मुकुन्दराज भेटुवाल-२६ चैत, अस्ट्रेलिया ।
कारको ठक्करबाट अस्ट्रेलियाको सिड्नीमा एक नेपाली बालकको मृत्यु भएको छ ।
तीव्रगतिमा गुडेको कारको ठक्करबाट श्रेयन थापाको मृत्यु भएको हो ।
बिहान करिब १० बजे सिड्नीको नस्थित मारियन रोडमा भर्खरै गाडी चलाउने अनुमती पाएका चालकले चलाएको कारको ठक्करबाट १ बर्ष ४ महिनाका बालकको मृत्यु भएको हो ।
कारले ठक्करपछि वेष्टमिड अस्पताल लगिएका बालकलाई तत्काल मृत्यु घोषणा गरिएको थियो ।
केही बर्षअघि बिद्यार्थीका रुपमा अष्ट्रेलिया आएका मृतकका बुबा सुजन थापा र आमा रोजीता थापा आफ्नो काखे छोरा गुमाएपछि शोकमा परेका छन् ।
अष्ट्रेलियाका स्थायी बासिन्दाको अनुमती लिने प्रक्रियामा रहेका थापा परिवारमा एनआरएन अष्ट्रेलिया सहित यहाँ रहेका नेपाली समुदायले घटनामा दुख व्यक्त गर्दै धर्यधारण गर्न आग्रह गरेको छ ।
कारले ठक्कर दिएको समयमा बालक सँगै उनको हजुरआमा रहेपनि उनलाई केही भएको छैन ।
प्रहरीले ठक्कर दिने कारका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाढी बढाएको छ ।
24.12¡ÆC