वेवारिसे शव “गन्ध आयो” भन्दै प्रहरीले शवको पहिचान नगरी शवको दाहसंस्कार गर्‍यो

असार १८, २०७३ मा प्रकाशित | 648 views

<p>पप्पु गुरुङ्, १८ असार , दोधारा चाँदनी,&nbsp; असार, कञ्चनपुर । वेवारिसे शव गन्ध आयो भन्दै प्रहरीले शवको पहिचान नगरी एक शवको दाहसंस्कार गरेको छ् । कञ्चनपुरको दोधारा चाँदनी स्थित जगबुडा नदीमा आज एक वेवारिसे शव फेला परेको एक घण्टा नबित्दै प्रहरीले शवको पहिचान नगरी आज दाह संस्कार गरेको हो । आज दोधारा चाँदनी नगरपालिका वडा नं. १०, कुतियाकवर नजिक जगबुडा नदीमा शव फेला परेको थियो । सेतो पेन्ट र रातो सर्ट लगाएको करिव २५/२६ वर्षको एक युवकको शव फेला परेको थियो । एक स्थानिय अनुसार प्रहरीले बिना पहिचान गरी शवको दाहसंस्कार गरेको बताएका छन् । “प्रहरीले आफुलाई दु:ख हुने देखिएकोले चाडै शवको पहिचान नगरी दाहसंस्कार गरेको हुन सक्छ” एक स्थानियले भने । शव गन्घ आउन थालेपछि&nbsp; स्थानिय तथा नगरपालिका कार्यालयको प्रतिनिधीको रोहवरमा दाह संस्कार गरिएको एक प्रहरी श्रोत बताएको छ् । &nbsp;<br><br><br></p>

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web