एजेन्सी,जेठ ११ । विश्वको चर्चित फुटबलको पुरानो अन्तर्राष्ट्रिय प्रतियोगिता कोपा अमेरिका फुटबलको ड्र सार्वजनिक भएको छ । कोपा अमेरिका एक सय वर्ष पूरा भएको अवसरमा हुन लागेको प्रतियोगिताकाको सार्वजनिक ड्र अनुसार १६ देशलाई चार समूहमा विभाजन गरिएको छ ।

खेल आउँदो महिना अमेरिकामा सुरु हुँदैछ । यो प्रतियोगितामा पाँच पटकका बालोन डी’ओर विजेता अर्जेन्टिनाका लियोनल मेस्सी, चिलीका एलेक्स सान्चेज र ब्राजिलका डानी अल्वेस,अमेरिकाका माइकल ब्राडली, मेक्सिकोका जाभिएर हर्नान्डेज तथा कोलम्बियाका जेम्स रोड्रिग्वेज यसपटक चर्चामा रहेका छन् । अर्जेन्टिनाले समूह चरणको पहिलो खेलमा जुन ६ मा गएको वर्षको विजेता चिलीसँग क्यालिफोर्नियामा खेल्ने छ । जुन ३ मा सुरु हुने प्रतियोगिता दक्षिण अमेरिका बाहिर हुन लागेको यो पहिलो पटक हो । प्रतियोगिताको फाइनल खेल जुन २६ मा हुनेछ ।

समूह ए : अमेरिका, कोलम्बिया, कोस्टारिका र पाराग्वे

समूह बी : ब्राजिल, इक्वेडर, हाइटी र पेरु

समूह सी : मेक्सिको, उरुग्वे, जमैका र भेनेजुएला

समूह डी : अर्जेन्टिना, चिली, पानामा र बोलिभिया तालिका

18.12¡ÆC