एजेन्सी,असार १७ । पोल्याण्डलाई पेनाल्टीसुटआउटमा ५–३ ले पराजित गर्दै पोर्चुगल युरोकप फुटवलको सेमिफाइनलमा प्रवेश गरेको छ। फ्रान्समा जारी युरो २०१६ अन्तर्गत पहिलो क्वाटरफाइनल खेल निर्धारित ९० मिनेटमा अतिरिक्त ३० मिनेटको खेल एक एक गोलको बराबरीमा सकिएपछि खेलको पेनाल्टीसुटआउटमा पुगेको हो। पोर्चुगलका गोलरक्षकले रुई प्याट्रिसियाले पोल्याण्डका ज्याकुब ब्लासचोकोब्स्कीको पेनाल्टी रोके भने रिकार्डो करिज्माले विजयी पेनाल्टी गोल गरे ।

स्टेड भेलोड्रोनमा भएको खेलको दोस्रो मिनेटमै स्ट्राइकर रोबर्ट लेवान्डास्कीले गोल गर्दै पोल्याण्डलाई अग्रता दिलाएका हुन्। यसअघिका चार खेलमा गोल गर्न नसकेको लेवान्डास्कीको पोल्याण्डका लागि यो ३५ औं गोल हो। लेवान्डास्कीको गोल जारी युरोकै सबैभन्दा छिटो गोल हो। उनले १ मिनेट ४० सकेकेण्डमा गोल गरेका हुन् । यसअघि प्रिकवाटरफाइनलमा आयरल्याण्डका रोबी ब्राडीले फ्रानस विरुद्ध दोस्रो मिनेटमा गोल गरेका थिए।

३६ औं मिनेटमा पोर्चुगलका रेनाटो सान्चेजले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याएका थिए। नानीको ब्याक पासमा गोल गरेका हुन्। उक्त गोलसँगै सान्चेज युरोकप को नकआउट राउण्डमा गोल गर्ने सबैभन्दा कान्छो खेलाडी बनेका छन्। पोर्चुगलले अब सेमिफाइनलमा वेल्स र बेल्जियमको विजेतासँग खेल्नेछ।

पोर्चुगलविरुद्ध पोल्यान्डको युरो इतिहासकै दोस्रो छिटो गोल

एजेन्सी,असार १७ । पोर्चुगलविरुद्ध पोल्यान्डले युरो इतिहासकै दोस्रो छिटो गोल गरेको छ । युरो २०१६ को शुक्रबारदेखि सुरु भएको क्वार्टरफाइनल खेलको पहिलो खेलमा लेवान्डोस्कीले १ मिनेट ४० सेकेन्डमा यो गोल गरेर पोल्यान्डलाई अग्रता दिलाएका हुन्। प्रतियोगितामा यो उनको पहिलो गोल हो भने पोल्यान्डका लागि उनको यो ३५ औँ गोल हो।

यसअघि युरो इतिहासको दोस्रो छिटो गोल यही प्रतियोगितामा भएको थियो। आयरल्यान्डविरुद्धको खेलमा फ्रान्सका रबी ब्राडीले दोस्रो मिनेटमा पेनाल्टीबाट गोल गरेका थिए। युरो इतिहासकै सबैभन्दा छिटो गोल भने ६७ सेकेन्डमा ग्रिसविरुद्ध रसियाका डिमिट्री किर्चेन्कोले सन् २००४ मा गरेका थिए।

24.12¡ÆC