१८ असार,काठमाडौं ।

गोल्डेनगेट र साउथ साइडर्स मोर्गन कप १२ औं महिला तथा १३ औं पुरुष राष्ट्रिय क्लबस्तरीय बास्केटबल प्रतियोगिताको पुरुषतर्फ शनिबार सेमिफाइनलमा प्रवेश गरेका छन् । गोल्डेनगेट समूह ‘ए’ तथा साउथ साइडर्स समूह ‘बी’ को विजेता हुँदै सेमिफाइनलमा पुगेका हुन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा गोल्डेनगेटले शनिबार दोहोरो जित निकाल्यो । पहिलोमा गोल्डेनगेटले इनोभेटिभ नेपाललाई ८३–७७ ले पराजित ग¥यो । जितमा विनोद श्रेष्ठले २४ अंक जोडे । अर्को खेलमा गोल्डेनगेटले केइसीलाई ८८–४८ ले सहजै हरायो । विजेताका कर्मा गुरुङले ३६ स्कोर गरे ।

साउथ साइडर्सले जिएएलाई ७६–५२ ले पन्छायो । साउथ साइडर्सको जितमा मिनेश शाक्यले १८ अंक योगदान गरे । हारका बावजुद इनोभेटिभ समूह ‘ए’ र जिएए समूह ‘बी’ को उपविजेता बन्दै सेमिफाइनलमा स्थान सुरक्षित गर्न सफल रहे । सेमिफाइनलमा गोल्डेनगेटको भेट जिएएसंग हुने छ भने इनोभेटिभले साउथ साइडर्सको सामना गर्ने छ ।

नेपाल बास्केटबल संघद्वारा आयोजित प्रतियोगिताको महिला राउन्ड रोविन लिगमा मोर्गनले रुपन्देहीलाई ४८–१६ तथा जेभियर इन्टरनेसनलले एनसीसीएसलाई ४२–२१ ले निराश पारे । मोर्गनकी सोनी वाइबाले १४ र जेभियरकी शान्ति श्रेष्ठले १२ अंक बटुले ।

24.12¡ÆC