज्लाटान इब्राहिमोबिकलाई यो सिजनका लागि क्लबमा अनुबन्ध गरेको छ । म्यानचेस्टर युनाइटेडले इब्राहिमोबिकलाई फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेनबाट भित्र्याएको हो । इब्राहिमोबिकको मेडिकल परीक्षण शुक्रबार भएपछि ३४ वर्षीय यी भेट्रान खेलाडीको अनुबन्धको औपचारिक घोषणा हुनेछ । यो कुराको पुष्टि इब्राहिमोबिकले इन्स्टाग्रामको आफ्नो आधिकारिक एकाउन्टमार्फत गरेका हुन् ।

उनी प्रतिसाता २ लाख पाउन्ड पारिश्रमिक पाउने गरी म्याचेस्टर युनाइटेडमा आवद्ध भएका बेलायती सञ्चारमाध्यमले जनाएका छन् । चेल्सीमा फ्लप भएका जोजे माउरिन्होलाई प्रशिक्षक बनाएपछि इब्राहिमोबिकलाई भित्र्याउने चर्चा शुरु भएको थियो । सन् १९८१ अक्टोबर ३ मा जन्मेका उनले हालसम्म आयक्स, युभेन्टस, इन्टरमिलान, बार्सिलो, एसी मिला र पेरिस सेन्ट जर्मेनबाट व्यवसायिक फुटबल खेलिसकेका छन् । इब्राहिमोबिकको सम्भवत अन्तिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता युरोकप भने सुखद रहन सकेन । उनको देश स्वीडेन समूह चरणबाटै बाहिरिइसकेको छ ।

इब्राहिमोबिहकले अहिलेसम्म विभिन्न क्लबहरुका लागि खेलेका ६ सय ७७ खेलमा ३ सय ९२ गोल गरिसकेका छन् । त्यसैगरी स्वीडेनका लागि खेलेका ११६ खेलमा ६२ गोल उनको नाममा रहेको छ ।

अहिलेको समकालिन फुटबलमा लियोनेल मेसी र क्रिस्टियानो रोनाल्डोपछि सफल फुटबलर मानिने इब्राहिमोबिकले आफ्नो फुटबल करिअरमा युइएफए सुपर कप, लिग वान, इटालियन सुपर कप, फिफा विश्व क्लब फुटबल कप र सिरिएसहित क्लबस्तरका ठूला उपाधि चुमिसकेका छन् ।

गत सिजन पीएसजीलाई लिग वान फुटबल प्रतियोगिताको उपाधि जिताएका उनलाई प्रशिक्षक माउरिन्होले विगत दुई सिजन खस्केको म्यानचेस्टर युनाइटेडको छबि उकास्नका लागि अग्रपंक्तिको जिम्मेवारीका लागि ल्याएका हुन् ।

-अन्नपूर्ण पोष्ट

मुस्ताङमा आणविक बम बनाउने गुणस्तरीय युरेनियम भेटियो

खानी तथा भूगर्भ विभागले मुस्ताङको लोमान्थाङ क्षेत्रमा युरेनियमको परिमाण धेरै र गुणस्तर पनि उत्कृष्ट खालको भेटिएको जनाएको छ ।

उद्योग मन्त्री सोम प्रसाद पाण्डे सहित खानी तथा भू–गर्व विभागको प्रविधिक टोलीले, यसै हप्ता मुस्तांगको युरेनीयम खानी, नुनखानीको अवलोकन तथा अध्ययन गरेको थियो ।

स्थलगतरूपमा गरिएको अध्ययनपछि उद्योगमन्त्री सोमप्रसाद पाण्डेले अब लोमान्थाङमा युरेनियम अन्वेषणका लागि उद्योग मन्त्रालयले थप प्राविधिक टोली छिट्टै खटाउने बताउनुभयो ।

“कानुन बनाउन पनि मन्त्रालय लाग्ने र त्यसपूर्व यसको सबै प्रक्रिया पूरा गर्न राज्यले कुनै कसर बाँकी नराख्ने उद्योगमन्त्री पाण्डेले जानकारी दिनुभयो ।

युरेनियमलाई इन्धन र परमाणु हतियार निर्माणका लागि कच्चापदार्थका रूपमा प्रयोग गर्न सकिन्छ ।

भूगर्भ विभागका अनुसार, मकवानपुर, वैतडी र बझाङ जिल्लामा समेत युरेनियमको खानी भेटिएको छ ।

खानी तथा भूगर्भ विभागका प्रमुख राजन पौडेलले स्थलगतरूपमा गरिएको अध्ययन र सङ्कलन गरिएको तथ्यबाट मुस्ताङको मुक्तिनाथ क्षेत्रमा पेट्रोलियम पदार्थ र तेताङमा नुनको खानी रहेको पुष्टि भएको बताउनुभयो ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web