१९ असार, कोलम्बिया ।
अमेरिकाको कोलम्बियामा कारको ठक्करबाट एक नेपालीको मृत्यु भएको छ । नेपाली बैज्ञानिकका रुपमा समेत चिनिएका किरण लामिछानेको कारको ठक्करबाट मृत्यु भएको हो ।

३६ बर्षीय लामिछानेलाई पैदल हिंडिरहेको समयमा शुक्रबार १२ बजेर ३२ मिनेटको समयमा कारले ठक्कर दिएको हो । कार्यालयबाट साथीहरुसँग दिउँसोको खाना खाएर कार पार्कीगं स्थलमा निक्लेको समयमा कारले ठक्कर दिएको हो ।

लामिछानेको नेपाल घर गोरखा जिल्ला हो । निधन भएका लामिछाने अमेरिकामा ‘रिसर्च साइन्टिस्ट’ का रुपमा काम गर्दै आएका थिए ।
नशालु पदार्थ सेवन गरेर कार चलाएका व्यक्तिको ठक्करबाट घाइते भएका लामिछानेलाई गम्भिर अवस्थामा अस्पताल भर्ना गरिएको थियो । शुक्रबार कारको ठक्करबाट उपचाररत लामिछानेको तत्काल स्थानिय अस्पतालमा भर्ना गरिएपनि अत्यधिक रक्तश्राव र गम्भिर चोटका कारण बचाउन नसकिएको चिकित्सकहरुले बताएका छन् ।

वेस्टवोण्ड तर्फ गइरहेका लामिछानेका दाजु भाउजु सहित परिवारका अन्य सदस्य पनि अमेरिकामै रहेका छन् । नेपाल घर गोरखा जिल्ला भएका लामिछानको असामयीक निधनपछि उनको परिवार शोकमा डुबेको छ ।

स्थानिय प्रहरीले घटनाको अनुसन्धान गरिरहेको बताएको छ । लामिछानेले वातावरण विज्ञानमा पीएचडीसम्मको अध्ययन युनिभर्सिटी अफ नर्थ टेक्ससबाट पूरा गरेका थिए ।

नेपालमा रहँदा लामिछानेले बिभिन्न कलेजहरुमा अध्यापन गर्नुका साथै राष्ट्रिय योजना आयोगमा रहेर समेत काम गरिसकेका थिए । लामिछानेको पत्नी र पाँच बर्षीय छोरा हाल अमेरिकामै छन् ।

स्वर्गीय लामिछाने नेपाली समाज टेक्ससका अध्यक्ष कृष्ण लामिछानेका सहोदर भाइ हुन् ।

16.42¡ÆC