लोप भइसकेको भनिएको चरा भेटियो

११ जेठ, चितवन ।
नेपालबाट लोप भइसकेका मानिएका विभिन्न नौ प्रजातिका चरामध्ये सिम्रिक काने लिओसिच्ला प्रजातिको चरा फेला परेको छ ।

चितवनको उपर दाङगढी जंगलमा यही जेठ आठ र नौ गते गरिएको चरा अवलोकनका क्रममा सिम्रिक काने लिओसिच्ला प्रजातिका आठवटा चरा देखिएको चरा विशेषज्ञ डा। हेमसागर बरालले जानकारी दिनुभयो ।

नेपालमा फेला पारिएको सिम्रिक काने लिओसिच्ला प्रजातिको चरा भ्याकुर परिवारमा पर्ने र हाल यो चरा भारत, चीन, भूटान र बंगलादेशमा समेत पाइने उहाँले बताउनुभयो ।

हाल नेपालमा विभिन्न ८७८ प्रजातिका चरा पाइन्छन् ।

शिक्षक सरुवा गरिदिने भन्दै ४० हजार घुष

११ जेठ, सप्तरी ।
सप्तरीका एकजना शिक्षकलाई सरुवा गराइदिने बहानामा जिल्ला शिक्षा कार्यालयको प्राविधिक सहायक वीरेन्द्र कुसियैत यादवलाई रु ४० हजार नगद घुससहित अख्तियार दुरुपयोग अनुसन्धान क्षेत्रीय कार्यालय इटहरीको टोलीले पक्राउ गरेको छ ।

गोप्य सूचनाका आधारमा खटिएको टोलीले राजविराज–८ स्थित एक घरमा यादवलाई रु ४० हजार घुससहित रङ्गेहात पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान क्षेत्रीय कार्यालय इटहरीले जनाएको छ ।

१०० औ कोपा अमेरिका: ड्र सार्वजनिक,कुन समूहमा कुन देश ?

एजेन्सी,जेठ ११ । विश्वको चर्चित फुटबलको पुरानो अन्तर्राष्ट्रिय प्रतियोगिता कोपा अमेरिका फुटबलको ड्र सार्वजनिक भएको छ । कोपा अमेरिका एक सय वर्ष पूरा भएको अवसरमा हुन लागेको प्रतियोगिताकाको सार्वजनिक ड्र  अनुसार १६ देशलाई चार समूहमा विभाजन गरिएको छ ।

खेल आउँदो महिना अमेरिकामा सुरु हुँदैछ । यो प्रतियोगितामा  पाँच पटकका बालोन डी’ओर विजेता अर्जेन्टिनाका लियोनल मेस्सी, चिलीका एलेक्स सान्चेज र ब्राजिलका डानी अल्वेस,अमेरिकाका माइकल ब्राडली, मेक्सिकोका जाभिएर हर्नान्डेज तथा कोलम्बियाका जेम्स रोड्रिग्वेज यसपटक चर्चामा रहेका छन् । अर्जेन्टिनाले समूह चरणको पहिलो खेलमा जुन ६ मा गएको वर्षको विजेता चिलीसँग क्यालिफोर्नियामा खेल्ने छ । जुन ३ मा सुरु हुने प्रतियोगिता दक्षिण अमेरिका बाहिर हुन लागेको यो पहिलो पटक हो । प्रतियोगिताको फाइनल खेल जुन २६ मा हुनेछ ।

समूह ए : अमेरिका, कोलम्बिया, कोस्टारिका र पाराग्वे

समूह बी : ब्राजिल, इक्वेडर, हाइटी र पेरु

समूह सी : मेक्सिको, उरुग्वे, जमैका र भेनेजुएला

समूह डी : अर्जेन्टिना, चिली, पानामा र बोलिभिया तालिका

भारतको देहरादुनमा भिषण हावाहुरी– १० नेपालीको पहिरोमा परि मृत्यु

११ जेठ, देहरादुन ।
भारतको देहरादुनमा भिषण हावाहुरीबा बच्न ओढारमा ओत लागेका १० नेपालीको पहिरोमा परि मृत्यु भएको छ ।

हावाहुरीबाट बच्न १६ जना पहिरोमा फसेका अधिकारीहरुले बताएका छन् ।

हिन्दुस्तान टाइम्सका अनुसार पुरिएर १० जनाको मृत्यु भएको र छ जना घाईते भएका छन् ।

लामो समयपछि बादल र मात्रिका सिंहदरबार छिरे

काठमाडौं,जेठ ११ । प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा माओवादस् केन्द्रका   नेता रामबहादुर थापा ‘बादल’ र मात्रिका यादव सहभागी भएका छन् । संसदीय व्यवस्थाकै विरोधमा लामो समयदेखि शीर्ष बैठकबाहिर रहेका  मात्रिका र बादलहरु मंगलबार सिंहदरबार छिरेका हुन् । विभिन्न माओवादी घटकहरुबीचको एकतामा भएर बनेको नेकपा माओवादी केन्द्रको हैसियतमा उनिहरु सिंहदरबारभित्र छिरेका हुन् ।

यस अघिको  शीर्ष बैठकहरुमा तत्कालिन एकीकृत माओवादीको तर्फबाट प्रचण्ड, नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरालगायतका नेताहरु सहभागि हुन्थे ।  त्यस्तै कांग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेल र महेश आचार्य छन् भने एमालेको तर्फबाट प्रधानमन्त्रीसँगै वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाललगायतका नेताहरु छन् । बैठकमा सत्तारुढ साना दलका नेताहरु पनि रहेका छन् । सर्बदलीय बैठकमा आन्दोलनरत मधेसी–जनजाति दलहरुलाई पनि बोलाइएको थियो । आन्दोलनरत दलहरुले बहिष्कार गरेका छन् ।

बुटवलमा जिपको ठक्करबाट एकजनाको मृत्यु

११ जेठ, बुटवल ।
बुटवल उपमहानगरपालिका वडा नम्वर ४ मा गएराति भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।

बा७ च ६०२ नम्मरको जिपको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको हो । पाल्पा कोलडाडा ४ का २२ बर्षिय प्रविन रजौरीको मृत्यु भएको हो ।

रुपन्देहीमा एक पुरुषद्धारा श्रीमती र भाईको हत्या

११ जेठ, बुटवल ।
रूपन्देहीको दयानगरमा गएराति दुई जनाको हत्या भएको छ । दयानगर ५ छपियाका ५८ वर्षिय बलराम पोखरेलले आफ्नै श्रीमती र भाईको हत्या गरेको प्रहरीले जनाएको छ।

ईलाका प्रहरी कार्यालय छपियाका अनुसार बलरामले आफ्नै श्रीमती ४५ वर्षिय कृष्णा पोखरेल र भाई ४८ वर्षिय चन्द्रकान्त पोखरेलको हत्या गरेका हुन्।

बलरामले सोमबार राति सवा नौं बजे आफ्नै घरमा ईट्टा प्रहार गरी गम्भीर घाईते बनाएकोमा उपचारको क्रममा भैरहवा मेडिकल कलेजमा दुवैजनाको राति नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो ।

प्रहरीले तीनैजना मादक पदार्थ सेवन गरेको अवस्थामा फेला परेको जनाएको छ। मृतक चन्द्रकान्त बुटवल १४ तामनगरमा बस्दै आएको र घर निर्माणको क्रममा दयानगर गएको बताईएको छ। उनको श्रीमती बैदेशिक रोजगारको क्रममा मलेसियामा रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले हत्यामा संलग्न बलरामलाई नियन्त्रणमा लिई थप अनुसन्धान शुरु गरेको जनाएको छ ।

अस्पताल उद्घाटनमा गृहमन्त्रीको भाषण-‘संविधान कार्यान्वयन हुन नदिन देशी विदेशी चलखेल’

११ जेठ, जाजरकोट ।

गृह मन्त्री शक्तिबहादुर बस्नेतले देश भित्र र वाहिरबाट संविधान कार्यान्वन हुन नदिन ठुलो चलखेल भैरहेको कुरा बताउनु भयो । जिल्ला अस्पताल जाजरकोटको ५० शैया अस्पतालको सुभारम्भ गर्दै मन्त्री बस्नेतले यस्तो कुरा बताउनु भएको हो ।

संविधान कार्यान्वयनलाई सहज ढंगले अगाडि बढाउनका निम्ती राष्ट्रिय सरकारको आवश्यता रहेको बताउनु भएको छ । संविधान निर्माण प्रक्रियामा सहभागी भएका पार्टीहरु एकै ठाउँमा बसेर सरकार बनाउदा उपयुक्त हुने बताउनु भयो । शिक्षा, स्वास्थय, सुरक्षा र रोजगारी जनताको मौलिख आवश्यकता भएको भन्दै राज्यले यस्को सहि सदुपयोग गर्नु पर्ने बताउनु भयो ।

सरकार पविर्तन भन्दा राष्ट्रिय सरकार गठन गरेर जाँदा संविधान कार्यान्वयनमा सहज हुने बताउनु भयो । संविधान कार्यान्वयनका लागि राष्ट्रिय सरकारको आवश्यकता भएको मन्त्री बस्नेतको भनाई छ । राष्ट्रिय सहमती विना देशको विकास नहुने भन्दै सवै मिलेर देश विकासमा जुट्नु पर्ने बताउनु बताउनु भयो ।

अहिलेको सरकारमा कांग्रेस सहभागी हुदा देशले चाडो निकास पाउने मन्त्री बस्नेतले बताउनु भयो । संविधानबारे विभिन्न दलका आआफ्नै असंन्तुष्टी छन् । तर पनि यो संविधान सहमतीको दस्तावेज भएकोले कार्यान्वयनमा सबै पक्षको सहयोग आवश्यक रहेको  बताउनु भयो ।

त्यसै गरी सरकारले लागु गरेको स्वास्थ्य विमा कार्यक्रमलाई ७५ वटै जिल्लामा लागु गर्नु सरकार लागि परेको बताउनु भयो । दुर्गम गाउँका जनताको स्वास्थ्य उचारमा राज्यले विशेष निती तथा कार्यक्रम संचालन गर्नु पर्ने बताउनु भयो ।

बर्दियामा गत बर्षको तुलनामा राजश्व संकलन कमी

११ जेठ, बर्दिया ।
बर्दियामा हालसम्म दुई हजार पाँच सय बढि उद्योगहरु दर्ता भएका छन । जिल्लामा साना ठूला गरि हालसम्म २ हजार ५ सय ५२ वटा उद्योगहरु दर्ता भएका हुन् । घरेलु तथा साना उद्योग कार्यालय बर्दियाका अनुसार दर्ता भएका उद्योगहरुमा ३० प्रतिशत होटेल–रेष्टुराँ, २० प्रतिशत राइसमिल र १५ प्रतिशत कृषि फर्महरु रहेका छन् ।

त्यसैगरि दर्ता भएका उद्योगहरुमा १० प्रतिशत फर्निचर उद्योग तथा समिल र बाँकी अन्य उद्योगहरु रहेको घरेलु तथा साना उद्योग कार्यालय बर्दियाका सूचना अधिकारी रामराज गौतमले बताउनृ भयो । गत बर्षको तुलनामा यस बर्ष उद्योग दर्ताको क्रम घटेको छ । गत बर्ष ३ सय ५० को हाराहारीमा उद्योगहरु दर्ता भएका थिए भने यस बर्ष २ सय ८६ वटा दर्ता भएका छन् । आर्थिक बर्षको अन्तिमसम्म केहि दर्ताको प्रक्रिया बढ्न सक्ने अनुमान गरिएको छ ।

जेठ र असार महिनामा उद्योग दर्ताको लागि अनुपयुक्त समय मानिन्छ । सूचना अधिकारी गौतमले भने –‘पूरै आर्थिक बर्षको आन्तरिक राजश्व तिर्नु पर्ने हुँदा यो समयमा प्राय नयाँ उद्योग दर्ता नगरी एकैचोटी साउनमा दर्ता गराउने चलन रहेको छ ।

गत बर्षको भन्दा यस बर्ष घरेलु तथा साना उद्योग कार्यालय बर्दियाको राजश्व संकलनमा समेत कमी आएको छ । गत बर्ष झण्डै ९० लाख राजश्व उठाएको कार्यालयले यस बर्ष अहिलेसम्म ५० लाख मात्र उठाउन सफल भएको छ । असार मशान्तसम्म भने राजश्व संकलनमा केही बृद्धि भएपनि गत बर्षको भन्द कम नै हुने कार्यालयले जनाएको छ ।

चितवनका वनमा साढे तीन लाख विरुवा रोप्ने तयारी

११ जेठ, चितवन ।
जिल्ला वन कार्यालय चितवनले असारको पहिलो सातादेखि जिल्लाका सामुदायिक वनहरुमा साढे तीन लाख बिरुवा रोप्ने तयारी गरेको छ ।

दुई सय २० केभीए विद्युत प्रसारण लाईनबाट काटिएको रुखको क्षतिपूर्ति स्वरुप पाएको रकम र राष्ट्रिय वन विकास कार्यक्रम अन्तर्गतको २ करोड  ९४ लाख रुपैयाँको बजेटले २ सय हेक्टरमा बिरुवा रोप्ने तयारी गरिएको हो । २ सय २० केभीए विद्युत प्रसारण लाईन आयोजना हेटौडाले विद्युत लाईन तान्दा चितवनको लोथरदेखि भरतपुरको आँपटारीसम्मको ९४ हेक्टरमा २६ हजार दुई सय ५४ रुख काटेको थियो ।

यसको क्षतिपूर्तिस्वरुप बिरुवा रोप्नको लागि विद्युत प्रसारण लाईन आयोजना हेटौडाले दिएको दुई करोड ८५ लाख रुपैयाँ र राष्ट्रिय वन विकास कार्यक्रम अन्तर्गतको नौ लाख रुपैयाँमा बिरुवा रोप्ने तयारी गरेको जिल्ला वन कार्यालय चितवनले जानकारी दिएको छ । वन  ऐन अनुसार, बाटो विस्तार तथा विद्युतको लाईन तान्दा मासिएको एक रुख बराबर २५ वटा रुख रोप्नुपर्ने नियम छ ।

वन कार्यालयले बिरुवा रोप्नको लागि अहिलेसम्म १६ वटा सामुदायिक वनसंग सम्झौता गरिसकेको जिल्ला वन कार्यालय भरतपुरका सहायक वन संरक्षण अधिकृत श्यामप्रसाद रिमालले बताए । उनका अनुसार, ब्रह्मस्थानी मध्यवर्ती सामुदायिक वन पिप्लेले १० हेक्टरमा १७ हजार ६ सय, बेलसहर मध्यवर्ती सामुदायिक वन पटिहानीले १५ हेक्टरमा २६ हजार,  लटौली सामुदायिक वन शक्तिखोरले ७ हेक्टरमा १२ हजार ३ सय २०, दियालो मध्यवर्ती वन चित्रवन नगरपालिकाले १५ हेक्टरमा २६ हजार बिरुवा रोप्ने सम्झौता भएको छ ।

त्यस्तै, पञ्चकन्या सामुदायिक वन रत्ननगरले ९ हेक्टरमा १५ हजार, सतनचुली सामुदायिक वनले १० हेक्टरमा १७ हजार, उदयपुर सामुदायिक वनले ३४ हेक्टरमा ६९ हजार ४ सय, रानीखोला सामुदायिक वनले १२ हेक्टरमा ४२ हजार २ सय, थानखोला सामुदायिक वनले १२ हेक्टरमा २१ हजार, चतुर्मुखी सामुदायिक वन जुटपानीले ८ हेक्टरमा १४ हजार र भीमवली पदमपुर सामुदायिक वनमा २४ हेक्टर क्षेत्रफलमा ४२ हजार बिरुवा रोप्दैछन् ।
बाँकी रहेको क्षेत्रफलमा बिरुवा रोप्नको लागि सामुदायिक वनहरु सम्झौता गर्न आइरहेको उनले बताए ।

भएन बिरुवाको संरक्षण
जिल्ला वन कार्यालयले हरेक वर्ष बिरुवा रोप्दै आएको छ, तर रोपिएका बिरुवाको संरक्षण हुन भने सकेको छैन । दक्षिणकाली मध्यवर्ती सामुदायिक वनका अध्यक्ष सूर्यमणि न्यौपाने प्रत्येक वर्ष बिरुवा रोपिएपनि बिरुवाको संरक्षण गर्न चुनौती थपिएको बताउँछन् ।

अहिले वन कार्यालयले तारबारसहित बिरुवा लगाउने,  बिरुवा संरक्षणको लागि हेरालु राख्ने र मरेका बिरुवाको साटो पुनः वृक्षरोपण गर्नको लागि १ हेक्टर क्षेत्रफलमा ठाउँ हेरेर एक लाख २० हजारदेखि एक लाख ४० हजार रुपैयाँसम्म दिने भएको छ । यसले गर्दा यसवर्ष रोपिएका बिरुवाको संरक्षण हुने जिल्ला वन कार्यालय प्रमुख गणेश राय बताउँछन् ।

यसवर्ष बिरुवा रोप्नको लागि जिल्ला वन कार्यालयले ५ लाख बिरुवा उत्पादन गरेको छ । एउटा  बिरुवा हुर्काउनको लागि ८ रुपैयाँ लागत लाग्ने वन कार्यालयले जानकारी दिएको छ । जसमा कार्यालयले जिल्ला वन कार्यालयको नर्सरीबाट साढे तिन लाख, खैरहनी वन नर्सरीबाट ५० हजार, शक्तिखोर सामुदायीक वनको नर्सरीबाट ७ हजार, कविलास सामुदायीक वन बाट ३५ हजार, भोजावड वन नर्सरीबाट ७५ हजार विरुवा उत्पादन गरिएको छ ।

एउटा रुखको विरुवा हुर्काउनको लागि ८ रुपैयाँ सम्म लागत लाग्ने वन कार्यालयले जानाकारी दिएको छ । कार्यालयका अनुसार, अहिले म्याङ्गोस्टीक, चाप, बकाईनो, मसला, जामुन, लप्सी, टाँकी, श्रीस, सिसौ, खयर, राजबृक्ष, रिठा, चेरीलगायतका रुखका बिरुवा उत्पादन भएका छन् ।

कार्यालयले आर्थिक वष २०७०/०७१ सालमा बहुँ सरोकारवाला कार्यक्रममा १ सय ५५ हेक्टरमा विरुवा रोपिएको थियो । चितवन जिल्लामा ४५  हजार हेक्टर क्षेत्रफलमा बन रहेको छ । ८४ वटा समुदायीक वन रहेका छन् ।

अमेरिकामा नेपाल डे परेड भब्य रुपमा सम्पन्न

न्यूयोर्क ।
अमेरिकाको न्यूयोर्क स्थित म्यान्हटन सहरमा नेपाल डे परेड भव्य रुपमा मनाइएको छ ।

३४ विभिन्न नेपाली सङ्घ संस्थाले आयोजना गरेको कार्यक्रममा जापानमा रहेका हजारौं नेपालीहरुको उत्साहजनक सहभागीता रहेको थियो ।

नेपाल डे परेड न्यूयोर्कको म्यान्हटन सहरको २९ स्ट्रीटदेखि १८ स्ट्रीट ब्रडवेमा भएको थियो ।

रिजवुड नेपाली समाजको भजन, बाल्टिमोर समाजको पन्चे बाजा, मगर जातिको कौरा, गुरुङ जातिको सोरठी, तामाङ जातिको झाँक्री तथा डम्फू, नेवार समुदायको लाखे र धिमे, राई जातिको साकेला, लिम्बु जातिको च्याब्रुंग, घ्याल्सुम्दो समुदायको झाँकी र एन्टाबाट घाघरा(चोली प्रस्तुत गरेको थियो ।

कबिता ‘एउटा खस्रो चित्र’ – जिबन खत्री

कलालाई कलाको रुपमा नबुझ्ने
एउटा साथी छ मेरो
उसलै पठाइदिएछ मेरो ठेगानामा
एउटा विचित्रको खस्रो चित्र
ठीक यतिबेला, म यही चित्रलाई नियाली
रहेछु।
हुनसक्छ,
यो चित्र त्यो भिन्चीले बनाएको हो,
जसले मोनालिसाको नरम तस्बिर छाम्दा
छाम्दा
वाक्क भएर यो खस्रो चित्र बनाउन रहर
गर्यो।
वा हुनसक्छ,
दुःखको अन्तिम इनारमा डुबेर कुनै कविले
लेखेको
सवसे दु:खद कविताको दु:खि पात्रको
तस्बिर हो यो।
जे पनि हुन सक्छ।
एउटा मानव आकृति जस्तो यो चित्र
खुब नियालिरहेछु,
पातहरूले छाडी गएका नाङ्गो रूखजस्तो छ
टाउको
जहाँ दु:खको सिङ्गै पहाड, टोपी बनेर
उभिएको छ।
दर्जनौँ सन्धी सम्झौताहरूले सिमाना
खुम्चिएको
कुनै विपन्न देशजस्तो छ निधार
जहाँ अभावका किरङ मिरङ धर्साहरू
टाँस्सिएका छन्।
पाखोबारीझैँ पाटै पाटा परेका छन् दुई
गाला
जहाँ पीरका योद्धाहरूले परेड खेलिरहेछन्।
लाग्छ, उसका कानहरूलाई
भोकको सारङ्गी बाहेक अरु धुन थाहै छैन्
उसको नाकले अभाव बाहेक अरु सुगन्ध जान्दैन्
आँखाले केवल भयका साँघुरा खोल्सा
खाल्सी देख्छन्
मुखले पनि निरिहताको भजन सिवाय केही
बोल्दैन्।
गहिरिएर हेर्छु, झन् डर लाग्छ!
कुन बैगुनी कलाकारले, कुन कुरुप भाँडोमा
भेट्यो
यति विघ्न अभावका रङहरू?
यति विघ्न अध्याँरो मसी
यति विघ्न व्यथा, उल्झन सुहाउँने क्यानभास
यति विघ्न कहाली चोपिन सक्ने कुची
आँखा भरि भरि हेर्छु
चित्रको पछिल्तिरको पुरानो घर
सायद यही मानव आकृतिको होला।
तर, घरको लालपुर्जा घरमै होला कि? कुनै
महलमा?
चित्रको दाहिनेतिरको सानो केटो
उसैको छोरो होला।
तर उ स्कुल नगएर, किन क्यानभासमा?
हुन सक्छ परिक्षा शुल्क विलम्बका कारण
स्कुलले आजै फिर्ता गरिदिएको होस्।
उसकी श्रीमती? छैन त चित्रमा
कतै एक्लै छोडेर उसलाई, मुग्लान त झरिन?
कि कुनै महलको भित्री कोठामा कैद भई?
जे पनि हुन सक्छ।
अहो, खासमा कुन मुर्खले कोर्यो यो
असुहाँउँदो चित्र
भेट्न पाए सोध्न हुन्थ्यो
के, दुःखका अनगिन्ती सागर, एउटै
खोलामा अटाउँन सक्छ?
के अभावमा अनेकौँ घान, एउटै जाँतोले
पिधीँ भ्याउँछ?
कि एउटा भोकले मात्र निल्नुपर्छ अभावका
गाँसहरू?
कि एकजोडी हातहरूले मात्र सम्याउन
सक्छन्,
तारे भीरैभीरको जिन्दगी?
कि एकजोडी पैताललाले मात्रै हिडीँ
भ्याउँछन्,
तरबारको धार ओच्छ्याईएका बाटाहरू?
यिनै प्रश्नहरूका बीचमा अल्झिरहेका बेला
छोराको एउटै कुराले झस्याङ बनायो।
भन्यो, "बाबा, ऐना हेरेर किन एक्लै बर्बराउनु
भको? "

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web