१८ आसर, चितवन ।

चितवनको पहिलो नवनिर्मीत तेक्वान्दो हलको शनिबार उद्घाटन भएको छ । कुमरोज तेक्वोन्दो डोजाङको आयोजनामा भएको २५ लाख लागतको नबनिर्मित तेक्वोन्दो हलको उद्घाटन प्रमुख अतिथी खैरहनी नगरपालिका कार्यकारी अधिकृत अमरनाथ ढकाल,कुमरोज सामुदायिक बन उपभोक्ता समितीका अध्यक्ष हिरा बहादुर गुरुङ र अन्र्तरास्ट्रिय प्रशिक्षक कल्याण कुवर लगायतले गरे । उक्त हल निर्माणमा कुमरोज अध्ययन केन्द्रको सहयोगमा निर्माण भएको डोजाङले जनायो ।

सो अवसरमा चितवन जिल्ला तेक्वान्दो कार्यसमीतीका कार्यवहाक अध्यक्ष गोपाल श्रेष्ठ,सचिव सैलेस श्रेष्ठ ,कोषाध्यक्ष प्रदिप श्रेष्ठ,सदस्य किरन श्रेष्ठ,समाजसेवी भिम्सेन बस्नेत रकुमरोज डोजाङका अध्यक्ष सुजन बस्नेत लगायतको उपस्थीती रहेको थियो । चितवनकै एकमात्र उच्चस्तरीय प्रशिक्षण हलमा ५० खेलाडीले एकैपटक प्रशिक्षण क्षमता रहेको डोजाङ प्रमुख अविशेक गौतमले बताए ।

कार्यक्रममा दार्जलिङ आमन्त्रण तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक विजेताद्धय क्लबकै खेलाडी शेखर उप्रेती र शिला गुरुङलाई सम्मान गरीएको थियो ।

खैरहनी नगरपालिका र कुमरोज सामुदायिक बन उपभोक्ता समितीले तेक्वान्दो हलका लागि सहयोग गरेको थियो । सोही डोजाङका लागि एक लाख बराबरको म्याट लगायत खेल सामाग्री खैरहनी नगरपालिकाले सहयोग गरेको डोजाङ प्रमुख अभिशेक गौतमले बताए ।

21.12¡ÆC