एजेन्सी,आसार १९ । पोर्चुगाली फुटबलका नयाँ स्टार रेनाटो सान्चेजलाई चर्चासँगै विवादमा फसेका छन् । पोर्चुगलाई युरोकपको सेमिफाइनलमा प्रवेश गराउन महत्वपूर्ण भूमिका निभाउदै चर्चाका आएका यी किशोर खेलाडी अहिले नै विवाद र आलोचनाको सिकार हुन थालेका छन् । पोल्यान्डविरुद्ध क्वाटरफाइनलमा प्राप्त जितमा उनले बराबरी गोल मात्र गरेनन्, टाइब्रेकरमा पनि बललाई आत्मविश्वासपूर्वक पोस्टको दिशा दिएका थिए । ।

अहिले उनको उमेरलाई लिएर विवाद चलिरहेको छ । अहिले पोर्चुगलमै धेरैले प्रश्न गर्न थालेका छन्, के साँच्चै सान्चेज १८ वर्षका मात्र हुन् त रु उनको पूर्वक्लब बेन्फिकाले उनलाई भर्खरै मात्र बायर्न म्युनिकलाई ३ करोड ८० लाख डलरमा बेचेको थियो । तर क्लबले सान्चेजको प्रतिभाबाट फाइदा लिए पनि आफूले वचन गरेअनुसार बोनस रकम भने खेलाडीलाई उपलब्ध गराउन सकेको छैन । उनको जन्म सन् १९९७ को अगस्ट १८ मा लिस्बनको भित्री एमाडोरामा भएको थियो ।

पोर्चुगलका अधिकांश फुटबल पण्डितलाई उनको यही जन्म मितिमा शंका छ । त्यो भन्दा पनि ठूलो पोर्चुगाली फुटबलमा बेन्फिकाको खास शत्रु क्लब स्पोर्टिङ लिस्वनका निर्देशकहरूले समेत उनको उमेरमा शंका व्यक्त गरेका छन् ।

१९ असार,काठमाडौं ।

एमाले–माओवादी केन्द्रको सत्तागठबन्धनमा फेरि खटपट सुरु भएको छ । दुई दलबीच भएका सहमति कार्यान्वयनमा एमालेले अनिच्छा देखाएको आरोप माओवादीको छ। यसअघि झन्डै भत्किसकेको दुई दलको गठबन्धन वैशाख तेस्रो साता भएको सहमतिपछि जोगिएको थियो । सरकार गठनका क्रममा दुई दलबीच आठबुँदे र वैशाखमा नौबुँदे लिखित सहमति भएको थियो।

बजेट पारित भएसँगै माओवादीको नेतृत्वमा सरकार बनाउने तीनबुँदे भद्र सहमतिसमेत भएको थियो। एमालेले यी सहमति कार्यान्वयन गर्न नचाहेको माओवादी केन्द्रको शनिबार बसेको केन्द्रीय कार्यालय बैठकको निष्कर्ष छ । सरकारको विकल्पबारे खुला हुने निर्णय पनि उसले गरेको खबर आजको नयाँ पत्रिकामा रामकृष्ण अधिकारीले लेखेका छन्।‘एमालेसँगको नौबुँदे सहमति लागू भएन, प्रधानमन्त्री उदासीन देखिनुभयो । केही कानुनी प्रक्रिया अघि बढाउन खोजिएजस्तो देखिए पनि मूल स्पिरिटमा काम भएन,’ माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले भने, ‘इमानदारीपूर्वक काम नभएपछि हामी सरकारका विषयमा आजबाट थप छलफल गर्न खुला भएर आएका हौँ ।’ सरकार परिवर्तनका विषयमा अन्य दलसँग छलफल गरेर निर्णयमा पुग्न बैठकले अध्यक्ष प्रचण्डलाई जिम्मा दिएको प्रवक्ता पम्फा भुसालले बताइन् ।

१९ असार,काठमाडौं ।

वर्षा बढेसँगै उपत्यकामा तरकारीको भाउ बढेको छ । एक सातामै केही तरकारीको भाउ सतप्रतिशत वृद्धि भएको छ । तर, सरकारले मूल्य नियन्त्रणका लागि कुनै कदम चालेको छैन । एक साताको अवधिमा सबैभन्दा धेरै हरियो खुर्सानीको मूल्यवृद्धि भएको छ । साताअघि (११ असार) ५५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको हरियो खुर्सानी शनिबार १ सय ५५ रुपैयाँमा बिक्री गरियो ।  ४० रुपैयाँ प्रतिकिलोमा बिक्री भएको तिते करेला र घिरौँला शनिबार क्रमश : ८० र ७० रुपैयाँमा बिक्री भएको थियो । सरकार, व्यवसायी र नियमनकारी निकायले बर्खामा तरकारी नष्ट हुने र अहिले भएको ढुवानी अवरोधले मूल्य बढेको बताएका छन् ।

तर, मूल्य नियमनका लागि कुनै पहल गरेका छैनन् । अनुगमन र मूल्य नियमनको जिम्मेवारी लिएको आपूर्ति व्यवस्थापन तथा उपभोक्ताहित संरक्षण विभागका महानिर्देशक गोकुल धितालले अहिले मूल्य बढ्ने समय भएको भन्दै नियमनको पहल नथालिएको बताए । ‘अहिले बर्खा, ढुवानीमा भएको अवरोध र बेमौसमका कारण केही तरकारीको भाउ बढ्छ,’ उनले भने, ‘यसपटक मात्रै बढेको पनि होइन, प्रत्येक वर्ष यो समयमा तरकारीको भाउ बढ्ने गरेको छ ।’ बजारले मूल्य निर्धारण गर्ने भन्दै उनले नियमनको पहल नथालिएको पनि बताए ।

कालिमाटीका थोक व्यापारीले बजारभित्रकै खुद्रा व्यापारीलाई बिहानै तरकारीको भाउ निर्धारण गरी बिक्री गर्छन् । ठेलागाढा र किराना पसलले पनि थोक व्यापारीबाटै थोक मूल्यमा तरकारी लगेर उपभोक्तालाई तरकारी बेच्छन् । यसरी कालिमाटीसम्म धाएर तरकारी किनेका स्थानीय व्यापारीले ढुवानी लागतलगायत जोडेर उपभोक्तालाई झन् महँगोमा बिक्री गर्छन् । पसल र ठेलागाढामा कालिमाटीले तोकेभन्दा प्रतिकिलो औसत पाँच रुपैयाँबढी मूल्य पर्ने समितिका एक अधिकारीले बताए । कालिमाटीसम्म पुगेर उपत्यकाका १० प्रतिशत उपभोक्ताले मात्रै तरकारी खरिद गर्ने गरेको समितिको अनुमान छ । -नयाँ पत्रिका दैनिक

१९ असार,काठमाडौं।

अनाथ, असहाय र गरिब बालबालिकाको छात्रवृत्ति खोसेर नेपाल बाल संगठन (बाल मन्दिर) ले पहुँचवाला र नेताका छोराछोरी पढाएको भेटिएको छ । कान्तिपुरले प्राप्त गरेको कागजातअनुसार संगठनकी अध्यक्ष रीता सिंहले अनाथ र असहायको कोटा काटेर कर्मचारीका छोराछोरीका अलावा नेता र पहुँचवालाका सन्तान पढाउने व्यवस्था मिलाइदिएको देखिएको आजको कान्तिपुर दैनिकमा समाचार छ । बाल संगठनको नक्सालस्थित करिब १४ रोपनी जग्गा भाडामा लिएको बृहस्पति शिक्षा सदनले मासिक भाडाका साथै संगठनको सिफारिसका आधारमा २० विद्यार्थी नि:शुल्क पढाउने सर्त स्वीकार गरेको थियो । संगठनले २०५८ जेठ ८ गते ३० वर्षका लागि वार्षिक तीस लाख रुपैयाँ दिने गरी विद्यालयलाई जग्गा भाडामा दिएको थियो । उक्त सम्झौताको १२.५ नम्बर बुँदामा संगठनको सिफारिसका आधारमा आर्थिक अवस्था कमजोर भएका, अनाथ, असहाय वा सुविधा नपाएका बालबालिकालाई डे बोडर्स छात्रवृत्ति प्रदान दिने उल्लेख छ ।

यस्तो छात्रवृत्तिअन्तर्गत विद्यार्थीले बिहानको खाना, दिउँसोको खाजा, कापी, किताब, कलम, विद्यालय पोसाक, अन्य शैक्षिक सामग्री र सबै शुल्क नि:शुल्क पाउँछन् । एकदेखि दस कक्षासम्म नि:शुल्क छात्रवृत्तिमा पढने विद्यार्थीका निम्ति विद्यालयले सरदर ११ लाख रुपैयाँ खर्च गर्छ । अनाथका छोराछोरी पढ्ने छात्रवृत्ति धेरैजसो कांग्रेस सम्बद्ध नेताका छोराछोरीले ओगटेका छन् । कांग्रेस, अछाम क्षेत्र नम्बर २ का पूर्वक्षेत्रीय सभापति यज्ञप्रसाद ढकालका छोरा यही छात्रवृत्तिमा दस कक्षामा पढ्छन् । ढकालले आफू द्वन्द्वपीडित भएका कारण छोरा छात्रवृत्तिमा पढाएको तर्क गरे । ‘पहिलेदेखि संगठनका पदाधिकारी र आफन्तका छोराछोरीले छात्रवृत्तिमा पढछन् भन्ने सुनेको हो, तर मेरो छोराको हकमा अध्यक्षले नै चासो द्वन्द्वपीडितका नाममा छात्रवृति दिलाउनु भएको हो ।’ कांग्रेसको भ्रातृ संगठन नेविसंघका सिन्धुपाल्चोक सचिव निरोजकुमार भण्डारीका छोरा पनि यही छात्रवृत्तिमा एक कक्षामा पढ्छन् ।

भण्डारीले कान्तिपुरसँग कस्तो छात्रवृत्ति हो भन्ने आफूलाई थाहा नभएको बताए । उनले भने, ‘नेताहरूसँग भनसुन गरेर मिलाएको हुँ, तपाईंलाई किन चासो ?’काठमाडौं क्षेत्र नम्बर १० का कांग्रेस क्षेत्रीय सभापति पुकार महर्जनकी छोरी पनि यही छात्रवृत्तिमा पढछिन् । उनकी अर्की छोरीले पनि यही छात्रवृत्तिअन्तर्गत बृहस्पतिबाट एसएलसी सकेकी छन् । पुकारकी श्रीमती रमा बाल संगठनकै प्रशासन सहायक पदमा कार्यरत छिन् । शंकरदेव क्याम्पसका पूर्वस्ववियु सभापति रामकृष्ण कँडेलकी छोरी पनि बाल संगठनको सिफारिसमा चार कक्षामा नि:शुल्क अध्ययन गर्छिन् । कँडेलले छात्रवृत्तिमा पढ्ने भए पनि त्यो कस्तो छात्रवृत्ति हो भन्ने थाहा नभएको बताए । उनले कांग्रेसका पूर्वमहामन्त्री एवं वर्तमान केन्द्रीय सदस्य प्रकाशमान सिंहलाई इंगित गर्दै भने, ‘खै प्रकाश दाइले मिलाइदिनुभएको हो क्यार ।’

बाल संगठनका पूर्वकार्यक्रम संयोजक युवराज कटुवालकी छोरी पनि यही छात्रवृत्तिअन्तर्गत दस कक्षामा पढछिन् । कटुवाल मदिराको होलसेल व्यापार गर्छन् । ६ कक्षादेखि उनकी छोरीले छात्रवृत्तिमा पढ्न थालेकी हुन् । आफू पूर्वकर्मचारी भएकाले छोरीले छात्रवृत्ति पाएको बताउने कटुवालले भने, ‘मैले काम गरेको सात लाख रुपैयाँ बाल संगठनले दिएन । त्यहीबापत छोरीलाई पढाइदिएको हो ।’

नेपाल ग्यासको बालाजुस्थित कार्यालयमा मार्केटिङको काम गर्ने बुद्धिगम्भीर पण्डितका छोरा पनि यही छात्रवृत्तिमा ५ कक्षामा पढछन् । सिन्धुपाल्चोक हेलम्बु घर बताउने पण्डितले चिनजानका आधारमा संगठनले आफ्नो छोरालाई छात्रवृत्ति मिलाइदिएको बताए । बाल संगठनमा भान्छेका रूपमा काम गरेका रामेछाप लखनपुरका बेदप्रसाद गौतमका दुई सन्तान पनि यही छात्रवृत्तिमा पढछन् ।

गौतमकी श्रीमती बाल संगठनको सिफल शाखामा भान्छेका रूपमा कार्यरत छिन् भने एक छोरी अध्यक्ष सिंहको घरमा काम गर्छिन् । संगठनकै चालक रामकृष्ण मर्हजनका एक छोरीले यही छात्रवृत्तिमा

बृहस्पतिबाट एसएलसी सकिन् भने अर्की छोरी छात्रवृत्तिमा पढदै छिन् ।

बाल संगठनको छात्रवृत्ति शाखाकी प्रमुख आशा श्रेष्ठले निमुखा र असहायका छोराछोरी मात्रै पढिरहेको बताइन् । कान्तिपुरले छात्रवृत्तिमा पढ्ने विद्यार्थीको सूची माग्दा भने उनले ‘भूकम्पका कारण भवन भत्किएको र रेकर्डहरू हराएको’ बहाना गरिन् । श्रेष्ठले थपिन्, ‘तैपनि कसलाई छात्रवृत्तिमा सिफारिस गर्ने भन्ने बोर्डले निर्णय गर्छ, हामीलाई थाहा हुँदैन ।’छात्रवृत्तिमा पढ्ने विद्यार्थीको नामावली संगठनले उपलब्ध गराउन नसकिने जनाएपछि कान्तिपुरले संविधानले व्यवस्था गरेको सूचनाको हक प्रयोग गर्दै विद्यालयबाट नामावली लिएको थियो ।

१९ असार,काठमाडौं।

एमाले–माओवादी केन्द्रको सत्तागठबन्धनमा फेरि खटपट सुरु भएको छ । दुई दलबीच भएका सहमति कार्यान्वयनमा एमालेले अनिच्छा देखाएको आरोप माओवादीको छ ।

माओवादीले समर्थन फिर्ता लिँदा सरकारको पक्षमा कति हुनेछ भन्ने समाचार आजको नयाँ पत्रिका दैनिकमा उल्लेख छ ।

सरकारको पक्षमा :

२५३ एमाले १८२, राप्रपा नेपाल २५, मधेसी जनअधिकार फोरम लोकतान्त्रिक १४, राप्रपाः १२, नेकपा माले ५, नेमकिपा ४, राष्ट्रिय जनमोर्चा ३, राष्ट्रिय जनमुक्ति पार्टी लोकतान्त्रिक २, नेपाल परिवार दल २, मधेस समता पार्टी १, नेपाः राष्ट्रिय पार्टी १, बहुजन शक्ति पार्टी १ र अखण्ड नेपाल पार्टी १

सरकारको विपक्षमा :

३४१ कांग्रेस २०७, एमाओवादी ८२, संघीय समाजवादी फोरम नेपाल १५, तमलोपा ११, सद्भावना पार्टी ५, तराई मधेस सद्भावना पार्टी ३, राष्ट्रिय मधेस समाजवादी पार्टी ३, नेकपा संयुक्त ३, थरुहट तराई पार्टी २, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरुहट १, खम्बुवान राष्ट्रिय पार्टी १, नेपाली जनता दल १ , फोरम गणतान्त्रिक १, संघीय सद्भावना पार्टी १, जनजागरण पार्टी १, नेपाल सद्भावना पार्टी १, दलित जनजाति पार्टी १, मधेसी जनअधिकार फोरम (गणतान्त्रिक) १ र स्वतन्त्र १

१९ असार, काठमाडौं ।

इटलीलाई पेनाल्टी सुटआउटमा हराँउदै जर्मनी युरोकपको सेमिफाइनलमा प्रवेश गरेको छ । आईतवार विहान भएको खेलमा जर्मनीले इटालीलाई ५-६ ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । बोर्डोमा भएको खेलको निर्धारित र अतिरिक्त समयको खेल १-१ गोलको बराबरीमा टुंगिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो । जर्मनीको लागि खेलको ६५ औं मिनेटमा ओजिलले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

खेलको ७८ औं मिनेटमा इटलीले पेनाल्टी माफृत गाल गर्दै खेल बराबरीमा ल्याए । जर्मन डिफेण्डर जेरोमी बोटेङले अनावश्यक हृयाण्ड गर्दा उसले पेनाल्टी पाएको थियो, जसमा बोनुचीले गाले गरे । यो उनको करियरमै पहिलो पेनाल्टी गोल थियो । त् थपिएको ३० मिनेटको खेलमा पनि दुबै टोलीबाट गोल हुन सकेन । खेल पेनाल्टी सुटआउटमा पुग्यो । टाइब्रेकरमा जर्मनीका थोमस मुलर, ओजिल र स्वाइन्सगाइटर चुके । तर, इटलीका पनि जाजा, पेले र बोनुचीले गोल गर्न सकेनन् र २-२ भयो ।

सडन डेथ लगातार तीन पेनाल्टीमा दुबै टोलीले गोल गरे । इटलीका गिआचेरिनी, पारोला र डि सिलिओले गोल गरे भने जर्मनीका हृयामल्स, किमिच र बोटेङले गोल गरे । तर, नवौं प्रहारमा इटलीका डर्मिअन चुके । उनको प्रहार जर्मन गोलकिपर नुयुरले रोके । लगतै जोनस हेक्टरले गोल गर्दै विश्व विजेता जर्मनीलाई युरोपियन च्याम्पियनसिपको अन्तिम चारमा पुर्याए ।

जर्मनीले १९७६ मा चेकोस्लोभाकियासाग हारेदेखि जर्मनी अहिलेसम्म पेनाल्टीमा चुकेको छैन । ठूला प्रतियोगिताका फाइनल चरणमा जर्मनीले इटलीलाई हराएको यो पहिलो पटक हो । यसअघि विश्वकप र युरोकपमा भएको आठ भेटमा इटली अपराजित रहँदै आएको थियो । अब उसले आयोजक फ्रान्स र आइसल्याण्डको विजेतासाग सेमिफाइनल खेल्नेछ ।

१९ असार, काठमाडौं ।

इटलीलाई पेनाल्टी सुटआउटमा हराँउदै जर्मनी युरोकपको सेमिफाइनलमा प्रवेश गरेको छ । आईतवार विहान भएको खेलमा जर्मनीले इटालीलाई ५-६ ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । बोर्डोमा भएको खेलको निर्धारित र अतिरिक्त समयको खेल १-१ गोलको बराबरीमा टुंगिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो । जर्मनीको लागि खेलको ६५ औं मिनेटमा ओजिलले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

खेलको ७८ औं मिनेटमा इटलीले पेनाल्टी माफृत गाल गर्दै खेल बराबरीमा ल्याए । जर्मन डिफेण्डर जेरोमी बोटेङले अनावश्यक हृयाण्ड गर्दा उसले पेनाल्टी पाएको थियो, जसमा बोनुचीले गाले गरे । यो उनको करियरमै पहिलो पेनाल्टी गोल थियो । त् थपिएको ३० मिनेटको खेलमा पनि दुबै टोलीबाट गोल हुन सकेन । खेल पेनाल्टी सुटआउटमा पुग्यो । टाइब्रेकरमा जर्मनीका थोमस मुलर, ओजिल र स्वाइन्सगाइटर चुके । तर, इटलीका पनि जाजा, पेले र बोनुचीले गोल गर्न सकेनन् र २-२ भयो ।

सडन डेथ लगातार तीन पेनाल्टीमा दुबै टोलीले गोल गरे । इटलीका गिआचेरिनी, पारोला र डि सिलिओले गोल गरे भने जर्मनीका हृयामल्स, किमिच र बोटेङले गोल गरे । तर, नवौं प्रहारमा इटलीका डर्मिअन चुके । उनको प्रहार जर्मन गोलकिपर नुयुरले रोके । लगतै जोनस हेक्टरले गोल गर्दै विश्व विजेता जर्मनीलाई युरोपियन च्याम्पियनसिपको अन्तिम चारमा पुर्याए ।

जर्मनीले १९७६ मा चेकोस्लोभाकियासाग हारेदेखि जर्मनी अहिलेसम्म पेनाल्टीमा चुकेको छैन । ठूला प्रतियोगिताका फाइनल चरणमा जर्मनीले इटलीलाई हराएको यो पहिलो पटक हो । यसअघि विश्वकप र युरोकपमा भएको आठ भेटमा इटली अपराजित रहँदै आएको थियो । अब उसले आयोजक फ्रान्स र आइसल्याण्डको विजेतासाग सेमिफाइनल खेल्नेछ ।

१९ असार, कोलम्बिया ।
अमेरिकाको कोलम्बियामा कारको ठक्करबाट एक नेपालीको मृत्यु भएको छ । नेपाली बैज्ञानिकका रुपमा समेत चिनिएका किरण लामिछानेको कारको ठक्करबाट मृत्यु भएको हो ।

३६ बर्षीय लामिछानेलाई पैदल हिंडिरहेको समयमा शुक्रबार १२ बजेर ३२ मिनेटको समयमा कारले ठक्कर दिएको हो । कार्यालयबाट साथीहरुसँग दिउँसोको खाना खाएर कार पार्कीगं स्थलमा निक्लेको समयमा कारले ठक्कर दिएको हो ।

लामिछानेको नेपाल घर गोरखा जिल्ला हो । निधन भएका लामिछाने अमेरिकामा ‘रिसर्च साइन्टिस्ट’ का रुपमा काम गर्दै आएका थिए ।
नशालु पदार्थ सेवन गरेर कार चलाएका व्यक्तिको ठक्करबाट घाइते भएका लामिछानेलाई गम्भिर अवस्थामा अस्पताल भर्ना गरिएको थियो । शुक्रबार कारको ठक्करबाट उपचाररत लामिछानेको तत्काल स्थानिय अस्पतालमा भर्ना गरिएपनि अत्यधिक रक्तश्राव र गम्भिर चोटका कारण बचाउन नसकिएको चिकित्सकहरुले बताएका छन् ।

वेस्टवोण्ड तर्फ गइरहेका लामिछानेका दाजु भाउजु सहित परिवारका अन्य सदस्य पनि अमेरिकामै रहेका छन् । नेपाल घर गोरखा जिल्ला भएका लामिछानको असामयीक निधनपछि उनको परिवार शोकमा डुबेको छ ।

स्थानिय प्रहरीले घटनाको अनुसन्धान गरिरहेको बताएको छ । लामिछानेले वातावरण विज्ञानमा पीएचडीसम्मको अध्ययन युनिभर्सिटी अफ नर्थ टेक्ससबाट पूरा गरेका थिए ।

नेपालमा रहँदा लामिछानेले बिभिन्न कलेजहरुमा अध्यापन गर्नुका साथै राष्ट्रिय योजना आयोगमा रहेर समेत काम गरिसकेका थिए । लामिछानेको पत्नी र पाँच बर्षीय छोरा हाल अमेरिकामै छन् ।

स्वर्गीय लामिछाने नेपाली समाज टेक्ससका अध्यक्ष कृष्ण लामिछानेका सहोदर भाइ हुन् ।

पप्पु गुरुङ्, १८ असार , दोधारा चाँदनी, असार, कञ्चनपुर । वेवारिसे शव गन्ध आयो भन्दै प्रहरीले शवको पहिचान नगरी एक शवको दाहसंस्कार गरेको छ् । कञ्चनपुरको दोधारा चाँदनी स्थित जगबुडा नदीमा आज एक वेवारिसे शव फेला परेको एक घण्टा नबित्दै प्रहरीले शवको पहिचान नगरी आज दाह संस्कार गरेको हो । आज दोधारा चाँदनी नगरपालिका वडा नं. १०, कुतियाकवर नजिक जगबुडा नदीमा शव फेला परेको थियो । सेतो पेन्ट र रातो सर्ट लगाएको करिव २५/२६ वर्षको एक युवकको शव फेला परेको थियो । एक स्थानिय अनुसार प्रहरीले बिना पहिचान गरी शवको दाहसंस्कार गरेको बताएका छन् । “प्रहरीले आफुलाई दु:ख हुने देखिएकोले चाडै शवको पहिचान नगरी दाहसंस्कार गरेको हुन सक्छ” एक स्थानियले भने । शव गन्घ आउन थालेपछि स्थानिय तथा नगरपालिका कार्यालयको प्रतिनिधीको रोहवरमा दाह संस्कार गरिएको एक प्रहरी श्रोत बताएको छ् ।

१८ असार, एजेन्सी ।
बंगलादेशको राजधानी ढाकाको एक क्याफेमा बन्धक बनाइएका मध्ये २० जनाको हत्या भएको छ । बन्दुकधारीले गोली हानी ७ जापानी नागरिक सहित विदेशीको हत्या गरेका हुन् ।

होली आर्टिशन बेकरी क्याफेमा शुक्रबार अबेर हमला गरेका थिए र त्यसको झण्डै १२ घण्टापछि सुरक्षाकर्मीले जवाफी कारबाही गरेका थिए । ६ जना आक्रमणकारी मारिएको तथा एक जनालाई गिरफ्तार गरिएको सरकारी प्रवक्ताले जनाएका छन् । चार विदेशी नागरिकसहित १३ जनाको जीवितै उद्धार गरिएको सरकारी अधिकारीले बताएका छन् ।

आक्रमणकारीहरुले बन्दूक, विस्फोटक पदार्थ र घरेलु हतियार प्रयोग गरेको बंगलादेशी सेनाका ब्रिगेडियर जनरल नइम अस्फाक चौधरीले बताएका छन । बन्धकहरुको शव बन्धक प्रकरण सकिएपछि बल्ल फेला परेको थियो । गुलशन जिल्लास्थित होली आर्टिशन बेकरी क्याफेमा भएको आक्रमणमा बन्धक बनाइएकामध्ये अधिकांश इटलीका र केही जापानी हुन । शुक्रबार अबेर राति भएको गोली हानाहानमा कम्तीमा दुई प्रहरीको ज्यान गएको थियो भने ३० प्रहरी अधिकारी घाइते भएका थिए । शुक्रबार राति ८/९ जना बन्दुकधारीले क्याफेमा आक्रमण गरेको प्रहरीले जनाएको छ । लडाकुहरुले ‘प्रायः विदेशीहरु गइरहने’ एउटा रेष्टुराँमा आक्रमण गरेको उल्लेख छ ।

यसरी भयो आक्रमण
प्रत्यक्षदर्शीहरुलाई उद्दृत गर्दै गर्दै सिएनएनले जनाए अनुसार होली आर्टिसन बेकरीमा शुक्रबार साँझ एक्कासी ६ देखि ८ जना बन्दूकधारी प्रवेश गरेका थिए । उनीहरु हावामा बन्दूक पड्काउँदै भित्र छिरेका थिए । क्याफेका ग्राहकहरु सबै कुर्सी र टेबलमुनि सुतेका थिए । यही क्रममा कोही भाग्न भ्याए। कोही छततिर लागे कोही अर्कैतिर लागे । एकैछिनमा उनीहरुले विस्फोटक पदार्थहरु एकपछि अर्को गर्दै फ्याँक्न थाले ।

अल्लाहु अकबर भन्दै उनीहरुले पुलिसहरु माथि गोली चलाउन र विस्फोटक पदार्थ फ्याँक्न थाले । बन्धकमा पर्नेहरुमध्ये अधिकांश मुस्लिम हुन् र उनीहरु रमजान ब्रत तोड्न रेष्टुरेन्टमा भेला भएका थिए । बंगलबादेशबाट प्रकाशित हुने डेजी स्टार पत्रिकाका अनुसार बन्धुकधारीहरुले बन्धक बनाइएकाहरुलाई कुरान श्लोक भन्न लगाएका थिए । श्लोक भन्न नसक्नेहरुलाई उनीहरुले यातना दिएको पत्रिकाले लेखेको छ । डेली स्टारले लेखेको छ, बन्धुकधारीले बंगलादेशी नागरिकलाई मात्रै खानेकुरा दिएका थिए । इस्लामवादी लडाकुहरुले धर्मनिरपेक्ष ब्लगरहरु, समलिङ्गी अधिकारवादीहरु, प्राज्ञ एवम् केही धार्मिक अल्पसंख्यकहरुको हत्या गरेको आरोप माझ क्याफेमा पछिल्लो आक्रमण भएको छ ।

प्रत्यक्षदर्शीको भनाइ
एकजना प्रत्यक्षदर्शीले भनेका छन, मैले पिज्जा बनाउने भान्सामा काम गरिरहेको थिएँ र दुईजना व्यक्तिले आक्रमण गरिरहेको देखेँ । मानिसहरु लुक्न र भाग्न थाले । म घरको छतमा पुग्न सफल भएँ । उनीहरुले बम फालिरहेका थिए र झ्यालहरु हल्लिरहेका थिए ।

आइएसले लियो घटनाको जिम्मेवारी
सो आक्रमणको जिम्मेवारी आतंकवादी संगठन इस्लामिक स्टेट र अल कायदा दुवै संगठनले लिएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् । इस्लामिक स्टेटेले आक्रमणको चारघण्टापछि घटनाको जिम्मेवारी लिएको हो । बंगलदेशमा आइएसले यसअघि नै आक्रमणको चेतावनी दिएको थियो ।

प्रधानमन्त्रीको सम्बोधन
घटनापछि टेलिभिजन मार्फत सम्बोधन बंगलादेशी प्रधानमन्त्री शेख हसिनाले निकै क्रुर र जघन्य अपराध भएको बताएकी छिन् । उनले आइएसआइले आफूलाई मुश्लिम बताएपनि उनीहरुको कुनै धर्म नभएको भन्दै आफ्नो सरकार बंगलादेशबाट आतंकको जरो उखाल्नका लागि तत्पर रहेको चेतावनी दिएकी छन् ।

सुरक्षित स्थानमै आक्रमण
ढाकाको सुरक्षित गुलशन इलाकामा आक्रमण भएको हो । बंगलादेशमा यसअघि पनि यसप्रकारका हत्याका घटनाहरु हुने गरेका थिए । तर ती आक्रमण आतंकवादी नभएर धार्मिक अतिवादीहरुले गराएका थिए । ती आक्रमणहरुमा हत्यापछि हत्यारा फरार भएका घटना सार्वजनिक हुन्थे । तर यो आक्रमणमा आतंकवादीहरुले बन्धक बनाउने कार्य गरेका छन् । शुक्रबार साँझबाट उक्त इलाकालाई पूरा बन्द गरिएको थियो । यस्तो सुरक्षा व्यवस्था बंगलादेशमा कहिल्यै नदेखिएको सञ्चारमाध्यमहरुले जनाएका छन् । बंगलादेशमा शुक्रबार साँझ करिब साढे ८ बजे सुरु भएको आक्रमणपछि कमाण्डो आउन नै करिब १२ बजे सम्म लाग्नुले बंगलादेशको सुरक्षा बल आतंकवादको सामना गर्न तयार नभएको विश्लेषण हुन थालेको छ । बंगलादेशको यो सबैभन्दा सुरक्षित क्षेत्र हो । यसले इस्लामिक स्टेटले जुनसुकै बेला पनि आक्रमण हुन सक्ने सन्देश दिएको छ ।

नेपाली सुरक्षित
प्रहरीले स्थानीय समय अनुसार शुक्रबार बेलुकी ९ बजेर २० मिनेट जाँदा क्याफेमाथि बन्दुकधारीहरुले फायरिङ्ग शुरु गरेको जनाएको छ । सो क्याफे विदेशी नागरिक, कूटनीतिज्ञ र मध्यम वर्गीय परिवारमाझ लोकप्रिय छ । यसैबीच, ढाकास्थित कार्यवाहक नेपाली राजदूत सुशीलकुमार लम्सालले बांग्लादेशमा रहेका नेपालीहरु सुरक्षित रहेको बताएका छन । उनका अनुसार घटनास्थल नेपाली राजदूतावासदेखि करिब एक किलोमिटर टाढा छ ।

एसिया गम्भिर बन्नुपर्छ
ढाका घटनाले आतंकवादको छाँया विस्तारै दक्षिण एसियातर्फ फैलने संकेत देखिएको छ । बंगलादेशमा आईएसले गरेको आतंककारी हमलाबाट एशियाली मुलुकहरु यसबारे गम्भीर हुनु जरुरी छ । खासगरी भारत, पाकिस्तान, चीन, बंगलादेश, श्रीलंका लगायतका मुलुकहरुले आतंकवाद रोक्न ठोस कार्ययोजना ल्याउनु जरुरी छ ।
दीपक धिताल -एजेन्सीहरुको सहयोगमा

१८ आसर, काठमाडौं ।

एकदिवसीय लिग र टेष्टमा क्रिकेटमा दुई डिभिजन बनाउने दुवै प्रस्ताव अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को एडिनबरा बैठक पास हुन सकेन् । स्टकल्याण्डको एडिनबरामा भएको आईसीसीको साधारणसभा र बोर्ड मिटिङमा नयाँ प्रस्ताव पेश भएको थियो । बैठकमा सदस्यहरुले प्रस्तावको पूर्ण विवरण माग गरेको आईसीसीले जनाएको छ । यो प्रस्तावबारे छलफल गर्न आगामी सेप्टेम्बरमा दुबईमा बैठक बोलाइएको छ ।

पहिलो तहमा शक्तिशाली देशहरु रहेनछन् भने दोस्रो तहमा एशोसिएट्स देशले आफ्नो भाग्य जाँच्न पाउनेछन् । यो प्रस्ताव पास भएको अवस्थामा नेपालले समेत टेष्ट खेल्ने मौका पाउने सम्भावना रहेको छ । यस्तै अर्को प्रस्ताव एकदिवसीय लिगको छ । जसमा टेष्ट टेष्ट टिमसहित १३ टिम हुनेछन् । र, १३ औं टिमको दाबेदारका रुपमा नेपाललाई समेत हेरिएको थियो ।

१८ असार, काठमाडौं ।

सरकारले आउँदो साउन १ गतेबाट २२ प्रतिशतसम विद्युत महसुल बढाउने भनी गरिएको निर्णयको नेकपा माओवादीले निन्द गरेको छ । नेकपा माओवादीका प्रवक्ता खडगबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले शनिबार एक प्रेस विज्ञप्तिमा जारी गर्दै सरकारले हालै गरेको विद्युत महसुल वृद्धि निर्णयको कडा विरोध गर्दै भत्सर्ना गरेका हुन् । जारी विज्ञप्तिमा सरकारसँग उक्त निर्णय फिर्ता लिन आग्रह गर्दै निर्णय कार्यान्वयन भए देशव्यापी संघर्षमा जाने उल्लेख गरिएको छ ।‘नेपाल राष्ट्र र नेपाली उपभोक्ताको टाउकोमा गिर खेल्ने सरकारको यो निर्णय तुरुन्त फिर्ता गर्न हाम्रो पार्टी सरकारलाई कडा चेतावनी दिन्छ’ महसुल वृद्धिबारे पार्टीको धारणा सार्वजनिक गर्दै विज्ञप्तिमा भनिएको छ ‘यदि यो निर्णय फिर्ता लिइएन भने पार्टी देशव्यापी रुपमा यसकाविरुद्ध कडा संघर्षमा जाने विषय अवगत गराउँदछ ।’

सरकारले हालै घाटा र सेवाशुल्क कारण देखाई आगामी श्रावण १ गतेबाट लागु हुने गरी विद्युत महसुलमा ११.२५ देखि २२.१५ प्रतिशत सम्ममूल्य वृद्धि गर्ने निर्णय गरेको थियो । जसको चौतर्फी तीव्र रुपमा विरोध भइरहेको छ ।

विज्ञप्तिको पूर्ण पाठः

१) ओली सरकारको उर्जा मन्त्रालयले मुकेशराज काफ्ले प्रबन्ध निर्देशक रहेको नेपाल विद्युत प्राधिकरणको सिफारिसमा जगत कुमार भुसाल अध्यक्ष रहेको विद्युत महसुल निर्धारण आयोगले श्रावण १ गतेबाट लागु हुने गरी विधुत महसुलमा ११.२५ देखि २२.१५ प्रतिशत सम्ममूल्य वृद्धि गर्ने निर्णय गर्यो । विधुत घाटा र सेवाशुल्कको कारण देखाई गरिएको उक्त मूल्य वृद्धिमा तथ्य त्यो नभई निजी विद्युत कम्पनीहरुको स्वार्थ, विदेशी विद्युत कम्पनीबाट महंगो मूल्यमा विद्युत आयात गर्ने रणनीति, विद्युतको खरिदमा डलरको खेती र विद्युत प्राधिकरण, विद्युत महसुल निर्धारण आयोग तथा सम्बन्धित मन्त्रालयका सचिव एवं सरकारको भ्रष्टाचार एवं कमिशनको खेलो खेल्ने उद्देश्य अन्तरनिहित भएको कुरा सजिलै बुझ्न सकिन्छ ।

यसर्थ, हाम्रो पार्टी विद्युत महसुल वृद्धि गर्ने सरकारको यो निर्णयको घोर भत्सर्ना एवं निन्दा गर्दछ । नेपाल राष्ट्र र नेपाली उपभोक्ताको टाउकोमा गिर खेल्ने सरकारको यो निर्णय तुरुन्त फिर्ता गर्न हाम्रो पार्टी सरकारलाई कडा चेतावनी दिन्छ । यदि यो निर्णय फिर्ता लिइएन भने पार्टी देशव्यापी रुपमा यसविरुद्ध कडा संघर्षमा जाने विषयलाई समेत समयमै अवगत गराउँदछ ।

२)  विद्युत अधिकार जनताको आधारभूत आवश्यकताअन्तर्गत खानेपानी पछिको दोस्रो महत्वपूर्ण पक्ष हो । जल श्रोतमा विश्वकै दोस्रो धनी देशमा कथित संघीय लोकतान्त्रिक गणतन्त्रका शासकहरुले जलश्रोत उपयोगको राष्ट्रिय रणनीति विकास गरेर विद्युत उत्पादन गरी जनता र राष्ट्रको आवश्यकतालाई पहिलो र विद्युत व्यापारलाई दोस्रो प्राथमिकतामा राखी कार्य आरम्भ गर्नुको सट्टा देशको जलश्रोत विदेशी शक्तिलाई बुझाएर राष्ट्रघात गर्ने र उपलव्ध विद्युत नीजि कम्पनीको स्वार्थ सुनिश्चित गरी भ्रष्ट्राचार, कमिशन तथा विद्युत चुहावटको खेती गर्नमा राजनैतिक क्षेत्रका दलालहरु र प्रशासनिक क्षेत्रका नोकरशाहहरु ज्यान फालेर लागेका छन् । यिनलाई राष्ट्र र जनता भाँडमा जाओस् तर न्यूनतम चासो समेत छैन ।

यसर्थ, जलश्रोतको रक्षा एवं राष्ट्रिय उपयोग, मौजुदा विद्युतको सुपथ मूल्यमा न्यायोचित वितरण, वृद्धि गरिएको चर्को मूल्यको खारेजी, डलरको मुल्यमा भइरहेको भ्रष्टाचार र कमिशनको अन्त्यका लागि एकपल्ट नेपाली जनताले निर्णायक क्रान्ति गर्नुको विकल्प छैन । यसका निम्ति आपूmलाई तयारी अवस्थामा राख्न स्वाभिमानी एवं स्वतन्त्रताका पक्षधर न्यायप्रेमी नेपाली जनसमुदायमा हाम्रो पार्टी हार्दिक अपिल छ ।

विद्युतमा गरिएको चर्को मुल्य वृद्धि ओली सरकारले तत्काल फिर्ता नलिए पार्टीले निकट भविष्यमै आह्वान गर्ने देशव्यापी आन्दोलनको कार्यक्रममा सहभागिताको निम्ति पूर्वतयारी अवस्थामा रहन आम नेपाली जनसमुदायमा हार्दिक आह्वान गर्दछ । हाम्रो पार्टी जहिले पनि देश र जनताको पक्षमा रही रहनेछ । धन्यवाद ।।

१८ असार ०७३