मुलुकका अधिकांश पहाडी जिल्ला पहिरो जोखिममा

काठमाडौं,असार १८ । मुलुकभर भएको भारी वर्षाका कारण बाढी पहिरोको जोखिम बढेको छ । बिहीबार रातिदेखि परेको वर्षाका कारण मुलुकका अधिकांश पहाडी जिल्लामा पहिरो जाँदा राजमार्गहरु नै बन्द भएका छन् भने तराईका जिल्लामा डुबान भएको छ । अबिरल वर्षासँगै भूकम्पले कमजोर बनाएको पहाडमा पहिरो जोखिम बढेको हो । बिहीबारदेखि परेको अबिरल वर्षाका कारण आएको बाढी र पहिरोबाट मुलुकका विभिन्न भागमा ६ जनाको मृत्यु भएको छ ।गृह मन्त्रालयका अनुसार पहिरोबाट दार्चुलामा तीन, ललितपुरमा दुई र सर्लाहीमा खोलाले बगाएर एकजनाको मृत्यु भएको छ । वर्षापछि आएको पहिरोकै कारण नारायाणगढ(मुग्लिन सडकखण्ड अबरुद्ध हुँदै आएको छ भने अन्य क्षेत्रका राजमार्गहरुमा समेत पहिरोले समस्या पारेको छ । आजको राजधानी दैनिकमा समाचार छ ।

लगातार तीन दिन भारी वर्षा भए पहाडी जिल्लामा भीमकाय पहिरोको सम्भावना रहेको विज्ञले औंलाएका छन् । केही दिनयताको वर्षाले भूकम्प प्रभावित क्षेत्रमा पहिरो जान थालेको छ । ‘पानीको मात्रा बढी भए जमिनले थेग्न सक्ने अवस्था छैन,’भूगर्भविद् डा नरेन्द्र खनालले भने,’भूकम्पले पहाडै हल्लाएर कमजोर बनाएकाले पानी पर्ने बित्तिकै पहिरो जाने सम्भावना हुन्छ ।’उनले पहाडै हल्लाएर कमजोर बनाएकाले पहाडै झेरर नदी थुनिने सम्भावनासमेत रहेको बताए । भूकम्पले हल्लाएको जमिन स्थिर नभएसम्म पहिरो जान सक्ने खनालको तर्क छ ।

बेल्जियमलाई हराउँदै वेल्स सेमिफाइनलमा,अबको भेट पोर्चुगलसँग

एजेन्सी,आसर १८ । विश्व फुटबल वरियतामा दोस्रो नम्बरमा रहेको बेल्जियमलाई  हराउँदै वेल्स युरो २०१६ को सेमिफाइनलमा प्रवेश गरेको छ। २६ औँ वरियतामा रहेको वेल्सले  शुक्रबार राति भएको क्वाटरफाइनलमा बेल्जियमलाई ३–१ ले हराएर कुनै पनि मुख्य प्रतियोगिताको अन्तिम चारमा पहिलो पटक स्थान बनाएको हो  ।१३ मिनेटमा नाइनगोलानले गोल गर्दै बेल्जियमलाई अग्रता दिलाएका थिए।

३१ औँ मिनेटमा वेल्सका कप्तान एश्ली विलियम्सले गोल गर्दै खेल पहिलो हाफमा १–१ को बराबरीमा ल्याए । मध्यान्तरपछि पहिलो पटक युरो खेल्दै गरेको टिम वेल्सले दुई गोल गर्‍यो र इतिहास बनायो ।  वेल्सका प्रशिक्षक क्रिस कोलेम्यानले क्वाटरफाइनलको खेललाई सन् १९५८ पछिकै वेल्सको सबै भन्दा ठूलो खेल रहेको बताएका थिए ।

वेल्स सन् १९५८ को विश्वकपको क्वाटरफाइनलमा ब्राजिलसँग पराजित भएको थियो । वेल्सले यसअघि प्राप्त गरेको सबै भन्दा ठूलो सफलता भनेको सन् १९५८ को विश्वकपमा हंगेरीलाई २–१ हराउनु हो । यस्तै सन् १९९१ मा विश्व विजेता जर्मनीलाई पनि वेल्सले हराएको थियो ।

वेल्स सन् १९९२ पछि युरोकपको पहिलो सहभागितामै सेमिफाइनलमा पुग्ने पहिलो टिम बनेको छ । सन् १९९२ मा स्वीडेन पनि पहिलो सहभागितामै युरोकपको सेमिफाइनलमा पुगेको थियो । वेल्सले अब फाइनलमा स्थान बनाउन बुधबार पोर्चुगलसँग खेल्नेछ।

राजदुत रे भन्छन्-‘नेपाल–भारत सम्बन्ध विकासको माध्यमबाट अघि बढ्छ’

धादिङ्ग, असार १७  । नेपालका लागि भारतीय राजदुत रन्जित रेले नेपाल–भारत सम्बन्ध कसैले चाहेर पनि विगार्न नसक्ने स्पष्ट पारेका छन् । शुक्रबार धादिङ्गमा चामभन्ज्याँङ्ग खानेपानी परियोजनाको शिल्यान्यास गर्दै राजदुत रेले भने,“नेपाल–भारत सम्बन्ध अब विकासको माध्यमबाट अघि बढ्छ, यो प्रगाढ सम्बन्धलाई कसैले चाहेरपनि विर्गान सक्दैन् ।” भारत सरकारको सहयोगमा निमार्ण हुने उक्त खानेपानी परियोजनाको लागत १ करोड ७८ लाख हुनेछ । उक्त परियोजनाबाट १ सय ५९ घरधुरीले प्रत्यक्ष लाभ लिनेछन् ।

शिल्यान्यास समारोहका सभापति स्थानीय विकास अधिकारी भगवान अर्यालको सभापतित्वमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राजदुत रेले नेपाल–भारत सम्बन्ध सामाजिक, साँस्कृति, धार्मिक सबै हिसावले ऐतिहासिक भएको टिप्पणी गरे । उनले भारत नेपालको तिव्र विकास होस भन्ने पक्षमा रहेको बताए । “राजनीतिक स्थायित्वसँगै नेपालको तिव्र विकास होस्, हामी यही हेर्न चाहान्छौं”, उनले भने ।

राजदुत रेले नेपालमा महाविनाशकारी भुकम्प आउँदापनि भारतले आफ्नै देशमा भुकम्प आएको महशुस गर्दै सहयोग गरेको स्मरण गर्दै दोस्तीमा कहिलेकाहीँ सम्बन्ध चिसिएपनि त्यसले झनै मित्रतालाई प्रगाढ बनाउने काम गर्ने दाबी गरे । उनले भारत सरकार नेपालको तिव्र विकासको लागि भौतिक पूर्वाधार, उर्जा, शिक्षा, स्वास्थ्य लगायत खानेपानीमा विशेष सहयोग गर्न तयार रहेको समेत प्रतिबद्धता व्यक्त गरे ।

उनले संविधान जारी भएपछि नेपाल अब आर्थिक समृद्धिको बाटोमा अघि बढ्ने विश्वास व्यक्त गर्दै सबै राजनीतिक दलहरु विकासको एजेण्डालाई लिएर अब एक ढिक्का हुनुपर्ने समेत सुझाव दिए ।

अविरल झरीका कारण सडक हिलाम्य बनेर सवारी आवतजावत ठप्प हुँदा समेत राजदुत रे एक घण्टाको उकालो पैदल हिँडेर कार्यक्रमस्थल पुगेका थिए । राजदुत रेले उक्त खानेपानी परियोजनाका लागि पत्रकार ऋषि धमलाले विशेष रुपमा आफूलाई घचघचाएको हुँदा सवैले उनको योगदानको कदर गर्नुपर्नेमा जोड दिए । उनले पत्रकार धमलाको कार्यशैली र लगनशिलता देखेर आफू निकै प्रभावित भएको समेत बताए ।

उनले भने, “धमलाजी जुन काम गर्न चाहानुहुन्छ, त्यसलाई पूरा गराएरै छाड्नुहुन्छ, उहाँलाई मैले पत्रकार मात्रै नभएर एक विकासप्रेमीको रुपमा लिएको छु ।” उनले धमलालाई नेता भैसकेको भनेर समेत टिप्पणी गरे ।

स्थानीयवासिन्दाहरुले राजदुत रेलाई गोलाभन्ज्याँग, सिम्लेदेखि टोड्केभन्ज्याँगसम्मको बाटो पिच गर्न र ज्यामरुङ्गस्थित् भूकम्पले क्षतिग्रस्त शंकादेवी उमाविको पूर्ननिर्माणको लागि भारत सरकारले सहयोग गरिदिनुपर्ने मागसहितको ज्ञापनपत्र समेत बुझाएका थिए ।  कार्यक्रममा पूर्वमन्त्री एवम् सभासद तथा नेकपा एमालेका प्रभावशाली नेता राजेन्द्र प्रसाद पाण्डेले खानेपानी परियोजनामा भारतले सहयोग गरेकोमा खुशी व्यक्त गरे ।

उनले भारतले नेपालको हरेक क्षेत्रको विकासमा निरन्तर सहयोग गरिरहेको भन्दै आगामी दिनमा समेत सहयोगलाई अझै बढोत्तरीका साथ अघि बढाउन आग्रह गरे ।

नेता पाण्डेले खानेपानी परियोजना गाउँमा ल्याउन पत्रकार ऋषि धमलाको विशेष भूमिका भएको उल्लेख गर्दै धमलालाई आफूले राजनीतिक प्रतिष्पर्धीको रुपमा लिएको उद्धघोष गरे । उनले भने,“हामी विकासको मामिलामा सबै नेताहरु सँगसँगै छौं, अब हुँदाहुँदै धमलाजी पनि यो रिंगमा देखापर्नुभएको छ, कम्तिमा म चाहीँ उहाँको उपस्थितिलाई कमजोर आँक्दिन्, उहाँ बोलेको कुरा पूरा गर्ने मान्छे हो ।”

अर्का एमाले नेता तथा सांसद गुरुप्रसाद बुर्लाकोटीले पनि भारत सरकारले नेपालको भौतिक पूर्वाधारदेखि लिएर शिक्षा, स्वास्थ्य लगायत महत्वपूर्ण क्षेत्रमा सहयोग पुर्याउँदै आएको उल्लेख गर्दै खानेपानीको अति आवश्यक रहेको ठाउँ चामभन्ज्याँगमा सहयोग गरेर भारतले पुण्य कमाएको बताए । उनले भारत सरकारलाई विशेष धन्यवाद समेत दिए ।

राप्रपाका नेता तथा सांसद पर्शुराम तामाङ्ले नेपाल भारत सम्बन्ध अत्यन्तै सूमधुर रहेको भन्दै यसलाई अझै मजबुद बनाउने काम विकासको साझेदारी र सहयोगले गरिरहेको टिप्पणी गरे । उनले भारत सरकारले नेपालप्रतिको सहयोगलाई सँधै निरन्तरता दिओस् भन्ने चाहना व्यक्त गरे ।  त्यस्तै, नेपाली काँग्रेस धादिंग जिल्ला सभापति रमेश धमलाले पनि खानेपानी परियोजना ल्याउनमा पत्रकार धमलाको ठूलो हात रहेको भन्दै प्रंशसा गरे । उनले नेपाल भारत सम्बन्ध हरेक हिसावले ऐतिहासिक एवम् महत्वपूर्ण भएको उल्लेख गर्दै आगामी दिनमा यसलाई अझै मजबुद एवम् विकासको माध्यम बनाउनुपर्नेमा जोड दिए ।

रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले आफूले २ वर्षअघि नै खानेपानी परियोजना जसरीपनि ल्याएरै छाड्ने भनेर स्थानीवासिन्दासँग प्रण गरेको स्मरण गर्दै आज त्यो सपना साकार भएकोमा निकै खुशी लागेको बताए । उनले स्थानीयवासीन्दाहरु खानेपानीको अभावका कारण एक घण्टा लामो बाटो हिँडेर दुःख गरेको देखेकै कारण आफूले खानेपानीको लागि पहल गर्ने बताएकै कारण आज यो परियोजना सफल भएको स्पष्ट पारे । उनले भने,“मैले यो विचमा अथक प्रयास गरे, आज मेरो प्रयास सफल भएको छ, म यसमा निकै खुशी छु ।”

धमलाले नेपालको विकासको लागि भारतको सहयोगको अनिवार्यतावारे प्रकाश पारेका थिए । नेपाल–भारत सम्बन्धका बहुआयामिक पक्षहरु रहेको भन्दै २१ औं शताब्दी एशियाको विकासको शताब्दी भएकोले नेपालको विकासको लागि भारतले निरन्तर सहयोग गर्नुपर्नेमा धमलाले जोड दिए ।

मुलुकमा ठूलठूला राजनीतिक क्रान्तिहरु सम्पन्न भईसकेको र संविधान जारी भएपछि राजनीतिक एजेण्डा गौण भएको र आर्थिक समृद्धिको एजेण्डा अबको अनिवार्य आवश्यकत्ता भएको भन्दै त्यसमा सबै राजनीतिक दलहरु सहमति र एकताका साथ प्रस्तुत हुनुपर्ने धमलाको भनाई थियो ।

उनले स्थानीयहरुसँग कच्ची बाटो पनि पिच भएरै छाड्ने प्रतिबद्धता जनाए । धमलाले आफू धादिंगको विकासको लागि जस्तोसुकै कदम चाल्न पनि तयार रहेको स्पष्ट पारे ।

काँग्रेसकै युवा नेता विष्णु धिताल, पूर्वसभासद एवम् निर्वतमान काँग्रेस जिल्ला सभापति रामनाथ अधिकारी र समाजसेवी एवम् स्थानीयवासी फणिन्द्र धमलाले समेत आ आफ्नो भनाई राखेका थिए ।

दोधारा चाँदनीको शान्ति टोल, बैतिफाँटा र कुतियाकवरका स्थानियहरु सुरक्षित स्थानमा सर्न थाले

पप्पु गुरुङ्, १७ असार, दोधारा चाँदनी । मुलुकभर यस वर्ष बिहीबार देखि मनसुन सक्रिय भए पछि भारी वर्षा सुरु भए पछि दोधारा चाँदनीको शान्ति टोल, बैतिफाँटा र कुतियाकवर टोलका घरहरुमा पानी पस्न थालेको छ् । कञ्चनपुरको दोधारा चाँदनी वडा नं. १०, शान्ति टोल, बैतिफाँटा र कुतियाकवर घरहरुमा पानी पसेको हो । महाकाली नदी र जगबुडा नदीको दोभानमा रहेको शान्ति टोल, बैतिफाँटा र कुतियाकवरका करिव २६ घरधुरीमा पानी पस्न थालेपछि स्थानियहरु आतंकित बन्न थालेका थिए । गाँउमा पानी पस्न थोपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली शान्ति टोल, बैतिफाँटा र कुतियाकवरमा पुगेको थियो । “जगबुडा नदीको पानी बिस्तारै गाउँ पस्दै छ् ” स्थानिय गग्न खत्रीले भने । जगबुडा नदीको पानी ओभरफ्लो भएर नदी गाँउ पस्न थालेपछि दोधारा चाँदनीका शान्ति टोल, बैतिफाँटा र कुतियाकवरका २६ घरधुरी प्रभाबित भएका हुन् । शान्ति टोल, बैतिफाँटा र कुतियाकवरका स्थानियहरु सुरक्षित स्थानमा सर्न थालेको बताईएको छ् । पानीको सतह कम हुदै गएको भनिएपनि स्थानियहरु बढीको त्रास ज्युको त्युँ रहेको स्थानियहरु बताउछन् ।

दशरथ चन्द मेधावी खेलाडी पुरस्कार: विराज सर्वोत्कृष्ट खेलाडी

काठमाडौं, असार १७ ।   दशरथ चन्द मेधावी खेलाडी पुरस्कार– २०७२ अन्तर्गत फुटबलर विराज महर्जन शुक्रबार सर्वोत्कृष्ट खेलाडीको अवार्डबाट सम्मानित भएका छन् ।   राष्ट्रिय खेलकुद परिषद् (राखेप) र दशरथ चन्द मेमोरियल ट्रष्टद्वारा त्रिपुरेश्वरस्थित राखेप हातामा संयुक्त आयोजित कार्यक्रममा विराजलाई नगद १५ हजार १ रुपैयाँसहित सम्मान पत्र प्रदान गरियो । गत वर्ष भारतमा भएको १२ औं दक्षिण एसियाली खेलकुद (साग) को फुटबल तथा बंगलादेशमा भएको बंगबन्धु गोल्ड कप फुटबलमा नेपालले स्वर्ण जित्दा विराज टोलीका कप्तान थिए ।   ट्रष्टले पाँच विकास क्षेत्रको प्रतिनिधित्व हुने गरी प्रत्येक क्षेत्रका खेलाडीलाई सम्मान गर्दै आएको छ । विराज मध्यमाञ्चलबाट छनोट भएका हुन् ।

त्यस्तै पूर्वाञ्चलबाट जुडोकी फुपु ल्हामु खत्री, पश्चिमाञ्चलबाट तेक्वान्दोकी निमा गुरुङ, मध्यपश्चिमाञ्चलबाट उसुकी निमा घर्ती मगर तथा सुदूरपश्चिमाञ्चलबाट उसुकै राजेश चौधरी उत्कृष्ट खेलाडीको अवार्डबाट सम्मानित भए । चारै १२ औं सागका पदक विजेता हुन् । फुपु र निमाले स्वर्ण तथा तेक्वान्दोकी निमा र राजेशले रजत पदक जितेका थिए । चारैले १० हजार १ रुपैयाँका दरले नगद र सम्मान पत्र पाए ।

राखेपका अध्यक्ष युवा तथा खेलकुद मन्त्री सत्यनारायण मण्डल, नेपाली कांग्रेसका नेता एनपी साउद, ट्रष्टका अध्यक्ष कर्णबहादुर चन्द तथा राखेपअन्तर्गत खेलकुद विकास विभागका प्रशासकीय अधिकृत चन्द्र राईलगायतले खेलाडीलाई सम्मान गरे । फुपु प्रशिक्षणका लागि हंगेरीमा रहेका कारण उनकी आमाले पुरस्कार ग्रहण गरेकी थिइन् ।

सिइओ भावना घिमिरेले गरिन् क्यान छाड्ने घोषणा

काठमाडौं,असार १७  नेपाल क्रिकेट संघ (क्यान) की प्रमुख कार्यकारी अधिकृत (सिइओ) पद छाड्ने घोषणा गरेकी छिन्। शुक्रबार साँझ ट्विट गर्दै उनले क्रिकेट संघको सम्पुर्ण जिम्मेवारी बाट बाहिर बस्ने निर्णय गरेको बताएकी छिन्। उनले लेखेकी छिन्, 'हालको स्थितिमा क्रिकेट संघमा रहँदा भन्दा क्रिकेट संघ बाहिर बसेर नै नेपाली क्रिकेटलाई बढी योगदान गर्न सक्छु भन्ने मेरो ठहर हो।'

'करोडौँ नेपालीहरुको सपनासँग जोडिएको क्रिकेट यसरी लामो समय बन्दी बनाउनु दुर्भाग्यपूर्ण छ। सबै स्टेकहोल्डरहरु एकजुट भई निकास निकाल्न अपिल गर्दछु', उनले थपेकी छिन्।
आइसिसीले नेपाललाई निलम्बन गर्ने निर्णय अनुमोदन गरेको भोलिपल्ट सिइओ घिमिरेले यस्तो घोषणा गरेकी हुन्।

किन उनले यस्तो निर्णय गरिन् त ? पाँच कारण दिइन्-

१) नेपाली क्रिकेटको अहिलेको अन्योलपूर्ण स्थितिमा संघभित्र रहनु भन्दा बाहिर बसेर नै क्रिकेटलाई सहयोग गर्नु उचित लाग्यो। दुई वटा संघ अहिले अस्तित्वमा छन्। अदालतले पनि अहिलेसम्म निर्णय गरेको छैन। क्रिकेटको वर्तमान अवस्थाले गर्दा नै क्यान छाडेकी हुँ।

२) ६ महिनादेखि क्यानमा केही काम नै भएको छैन।

३) क्यानले राम्रोसँग पारिश्रमिक दिन सकेको छैन। यस्तो अवस्थामा संघभित्र बस्नुको कुनै औचित्य छैन।

आफूले क्रिकेट संघ छाडेपनि समग्र क्रिकेट नछाडेको बताउँदै घिमिरेले आगामी ७ वर्षभित्र नेपालले टेष्ट राष्ट्रको मान्यता प्राप्त गरेको हेर्न चाहेको बताइन्। घिमिरेले आफूले क्यान छाड्ने बारे तदर्थ समितिका अध्यक्ष रमेश सिलवाललाई जानकारी गराएको तर उनले स्वीकृत नगरेको पनि बताइन्।

तपाईलाई पछिल्लो समय क्रिकेट संघमा एकलौटी शासन गरेको आरोप लागेको थियो नि भन्ने जिज्ञासामा उनले भनिन्, 'यदि म बसेर क्रिकेटलाई कुनै समस्या थियो भने अब त्यो पनि प्रष्ट भएको छ।'
'आई डन्ट निड पोजिसन, आई बिलिभ इन परफरमेन्स', घिमिरेले भनिन्।
-पहिलोपोस्ट

युरोकप: वेल्स भर्सेस बेल्जियम,कसले मार्ला बाजी ?

एजेन्सी,असार १७ । फ्रान्समा जारी युरोकप २०१६ अन्तर्गत शुक्रबार राती पौन १ बजे हुने दोस्रो क्वाटरफाइनल खेलमा वेल्स र बेल्जियम भिड्दैछन्। सन् १९५८ को वल्र्डकपपछि वेल्सका लागि सबैभन्दा ठूलो प्रतियोगिता हो ।  विश्व वरियताको २४ औं नम्बरमा वेल्सर  दुई स्थानमाथि रहेको बेल्जियमबीचको भिडन्त रोचक रुपमा हेरिएको छ ।  वेल्समा रियल म्याड्रिडका फरवार्ड गारेथ वेल र आर्सनलका मिडफिल्डर आरोन राम्से जस्ता खेलाडी रहेका छन् । बेल्जियममा चेल्सीका मिडफिल्डर इडन हजार्ड, म्यानचेष्टर सिटीका फरवार्ड केभिन डि बु्रनेर इर्भोटनका स्ट्राइकर रोमेलु लुकाकु जस्ता खेलाडीहरुले भरिएकाले यी दुवै आ आफस बलियो रहेको दाबी गर्दै आएका छन् ।

वेल्स प्रिक्वाटरफाइनलमा उत्तरी आयरल्याण्डलाई पराजित गर्दै पहिलो सहभागितामै क्वाटरफाइनलमा पुगेको हो। बेल्जियमले भने प्रिक्वाटरफाइनलमा हंगेरीलाई हराएको थियो। समूह चरणमा स्लोभाकिया र रसियालाई पराजित गरेको वेल्स इंगल्याण्डसँग पराजित भएको थियो। सन् १९७२ मा युरोमा डेब्यु गरेको बेल्जियमको यो पाँचौ सहभागिता हो। सन् २००० यता भने बेल्जियमले युरो खेलेको यो पहिलो पटक हो।

पहिलो सहभागितामै तेस्रो बनेको बेल्जियम सन् १९८० मा उपविजेता भएको थियो भने १९८४ र २००० मा समूह चरणबाटै बाहिरिएको थियो। यी दुई टोलीबीच अहिलेसम्म भएको १२ खेलमा बेल्जियमले ५ खेल जितेको छ भने वेल्स ४ खेलमा विजयी भएको छ। बाँकी ३ खेल बराबरीमा सकिएको थियो। कम्टिटेटिभ टुर्नामेन्टमा वेल्स र बेल्जियम भिड्न लागेको यो पहिलो पटक हो।

खेल हुने समय : मध्यरात १२:४५ बजे
खेल हुने स्थान : स्टेड पिएरे माउरो, लिले
हेर्नलायक खेलाडी : गारेथ बेल, एडेन हाजार्ड, केभिन डे बु्रएन
हेड टु हेड : वेल्स ४, बेल्जियम ५, बराबरी ३
रेफ्री : दमिर स्कोभिना, स्लोभेनिया
युरो सहभागिता : वेल्स १, बेल्जियम ५
फिफा वरियता : वेल्स २६, बेल्जियम २
मुख्य उपलब्धि : बेल्जियम फाइनल सन् १९८०

दोधारा चाँदनीको शान्ति टोल, बैतिफाँटा र कुतियाकवर डुवानमा

पप्पु गुरुङ्, १७ असार, दोधारा चाँदनी । मुलुकभर यसवर्ष बिहीबार देखि मनसुन सक्रिय भए पछि भारी वर्षा सुरु भए पछि दोधारा चाँदनीको शान्ति टोल, बैतिफाँटा र कुतियाकवर टोल डुवानमा परेको छ् । कञ्चनपुरको दोधारा चाँदनी वडा नं. १०, शान्ति टोल, बैतिफाँटा र कुतियाकवर घरधुरी डुवानमा परेको हो । महाकाली नदी र जगबुडा नदीको दोभानमा रहेको शान्ति टोल, बैतिफाँटा र कुतियाकवरका करिव  २६ घरधुरीमा आँगनमा पानी आएको स्थानिय गग्न खत्रीले जानकारी दिनुभएको छ् । “जगबुडा नदीको पानी बिस्तारै गाउँ पस्दै छ् ” स्थानिय गग्न खत्रीले भने । जगबुडा नदीको पानी ओभरफ्लो भएर नदी गाँउ पस्न थालेको बताईएको छ् । शान्ति टोल, बैतिफाँटा र कुतियाकवरका स्थानियहरु सुरक्षित स्थानमा सर्न लागेको खबर प्राप्त भएको छ् । समाचार तयार पारुन्जेल सशस्त्र प्रहरीको टोली उक्त स्थानमा हिडेको छ् । बङ्गालको खाडीबाट प्रवेश गरेको मनसुन र अरब सागरबाट आएको जलवाष्पयुक्त हावा कारण मुलुकभर वर्षा सुरु भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसले गर्दा मुलुकभर अधिकांश स्थानमा हल्का देखि सामान्य वर्षा भई पूर्वी तथा पश्चिमी क्षेत्रका केही स्थानमा भने भारी वर्षा हुने महाशाखाले जनाएको छ । सक्रिय मनसुनका कारण आज दिन भरी वर्षा हुने र अझै केही दिन सम्म वर्षा जारी रहने महाशाखाका वरिष्ठ मौसमविद् सुजन सुवेदीले जानकारी दिनुभयो । भारी वर्षा संगै कृषकहरु समयमै रोपाई हुने आशाले हर्षित देखिएका छन् रोपाई सुरु भएको छ । यद्यपि भारी वर्षाले १५ महिना देखि पाल र अस्थायी टहरामा दिन गुजारी रहेका भूकम्म पीडित जनता भने थप पीडामा पर्नुका साथै पहिरो उच्च जोखिममा परेका छन् ।

पश्चिमी क्षेत्रका केही स्थानमा भने भारी वर्षा हुने

१७ असार, काठमाण्डौं । मुलुकभर यसवर्ष बिहीबार देखि मनसुन सक्रिय भए पछि भारी वर्षा सुरु भएको छ । बङ्गालको खाडीबाट प्रवेश गरेको मनसुन र अरब सागरबाट आएको जलवाष्पयुक्त हावा कारण मुलुकभर वर्षा सुरु भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसले गर्दा मुलुकभर अधिकांश स्थानमा हल्का देखि सामान्य वर्षा भई पूर्वी तथा पश्चिमी क्षेत्रका केही स्थानमा भने भारी वर्षा हुने महाशाखाले जनाएको छ । सक्रिय मनसुनका कारण आज दिन भरी वर्षा हुने र अझै केही दिन सम्म वर्षा जारी रहने महाशाखाका वरिष्ठ मौसमविद् सुजन सुवेदीले जानकारी दिनुभयो । भारी वर्षा संगै कृषकहरु समयमै रोपाई हुने आशाले हर्षित देखिएका छन् रोपाई सुरु भएको छ । यद्यपि भारी वर्षाले १५ महिना देखि पाल र अस्थायी टहरामा दिन गुजारी रहेका भूकम्म पीडित जनता भने थप पीडामा पर्नुका साथै पहिरो उच्च जोखिममा परेका छन् ।

महाकाली नदीमा पानीको बहाव एक लाख ८५ हजार क्युसेक नाघ्यो

पप्पु गुरुङ्, १७ असार, दोधारा चाँदनी । लगातारको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव आज बिहानबाट बढेको छ । ईलाका प्रहरी कार्यालय गड्डाचौकीका अनुसार केही बेर अघि गरिएको मापन अनुसार महाकाली नदीमा पानीको बहाव एक लाख ८५ हजार क्युसेक नाघेको छ । पानीको बहाव बढेपछि सीमावर्ती महाकाली नदीमा रहेको शारदा ब्यारेज (वनबासा पुल) मा चार पाङ्ग्रे सवारी साधनलाई बिहान १० बजेदेखि आवागमनमा रोक लगाइएको छ । महाकालीमा पानीको बहाव एक लाख क्युसेक नाघेपछि भारतीय पक्षले पुलको अवस्था नाजुक रहेका कारण ठूला सवारी साधनलाई रोक लगाउादै आएको छ । इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक गोकुल बलायरले पुलमा मोटरसाइकल, पैदलयात्रीलाई भने रोक नलगाइएको जानकारी दिनुभयो । सुदूरपश्चिमको पहाडी जिल्ला बैतडी र दार्चुलामा वर्षा भएका कारण पानीको बहाव बढ्दै गइरहेको छ । यता दोधारा चाँदनी क्षेत्रमा तटिय क्षेत्रमा बसोबास गर्ने स्थानियहरुलाई सजग रहन भनिएको छ् ।

चीनलाई नेपालसँग चिढ्याउन भारतको नयाँ प्रस्ताव, ओली सरकार दोधारमा

१७ असार,काठमाडौं  ।

भारतीय दूतावासले चीनको तिब्वतसँग सीमा जोडिएको हुम्लाको हिन्सा विकासमा भारतीय सरकारका तर्फबाट चासो देखाएको छ । मानसरोबर जाने पर्यटकको सुविधानका लागि भन्दौ हिन्ल्सा क्षेत्रमा धर्मशालालगायतका भौतिक पूर्वाधार निर्माणमा भारतले चासो देखाएको हो । तर, चीनले तिब्बतसँग सीमा जोडिएका नेपाली क्षेत्रमा भारतीय आएको मन पराउँदैन् । अर्काेतर्फ नेपालले चीनसँग आफू सधै एक चीन नीतिको पक्षमा रहेको प्रतिबद्धता जनाउँदै आएको छ ।यदि भारतको यो प्रस्ताव स्वीकार गरे चीन नेपालसँग चिढिनेछ । किनकि विकासको बहानामा तिब्बततर्फ सुराकी गर्ने भारतको योजना हुनसक्ने भन्दै चीनले शंका गर्ने ठाउँ प्रशस्त छ । यसअघि विहीबारमात्रै चीनले भारतीय नागरिक देखिएको भन्दै अचानक नेपाली अधिकारीलाई जानकारी नदिएरै कोरला नाका बन्द गरिदिएको थियो ।

अमेरिकासँग हात मिलाएको भारतले चीनविरुद्ध गतिविधि गरिरहेको भन्दै चिनियाँ अधिकारी ज्यादै शर्तक रहने गरेका छन् । हुम्लाका स्थानीय विकास अधिकारी बलदेव जोशीले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई पत्राचार गरी भारतीय सहयोगलाई स्वीकार गर्ने वा नगर्ने भन्नेमा प्रष्ट पार्न आग्रह गरेका छन् ।

असार ५ गते पठाएको पत्रमा चीनसँग सीमा जोडिएको नेपालको हिल्सा बजारमा चौक प्रहरी चौकी, भन्सारलगायतका सरकारी कार्यालय रहेको र उक्त ठाउँमा व्यापारी र स्थानीय नागरिक बसोबास गरिरेको उल्लेख छ । उक्त ठाउँको विकासमा चीन र भारत दुवैले चासो दिएको पत्रमा उल्लेख छ ।

२० देखि ३० घरधधुरी रहेको हिल्सामा चिनियाँ पक्षले विद्युतका लागि सहयोग गर्ने प्रस्ताव आएको र भारतले पनि सोही ठाउँमा धर्मशालालगायतका भौतिक पूर्वाधार निर्माण गरिदिने आश्वासन दिएको पत्रमा उल्लेख छ । कारोबार दैनिकमा समाचार छ ।

बिजुलीको महशुल १९ प्रतिशत बढ्यो,प्रतियुनिट कति पुग्यो ? (हेर्नुस् सूची)

१७ असार, काठमाडौं  ।

विद्युत् महसुल औसतमा करिब १९ प्रतिशतले बढेको छ । प्राधिकरणको सिफारिसमा साउन १ गते देखि लागू हुनेगरी महसुल निर्धारण आयोगले विहीबार विद्युत महसुल बढाएको हो । यसबाट नेपाल विद्युत् प्राधिकरणको आम्दानी करिब साढे पाँच अर्ब रुपैयाँ बढ्नेछ ।

नयाँ महसुल अनुसार विद्युतको न्युनतम प्रतियुनिट ३ रुपैयाँ पुगेको छ ।

हेर्नुस् सूचीः

२० युनिटसम्मको विद्युतको ३० रुपैयाँ । (प्रतियुनिट ३ रूपैयाँ)

३० युनिटसम्मको विद्युतको ५० रुपैयाँ । (प्रतियुनिट ७ रूपैयाँ)

५० युनिटसम्मको ७५ रुपैयाँ । (प्रतियुनिट ८ रुपैयाँ ५० पैसा)

१५० युनिटसम्म १०० रुपैँया । (प्रतियुनिट १० रुपैँया)

२५० युनिटसम्म १२५ । (प्रतियुनिट ११ रुपैयाँ)

४०० युनिटसम्म १५० रुपैयाँ (प्रतियुनिट १२ रुपैयाँ)

४०० भन्दा माथि युनिटका १७५ रुपैयाँ (प्रतियुनिट १६ रुपैयाँ)

तथ्यांक स्रोतः महसुल निर्धारण आयोग ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web