<p style="margin-bottom: 1em; text-align: justify; color: rgb(102, 102, 102); font-family: Roboto, 'Helvetica Neue', Helvetica, Arial, sans-serif; letter-spacing: 0.10000000149011612px; line-height: 23px;">एजेन्सी,आसार १९ । पोर्चुगाली फुटबलका नयाँ स्टार रेनाटो सान्चेजलाई चर्चासँगै विवादमा फसेका छन् । पोर्चुगलाई युरोकपको सेमिफाइनलमा प्रवेश गराउन महत्वपूर्ण भूमिका निभाउदै चर्चाका आएका यी किशोर खेलाडी अहिले नै विवाद र आलोचनाको सिकार हुन थालेका छन् । पोल्यान्डविरुद्ध क्वाटरफाइनलमा प्राप्त जितमा उनले बराबरी गोल मात्र गरेनन्, टाइब्रेकरमा पनि बललाई आत्मविश्वासपूर्वक पोस्टको दिशा दिएका थिए । । </p><p style="margin-bottom: 1em; text-align: justify; color: rgb(102, 102, 102); font-family: Roboto, 'Helvetica Neue', Helvetica, Arial, sans-serif; letter-spacing: 0.10000000149011612px; line-height: 23px;">अहिले उनको उमेरलाई लिएर विवाद चलिरहेको छ । अहिले पोर्चुगलमै धेरैले प्रश्न गर्न थालेका छन्, के साँच्चै सान्चेज १८ वर्षका मात्र हुन् त रु उनको पूर्वक्लब बेन्फिकाले उनलाई भर्खरै मात्र बायर्न म्युनिकलाई ३ करोड ८० लाख डलरमा बेचेको थियो । तर क्लबले सान्चेजको प्रतिभाबाट फाइदा लिए पनि आफूले वचन गरेअनुसार बोनस रकम भने खेलाडीलाई उपलब्ध गराउन सकेको छैन । उनको जन्म सन् १९९७ को अगस्ट १८ मा लिस्बनको भित्री एमाडोरामा भएको थियो ।</p><p style="margin-bottom: 1em; text-align: justify; color: rgb(102, 102, 102); font-family: Roboto, 'Helvetica Neue', Helvetica, Arial, sans-serif; letter-spacing: 0.10000000149011612px; line-height: 23px;">पोर्चुगलका अधिकांश फुटबल पण्डितलाई उनको यही जन्म मितिमा शंका छ । त्यो भन्दा पनि ठूलो पोर्चुगाली फुटबलमा बेन्फिकाको खास शत्रु क्लब स्पोर्टिङ लिस्वनका निर्देशकहरूले समेत उनको उमेरमा शंका व्यक्त गरेका छन् । </p>
21.12¡ÆC