स्वर्णपदक विजेता सम्मान तथा तेक्वान्दो हल उद्घाटन

१८ आसर, चितवन ।

चितवनको पहिलो नवनिर्मीत तेक्वान्दो हलको शनिबार उद्घाटन भएको छ । कुमरोज तेक्वोन्दो डोजाङको आयोजनामा भएको २५ लाख लागतको नबनिर्मित तेक्वोन्दो हलको उद्घाटन प्रमुख अतिथी खैरहनी नगरपालिका कार्यकारी अधिकृत अमरनाथ ढकाल,कुमरोज सामुदायिक बन उपभोक्ता समितीका अध्यक्ष हिरा बहादुर गुरुङ र अन्र्तरास्ट्रिय प्रशिक्षक कल्याण कुवर लगायतले गरे । उक्त हल निर्माणमा कुमरोज अध्ययन केन्द्रको सहयोगमा निर्माण भएको डोजाङले जनायो ।

सो अवसरमा चितवन जिल्ला तेक्वान्दो कार्यसमीतीका कार्यवहाक अध्यक्ष गोपाल श्रेष्ठ,सचिव सैलेस श्रेष्ठ ,कोषाध्यक्ष प्रदिप श्रेष्ठ,सदस्य किरन श्रेष्ठ,समाजसेवी भिम्सेन बस्नेत रकुमरोज डोजाङका अध्यक्ष सुजन बस्नेत लगायतको उपस्थीती रहेको थियो । चितवनकै एकमात्र उच्चस्तरीय प्रशिक्षण हलमा ५० खेलाडीले एकैपटक प्रशिक्षण क्षमता रहेको डोजाङ प्रमुख अविशेक गौतमले बताए ।

कार्यक्रममा दार्जलिङ आमन्त्रण तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक विजेताद्धय क्लबकै खेलाडी शेखर उप्रेती र शिला गुरुङलाई सम्मान गरीएको थियो ।

खैरहनी नगरपालिका र कुमरोज सामुदायिक बन उपभोक्ता समितीले तेक्वान्दो हलका लागि सहयोग गरेको थियो । सोही डोजाङका लागि एक लाख बराबरको म्याट लगायत खेल सामाग्री खैरहनी नगरपालिकाले सहयोग गरेको डोजाङ प्रमुख अभिशेक गौतमले बताए ।

गोल्डेनगेट र साउथ साइडर्स सेमिफाइनलमा

१८ असार,काठमाडौं ।

गोल्डेनगेट र साउथ साइडर्स मोर्गन कप १२ औं महिला तथा १३ औं पुरुष राष्ट्रिय क्लबस्तरीय बास्केटबल प्रतियोगिताको पुरुषतर्फ शनिबार सेमिफाइनलमा प्रवेश गरेका छन् । गोल्डेनगेट समूह ‘ए’ तथा साउथ साइडर्स समूह ‘बी’ को विजेता हुँदै सेमिफाइनलमा पुगेका हुन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा गोल्डेनगेटले शनिबार दोहोरो जित निकाल्यो । पहिलोमा गोल्डेनगेटले इनोभेटिभ नेपाललाई ८३–७७ ले पराजित ग¥यो । जितमा विनोद श्रेष्ठले २४ अंक जोडे । अर्को खेलमा गोल्डेनगेटले केइसीलाई ८८–४८ ले सहजै हरायो । विजेताका कर्मा गुरुङले ३६ स्कोर गरे ।

साउथ साइडर्सले जिएएलाई ७६–५२ ले पन्छायो । साउथ साइडर्सको जितमा मिनेश शाक्यले १८ अंक योगदान गरे । हारका बावजुद इनोभेटिभ समूह ‘ए’ र जिएए समूह ‘बी’ को उपविजेता बन्दै सेमिफाइनलमा स्थान सुरक्षित गर्न सफल रहे । सेमिफाइनलमा गोल्डेनगेटको भेट जिएएसंग हुने छ भने इनोभेटिभले साउथ साइडर्सको सामना गर्ने छ ।

नेपाल बास्केटबल संघद्वारा आयोजित प्रतियोगिताको महिला राउन्ड रोविन लिगमा मोर्गनले रुपन्देहीलाई ४८–१६ तथा जेभियर इन्टरनेसनलले एनसीसीएसलाई ४२–२१ ले निराश पारे । मोर्गनकी सोनी वाइबाले १४ र जेभियरकी शान्ति श्रेष्ठले १२ अंक बटुले ।

Govt is committed to the development of film industry: PM

Prime Minister KP Sharma Oli today said positive contribution from all sectors in society is mandatory for the development for the country.

Speaking at a programme organised by the Film Artists' Association of Nepal in the Capital, the Prime Minister said that film industry won't be excluded as the country will witness development only after the development of all realms of the society.

PM further said the government is committed to the development of film industry. On the occasion, senior singer, dramatist and artist Hari Prasad Rimal was also honoured with the 'FAAN Award-2072' among others.

Nepse jumps 38 points this weekend

Nepal Stock Exchange (Nepse) escalated 38 points as compared to the first day this week to close at 1723 points.

With this, the total transaction stood at around Rs 8.3 billion, around seven percent increment as compared to the previous week. Development banks escalated the highest 80 points followed by insurance companies with 73 points.

Likewise, hydropower witnessed an increment of 39 points followed by Banijya Bank, finances, hotels, production sector and other groups.

Govt bars construction of permanent structure at Budhi Gandaki reservoir area

The government has issued instructions to all concerned stakeholders to not build permanent structures in areas affected by Budhi Gandaki Hydropower Project.

The government drew the attention towards its decision to bar construction of any permanent structure in wake of a report that mid-hill highway is being built in the project's reservoir area.

The road construction is currently taking place along Jyamarung, Tripureshwor and Salyantar sections of Dhading. The areas fall under the Budhi Gandaki's reservoir area.

Energy Ministry's Engineer, Anup Dhungana, said the government has issued permit on May 6 for construction of temporary structures in the reservoir area but construction of permanent structures remain banned.

Govt formulating legislation for three upcoming elections: Law minister Kharel

Minister for Law, Justice and Parliamentary Affairs Agni Prasad Kharel today said that the government has started engaging in works to formulate or amend necessary acts and laws to hold elections of all three levels-local, provincial and parliamentary.

Talking to media persons at Biratnagar Airport, Kharel said that the elections are the need of the hour for the implementation of the constitution.

On a different note, the Minister said that the government is moving ahead by sticking to the nine-point agreement reached with its coalition partner CPN (Maoist Centre) and that the government has completed preparing the bill to settle cases of human rights violation committed during the Maoist decade-long conflict and it would be tabled at the parliament soon.

Minister Pokharel says trade unionism and politics unacceptable in schools

Minister for Education Girirajmani Pokharel today charged that the educational sector of the country is falling into a state of disorder in name of trade unionism and politics and termed it unacceptable.

In an address during the inauguration of Janata Secondary School building at Tinkoni of Dhangadi Municipality – 5 in Siraha, Minister Pokharel referenced the recently amended Education Act with claims it was amended to prevent schools' from becoming a mess due to the prevalent trend among the teachers' to join political parties and not attend classes. He stressed on need to move forward by making the new Education Act a basis.

The new Education Act has ended anomalies in the education sector and envisioned transformation and reformation, according to the Minister who stressed that the schools should now stride forward through a new method.

‘Constitution implementation important for Congress’

Nepali Congress senior leader Ram Chandra Poudel has said implementation of the constitution rather than the change in government is important for the Congress party.

Talking to journalists at Biratnagar airport today, leader Paudel said that there had been no discussion about the change in the government within the party. Parties should focus on implementing the constitution rather than in changing power equations, he said.

Leader Poudel also stressed that local elections should be held as per the structure of the new constitution. Stating that the demands of the Madhesi front could be addressed through amendment in the constitution, Poudel urged the front to respond to the communiqué of the government for a dialogue, and take the initiative to resolve the problem through talks.

Full implementation of constitution true tribute to late Koirala: NC leader Singh

Nepali Congress (NC) leader Prakash Man Singh today said that it will be a true tribute to the late former Prime Minister Girija Prasad Koirala once the constitution is put into full practice.

Speaking at a training of party cadres organised by Kathmandu constituency-10 in the Capital to mark 93rd birth anniversary of Koirala, also former NC President, Leader Singh said NC itself should take initiative to implement the constitution promulgated by the NC-led government.

In a different context, he clarified that NC was in favour of local body elections, urging the government to move ahead accordingly after making some necessary laws in this regard.

सरकार परिवर्तनको हल्ला बाहिर मात्रै हो,भित्र त्यस्तो केही छैनः मन्त्री पाण्डे

१८ असार,काठमाडौ ।

उद्योगमन्त्री सोमप्रसाद पाण्डेले सरकार परिवर्तनको विषयमा बाहिर हल्ला चले जसरी भित्र कुनै कुरा नभएको बताएका छन । रिपोर्टर्स क्लब नेपालले शनिवार आयोजना गरेको साक्षात्कारमा उनले भने,‘ सरकार परिवर्तनको विषयमा बाहिर जस्तो सत्तारुढ गठबन्धनमा कुनै चर्चा छैन । त्यस्तो हुने भएको भए पहिला सत्तारुढ गठबन्धनमै छलफल हुने थियो । त्यसैले यही सरकारले चुनाव गराउँछ, ढुक्क हुनुस ।’

साक्षात्कारमा मन्त्री पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले मुलुकको इतिहासमै ऐतिहासिक काम गरेको दावी गर्दै भने,‘ यस्तो उत्कृष्ट बजेट नेपालको इतिहासमै कहिल्यै आएको थिएन । पुर्ननिर्माणको सबैखाले कामलाई अगाडि बढाएको छ, मुलुकको स्वाभिमान जोगाउने काम गरेको छ, पारवहन सुविधानको थप खोजी गरेको छ ।’

उनले प्रधानमन्त्री निर्वाचनमा मधेसी मोर्चाले मतदान गरेपछि यो संविधान सबैले स्विकारीसकेको स्पष्ट भएको भन्दै मोर्चाले थप केही माग गरेकोले मुलुकको हितमा हुने मागलाई सरकारले बार्ताबाट संबोधन गर्ने स्पष्ट पारे ।

मन्त्री पाण्डेले भने,‘ मधेसी मोर्चा र संघीय गठबन्धनविच नै अन्यौल छ । कोसँग बार्ता गर्ने नगर्ने भन्नेमा । सरकार बार्ताबाट समाधान गर्न तयार छ तर मधेसलाई पहाडसँग जोड्नै हुन्न भन्ने विषयमा हामी सहमत छैनौ ।’

उनले आफूहरुले पहिला दुई किस्तामा भुकम्प पीडितलाई रकम दिउ भन्दा काग्रेसले नमानेर चार किस्ता बनाएकोले अहिले समस्या भएपनि आफूहरुलाई पछिल्लो सहमति अनुसार अघि बढाउन पुर्ननिर्माण प्राधिकरणलाई सबै खाले सुविधा दिएको स्पष्ट पार्दै स्थानीय निकायको पुर्नसंरचना साउन भित्रमै गर्ने गरी सरकारले आवश्यक जनशक्ति नियूक्तीको विषयमा पनि निर्णय गरिसकेको जानकारी दिए ।

मन्त्री पाण्डेले भने,‘ आयोगले छिटो काम सकेपछि हामी मंसिरमा पुर्नसरचना अनुसार स्थानीय तहकै निर्वाचन गर्ने पक्षमा छौ ।’

उनले बाहिर आए जस्तो सत्तारुढ दलले बजेट पारित गर्न नदिने भन्ने विषयमा बाहिर चर्चा चले पनि पार्टीहरुवीच र मन्त्री परिषदमा कुनै छलफल नभएको समेत स्पष्ट पारे ।

मन्त्री पाण्डेले सरकार मुलुकमा राजनीतिक क्रान्ति सकिएको आर्थिक समृद्धीको एजेण्डामा अघि बढेको भन्दै मुलुकको आर्थिक समृद्धिकोलागि औद्योगिकरण आवश्यक रहेकोले प्रत्येक प्रदेशमा एक हजार विगाह क्षेत्रफलमा औद्योगिक क्षेत्र निर्माण कार्य गरिएको दावी गरे ।

उनले मुलुकको आर्थिक विकासकोलागि स्रोत खोज्ने क्रममा मुलुकमा रहेको प्राकृतिक स्रोत साधनहरुको खोजी तिब्र पारिएको र त्यस क्रममा मुलुकको विभिन्न क्षेत्रमा बहुमुल्य खनिज पदार्थ भेटिएको भन्दै त्यसको विस्तृत अध्ययन गरेर उत्खनन कार्य अघि बढाउने दिशामा सरकार उन्मुख रहेको बताए ।

मन्त्री पाण्डेले भने,‘  नेपालगञ्ज र विराटनगरमा पेट्रोलको ठूलो भण्डार भेटिएको छ , अब त्यसको दोस्रो चरणको अध्ययन छिट्टै सुरु हुन्छ । नवलपरासीको धौबजीमा १३ किलोमिटर रेन्टमा ठूलो फलाम खानी पाईएको छ । मुस्ताङमा नुन, पेट्रोल  युरेनियमको ठूलो परिणाममा भण्डारण भेटिएको छ । प्राकृतिक खनिज पदार्थले नै नेपाललाई अघि बढाउन सक्छ ।’

नेपाली काग्रेसका नेता रमेश लेखकले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार निर्विकल्प नभएको दावी गर्दै नेपाली काग्रेसले सरकरा बनाएको खण्डनमा संविधान कार्यान्वयन गर्ने गरी सबै राजनीतिक दलहरुलाई मिलाएर लैजाने स्पष्ट पारे ।

उनले बर्तमान सरकार राष्ट्रिय एजेण्डा कार्यन्वयन गर्ने सवालमा असफल भएको अवस्थामा वेटिङ सरकारको रुपमा प्रमुख प्रतिपक्षी नेपाली काग्रेस रहेको स्पष्टपार्दै सरकार असफल भए काग्रेसले नयाँ सरकार निर्माण गर्ने बताए ।

यद्यपि लेखकले काग्रेस अहिले प्रभावकारी प्रतिपक्षको रुपमा  भूमिका निर्वाह गर्ने पक्षमा रहेको भन्दै मुलुकको एजेण्डा संविधानलाई सर्वस्विकार्य बनाउने, संविधानको कार्यान्वयन र आर्थिक समृतिकोलागि काग्रेससधै तयार रहेको बताए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ नेता पशुपति शमसेर राणाले राष्ट्रिय एजेण्डालाई अगाडि बढाउने सवालमा सरकारको काम सन्तोषजनक नरहेको भन्दै  मुलुकको समस्या समाधानकोलागि राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको दावी गरे ।

उनले भने,‘ सबै राजनीतिक दलहरुलाई सर्वस्विकार्य हुने गरी संसोधनको मार्फतबाट अघि सरकार समस्या समाधानमा अघि बढ्नु पर्छ । पश्चिम मधेसबाट पहाडी क्षेत्र हटाए सीमांकनमा कुरा मिल्छ । सुकारले आफूलाई समस्या समाधानमा तिब्र रुपमा अघि बढाउनु पर्छ । स्थानीय निकायको पुर्नसंरचना, निर्वाचनको लागि ऐन निर्माणमा सरकार केन्द्रीत हुनुपर्छ ।’

राणाले मुलुकका आर्थिक समृद्धिकोलागि सरकारले आफ्नो संरचनाको खर्च गर्ने क्षमता बढाउनु पर्ने आवश्यकता औल्याउँदै भुकम्प पछिको पुर्ननिर्माणमा यस्तै तालले काम गर्ने हो भने अब आउँदो जाडो पनि उनीहरुले पालमै विताउनु पर्ने अवस्था आउन सक्ने तर्फ सचेत गराए।

जर्मनी भर्सेस इटाली,कसले मार्ला बाजी ?

१८  असार, काठमाडौं ।

युरोकप फुटबल अन्तर्गत शनिबार हुने तेस्रो क्वार्टरफाइनलमा आज विश्वको ध्यान तानिएको छ । शनिवार मध्यराति विश्व विजेता जर्मनीले इटालीको सामना गर्दैछ। युरोकपमा फाइनलको संज्ञा दिएको यो खेल निकै प्रतिस्पर्धात्मक हुनेछ।  इतिहासमा जर्मनीविरुद्ध इटली हाबी भएको छ। अहिलेसम्म भएको ३३ खेलमा इटलीले १५ खेलमा जित हात पारेको छ भने जर्मनीले ८ खेल मात्र जितेको छ। बाँकी १० खेल बराबरीमै सकिएका छन्। गत मार्चमा भएको मैत्रीपूर्ण खेलमा भने जर्मनीले इटलीलाई ४–१ ले हराएको थियो। आजभने जर्मनी बलियो  मानिएको छ ।

नेपाली समय अनुसार राति पौने एक बजे हुने खेलमा डिफेन्डिङ च्याम्पियन स्पनेलाई क्वाटरफाइनलमा हराएको इटाली र स्लोभाकियालाई रोक्दै अन्तिम ८ मा आएको जर्मनीसँगको खेल अत्यान्तै रोमाञ्चक हुने फुटबल पण्डितहरू बताउँछन्।  युरोकपमा भएको चारै खेलमा इटली अपराजित छ। विश्व फुटबलमा जर्मनी सर्वाधिक सफल राष्ट्रमध्ये एकमा पर्छ। विश्वकप र युरोकप दुवैमा सर्वाधिक पटक फाइनल पुग्ने रेकर्ड जर्मनीको नाममा छ। तर इटलीविरुद्ध भने जर्मनी सधैं कमजोर बन्दै आएको छ।

जर्मनी स्पेनसँगै तीन पटकको युरो च्याम्पियन हो भने इटली एक पटकको च्याम्पियन। विश्व विजेताको हैसियतमा फ्रान्स पुगेको जर्मनीलाई उपाधिको दाबेदारको रुपमा हेरिए पनि इटलीलाई कसैले उपाधिको दाबेदार टोली मानेको थिएन। तर क्वाटरफाइनलसम्म आइपुग्दा इटलीले जुन खालको प्रदर्शन गरेको छ, फुटबल पण्डितहरुले भन्न थालेका छन् कि इटली पनि अब उपाधिको दाबेदार हो।

जर्मनी पछिल्ला पाँच खेलमा अपराजित छ। त्यसमा यो युरोकपका चार खेल पनि समावेस छन्। सन् १९७२, १९८० र १९९६ को विजेता जर्मनी सन् २००४ को युरोकपमा भने समूह चरणबाटै बाहिरिएको थियो। इटाली आफ्ना पछिल्ला ६ खेलमा पाँचमा विजयी छ। युरोकपको अन्तिम चरणमा इटालीको यो नवौं सहभागिता हो। सन् १९९२ को युरोकपमा नखेलेको इटाली अहिलेसम्म दुई पटक (१९९६ र २००४) मात्रै समूह चरणबाटै बाहिरिएको छ। सन् १९६८ को विजेता इटाली २००० र २०१२ को उपविजेता हो।

खेल हुने समय : मध्यरात १२:४५ बजे

खेल हुने स्थान : स्टेड डे बोर्डे, बोर्डे

हेर्नलायक खेलाडी : जेरोम बोएटेङ-जर्मनी, ग्राजियानो पेल्ले-इटली

हेड टु हेड : जर्मनी ८, इटली १५, बराबरी १०

रेफ्री : भिक्टोर कसाई, हंगेरी

युरो सहभागिता : जर्मनी १२, इटली ९

फिफा वरियता : जर्मनी ४, इटली १२

मुख्य उपलब्धि : जर्मनी विजेता सन् १९७२, १९८०, १९९६

इटली विजेता : सन् १९६८

बाढीको कारण दोधारा चाँदनीका १५ घरपरिवार आफन्तको शरणमा

पप्पु गुरुङ्, १८ असार, दोधारा चाँदनी । दोधारा चाँदनीका १५ घरपरिवार बाढीको कारण हिजो देखि आफन्तको शरणमा बस्दै आएका छन् । बाढीको खतरा बढेपछि दोधारा चाँदनी क्षेत्रका स्थानीय प्रशासनले तटिय क्षेत्रका स्थानियहरु लाई सचेत रहन आग्रह गरेको छ । दोधारा चाँदनी वडा नं. १०, शान्ति टोल, बैतिफाँटा र कुतियाकवर घरहरुमा सुक्रवार देखि घर गोठमा पानी पस्न थालेपछि उनिहरु आफन्तको शरणमा बस्न बाध्य भएको स्थानिय गग्न खत्रीले जानकारी दिएका छन् । महाकाली नदी र जगबुडा नदीको दोभानमा रहेको शान्ति टोल, बैतिफाँटा र कुतियाकवरका करिव १५ घरधुरीमा पानी पस्न थालेपछि स्थानियहरु आतंकित भएर घर छाडेर सुरक्षित आफन्तको घरमा बस्न थालेका हुन् । जगबुडा नदीको पानी ओभरफ्लो भएर नदी गाँउ पस्न थालेपछि दोधारा चाँदनीका शान्ति टोल, बैतिफाँटा र कुतियाकवरका २६ घरधुरी प्रभाबित भएका छन् । उक्त प्रभावित मध्य १५ घरधुरीले घर छाडेर आफन्तको घर सुरक्षित स्थानमा बस्न थालेका हुन् । महाकाली नदीको तिब्र बहाव संगै जगबुडा नदीको बहाव ठोक्कीदा पानी ओभरफ्लो भएर गाँउ भित्रिने संन्त्रासले रातभरी जाग्रम बस्दै आएको स्थानिय गग्न खत्रीले बताएका छन् । नदीको पानी कतिबेला गाँउ भित्रिने हो भन्ने चिन्ताले रातभरी जाग्रम बसेको खत्रीको भनाई रहेको छ् । राती देखि परेको अविरल वर्षाले दोधारा चाँदनीको जनजीवन अस्तब्यस्त बनाएको हो ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web