१८ असार, पाँचथर । विद्यार्थीलाई कुटपिट गरेपछि पाँचथरको एक निजी विद्यालयका प्रधानाध्यापक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पाँचथर थर्पुस्थित साइनिङ स्टार लोवर सेकेन्डरी इङ्लिस स्कुलका प्रधानाध्यापक ईश्वरीप्रसाद सापकोटा रहेका छन् ।

उनले ताप्लेजुङ आम्वेगुदीन–९ घर भई सोही स्कुलमा कक्षा २ मा आवासीय रुपमा बसेर पढ्दै गरेका ८ वर्षीय रचित विष्टलाई मङ्गलबार बिहान ‘अक्षर’ नराम्रो भएको भन्दै ट्युसनकक्षामै निर्घात कुटपिट गरेका थिए । बालकलाई अक्षर राम्रो नभएको भन्दै विद्यार्थीकैमाझमा बाँसको लाट्ठीले हातपाखुरा तथा खुट्टाका विभिन्न भागमा निलडाम हुने गरी निर्धात कुटपिट भएको थियो ।

कुटपिटबाट घाइते भएका बालकलाई अरुलाई भनेमा पुनःकारबाही गर्ने भन्दै मानसिक यातना समेत दिएको र घटना भएको भोलिपल्ट मलहम लगाएर फर्काएको बालकका आफन्तले बताए ।

बच्चाले कुटाई खाएको भोलिपल्ट अन्य अभिभावकबाट थाहा पाएर आउनुभएकी बच्चाकी आमा दिलमायाँ विष्ट अहिले कानुनी प्रक्रियासहित बच्चाको उपचारको लागि फिदिम आउनुभएको छ । उहाँले आफूलाई सामान्य घटना भएको भन्दै कानुनी प्रक्रिया अघि नबढाउन केही राजनीतिक दलका नेतासहित केही कानुन व्यवसायीले समेत दबाब दिएको बताउनुभयो ।

कुटाइको कारण ज्वरोले थलिएको बच्चाको उपचारसहित कुटपिटमा संलग्न प्रधानाध्यापकलाई कानुनी कारबाहीको माग गर्दै उहाँले जिल्ला प्रहरी कार्यालय पाँचथरमा निवेदन समेत गरेपछि प्रधानाध्यापक सापकोटालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रधानाध्यापक आफैँले “गल्ती भयो माफ दिनुस् बरु दुई महिनाको स्कुलको फि मिनाहा गरिदिन्छु” भन्दै उम्कन खोजेको बालककी आमा दिलमायाले बताउनुभयो । बच्चालाई कुटपिट गरेको निवेदनअनुसार सार्वजनिक अपराध मुद्दाअन्तर्गत म्याद थप गरी कानुनी कारबाही प्रक्रिया सुरु भएको प्रहरी नायब उपरीक्षक कृष्णप्रसाद कोइरालाले बताउनुभयो ।

बालमैत्री शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्नुपर्ने तथा दण्डरहित अध्यापन गरिनुपर्ने माग र बहस चलिरहेका बेला पाँचथरमा पटकपटक यस प्रकारका घटना हुने गरेका छन् ।

१८ असार, जाजरकोट । यहाँका दुर्गम गाउँमा निर्माण हुन लागेको विद्युत् आयोजना आवश्यक रकमको अभावमा अलपत्र परेका छन् ।

निर्माण कार्य गर्दागर्दै रकमको अभावमा बीचमै जिल्लाका पाँचवटा जलविद्युत् आयोजनाको काम रोकिएको हो । अर्छानी–४ मा निर्माणाधीन ३० किलोवाट क्षमताको भित्रीखोला लघुजलविद्युत् आयोजना पनि अलपत्र परेको छ । आठ वर्षअघि निर्माण सुरु भएको सो आयोजना पनि आवश्यक बजेट अभावले अलपत्र परेको आयोजनाका अध्यक्ष हर्कबहादुर बस्नेतले बताउनुभयो ।

त्यस्तै, नायकबाडा–२ जिरीमा निर्माणाधीन ३२ किलोवाटको अयाँरीखोला लघुजलविद्युत् आयोजना, सक्ला–६ सेपुखोलामा निर्माणाधीन ३४ किलोवाट क्षमताको सेपुखोला लघु जलविद्युत् आयोजना र गर्खाकोट–५ मा निर्माणाधीन ४४ किलोवाट क्षमताको हिप्काखोला लघुजलविद्युत् आयोजना पनि विगत ८÷९ वर्षदेखि अलपत्र अवस्थामा रहेको जिल्ला विकास समितिको ऊर्जा शाखाले जनाएको छ ।

त्यस्तै अर्छानी गाविसमा निर्माण हुन लागेको ३७ दशमलव ५ किलोवाट क्षमताको तिलिंगे खोला लघुजलविद्युत् आयोजना आर्थिक अभावका कारण अलपत्र परेको छ ।

आयोजना निर्माणमा भौगोलिक विकटता, लागतअनुसारको रकमको अभाव र स्थानीयले श्रमदान नगर्दा विद्युत् आयोजना निर्माण हुन नसकेको आयोजनाका अध्यक्ष रणबहादुर शाहीले बताउनुभयो ।

सो आयोजना दुई वर्षभित्र पूरा गर्ने गरी २०६४ सालमा निर्माण गरिएको आयोजना पूरा नहुँदा ३७० घरपरिवार विद्युत् सेवाबाट वञ्चित हुनुपरेको छ । निर्माण सामग्रीमा खिया लाग्न थालेको छ भने अन्य सामग्री अलपत्र अवस्थामा रहेका छन् । सरकारी लगानी बालुवामा पानीजस्तै भएको छ ।

रु दुई करोड ६६ लाख लागतमा निर्माण हुने आयोजना अलपत्र परेको हो । आयोजना निर्माणका लागि वैकल्पिक ऊर्जाको रु एक करोड १० लाख ६२ हजार, जिल्ला विकास समितिको रु तीन लाख ७८ हजार र गाविसको रु दुई लाख २० हजार प्राप्त भएको आयोजनाले जनाएको छ ।

रु आठ लाख ६५ हजार हेलिकोप्टरबाट सामान ढुवानीमा सकिएको र रु दुर्ई लाख ४० हजार गाडीबाट ढुवानी गर्दा रकम सकिएको अध्यक्ष शाहीले बताउनुभयो । अनुदान रकम ढुवानीमा सकिएपछि काम गर्न समस्या भएको छ । सामान निर्माण स्थलमा अलपत्र परेका छन् । आयोजनाका लागि रु ५० लाख रकम अपुग रहेको छ । जिविसले दिनुपर्ने रु ३३ लाख र गाविसको रु २४ लाख नदिँदा आयोजना अलपत्र परेको शाहीले बताउनुभयो ।

तिलिंगे खोला लघुजलविद्युत् आयोजना मात्र होइन जिविस र गाविसले दिनुपर्ने १० प्रतिशत अनुदान नदिनु र १५ प्रतिशत श्रमदान जुट्न नसक्दा लघुजलविद्युत् आयोजना अलपत्र पर्ने गरेका छन् ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले प्रतिकिलोवाट रु दुई लाख ५५ हजार मात्र अनुदान उपलब्ध गराउने गरेको छ । तर, भौगोलिक विकटताका कारण ढुवानी समस्याले जाजरकोटमा लागत दोब्बर लाग्ने गरेको छ । अलपत्र अवस्थाका आयोजनालाई सम्पन्न गर्न रु डेढ करोड आवश्यक पर्ने स्थानीय विकास अधिकारी इन्द्र गौतमले जानकारी दिनुभयो ।

यी अलपत्र अवस्थामा रहेका पाँचवटै आयोजनाको नहर बन्न सकेको छैन भने कतिपयको पावर हाउस समेत बनेको छैन । आयोजनाका लागि अन्य आवश्यक सामान सबै आइसकेको छ ।

१८ असार, बझाङ । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङमा आज बिहानै लगातार दुई पटक भूकम्पको धक्का महसुुस गरिएको छ ।

भूकम्प मापन केन्द्र सुुर्खेतका टेक्निकल असिस्टेन्ट कपिल महर्जनका अनुसार पहिलो आज बिहान ६ बजेर ८ मिनेटमा ४ दशमलव ४ रिक्टर स्केलको र ६ बजेर ३२ मिनेटमा ३ दशमलव २ रिक्टर स्केलको भूकम्प गएको हो ।

दुईवटै भूकम्पको केन्द्रबिन्दु बझाङको सदरमुकाम चैनपुरबाट ११ किलोमिटर उत्तर पूर्व मयाना भन्ने स्थानमा रहेको समेत भूकम्प मापन केन्द्रका महर्जनले जानकारी दिनुभयो ।

त्यही ठाउँमा केन्द्रबिन्दु बनाएर यही असार १५ र १६ गते गरेर २१ पटक भूकम्पको धक्का महसुस गरिएको थियो ।

भूकम्प गएपछि स्थानीयवासी घर बाहिर र खुला ठाउँमा जम्मा भएका छन् । जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षकले नरेन्द्र चन्दले भूकम्पले क्षति पु¥यायो भन्ने अहिलेसम्म कुनै जानकारी नआएको र सबै ठाउँमा सम्पर्क गरी भूकम्पको क्षतिबारे सङ्कलन भइरहेका उहाँले जानकारी दिनुभयो

पप्पु गुरुङ्, दोधारा चाँदनी, १८ असार, कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी स्थित जगबुडा नदीमा आज एक वेवारिसे शव फेला परेको छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. १०, कुतियाकवर नजिक जगबुडा नदीमा शव फेला परेको सशस्त्र प्रहरीले जनाएको छ् । सेतो पेन्ट र रातो सर्ट लगाएको करिव २५/२६ वर्षको एक युवकको शव फेला परेको सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनीका प्रहरी निरिक्षक शंकर सिंह धामीले जानकारी दिएका छन् । उक्त स्थानमा सशस्त्र प्रहरी र नेपाल प्रहरी पुगिसकेको बताईएको छ् । शव कस्को हो ? भन्ने बारे सोधपुछ भईरहेको सशस्त्रले जनाएको छ् ।

१८ असार,एजेन्सी ।

बंगलादेशको राजधानी ढाकाको बाहिरी भेगस्थित बन्दुकधारीहरुले करिब २० जनालाई बन्धक बनाएको एउटा क्याफेमा सुरक्षाकर्मीहरुले कारबाही थालेका छन् । भीषण गोलीबारीका आवाज सुन्न सकिन्छ। बन्धक बनाइएकामध्ये अधिकांश इटलीका नागरिक छन्। टोकियोस्थित जापानी सरकारका एकजना प्रवक्ताले बन्धक मनाइएकामध्ये केही जापानी नागरिक पनि हुन सक्ने बताएका छन्।एकजना प्रवक्ताका अनुसार गोली हानाहानमा दुईजना प्रहरी मारिएका छन् भने करिब ३० जना घाइते भएका छन्। तथाकथित इस्लामिक स्टेट समूहले आफूले आक्रमण गराएको बताएको छ। उक्त समूहको समाचार एजेन्सी अमाकमा उपलब्ध एउटा वक्तव्यमा लडाकुहरुले ‘प्रायः विदेशीहरु गइरहने’ एउटा रेष्टुराँमा आक्रमण गरेको उल्लेख छ।

आक्रमणमा विभिन्न मुलुकका २० जनाभन्दा बढी नागरिक मारिएको दाबी गरिएपनि त्यसको स्वतन्त्र पुष्टि हुन सकेको छैन। अधिकारवादीहरु, प्राज्ञ एवम् केही धार्मिक अल्पसंख्यकहरुको हत्या गरेको आरोपमाझ क्याफेमा पछिल्लो आक्रमण भएको छ। एकजना प्रत्यक्षदर्शीले भने, “मैले पिज्जा बनाउने भान्सामा काम गरिरहेको थिएँ र दुईजना व्यक्तिले आक्रमण गरिरहेको देखेँ। मानिसहरु लुक्न र भाग्न थाले। म घरको छतमा पुग्न सफल भएँ। उनीहरुले बम फालिरहेका थिए र झ्यालहरु हल्लिरहेका थिए।”

मैले पिज्जा बनाउने भान्सामा काम गरिरहेको थिएँ र दुईजना व्यक्तिले आक्रमण गरिरहेको देखेँ। मानिसहरु लुक्न र भाग्न थाले। म घरको छतमा पुग्न सफल भएँ। उनीहरुले बम फालिरहेका थिए र झ्यालहरु हल्लिरहेका थिएबंगलादेश देशका लागि इटलीका राजदूतलाई उद्धृत गर्दै त्यहाँका सञ्चारमाध्यमहरुले जनाएअनुसार इटलीका सातजना नागरिक क्याफेभित्र रहेको अनुमान गरिएको बिबिसी डटसिओडट युकेमा समाचार छ । प्रहरीले स्थानीय समय अनुसार बेलुकी ९ बजेर २० मिनेट जाँदा क्याफेमाथि बन्दुकधारीहरुले फायरिङ्ग शुरु गरेको जनाएको छ। उक्त क्याफे विदेशी नागरिक, कूटनीतिज्ञ र मध्यम वर्गीय परिवारमाझ लोकप्रिय रहेको बताइन्छ। यसैबीच, ढाकास्थित कार्यवाहक नेपाली राजदूत सुशीलकुमार लम्सालले बांग्लादेशमा रहेका नेपालीहरु सुरक्षित रहेको बीबीसीलाई बताएका छन्। उनका अनुसार घटनास्थल नेपाली राजदूतावासदेखि करिब एक किलोमिटर टाढा छ। बन्धक प्रकरणमाझ मान्छेहरुमा त्रासको अवस्था रहेको लम्सालले बताए।

१८ असार,काठमाडौं ।

सोसलिस्ट इन्टरनेसनले नेकपा एमालेलाई त्यो संगठनमा सदस्य बन्ने बारे के छ धारणा भन्दै पत्र पठाएको छ । कम्युनिष्ट पार्टीलाई यस्तो प्रश्न आएपछि विदेश विभाग प्रमुख माधव नेपालले स्वभाविक रुपमा स्थायी समिति बैठकमा कुरा राखे । पार्टी अध्यक्ष केपी ओलीले प्रतिक्रिया दिँदै भने, ‘हुन त त्यो संस्था डेट एक्सपायर हुँदैछ । तर, कम्युनिष्ट नै नाम राखेर हामी कति दिन चल्ने हो रु’

झलनाथ खनालले तुरुन्तै प्रतिवाद गरे, ‘खबरदार, हाम्रो पुस्ताभरी हाम्रो पार्टीको नाम फेर्ने, कम्युष्टि शब्द छोड्ने बारे कुरै नगर्नुहोस्, सोच्दै नसोच्नुहोस् ।’माधव नेपालले पनि यो कुरा सम्भव छैन भने । यो संगठनको सदस्यता लिँदा स्वतः कम्युनिष्ट चिन्तन छाडेको र पुर्णरुपमा सोसल डेमोक्र्याटमा परिणत हुने अवस्था आउने हुँदा यसबारे सुक्ष्म रुपमा छलफल गर्ने निर्णय भयो आजको जनआस्था सप्ताहिकमा खबर छ ।

गोकर्ण अधिकारी-१८ असार, टोकियो ।
तीन दिन यता जापानमा मात्र होइन नेपालमा समेत कलाकार गौरी मल्ल माथि जापानमा भएको भनिएको यौन दुव्र्यवहार चर्चामा रह्यो ।

लिखित रुपमै नेपाली राजदूतावास जापान र गैर आवासिय नेपाली संघ एनआरएन जापानमा निवेदन दिएर आफुमाथि हिंसा गरेका भनिएका अनोज शाक्यलाई माफी मगाइदिन गौरी मल्ल स्वयंले लिखित पत्र दिएपछि घटना बाहिर आउन पुग्यो ।

तर लिखित उजुरी दिएको महिना दिनसम्म सामसुम रहेको विषयमा नेपालबाबाट सञ्चालित एक अनलाईनले समाचार बनाएपछि मात्र घटना सतहमा आयो ।

पुराना नाम चलेको कलाकारलाई जापान बोलाउनु, जापानी चलचित्र उद्योगमा खेल्ने अवसर दिन्छु भन्नु चानचुने आँट र प्रयास थिएन । तर पनि गौरी मल्लले यस बारेमा आफुलाई बोलाउने मान्छेको हैसियत र चरित्रबारे राम्रोसँग सोच्दै नसोची हाम फालेको भन्दै केही आलोचकले गौरी मल्लमाथि समेत प्रश्न गरे ।

गौरी मल्लले भनेको भन्दै प्रकाशित समाचार पछि टपनेपालन्युजडटकमले विशेष श्रोत मार्फत उजुरी पत्र समेत हात पार्यो । जसमा प्रकाशित समाचारमा गौरीले भनेको भनिएको भाषा उजुरी पत्रमा लेखिएको छ । आश्वासन, जापान यात्रा मात्र होइन कामकै सिलसिलामा झगडा र अपशब्दले दोहोरो गाली गलौज भएको अनोजले टपनेपानन्युजसँगको कुराकानीमा स्विकार गरेका छन् ।

गौरी मल्लले नेपाली राजदूतावास र एनआरएन जापानमा दिएको उजुरी निवेदन पत्र यस्तो छ
उजुरी पत्र र यसअघि प्रकाशित समाचार पढ्नुहोस्

'जापानमा यौन दुर्व्यवहार भयो'-गौरी मल्ल 'हग मात्र गरेको हुँ, जेल हाल्न सक्छु'-अनोज शाक्य

कलाकार गौरी मल्ललाई जापान बोलाउनेदेखी माफी माग्दा सम्मको घटनाबारे अनोज शाक्य यसो भन्छन्
गौरी मल्ललाई मैले नै जापान बोलाएको कुरा सत्य हो । उनलाई जापान आउन टिकट किन्न, अन्य किनमेलको लागि भनेर तीन लाख रुपैयाँ पठाएको पनि सत्य हो । उहाँले भनेजस्तो दिदि नाता जोडेर वा अन्य केही भनेर होइन तपाईलाई जापानमा विज्ञापन लगायत कला क्षेत्रमा अवसर मिलाइदिन्छु भनेरै बोलाएको हो । एउटा विज्ञापनमा खेलेको पनि छ ।
यस्तो छ गौरी मल्ले खेलेको विज्ञापन, भिडियो हेर्नुहोस्

यौन हिंसा बारे
गौरीको शरिरमा मैले छोएको पनि छैन, के को महिला हिंसा ? महिला हिंसा भनेको के ? मैले उनलाई दुई पटक हग कसिलो अंगालो भने गरेको छु । एकपटक जापान आउँदा स्वागतमा एयरपोर्टमा र अर्को पटक एक्लै बस्नुहुँदो रहेछ, एक्लै बस्ने बानी परेको रहेछ है भन्दै गाडीमा चढाउन लाग्दा हग गरेको थिएं ।

गौरीसँग भएको विवाद
गौरीसँग मेरो झगडा गाडीमै भएको हो । झगडा भनेको गाली गलौज । उनले पनि मलाई तँ साले भन्दै बास्टर्ड, फ… यु भन्दै अँगेजीमा गाली गरिन् । अनि मैले पनि त र…, भा.. भन्दै गाली गरेकै हुँ । उसले मलाई त्यस्तो गिरेर गाली गरेपछि मैले पनि आवेशमा आएर गाली गरेको हो । त्यो बेलमा झगडा पर्दा गौरी र म बाहेक कोही थिएन । यो कुरा उसलाई र मलाई बाहेक कसैलाई थाहा थिएन ।
पछि गौरीले नै उसको दिदी भन्ने आईजीमा बस्ने एक महिलालाई सुनाएछ र उसले तिम्ले यस्तो भन्न नहुने भन्दै मलाई फोन गरिन् । मैले त्यतिखेरै उसले पनि मलाई गाली गर्यो अनि मैले पनि आवेशमा आएर भनें सरी भनेको थिएं । यो कुरा सक्की सकेको थियो । यौन हिंसा भन्दै मलाई अरुले पनि बलात्कार यौन सम्पर्कबारे सोधेर हैरान पारिसके । त्यस्तो केही भएको छैन ।

के गरिन् जापानमा गौरीले ?

गौरी मल्ललाई मैले एउटा विज्ञापनमा खेलाएं । त्यो पनि मानेको थिएन । मैले त्यत्त्रो खर्च गरेर त्यतीकै बोलाको हो र भनेर मेरो साथीसँगको कम्पनीले मलाई ताकेता गरेपछि उनलाई विज्ञापन मात्र खेल्न लगाउने सम्झौतामा बल्ल बल्ल विज्ञापन खेलिन् । पछि एउटा कार्यक्रममा भेट भएको थियो । मैले हेलो गौरी जि भनेर बोलाएं । उसले त उहाँ को म चिन्दिन पो भनिन् । मैले बोलाउने मेरो पैसा खर्च गरेर मेरो कम्पनीबाट । उल्टै मलाई चिन्दिन भन्ने ? त्यहाँ पनि सामान्य भनाभन भयो । त्यहाँ एनआरएन अध्यक्ष सुदन थापा पनि थिए ।

गौरी मल्लको फेक जापानीज विवाह के हो ?
गौरी मल्लसँग भनाभन परिरहँदा एक जना गोपाल भुटानी जस्तो मान्छे त्यहाँ आयो । उसले गौरी मल्ल मेरो बुडी हो भन्यो । भनेको उसले फेक म्यारिज गरेको रहेछ । जापानमा बस्नको लागि । कसैले जो पायो त्यसलाई मेरो बुडी भन्न सक्छ ? उ पनि चुप लाग्यो । यसको अर्थ के ?

मैले गौरीको मात्र होइन गौरीले पनि मेरो मानहानी र बेइज्जत गरेको छ
म सँग विवाद भएपछि गौरी मल्ल मलाई नै थाहा नदिइ अप्रिल २१ तारिखमा नेपाल फर्कीएछ । मैले उसलाई भनेर मेरो कम्पनीको भिजिटिंग कार्ड समेत बनाइदिएको थिएं । तर मैले बोलाएको मान्छे मलाई नै नभनी सुटुक्क नेपाल गएछ । त्यसपछि मैले कति पटक नेपालमा उसलाई फोन गरें तर उठाएन । मैले गौरी जि मसँग रिसाएको हो भनेर म्यासेज पनि गरें । तर केही रिप्लाई आएन । यहाँ सम्मकी उ सँग हाम्रो बिवाद जे भयो हामी बिचमै रहने अनि अब एक अर्काले सम्मान गर्ने भएका कुरा जे भयो भयो भनेर सल्टाउने कुरा भएर समझदारी समेत भएको थियो ।

अकस्मात उनी नेपाल गएको दुई महिना पछिपो उनको उजुरी भनेर समाचार आउँछ । उनी नेपालमा छिन् उनको उजुरी कसले लेखेर बुझायो दुतावास र एनआरएनमा ? उनलाई उचाल्ने एकजना मान्छे छ यहाँ । म नाम भन्दिन तपाईहरुनै खोज्नुस् र बुझ्नुस् त्यो मान्छेले किन गौरीको पछि लागेर यस्तो गरिरहेको छ ।

मैले व्यवहार गर्दा उनको सम्मानमा चोट लागेको भए उनले मलाई भन्नु पथ्र्यो म जे गर्नुपर्ने हो गर्थें । अनि समाचार बनाएर ल्याउने र सम्मानमा चोट पर्यो भन्ने ? नाम नलेख्न भन्दै भनेर मेरो नाम नलेखेपनि मैले नै समाचार सेयर गरेर ए मलाई आरोप लगाउने भनेर आफुलाई चिनाएं । मलाई पनि आउँछ को सँग कस्तो व्यवहार गर्नुपर्छ भनेर ।

उसले त्यसरी लेखेर मलाई बदनाम गराउँदा मेरो पनि ईज्जत र सम्मानमा चोट परेको छ । म पनि जापान सरकारको कर्मचारी जस्तो खालको एक लेभलको मान्छे । नेपालबाट प्रशिक्षार्थी कामदार ल्याउने जापानी कम्पनी र सरकारी निकायमा कन्सल्ट्यान्टको काम गर्छ । नेपालमा मेरो पनि परिवार सबैछन् । उनिहरुलाई के भयो होला ? यसको क्षतिपुर्ती कसले तिर्ने । गौरी मल्लले माफी माग्नु पर्दैन ?

ल मानौं मैले माफी मागेर उसको सम्मान बढ्छ त ? यदी मैले उसमाथि अन्याय गरेको भएपनि माफी मागेर मेरो चरित्र सुध्रेन भने त्यसको के अर्थ ? अनि उसको पनि काम लिने अनि आरोप लगाएर अरुको बदनाम गराउने बानी नसुध्रे त्यसको के अर्थ ? त्यसैले मेरो मान सम्मान र यो कुरा उचाल्नेहरुको पनि पर्दाफास हुनुपर्छ ।

अनोज शाक्यसँग गरिएको कुराकानीमा उनले भनेको भनाईको सम्पादीत अंश । शाक्यसँग गरिएको टेलिफोन सम्बादको अडियो टपनेपालसँग सुरक्षित छ ।

यस अघि प्रकाशित समाचार यस्तो छ

'जापानमा यौन दुर्व्यवहार भयो'-गौरी मल्ल 'हग मात्र गरेको हुँ, जेल हाल्न सक्छु'-अनोज शाक्य

पप्पु गुरुङ्, १८ असार, दोधारा चाँदनी । गएराती देखि परेको भीषण वर्षाका जनजिवन प्रभावित बनेको छ । बाढीको खतरा बढेपछि त्यस क्षेत्रमा स्थानीय प्रशासनले सचेत रहन आग्रह गरेको छ । हरेक बर्ष वर्षाको समयमा त्रसित बन्दै आएका दोधारा चाँदनीमा यस बर्ष पनि पीडित बनेका हुन् । दोधारा चाँदनी वडा नं. १०, शान्ति टोल, बैतिफाँटा र कुतियाकवर घरहरुमा हिजो देखि पानी पसेको हो । महाकाली नदी र जगबुडा नदीको दोभानमा रहेको शान्ति टोल, बैतिफाँटा र कुतियाकवरका करिव २६ घरधुरीमा पानी पस्न थालेपछि स्थानियहरु आतंकित बन्न थालेका थिए । गाँउमा पानी पस्न थोपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली शान्ति टोल, बैतिफाँटा र कुतियाकवरमा पुगेको थियो । “जगबुडा नदीको पानी बिस्तारै गाउँ पस्दै छ् ” स्थानिय गग्न खत्रीले भने । जगबुडा नदीको पानी ओभरफ्लो भएर नदी गाँउ पस्न थालेपछि दोधारा चाँदनीका शान्ति टोल, बैतिफाँटा र कुतियाकवरका २६ घरधुरी प्रभाबित भएका हुन् । शान्ति टोल, बैतिफाँटा र कुतियाकवरका स्थानियहरु सुरक्षित स्थानमा सर्न थालेको बताईएको छ् । महाकाली नदीको तिब्र बहाव संगै जगबुडा नदीको बहाव ठोक्कीदा पानी ओभरफ्लो भएर गाँउ भित्रिने संन्त्रासले रातभरी जाग्रम बसदै आएको स्थानिय गग्न खत्रीले बताएका छन् । नदीको पानी कतिबेला गाँउ भित्रिने हो भन्ने चिन्ताले रातभरी जाग्रम बसेको खत्रीको भनाई रहेको छ् । महाकाली नदीको बहाव हिजोको दाँजो घटेर ७२ हजार क्युसेक पुगेको छ् । बनबासा बयारेजमा समेत सवारी साधन आवतजावतमा सुचारु ग्रिएको छ् । राती देखि परेको वर्षाले दोधारा चाँदनीको जनजीवन अस्तब्यस्त बनाएको हो ।

काठमाडौं,असार १८ । पहिरोले उपत्यका प्रवेश गर्ने नाका पटकपटक अवरुद्ध हुन थालेका छन् । वर्षासँगै उपभोक्ताले खाद्यान्नको जोहो गर्न थालेका छन् । तर, वर्षाले बाटो छेके पनि खाद्यान्नलगायतको मौज्दात पर्याप्त रहेको खाद्य संस्थानको दाबी छ ।

चामल अभाव हुन्न : खाद्य संस्थान

खाद्य संस्थानले आफ्ना सबै गोदाममा चामल पर्याप्त मौज्दात रहेकाले उपत्यका भित्रिने नाका अवरुद्ध भए पनि अभाव नहुने दाबी गरेको छ । ‘देशभरका हाम्रा सबै गोदाममा अहिले पूर्ण क्षमतामा चामल भण्डारण गरिएको छ,’ संस्थानका महाप्रबन्धक शिवहरि श्रेष्ठले भने, ‘आपूर्ति गर्न कठिनाइ हुने स्थानमा यसअघि नै पठाइएको छ । थप आपूर्तिका लागि आपूर्ति मन्त्रालयसँग कुरा भइरहेको छ ।’

संस्थानसँग भूकम्पपीडितका लागि बंगलादेश तथा चीन सरकारले उपलब्ध गराएको चामल पनि मौज्दात रहेको श्रेष्ठले बताए । ‘नियमित मौज्दात राख्नुपर्ने जति राखेका छौँ,’ उनले भने, ‘माग भएका स्थानमा आपूर्ति भइरहेको छ ।’ काठमाडौंसहित झापा, सुर्खेत, नेपालगन्जलगायतका स्थानमा संस्थानका भण्डारण केन्द्र छन् ।

इन्धन अभाव हुन दिन्नौँ : निगम

नेपाल आयल निगमका निगमका प्रवक्ता मुकुन्द घिमिरेले नियमित आयात भइरहेकाले राजमार्ग एक–दुई दिन अवरोध हुँदैमा इन्धन अभाव नहुने बताए । ‘काठमाडौंमा एक थोपा पनि इन्धन भित्रिएन भने पनि तीन दिनका लागि पर्याप्त मौज्दात छ,’ घिमिरेले भने, ‘राजमार्गबाट आवतजावत भइरहने भएकाले आत्तिनुपर्दैन ।’

तरकारी अभाव नहुने, भाउ बढ्न सक्ने

वर्षा सिजन सुरु भएसँगै तरकारी लगाइएको खेतमा धान लगाउन थालिएकाले आपूर्तिमा केही कमी हुने र भाउ बढ्न सक्ने कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । तर, उपत्यकाआसपासका जिल्लाबाट धेरै तरकारी भित्रने भएकाले राजमार्ग अवरोध भए पनि अभाव नहुने समितिका योजना अधिकृत रमेश डंगोलले बताए । नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ ।

काठमाडौं,असार १८ । नक्कली प्रमाणपत्र भएका ३६ जना चिकित्सकविरुद्ध प्रहरीले अदालतमा मुद्दा दायर गरेको छ । तर, उनीहरूको लाइसेन्स भने अझै कायम नै छ । नेपाल मेडिकल काउन्सिलभित्रको नियुक्ति विवादले गर्दा पक्राउ परेका चिकित्सकहरूको लाइसेन्स निलम्बन हुन नसकेको हो । जसका कारण मुद्दा कमजोर हुनसक्ने प्रहरीको आशंका छ । पक्राउ परेकाहरूलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले शुक्रबार विभिन्न ११ जिल्लामा मुद्दा दायर गरेको छ । यसअघि पक्राउ परेका १७ जनाको लाइसेन्स भने रद्द भइसकेको छ ।

कारबाहीका लागि कानुन छैन

नक्कली प्रमाणपत्रधारी चिकित्सकलाई कारबाही गर्ने प्रस्ट कानुन छैन । मेडिकल काउन्सिल ऐनमा पनि यससम्बन्धी स्पष्ट व्यवस्था छैन । ‘०२० सालमा ऐन बनेको हो, त्यतिवेला डाक्टरलाई भगवान्जस्तो मानिन्थ्यो, कसैको सर्टिफिकेट नक्कली होला भन्ने अनुमान नै गर्न सकिँदैन थियो,’ मेडिकल काउन्सिलका अध्यक्ष डा. धर्मकान्त बा“स्कोटाले भने, ‘अब हामी ऐन संशोधनको प्रक्रियामा लागेका छौँ ।’

एमबिबिएसको छानबिनमा समस्या

हालसम्म पक्राउ परेका चिकित्सकहरूको आइएस्सीको शैक्षिक प्रमाणपत्र मात्र छानबिन भएको हो । उनीहरूको एमबिबिएस तथा बिडिएसको प्रमाणपत्र प्रहरीले छानबिन भएको छैन । छानबिनका लागि आर्थिक समस्या रहेको प्रहरी अधिकारीहरूले बताएका छन् ।

शैक्षिक प्रमाणपत्रको छानबिन सम्बन्धित देशमै गएर गर्नुपर्ने हुन्छ । पक्राउ परेकाहरूले चीन, रसिया, फिलिपिन्स, बंगलादेश, पाकिस्तान, काजकिस्तानलगायतका देशमा एमबिबिएस पढेको देखिन्छ । तर, त्यहाँ गएर छानबिन गर्न स्रोत–साधन नभएको सिआइबीका एसपी लम्सालले बताए । नयाँ पत्रिका दैनिकमा खबर छ ।

काठमाडौं,असार १८ । बझाङलाई केन्द्रविन्दु बनाएर एका बिहानै भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शनिवार बिहान ६ बजेर ८ मिनेट जाँदा बझाङको मेलबिसौनी नजिकैको क्षेत्रलार्इ केन्द्रविन्दु बनाएर ४ दशमलब ४ रेक्टर स्केलको भूकम्प गएको हो ।

काठमाडौं,असार १८ । भूकम्पपछिको पुनर्निर्माणका लागि विभिन्न मुलुक तथा दातृ निकायले करिब २ खर्ब रुपैयाँ सहयोगको प्रतिबद्धता जनाएका छन् । तर, नेपाल सरकारले भने त्यसको ५० प्रतिशत पनि पाउन सकेको छैन ।पुनर्निर्माणका लागि १० असार ०७२ मा भएको अन्तराष्ट्रिय सम्मेलनमा मित्रराष्ट्र तथा दातृ निकायले झन्डै ४ खर्ब ४० अर्ब रुपैयाँ बराबरको सहायता घोषणा गरेको भएपनि हालसम्म घोषणाको ५० प्रतिशतभन्दा कम रकमको मात्रै प्रतिबद्धता प्राप्त भएको राजधानी दैनिकमा समाचार छ ।

अर्थ मन्त्रालयका सहसचिव एवं वैदेशियक सहयोग समन्वय महाशाखाका प्रमुख बैकुण्ठ अर्यालले सहयोगका लागि गत वर्ष गरिएको घोषणअनुरुप प्रतिबद्धता आउने क्रम जारी रहेको र हालसम्म २ खर्ब रुपैयाँबराबरको सहयोग प्रतिबद्धता प्राप्त भएको बताए । घोषणा अनुसारको सहयोग प्रतिवद्धता जनाउने क्रम जारी रहेको जानकारी उनले दिए । यद्यपि दाता सम्मेलनमा गरिएको प्रतिवद्धता उपलव्धिमूलक हुन सकेको छैन।