१२ जेठ, काठमाडौं ।
सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको बिमा रकम बढाएर १० लाख रूपैयाँ पुर्याउने भएको छ ।

हाल प्रत्येक कामदारको पाँच लाख रूपैयाँको बिमा गरिएकोमा त्यसलाई दोब्बर बृद्धि गरी १० लाख बनाउने योजना अघि सारिएको खबर आजको अन्नपूर्णमा छापिएको छ ।

बजेटमार्फत बिमा रकम वृद्धि गर्न श्रम तथा रोजगार मन्त्रालयले प्रस्ताव गरेको छ । श्रमले आफ्ना महत्वपूर्ण र प्राथमिकता प्राप्त कार्यक्रममा यसपटक कामदारको बिमा रकम बढाउने योजना बनाएको हो ।

श्रमले प्रस्ताव गरेबमोजिम अर्थ मन्त्रालयले बजेटमा यो कार्यक्रम पारेमा विदेशिने कामदारले पाउने पैसा पाँच लाख बढ्नेछ ।

१२ जेठ, काठमाडौं ।

चीनको रेल आउँदो सन् २०२० सम्ममा नेपाल आइपुग्ने चिनियाँ सरकारी मुखपत्र ग्लोबल टाइम्सले मंगलबार जनाएको छ ।

सो अवधिमा रसुवागढीसम्म रेलमार्ग पुग्ने र त्यसपछि काठमाडौं जोड्न सजिलो हुने सो पत्रिकामा चिनियाँ पक्षको अपेक्षा भन्दै प्रकाशित एक आलेखमा विश्लेषण गरिएको आजको नेपाल समाचारपत्र दैनिकले जनाएको छ ।

काठमाडौं जोडिएपछि रेलमार्ग वीरगन्ज लगिने र भारतको विहार क्षेत्रमा चीनसँगको व्यापारिक कारोबार पनि सजिलो हुने पनि सो आलेखमा उल्लेख गरिएको छ ।

अहिले कोलकता हुँदै भइरहेको व्यापारभन्दा बिहारीका लागि वीरगन्ज हुन्दै गरिने व्यपार सहज हुनेसमेत उक्त आलेखमा उल्लेख छ ।

उक्त आलेखलाई उदृत गर्दै भारतका सञ्चारमाध्यमले समेत सोसम्बन्धी समाचारको व्यापक प्रचारप्रसार गरेका थिए ।

१२ जेठ, काठमाडौं ।

मेसिन रिडेबल पासपोर्ट 'एमआरपी' अब सेवाग्राहीले चाहेकै दिनमा लिन सकिने भएको छ ।

राहदानी विभागले सेवाग्राहीको आवश्यकता अनुसार एकै दिनमा एमआरपी उपलब्ध गराउने तयारी गरेको आजको नेपाल समाचारपत्रले जनाएको छ ।

सेवाग्राहीले आवेदन दिएकै दिन बढी शूल्क लिएर विभागले एमआरपी उपलब्ध गराउने गृहकार्य अघि बढाएको हो । विभागले बढी मूल्य तिरेर एकै दिनमा राहदानी उपलब्ध गराउन सक्ने जनाएको छ ।

बढी मूल्य सम्पन्न मानिसले मात्रै तिर्न सक्छन् । विपन्नलाई पनि राहदानीको हातार हुन सक्छ । तर उनीहरुले बढी रकम तिर्न सकेनन भने के गर्ने रु सरकारी निकायलदे उपलव्ध गराउने सेवामा नै गरिब र धनीका लागि छुट्टै सेवा दिन नमिल्ने तर्क गर्नेहरु छन् ।

‘अब सेवाग्राहीको आवश्यकताअनुसार एकै दिनमा एमआरपी दिने तयारी भइरहेको छ, सेवाको शूल्क के कति लिने भन्नेबारे टुंगो लागेको छैन,’ विभागका महानिर्देशक लोकबहादुर चन्दले भने,’ सेवाग्राहीबाट बढी शूल्क लिने उद्धेश्य होइन, सेवाग्राहीको आवश्यकता सम्बोधन गर्ने प्रयास हो ।

यससँगै विभागले अब पूरानै शुल्कमा ३ दिनभित्रमा सबै सेवाग्राहीलाई एमआरपी वितरण गर्ने भएको छ । यस्तो सेवा भने विभाग परिसर नारायणहिटीबाट मात्र उपलव्ध गराउने तयारी गरिएको छ ।

१२ जेठ, काठमाडौं ।

ठूला अपार्टमेन्ट तथा होटलमा पाइपलाइबाट ग्यास आपूर्ति गर्ने विषयमा दुई सदस्यीय जापानीज विज्ञको टोली नेपाल आइपुगेका छन् ।

स्वतन्त्ररुपमा आएका जापानिज विज्ञ टोलीले पछिल्लो तीन दिनदेखि नेपालको विभिन्न स्थानमा अध्ययन गर्ने आजको अन्नपूर्ण पोस्टमा समाचार छ ।

नेपाल आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेका अनुसार स्वतन्त्ररुपमा आएको टोलीले साल्ट ट्रेडिङ कर्पोरेसन र निगमसँग छलपल गरेर ठूला अर्पाटमेन्ट तथा होटलमा सिलिन्डररहित खाना पकाउने ग्यास आपूर्ति गर्ने विषयमा अध्ययन गरिरहेको छ ।

एउटा अपार्टमेन्ट र होटलमा सयौं सिलिन्डर प्रयोगमा ल्याउनुभन्दा पाइपलाइनबाट सुरक्षित रुपमा ग्यासको आपूर्ति र प्रयोग कसरी गर्न सकिन्छ भन्ने विषयमा टोलीले अध्ययन गरिरहेको छ ।

१२ जेठ, गोरखा ।

गोरखा नगरपालिका ६ का ८५ वर्षीइ तिलकबहादुर खत्री सम्बन्धविच्छेदको मुद्दा बोकेर जिल्ला अदालत पुगेका छन् ।

२०७२ फागनु १२ गते गोरखा नगरपालिकामा दर्ता उक्त मुद्दा मिलापत्र हुन नसकेपछि अदालत पुगेको आजको नागरिक दैनिकमा समाचार छ ।

६३ वर्षीय श्रीमती आफूसँग नबसेको र बेढेसकालमा पालनपोषण्मा ध्यान नदिएको भन्दै खत्रीले उनीसँग सँगै बस्न नचाहेको बयान अदालतमा दिएका छन् ।

आफ्नो शरीर थेग्न पनि लौरीको सहायता लिनुपर्ने वेलमा खत्री श्रीमतीसँग सँगै बस्न नसक्ने ठहर गर्दै अदालत पुगेका हुन् । अहिले सम्बँन्धविच्छेद गर्न लागेको श्रीमतीसँग उनले २०६६ सालमा बिहे गरेका हुन् ।

श्रीमतीले पनि २०७२ सलामा मंसिरमा अंश मुद्दा दायर गरेकी छिन् । खत्री दम्पत्तीलाई मिलाउन नगरपालिकाले धेरै प्रयास गरे पनि मिल्न सकेन ।

१२ जेठ, काठमाडौं ।

बागलुङको बोवङ गाविसस्थित ढोरपाटन, ताराखोला, अधिकारी चौर गाविसमा उत्पादित अर्गानिक आलु युरोपेली मुलुक फ्रान्स निर्यात गर्ने तयारी गरिएको छ ।

फ्रान्समा आलुको माग भएपछि ढोरपाटनको आलु हिमालयन आलुको ब्रान्डमा निर्यात गर्ने पक्रिया सुरु गरिएको आजको अन्नपूर्ण पोस्टले जनाएको छ ।

समुद्र सतहबाट १८ सयदेखि २७ सय मिटरसम्मको उचाइमा उत्पादन हुने अर्गानिक आलु फ्रान्समा माग भएपछि अर्गानिक सपर्टफिकेसनको तयारी गरुएिको जिल्ला कृषि विकास कार्यालय बागलुङका प्रमुख विदानेद हमालले जानकारी दिए ।

फ्रान्समा रहेका ढोरपाटन क्षेत्रका नेपालीको पहलमा यो प्रक्रिया सुरु भएको हो ।

ढोरपाटनको आलु स्वाद राम्रो भएकाले फ्रान्समा माग भएकोले गुणस्तरीयताको परीक्षण प्रतिवेदन आएपछि निर्यातको प्रक्रिया अगाडि बढ्ने जिल्ला कृषि विकास कार्यालय बागलुङका प्रमुख हमालले बताए ।

१२ जेठ, काठमाडौं ।

केपी ओलीको नेतृत्वमा सरकार बनेको आठ महिना पनि बित्न नपाउँदै उनकै पार्टी एमालेभित्र संगठित असन्तुष्टिका स्वर चर्किन थालेका छन् ।

पार्टीका दुई वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र झलनाथ खनालले आफू पक्षधर नेताकार्यकर्ताको भेला गरेका आजको अन्नपूर्णले जनाएको छ ।

पार्टी अध्यक्ष रहेका प्रधानमन्त्री ओलीले सररल्लाहका लागि कुनै उपयुक्त फोरम नदिएको भन्दै उनीहरले दुईदिलने भेला आयोजना गरेका हुन् । भेला मंगलबार सुरु भई बुधबार सकिदैँछ ।

नेपाल खनानल पक्षले आगमी दसौं महाधिवेशनका लािग अध्यक्षको उम्मेदवारको रुपमा नेपाललाई अगाडि सारेको छ ।

ओली पक्षले यस्तो भेला गर्न र आफ्नो समूह बलियो बनाउन मदन भण्डारी प्रतिष्ठान र नेपाल पक्षले मदन भण्डारी अध्ययन केन्द्रलाई व्यानर बनाउँदै आएका छन् ।

नेपाल पक्षले पनि यस अघि ओली पक्षले जस्तै गरी देशभरीबाट भेलामा सहभागि बोलाएको छ । मदन आश्रितको २३ औ स्मृति दिवसको सन्दर्भ पारेर ‘संविधान कार्यन्वयन राष्ट्र र पार्टी निर्माण’बिषयक नाम दिएको यस भेलामा देशका सबै जिल्लाबाट प्रतिनिधित्व गराइएको छ।

जिल्ला कार्यसमितिमा आफनो पक्षको अध्यक्ष त्यो नभए पदाधकारी र त्यो पनि नभए सदस्यलाई प्रतिनिधित्व गराइएको छ । सबै गरेर चार सया भन्दा बढीको सहभागिता रहेको यस भेलामा स्थायी कमिटी सदस्य, पोलिटब्युरो सदस्य, केन्द्रीय समितिका सदस्य, सांसद, जनर्गीय संगठनक ३ पदाधिकारी, लगायतका सहभागिता रहेको छ ।

यस्ता भेललाई लिएर यस भन्दा अघिल्लो बैठकमा नेताहरुले कुरा उठाए पछि तीनलाई पार्टीको मञ्चमा परिणत गर्ने र केही कुरा भन्न परे पार्टीले नै आयोजना गर्ने सहमति भएको थियो। तर बरिष्ठ नेता नेपालले त्यस्तो कुनै फोरम नपाएकेले कुरा सुन्न र पार्टीलाई सृदृढ बनाउन यस्तो भेला आयोजना गरेको बताए ।

भेलामा संबोधन गर्दै बरिष्ठ नेता नेपालले पार्टीके दशौ महाधिबेशनलाई प्रभाव पार्नका लागि एकलौटी तरिकाले जथाभावी पार्टी सदस्यता बितरण गर्न लागेको आरोप लगाए ।

‘मनपरि र अपारदर्शी ढंगले पार्टी सदस्यता बाँडने काम भएको छ, कसैसँग सरल्लाह गरिएको छैन’नेपालले भने । नेपालले माओवादीमा समेत अहिले नौ जनाको हेडक्वाटर भएकोमा आफनो पार्टीमा केही नेताहरुबीच नै सहमति हुन छोडेको बताए ।

१२ जेठ, काठमाडौं ।
अन्तराष्ट्रि क्रिकेट परिषद आई सी सी ले क्रिकेट संघ नेपाल क्यानलाई विवादित साधारणसभा कै कारण आई सी सी ले क्यानलाई प्रतिबन्ध लगाएको जनाएको छ ।

आई सी सी का प्रमुख कार्यकारी अधिकृत डेभिड रिचर्डशनले क्यानका निर्वाचित अध्यक्ष चतुरबहादुर चन्दलाई पठाएको पत्रमा क्यान माथि राष्ट्रिय खेलकुद परिषदको हस्तक्षेप पनि प्रतिबन्धको एउटा कारण भएको जनाईएको छ ।

नेपाली क्रिकेटको आन्तरीक समस्याका विषयमा आई सी सी का उच्च पदाघिकारीहरुले सम्बोधन गरेको यो पहिलो घटना हो ।

आई सी सी को पत्रमा विवाद समाधानका लागि दुवै क्यानका पदाधिकरीहरुले आई सी सी संग सहकार्य गर्नु पर्ने उल्लेख गरिएको छ ।

यसैगरी पत्रमा विवाद समाधान नहुँदा सम्म नेपाली राष्ट्रिय क्रिकेट टिम र नेपाली क्रिकेटको व्यवस्थापन आई सी सीले प्रत्यक्ष रुपमा गर्ने पनि उल्लेख गरिएको छ ।

११ जेठ, काठमाडौं ।
व्यवस्थापिका संसद्, अर्थ समितिले काठमाडौं तराई–मधेश द्रूत मार्ग र निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कार्य पाँच वर्षभित्र सम्पन्न गर्ने गरी पर्याप्त बजेट विनियोजन गर्न सरकारलाई निर्देशन दिएको छ ।

अर्थ समितिका सभापति प्रकाश ज्वालाको अध्यक्षतामा मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले तराई–मधेश द्रूत मार्ग र निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका लागि चालू आर्थिक वर्षमा १५ देखि २० अर्ब रुपियाँ बजेट विनियोजन गर्न सरकारलाई निर्देशन दिएको हो ।

समितिले यसअघि निर्देशन दिए अनुरुप तराई–मधेश द्रूत मार्ग र निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य सरकार आफैले गर्ने गरी नीति तथा कार्यक्रममा समावेश गरिएकोमा सरकारलाई धन्यवाद समेत दिएको छ ।

यसैगरी, समितिले हुलाकी राजमार्ग निर्माणको काम समयमा नै सम्पन्न गर्नका लागि पर्याप्त बजेट विनियोजन गर्न समेत सरकारलाई निर्देशन दिएको छ ।

११ जेठ, रौतहट ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी रकम हिनामिना गरेको अभियोगमा रौतहटको एक विद्यालयका प्रधानाध्यापक र शिक्षकविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

रौतहट जिल्लाको रामनरेश लक्ष्मण माध्यमिक विद्यालय हजमनियाका प्रधानाध्यापक नगनारायण सिंह र खाता सञ्चालक शिक्षक कौशलकिशोर प्रसादले विभिन्न आर्थिक वर्षका विद्यालयको भौतिक पूर्वाधार मर्मत तथा निर्माणका लागि प्राप्त भएको ६ लाख ६८ हजार रुपैयाँ हिनामिना गरेको अभियोगमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

११ जेठ, काठमाडौं ।
कृषहरुलाई धान रोपाईका समयमा रासायनिक मलको अभाव हुन नदिनका लागि थप २० हजार मेट्रिक टन रासायनिक मल आयातको व्यवस्था मिलाइएको आपूर्ति मन्त्रालयले जनाएको छ ।

कृषि विकास मन्त्रालयसँगको समन्वयमा साल्ट ट्रेडिङ कर्पोरेशनबाट आगामी असारभित्रै थप २० हजार मेट्रिक टन डीएपी रासायनिक मल आयातको व्यवस्था मिलाइएको आपूर्ति मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्दराम रेग्मीले जानकारी दिनुभयो ।

सहसचिव रेग्मीले साल्ट ट्रेडिङ कर्पोरेशनले प्रतिस्पर्धाका आधारमा भारत सरकारको स्वामित्वमा रहेको इण्डियन पोटास लिमिटेडबाट डीएपी रासायनिक मल आयात गर्ने पनि स्पष्ट गर्नुभयो ।

११ जेठ, काठमाडौं ।

खस्कँदै गरेको शैक्षिक गुणस्तरलाई मूलधारमा ल्याउन जिल्ला शिक्षा कार्यालयले शैक्षिक सुधार वर्ष–२०७३ घोषणा गरेको छ ।

दशेरा गाविसमा आज आयोजित कार्यक्रममा २०७३ लाई जेठ ११ गते शैक्षिक सुधार वर्ष घोषणा गरिएको हो । दशेरा गाविसको जनप्रिय क्याम्पस दशेरामा गृहमन्त्री शक्तिबहादुर बस्नेतले शैक्षिक सुधार वर्ष–२०७३ को उद्घाटन गनुभयो ।

त्यस अवसरमा मन्त्री बस्नेतले खलङ्गादेखि रिम्ना हुँदै दल्ली, खलङ्गा पाँचकाटिया, अनि छेडादेखि थलहसम्म पिच गर्ने कार्य सुरु हुने जानकारी दिनुभयो ।