प्रचण्डका ज्वाईं किर्ते काण्डमा तानिए

काठमाडौं,जेठ ११ ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका ज्वाईं अर्जुन पाठक किर्ते काण्डमा तानिएका छन् । ठगी तथा लुटपाट जस्ता अपराधमा संलग्न एक व्यक्तिलाई सिंहदरबार प्रवेशको नक्कली कार्ड बनाएको आरोपमा प्रहरीले उनीमाथि छानबिन अघि बढाईरहेका छन् । पाठक आपूर्तिमन्त्री गणेशमान पुका स्वकीय सचिव हुन् । पाठकले किर्ते मुद्दामा पक्राउ परेका नरेन्द्र पण्डितलाई सिंहदरबार प्रवेशका लागि नक्कली कार्ड बनाईदिएका थिए । महानगरिय प्रहरी वृत्त कमलपोखरीले पण्डितलाई गत चैत्र १ गते बागबजारबाट पक्राउ गरेको थियो । पण्डितको साथबाट नक्कली लाइसेन्स र सिंहदरबार प्रवेशका लागि जारी गरिएको परिचयपत्र भेटिएको थियो । अनुसन्धानका क्रममा दुबै नक्कली भएको खुलेपछि उनीविरुद्ध प्रहरीले किर्ते मुद्दा चलाएको छ ।

बयानको क्रममा पण्डितले सिंहदरबार प्रवेशको परिचयपत्र मन्त्री पुनका पीए भण्डारीले बनाइदिएको भन्दै सक्कली नै भएको दाबी गरेका थिए । खानेपानी तथा सरसफाई मन्त्रालयबाट सुलभ पण्डित क्षेत्रीको नाममा कार्ड जारी भएको थियो । तर, प्रहरीले अनुसन्धान गर्दा परिचयपत्र नक्कली भएको खुलेको हो ।

पण्डितले यस अघि पनि विभिन्न ठगीका कामहरु गरिसकेका छन् । पण्डितले विभिन्न व्यक्तिलाई अमेरिका पठाईदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेका थिए । उनीबाट पीडित व्यक्तिहरु कमलपोखरी प्रहरी वृत्तमा पुगि उनी विरुद्ध उजुरी दिएपछि प्रहरीले उनलाई बागबजारबाट पक्राउ गरेको हो । हाल पण्डितलाई छुटाउन कांगेस सभापति शेरबहादुर देउवाका सहयोगीहरुले समेत प्रहरीलाई दवाव दिएको स्रोतको दाबी छ आजको दृष्टि साप्ताहिकमा खबर छ ।

प्रेमिकाको हत्या गर्नेको बयान : ‘नाटक गरेकी होली भनेको त मरिसकिछ’

काठमाडौं,जेठ ११ । सामान्य विवादमा उत्पन्न आवेगलाई नियन्त्रण गर्न नसक्दा दुई वर्षदेखि ‘लिभिङ टुगेर रिलेसनसिप मा’ रहेकी प्रेमिकाको हत्या गर्ने प्रेमी श्याम श्रेष्ठ यतिबेला प्रहरी हिरासतमा पछुताइरहेका छन् । प्रहरीसँगको बयानमा उनले मोबाइल चलाएको विषयमा उत्पन्न सामान्य विवाद शढ्दै जाँदा आवेग नियन्त्रण गर्न नसकी आफूले प्रेमिका अञ्जना थापाको कन्चटमा मुक्काले हानेको र त्यसपछि उनको मृत्यु भएको बताएका छन् । हत्यापछि भारत फरार भएका श्रेष्ठलाई प्रहरीले भारतीय प्रहरीको सहयोगमा लुधियानाबाट पक्राउ गरेको हो ।

यसरी भयो हत्या

गत वैशाख २१ गते बस थन्क्याएपछि बेलुका करिब साढे आठ बजे उनी अञ्जनाको कोठामा गएका थिए । त्यसबेला अञ्जना नुहाइरहेकी थिइन् । अञ्जना बाथरुमबाट कोठामा नआउँदासम्म उनी अञ्जनाको मोबाइल चलाएर बसे ।

नुहाएर फर्कंदा आफ्नो मोबाइल चलाएको देखेर उनी रिसाइन् । त्यही विषयलाई लिएर उनीहरुबीच भनाभन भयो ।

भनाभन बढ्दै जाँदा श्रेष्ठले अञ्जनाको टाउको, कन्चट एवं अनुहारको भागमा मुक्काले हाने ।

‘मलाई गाली गरेपछि रिसको झोकमा मुक्काले हानिदिएको थिएँ, ऊ भुइँमा ढली,’ पक्राउ परेपछि श्रेष्ठले भनेका छन्, ‘सधैँ भुइँमा ढलेर बेहोस भएजस्तो नाटक गर्थी, नाटकै गरेकी होली भनेर वास्ता नगरी खाटमा पल्टेर बसें, धेरै बेरसम्म पनि नउठेपछि हेर्दा त उसको सास नै बन्द भइसकेको थियो ।’

तर, अञ्जनाको मृत्यु भइसकेको भन्ने उनलाई लागेको थिएन । उठाएर खातमा सुताए । यति गर्दा पनि कुनै प्रतिक्रिया नजनाएपछि मरेको ठानी उनी कोठाबाठ निस्किए । राति गएर आफूले चलाउने बसमै सुते । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

माओवादी केन्द्रको उदयले सत्ताको खेल पनि प्रभावित

कठमाडौं,जेठ ११ ।  माओवादी वैचारिक धारका पार्टीहरु एकीकृत भएर नेकपा माओवादी केन्द्र निर्माण भएपछि नेपालको समग्र राजनीति प्रभावित भएको छ । शान्ति प्रक्रियासँगै संविधानसभामा जनयुद्धको अवतरण भएपछि दलीय राजनीतिमा माओवादीले जुन हस्तक्षेपकारी र नेतृत्वदायी भूमिका निर्वाह गरेको थियो, अब त्यस्तै गर्ने संकेत मिलेको छ । कमजोर बनेको माओवादी वैचारिक धारका पार्टीहरु सशक्त रुपमा एकीकृत रुपमा उदाएपछि राज्य सञ्चालनदेखि गाउँगाउँको राजनीतिक गतिविधि प्रभावित हुन थालेको छ । मुलुकको राजनीति क्रमशः दुई दलीय बन्दै गइरहेको बेला माओवादी केन्द्रको उदय भएको छ ।

आजको समयबद्व साप्ताहिकमा खबर छ– माओवादी केन्द्रको उदयसँगै राष्ट्रिय राजनीतिमा फेरि पनि कांग्रेस एमाले एक ठाउँमा आउने सम्भावना बढेको जानकारहरुले बताउन थालेका छन् । वर्तमान सत्ता गठवन्धनको नेतृत्व गरिरहेको एमालेले केही समयपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई सरकारको नेतृत्व बुझाउने भनिएको थियो । अब एमालेले सजिलै माओवादी केन्द्रलाई सरकारको नेतृत्व नबुझाउने लक्षण देखिएको छ । एमालेका नेताहरु भन्न थालेका छन्– प्रचण्डलाई सरकारको नेतृत्व दिने कुनै सहमति भएको छैन । उता, कांग्रेसका नेताहरु पनि एमाओवादीभन्दा एमालेसँगै मिल्न लालायित हुन थालेको बुझिन्छ । माओवादी केन्द्र जुर्मुराएर सशक्त रुपमा उठेपछिको पहिलो असर नै सत्ताको खेलमा परेको छ ।

संसदीय गणितमा माओवादी तेस्रो पार्टी मात्र हो तर एकीकरणसँगै माओवादी केन्द्र बनेपछि यो राजनीतिक रुपमा पहिलो शक्ति बनेको छ । यो शक्तिलाई सरकारको नेतृत्व बुझाउन बाध्यकारी अवस्थामा कांग्रेस एमाले पुग्ने र सोही अनुरुपको जनदवाब सिर्जना हुने अपेक्षा गरिएको छ । तर, कांग्रेस एमाले यसका लागि सजिलै तयार हुने लक्षण छैन । जसरी जनयुद्ध गरिरहेको एमाओवादीलाई ०६३ सालमा अन्तरिम संविधान बने लगत्तै व्यवस्थापिका संसदमा कांग्रेस, एमाले हैसियत दिन बाध्य भएका थिए, त्यसैगरी एकीकरणसँगै सरकारको नेतृत्व दिन बाध्य हुने पनि बताइदैंछ ।

माओवादी केन्द्र गठनसँगै मुलुकका विकृति विसंगतिमा यसले हस्तक्षेपकारी भूमिका निर्वाह गर्ने अवस्था देखिएको छ । मुलुकमा व्याप्त कालाबजारी र तस्करी उपर केन्द्रले तत्कालैबाट हस्तक्षेपकारी भूमिका निर्वाह गर्ने र यसका लागि विगतको वाईसीएलजस्तै संरचना निर्माण गनुपर्ने सुझाव जनस्तरबाट आएको छ । त्यसैगरी भ्रष्टाचार र महंगी नियन्त्रण गर्न माओवादीले पहल लिने भएको छ । सरकारको नेतृत्व गर्ने अनुकूल अवस्था सिर्जना नभएमा पनि जनजीविका र राष्ट्रियताको पक्षमा माओवादी केन्द्रले दह्रो अडान लिने भएको छ । केन्द्रले यस्तो गर्ने संकेत मिलेपछि राष्ट्रिय राजनीतिलाई कब्जामा लिन खोज्ने भूमिगत तत्व, व्यापारी, कमिसनखोर तथा माफियाहरुमा हडकम्प मच्चिएको छ । उनीहरुले माओवादी केन्द्रलाई कमजोर बनाउन कांग्रेस एमालेलाई एक ठाउँमा ल्याउने प्रयास थालिसकेको बुझिन्छ ।

अहिले राष्ट्रिय राजनीतिको सबैभन्दा कमजोर पक्ष विदेश मामिला भएको छ । छिमेकीसँगको सम्बन्धमा माओवादी केन्द्र निकै स्पष्ट देखिएको छ । उसले समदूरी र समानताको आधारमा छिमेकीसहित विश्व सम्बन्धलाई अगाडि बढाउने भएको छ । यसबाट कतिपय विश्व शक्तिहरु आत्तिएका छन् । उनीहरु आत्तिनुको मूल कारण भने माओवाद वैचारिक धारलाई अब माओवादी केन्द्रले अगाडि बढाउँछ भन्ने नै हो । माओवादको सिर्जनात्मक प्रयोग गरेर संसदवादी पार्टीहरुलाई तह लगाउन सकिन्छ र उनीहरुलाई आफ्नो एजेण्डामा ल्याउन सकिन्छ भन्ने नेपालमा प्रमाणित भइसकेको छ ।

केन्द्र निर्माणसँगै यसको सकारात्मक असर मधेसी र आदिवासी समुदायमा देखिन थालेको छ । विभिन्न वर्ग र समुदायलाई अधिकारप्रति जागरुक गराउने र सचेत बनाउने काम माओवादी आन्दोलनले नै गरेको थियो । माओवादी पार्टीहरु छिन्नभिन्न भएसँगै जातीय धारका पार्टीहरु अगाडि आएका थिए । केन्द्र गठनपछि आदिवासी, जनजाति, मधेसी, थारु, दलित लगायतका समुदाय तथा विपन्न वर्गमा आशा जागेको छ । अब उग्रवादी जातीय धारहरु कमजोर हुने र वर्गको मुद्धा उठाउने माओवादी केन्द्र बलियो हुँदै जाने स्वतः सिद्ध छ । माओवादी धार कमजोर भएपछि त्यो रिक्ततामा तराईमा अराजक अवस्था उत्पन्न भएको थियो भने विदेशी चलखेल पनि बढेको थियो । अब त्यो अवस्था रहन नसक्ने दावी माओवादी केन्द्रका नेताहरुले बताएका छन् ।

माओवादी केन्द्रमा सुरुमा नसमेटिएका मातृका यादव नेतृत्वको पार्टी पनि अब समाहित भइसकेको छ । केन्द्रले आउँदो असारको पहिलो सातामा एकताको सन्देश दिन तथा जनतामा आशा जगाउन काठमाडौंमा जनप्रदर्शन गर्ने भएको छ । केन्द्रका एक नेताले भने– असारको पहिलो साताबाट नेपाली राजनीतिको स्वरुप फेरिने छ, अहिले हामी एकीकृत मात्र भएका छौं, हामी कसरी राष्ट्रिय राजनीतिमा हस्तक्षेप गर्छा भन्ने त्यसपछि देखिनेछ ।

सरकार छोड्न कमल थापालाई पार्टीभित्रैबाट दबाब

१७ चैत,काठमाडौं  ।
उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापाले नेतृत्व गरेको राप्रपा नेपाललाई सरकारबाट बाहिरिन पार्टीभित्रैबाट चर्को दबाब आएको छ। राप्रपा नेपाल सरकारमा गएपनि एक अंश पनि पार्टीको एजेन्डा सम्बोधन नभएको तथा आन्तरिकरुपमा पार्टिभित्र झन् भाँडभैलो मच्चिएको भन्दै अध्यक्ष थापामाथि सरकारबाट फिर्ता आउन चर्को दबाब दिइएको हो।

सुविधा खानका लागि मात्र सरकारमा बस्नुको औचित्य नभएको भन्दै राप्रपा नेपालकै सहअध्यक्ष केशरबहादुर विष्टले तत्काल सरकार छोडी लोकेन्द्रबहादुर चन्दले नेतृत्व गरेको राप्रपासँग पार्टी एकीकरण प्रक्रिया अघि बढाउन आग्रह गरेका छन्। हिन्दु राज्य र राजसंस्थाको वकालत गर्दै आएको  राप्रपा नेपालको चौथो ठूलो दल हो। राप्रपा नेपालले संघीयताको समेत विरोध गर्दै आएको छ। नेपाल समाचार पत्र दैनिकमा समाचार छ।

फेरी भिड्दै देउवा र पौडेल , कता लाग्लान सिटौला ?

काठमाडौं,चैत २३ । नेपाली कांग्रेस संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलले  उम्मेदवारी दर्ता गराएका छन् ।  सिंहदरबारस्थित दलको कार्यालय पुगेर दुवै नेताले आफ्नो  उम्मेदवारी दर्ता  गराएका हुन् । पौडेलको प्रस्तावकमा प्रकाशमान सिंह छन् भने समर्थकमा महामन्त्री शशांक कोइराला रहेका छन् भने देउवाको प्रस्तावकमा सांसद फरमुल्लाह मन्सुर छन् भने समर्थकमा सांसद पद्यनारायाण चौधरी रहेका छन्।  निर्वाचन समितिका अनुसार संसदीय दलको नेताको उम्मेदवार बन्न २५ हजार रुपैयाँ  शुल्क लाग्नेछ। त्यस्तै चैत २६ गते हुने संसदीय कार्यसमितिका लागि उम्मेदवार बन्न ५ हजार रुपैयाँ शुल्क तिर्नुपर्नेछ।
बुधबार बिहान ११ बजेदेखि मतदान हुने भएको छ।   दल कार्यसमितिको निर्वाचन यही चैत २६ गते गर्ने मिति तय भएको छ ।

उम्मेदवारको पहिलो नामावली प्रकाशन मङ्गलबार १२स्३० बजे गरिनेछ । १२स्३० बजेदेखि १ बजेसम्म नामावली उपर दाबी विरोध, दोस्रो नामावली प्रकाशन १ बजेदेखि १स्३० बजेसम्म, नाम फिर्ता लिने समय १स्३० बजेदेखि २ बजेसम्म र अन्तिम नामावली प्रकाशन २ बजेपछि गरिनेछ । २०७० साल माघ १२ गते आइतबार भएको संसदीय दलको नेताको निर्वाचनबाट निर्वाचित भएका पार्टीका तत्कालिन सभापति सुशील कोइरालाको निधन भएकाले फेरी निर्वाचन गर्नु परेको हो ।

‘मोर्चाले आन्दोलन घोषणा गरेपछिमात्रै सरकारले वार्ताको नाटक रच्छ’

काठमाडौं, चैत्र २९ । संघीय समाजवादी फोरम नेपालका सभासद एवम् केन्द्रीय सदस्य डा. विरेन्द्र महतोले वर्तमान सरकारको ६ महिने कार्यकाल प्रचारवाजी मै सिमित भएको आरोप लगाएका छन् ।
सोमबार सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीमा सभासद महतोले ओली नेतृत्वको सरकारले जनतालाई राहत दिने कुनै काम नै गर्न नसकेको बरु सस्तो प्रचारबाजी मै ६ महिना खेर फालेको बताएका हुन् । उनले भने,“यो बीचमा बरु प्रधानमन्त्री तथा मन्त्रीहरु विदेश घुम्न मै समिति हुनुभयो, जनता अभावमा जीवनयापन गर्न बाध्य हुनुहुन्छ ।”
सभासद डा. महतोले मोर्चाले सहमतिबाटै मुलुकलाई निकास दिनको लागि एक महिनासम्म आन्दोलनका कार्यक्रमहरु स्थगित् गरेर वार्ता तथा सहमतिको लागि अथक प्रयास गर्दापनि सरकार पक्षले कुनै गम्भिर चासो नदेखाएको गुनासो पोखे । उनले भने,“मोर्चाले सहमतिको लागि दिएको समय सरकारले त्यतिकै खेर फालेको र आन्दोलन घोषणा गरिसकेपछि मात्रै सरकारले वार्ताको नाटक रचिरहेको छ, यसले मुलुकलाई निकास दिँदैन।”
मधेश आन्दोलनले मुलुकको अर्थतन्त्रमा ठूलो असर परेको उल्लेख गर्दै सभासद महतोले अन्र्तराष्ट्रिय लगानी भित्र्याउन पनि चाँडो भन्दा चाँडो वार्ता तथा सहमतिबाटै निकास दिनुपर्ने सुझाव दिए ।
नयाँ संविधानमा आफ्ना हकअधिकार सुनिश्चित् नगरेकोले बाध्य भएर मधेशी समूदायले आन्दोलन गर्नुपरेको बताउँदै महतोले सरकारमा बसेकाहरुले आन्दोलनरत समूदायलाई होच्याउने काम गर्न नहुने जिकिर गरे ।
उनले भने,“मेधशीलगायत विभिन्न पिछडीएका समूदायलाई मुलुक टुक्र्याउन लागि परेको भनेर सरकारले झुठो आरोप लगाउने काम गरेको छ, यो कुनैपनि हालतमा न्यायसँगत छैन, भोलि यही आवाज विस्फोटनमा रुपान्तरण हुन्छ ।”
मधेशी जनताले आफ्नो अधिकार सुनिश्चितको लागि गरेको आन्दोलनलाई भारतबाट सञ्चालित भनेर सरकारले सस्तो टिप्पणी गरेर आन्दोलन तुहाउँने प्रपञ्च रचेको समेत उनले गुनासो पोखे । उनले भने, “सरकारले जबरजस्ती मधेशी जनतालाई राष्ट्रघातीको बिल्ला भिराउने काम गरिरहेको छ, यो देशको लागि समेत राम्रो हुँदैन ।”
दुवै पक्षले मेरो गोरुको बाहै« टक्का भनेर मुलुकलाई अनिर्णयको बन्दी बनाएर राख्न नहुने भन्दै उनले अविलम्ब वार्ताको माध्यमबाट निकास खोज्न समेत सरकारलाई आग्रह गरेका छन् । त्यस्तै सभासद महतोले आउँदै गरेको नया ँवर्षको उपलक्ष्यमा सम्पूर्ण नेपालीजनतामा सुख, समृद्धि र शान्ति छाओस् भन्ने कामना समेत गरेका छन् ।

‘म यति गोरी, म यति राम्री बोलको गीत सार्वजनिक’

काठमाडौं । गायककार डेनी रेग्मीको म यति गोरी, म यति राम्री बोलको गित सार्वजनिक भएको छ । प्रायः गितमा आफुमा भएको विशेषता वा शारिरीक बनोटलाई बढाईचढाई गर्ने गरेको पाइएतापनि रेग्मीको भिडियोमा आफ्नै मौलिक पन झल्कन्छ । म यति गोरी, म यति राम्री, म यति अग्ली, म यति हँसिली जस्ता शब्दले रेग्मीको गित झन् सुनौसुनौ बनेको छ ।

उक्त भिडियोलाई गितकार किरण बरालले चलनचल्तीका शब्दहरु राखेर भिन्न बनाइदिएका छन् ।
आफैलाई बढाईचढाई गरेको या आफुलाई केही होइन भनेर नजरअन्दाज गरिने पाटो हाबी भएका नेपाली गितको भीडमा आफुलाई बढी वा घटी केही नभएर ठिक्कको हो भन्ने भाव बोकेको गीत हो । ललितपुरको सिलौटा रिसोर्टलाई कलात्मक रुपमा प्रयोग गरिएको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् । यसभन्दा अगाडि मैले चोलीको तुनामा बोलको गीत गाएर स्रोतामाझ चिनिएकी रेग्मी यस गीतले आफ्नो सांस्कृतिक पहिचानलाई अझ दर्शकमाझ फैलाउने विश्वास लिएकी छन् । आशिष एल्बममा समेटिएको यस गीतलाई भिजन नेपाल फिल्मस् एण्ड इन्टरटेन्मेन्टले बजारमा ल्याएको हो ।

सशस्त्र द्वन्द्वकालका पीडितले न्यायका लागि उजुरी दिन पाउने

१७ चैत,काठमाडौं ।
सशस्त्र द्वन्द्वकालका पीडितले न्यायका लागि उजुरी दिन पाउने भएका छन् । २०५२ साल फागुन १ गतेदेखि २०६३ साल मंसिर ५ गतेसम्म राज्य तथा तत्कालिन माओवादीबिच भएको द्वन्द्वमा मानव अधिकारका गम्भीर उल्लंघनमा परेकाले आउँदो वैशाख महिनादेखि उजुरी दिन पाउने सत्य निरुपण तथा मेलमिलाप आयोगले जनाएको छ । आयोगले आज सार्वजनिक सूचना निकालेर वैशाख ५ गतेदेखि असार २ गतेसम्म पीडितले उजुरी दिन सक्ने जनाएको छ ।
उजुरी दिन फारम भर्नु पर्ने र फारम आयोगको कार्यालय बबरमहल काठमाडौं तथा जिल्लाका स्थानीय शान्ति समितिको कार्यालयमा पाईने सूचनामा उल्लेख छ । बालबालिका, जेष्ठ नागरिक, अपांगता भएका व्यक्ति तथा यौनजन्य हिंसामा परेका व्यक्तिलाई उजुरी दिन आयोगले विशेष व्यवस्था गर्ने जनाएको छ । सशस्त्र द्वन्द्व समाप्त भई शान्ति सम्झौता भएको ९ वर्ष बितिसक्दा पनि न्याय नपाएको पीडितका गुनासाकाबीच आयोगले उजुरी दिन सक्ने व्यवस्था गरेको हो ।

अस्ट्रेलियामा कारको ठक्करबाट नेपाली बालकको मृत्यु

मुकुन्दराज भेटुवाल-२६ चैत, अस्ट्रेलिया ।
कारको ठक्करबाट अस्ट्रेलियाको सिड्नीमा एक नेपाली बालकको मृत्यु भएको छ ।

तीव्रगतिमा गुडेको कारको ठक्करबाट श्रेयन थापाको मृत्यु भएको हो ।

बिहान करिब १० बजे सिड्नीको नस्थित मारियन रोडमा भर्खरै गाडी चलाउने अनुमती पाएका चालकले चलाएको कारको ठक्करबाट १ बर्ष ४ महिनाका बालकको मृत्यु भएको हो ।

कारले ठक्करपछि वेष्टमिड अस्पताल लगिएका बालकलाई तत्काल मृत्यु घोषणा गरिएको थियो ।

केही बर्षअघि बिद्यार्थीका रुपमा अष्ट्रेलिया आएका मृतकका बुबा सुजन थापा र आमा रोजीता थापा आफ्नो काखे छोरा गुमाएपछि शोकमा परेका छन् ।

अष्ट्रेलियाका स्थायी बासिन्दाको अनुमती लिने प्रक्रियामा रहेका थापा परिवारमा  एनआरएन अष्ट्रेलिया सहित यहाँ रहेका नेपाली समुदायले घटनामा दुख व्यक्त गर्दै धर्यधारण गर्न आग्रह गरेको छ ।

कारले ठक्कर दिएको समयमा बालक सँगै उनको हजुरआमा रहेपनि उनलाई केही भएको छैन ।

प्रहरीले ठक्कर दिने कारका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाढी बढाएको छ ।

सांसद भित्र रहेका बेला संसद भवनमा रकेट आक्रमण

एजेन्सी,चैत १५ । अफगानिस्तानको राजधानी काबुलको नयाँ संसद भवनमा रकेट आक्रमण भएको छ । सांसदहरु भित्र रहेका बेला रकेट आक्रमण भएपनी सांसदहरु सुरक्षित रहेको बताइएको छ । तालिवान विद्रोहीले आक्रमण गरेको बताइएको छ । आक्रमणबाट भएको क्षतिको पूर्ण विवरण आइनसकेको भारतीय सरकारी च्यानल दूरदर्शनले जनाएको छ । भारतको सहयोगमा उक्त संसद भवन बनेको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत डिसेम्बरमा भवन उदघाटन गरेका थिए । आक्रमणको जिम्मेवारी हालसम्म कसैले लिएको छैन भने कारण पनि खुलिसकेको छैन ।

अनुदान पाउनयोग्य भूकम्पपीडितको सूची आज सार्वजनिक गरिँदै,कुन जिल्लाको काहाँवाट ?

२१ चैत, काठमाडौं  ।

अनुदान पाउनयोग्य भूकम्पपीडितको सूची आज सार्वजनिक गरिदैछ । केन्द्रीय तथ्यांक विभागद्वारा सञ्चालित भूकम्प प्रभावित आवसा पुनर्निमाण लगत संकलनबाट व्यक्तिगत घर निर्माण गर्न अनुदान पाउनयोग्य व्यक्तिको सूची आज सार्वजनिक गर्न लागेको हो । सूचीमा नपरेका व्यक्तिले दुई लाख खनुदान, सामूहिक जमीनको तीन लाख सहुलियत ऋण र गाउँमा १५ लाख धितोसहितको ऋण पाउने छैनन् ।

भूकम्प प्रभावित जिल्ला मध्ये आठ जिल्लाका आठ गाउँमा सूची सार्वजनिक गर्न लागेको हो । प्राधिकरण अनुसार गोरखाको हंसपुर, धादिङको मार्पाक, नुवाकोटको खरानीटार, काभ्रेको रविओपी, रामेछापको मन्थली नगरपालिकाको ओख्रेनी, सिन्धुलिको रातमाटा झाँगाझोली, ओखलढुंगाको सिद्धिचरण नगरपालिका र रसुवाको धुन्चेमा अनुदान पाउनयोग्य लाभग्राहीको सूची सार्वजनिक गरिदैँछ ।

प्राधिकरणले छनोट गरेका सिन्धुपाल्चोक र मकवानपुरका गाउँका बारेमा स्थानीय तहसँग समझदारी नहुँदा ती जिल्लाका गाउँमा भने आइतबार सूची सार्वजनिक गरिने छैन ।

अनुदान पाउन योग्यको सूचीमा परेका घरधनीलाई स्रोतकेन्द्र वा गाविस वा नगरपालिकामार्फत अनुदान प्राप्त गर्ने विधि, प्रक्रिया र सम्वन्धित व्यक्तिले पालना गर्नुपर्ने सर्त तथा आवश्यक कागजातबारेमा विस्तृत जानकारी दिइन्छ ।

प्याब्सन अध्यक्ष सहितको तीन निजी विद्यालय मर्ज (विज्ञप्ती)

काठमाडौ,चैत २४ । गुणस्तरीय शिक्षा उपलब्ध गराउन उदेश्यका साथ राजधानीमा सञ्चालित तीन निजी विद्यालय गाभिएर एउटै भएका छन् । ‘धेरैबाट एक र त्यसभित्र मजबुतीको आधार’ खोज्ने नेपाल सरकारको समायोजन नीतिलाई आत्मसात गरी  डिल्लीबजारस्थित सूर्योदय आवासीय मावि, मैतीदेवीस्थित आनन्दभूमि मावि र अनामनगरस्थित ब्ल्युस्काई मावि समायोजन भई एसएबी पब्लिक स्कुल बनेको हो ।

सूर्योदयको ३१ वर्ष, आनन्दभूमिको २९ वर्ष र ब्ल्यू स्काईको १९ वर्ष गरी करीब ८० वर्षे शैक्षिक अनुभवलाइ समेटेर बनेको एसएबी पब्लिक आगामी दिनमा भरपुर प्रयोग गर्दै विश्व बजारको माग अनुसारको दक्ष जनशक्ति उत्पादन, समयानुकूल शिक्षण पद्धति, सुविधा सम्पन्न भौतिक पूर्वाधार, विज्ञान एवम् कम्प्युटर प्रयोगशाला, इ–लाइब्रेरी, डिजिटल कक्षाकोठा, असल एवम् सु–संस्कृत ऊर्जाशील तथा प्रतिस्पर्धी असल पुस्ताको निर्माण, आर्थिक, भौतिक तथा सामाजिक एवम् सांस्कृतिक सम्वृद्धिमा  केन्द्रित रहने विज्ञप्तीमा जनाईएको छ ।

सूर्योदय निजी तथा आवासीय विद्यालय संगठन नेपाल (प्याब्सन)का अध्यक्ष लक्ष्यबहादुरको हो भने आनन्दभूमि प्याब्सनका पूर्वअध्यक्ष भोजबहादुर शाहीको हो। ब्ल्युस्काई भने प्याब्सन सदस्य प्रेम ओलीको हो । समायोजनपछि एसएबीमा विद्यार्थी संख्या हजार नाघेको छ।

प्रेस विज्ञप्ति
‘धेरैबाट एक र त्यसभित्र मजबुतीको आधार’ खोज्ने नेपाल सरकारको समायोजन नीतिलाई आत्मसात गरी सूर्योदय आवासीय माध्यमिक विद्यालय, आनन्दभूमि हाई स्कुल र ब्ल्यू स्काई पब्लिक स्कुलको समायोजनसँगै सूर्योदय एजुकेशन फाउण्डेसन अन्तर्गत एस.ए.बि. पब्लिक स्कुल (SAB Public School) बनी नयाँ उदेश्य र गन्तव्यसहित अघि बढेको कुरा सहर्ष जानकारी गर्दछौँ । आफ्नो स्थापनासँगै सूर्योदयको ३१ वर्ष, आनन्दभूमिको २९ वर्ष र ब्ल्यू स्काईको १९ वर्ष गरी करीब ८० वर्षे शैक्षिक अनुभवलाई आगामी दिनमा भरपुर प्रयोग गर्दै विश्व बजारको माग अनुसारको दक्ष जनशक्ति उत्पादन, समयानुकूल शिक्षण पद्धति, सुविधा सम्पन्न भौतिक पूर्वाधार, विज्ञान एवम् कम्प्युटर प्रयोगशाला, इ–लाइब्रेरी, डिजिटल कक्षाकोठा, असल एवम् सु–संस्कृत ऊर्जाशील तथा प्रतिस्पर्धी असल पुस्ताको निर्माण, आर्थिक, भौतिक तथा सामाजिक एवम् सांस्कृतिक सम्वृद्धिमा हामी केन्द्रित रहने कुरा विश्वस्त गर्न चाहन्छौँ ।

हाम्रो कार्यगत समयोजन तथा एकता पश्चात देहाय बमोजिम विशिष्ट उदेश्य सहित अघि बढ्ने कुरा जानकारी गर्दछौँ ।
१.    विद्यालयको दिगो विकास एवम् स्तरोन्नतिमा यो प्रक्रियाले ठुलो मद्दत पुग्ने विश्वास लिइएको ,
२.    अन्तर्राष्ट्रिय अध्ययन अध्यापन एवम् शिक्षण सिकाइमा सहजता कायम गर्नका लागि अमेरिकन नागरिक मार्क विबर्सलाई प्रिन्सिपलको भूमिका दिदै उहाँकै शैक्षिक नेतृत्वमा विद्यालयलाई अगाडि बढाइने,
३.    नयाँ गति, समय सापेक्षित एवम् समयानुकूल प्रयोगात्मक शिक्षा प्रदानमा विशेष जोड दिइने,
४.    पढाइका अतिरिक्त खेलकुद, सङ्गीत, नृत्य, नाट्य अभिनय कला, नेतृत्व विकास प्रशिक्षण, स्काउट, योगा लगायत बालबालिकामा अन्तर्निहीत क्षमताको सर्वाङ्गीण विकासलाई अगाडि बढाइने,
५.    अन्तर्राष्ट्रिय मापदण्डभित्र, विज्ञान र प्रविधिको अधिकतम प्रयोग गर्दै समयानुकूल विश्व बजारमा सहजै प्रतिस्पर्धामा उत्रन सक्ने दक्ष जनशक्तिको उत्पादनमा केन्द्रित रहने,
६.    प्रत्येक चाडपर्व एवम् विशेष महत्व बोकेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्वपूर्ण अवसरहरूलाई फरक ढङ्ले अनुभूत गर्ने अवसर दिई बालबालिकामा मौलिक संस्कार र परम्पराको पुनर्जागरणमा अभियान चलाइने,
७.    अनुभवि, दक्ष एवम् तालिमप्राप्त शिक्षक शिक्षिकाहरूबाट विद्यार्थी केन्द्रित अत्याधुनिक सूचना र प्रविधि (IT)    को प्रयोग गरी अध्ययन अध्यापन गराइने,
८.    अमेरिका, अष्ट्रेलिया, यूरोप लगायतका देशहरूसँग विद्यार्थी आदान–प्रदान (Student Exchange Programme)  सञ्चालन गरिने,
९.    हाल सूर्योदय विद्यालय रहेको भवनमा प्राइमरी ब्लक र आनन्दभूमि विद्यालय रहेको भवनमा सेकन्डरी ब्लक रहने र करिब एक वर्षपछि सुविधा सम्पन्न भवनको निर्माण सम्पन्न भएसँगै सम्पूर्ण कक्षा तथा प्रशासनिक एकाइहरू सूर्योदय ब्लकबाटै सञ्चालन गरिने
१०.    हामी यस अवसरमा नेपाल सरकारसँग यो अनुरोध गर्न चाहन्छौँ कि अन्य वित्तिय संस्थाहरू समयोजन हुँदा जसरी नै मानव संशाधनको मिलान, कर छुट लगायत अन्य विशेष योजना अघि सार्नुका साथै नेपाल सरकार शिक्षा मन्त्रालयको विद्यालय समायोजन नीतिलाई हामी उदाहरण नै बनेर प्रस्तुत हुन चाहन्छौँ ।

अन्तमा नयाँ उदेश्य र गन्तव्य सहित अघि बढेका हामीहरू आगामी दिनमा समयको मागलाई पुरा गर्नु नै हाम्रो अभिष्ट रहेको कुरा यहाँहरूसमक्ष अवगत गराउन चाहन्छौँ ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web