काठमाडौं,असार १७ नेपाल क्रिकेट संघ (क्यान) की प्रमुख कार्यकारी अधिकृत (सिइओ) पद छाड्ने घोषणा गरेकी छिन्। शुक्रबार साँझ ट्विट गर्दै उनले क्रिकेट संघको सम्पुर्ण जिम्मेवारी बाट बाहिर बस्ने निर्णय गरेको बताएकी छिन्। उनले लेखेकी छिन्, 'हालको स्थितिमा क्रिकेट संघमा रहँदा भन्दा क्रिकेट संघ बाहिर बसेर नै नेपाली क्रिकेटलाई बढी योगदान गर्न सक्छु भन्ने मेरो ठहर हो।'

'करोडौँ नेपालीहरुको सपनासँग जोडिएको क्रिकेट यसरी लामो समय बन्दी बनाउनु दुर्भाग्यपूर्ण छ। सबै स्टेकहोल्डरहरु एकजुट भई निकास निकाल्न अपिल गर्दछु', उनले थपेकी छिन्।
आइसिसीले नेपाललाई निलम्बन गर्ने निर्णय अनुमोदन गरेको भोलिपल्ट सिइओ घिमिरेले यस्तो घोषणा गरेकी हुन्।

किन उनले यस्तो निर्णय गरिन् त ? पाँच कारण दिइन्-

१) नेपाली क्रिकेटको अहिलेको अन्योलपूर्ण स्थितिमा संघभित्र रहनु भन्दा बाहिर बसेर नै क्रिकेटलाई सहयोग गर्नु उचित लाग्यो। दुई वटा संघ अहिले अस्तित्वमा छन्। अदालतले पनि अहिलेसम्म निर्णय गरेको छैन। क्रिकेटको वर्तमान अवस्थाले गर्दा नै क्यान छाडेकी हुँ।

२) ६ महिनादेखि क्यानमा केही काम नै भएको छैन।

३) क्यानले राम्रोसँग पारिश्रमिक दिन सकेको छैन। यस्तो अवस्थामा संघभित्र बस्नुको कुनै औचित्य छैन।

आफूले क्रिकेट संघ छाडेपनि समग्र क्रिकेट नछाडेको बताउँदै घिमिरेले आगामी ७ वर्षभित्र नेपालले टेष्ट राष्ट्रको मान्यता प्राप्त गरेको हेर्न चाहेको बताइन्। घिमिरेले आफूले क्यान छाड्ने बारे तदर्थ समितिका अध्यक्ष रमेश सिलवाललाई जानकारी गराएको तर उनले स्वीकृत नगरेको पनि बताइन्।

तपाईलाई पछिल्लो समय क्रिकेट संघमा एकलौटी शासन गरेको आरोप लागेको थियो नि भन्ने जिज्ञासामा उनले भनिन्, 'यदि म बसेर क्रिकेटलाई कुनै समस्या थियो भने अब त्यो पनि प्रष्ट भएको छ।'
'आई डन्ट निड पोजिसन, आई बिलिभ इन परफरमेन्स', घिमिरेले भनिन्।
-पहिलोपोस्ट

24.12¡ÆC