सशस्त्र द्वन्द्वकालका पीडितले न्यायका लागि उजुरी दिन पाउने

बैशाख २१, २०७३ मा प्रकाशित | 564 views

१७ चैत,काठमाडौं । 
सशस्त्र द्वन्द्वकालका पीडितले न्यायका लागि उजुरी दिन पाउने भएका छन् । २०५२ साल फागुन १ गतेदेखि २०६३ साल मंसिर ५ गतेसम्म राज्य तथा तत्कालिन माओवादीबिच भएको द्वन्द्वमा मानव अधिकारका गम्भीर उल्लंघनमा परेकाले आउँदो वैशाख महिनादेखि उजुरी दिन पाउने सत्य निरुपण तथा मेलमिलाप आयोगले जनाएको छ । आयोगले आज सार्वजनिक सूचना निकालेर वैशाख ५ गतेदेखि असार २ गतेसम्म पीडितले उजुरी दिन सक्ने जनाएको छ । 
उजुरी दिन फारम भर्नु पर्ने र फारम आयोगको कार्यालय बबरमहल काठमाडौं तथा जिल्लाका स्थानीय शान्ति समितिको कार्यालयमा पाईने सूचनामा उल्लेख छ । बालबालिका, जेष्ठ नागरिक, अपांगता भएका व्यक्ति तथा यौनजन्य हिंसामा परेका व्यक्तिलाई उजुरी दिन आयोगले विशेष व्यवस्था गर्ने जनाएको छ । सशस्त्र द्वन्द्व समाप्त भई शान्ति सम्झौता भएको ९ वर्ष बितिसक्दा पनि न्याय नपाएको पीडितका गुनासाकाबीच आयोगले उजुरी दिन सक्ने व्यवस्था गरेको हो । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web