भक्तपुर,जेठ १२ । नेपाली काँग्रेसकी नेतृ एवं केन्द्रिय सदस्य सुजाता कोइरालाले तत्काल सरकार परिवर्तन सबैका लागि घातक सावित हुने बताउनु भएको छ । रफत सञ्चार क्लबले आयोजना गरेको साक्षतकार कार्यक्रममा कोइरालाले केपी ओली नेतृत्वको सरकारले आर्थिक, सामाजिक विकासको योजना नेपाल र नेपालीको हितमा भएकाले काँग्रेसले समेत सहमति जनाउने भन्दै उहाँले तत्काल सरकार परिवर्तन गरिए विकासको बाटाहरु बन्द हुने भएकाले तत्काल सरकार परिवर्तन सबैका लागि घातक हुने बताउनु भयो ।

कोइरालाले स्थानिय निकायको निर्वाचन गर्ने मिति सरकारले तोकेता पनि एमालेले नचाहेको भन्दै यदि एमालेले स्थानिय निकायको निर्वाचनको तयारी गर्ने भए प्रतिपक्ष काँग्रेसलाई छलफलमा बोलाउनु पर्ने तर त्यसो नभएको उहाँले बताउनु भयो । स्थानिय निकायको निर्वाचन हुन नसक्दा जताततै भ्रष्टाचार मौलाएकाले समेत स्थानिय निकायका निर्वाचन सबैको आवश्यकता रहेको उहाँको टिप्पणी छ ।

प्राधिकरणका काम सुस्त गतिमा भएको गुनासो गर्दैै बर्खाको समयमा भुकम्पपिडितहरुका लागि केहि गर्न नसक्दा त्यसले सबै तर्फ नकारात्मक असर पार्ने भएकाले सरकारले पूनर्निर्माणको कामलाई तिब्रता दिन नेपाली सेना लगायत अन्य युवा दस्ताहरुलाई स्वयम सेवकका रुपमा परिचालन गर्न सक्नु पर्ने कोइरालाले बताउनु भयो ।

मधेश आन्दोलनका जायज मागहरुको सम्बोधन गर्नु पर्ने भन्दै कोइरालाले अबको एजेन्डा भनेको देशको आर्थिक र सामाजिक विकास भएकाले सबै मिलेर यता लाग्न र तराईलाई समेत आर्थिक बाटो तर्फ अगाडि बढाउन लाग्नु पर्नेमा जोड दिनु भयो ।

हिन्दु राज्यका बिषयमा नेपाली काँग्रेसभित्र विभिन्न भनाइहरु बाहिर आएता पनि त्यो गलत भएको भन्दै अब साना बिषयहरुलाई संबिधानमा समेटर संशोधन गर्न सकिए पनि मूख्य बिषयहरु जो नेपाली जनताले लेखेका छन् ती परिवर्तन नहुने समेत कोइरालाले दाबी गर्नु भयो ।

नेपाली काँग्रसेले आफ्ना भातृ संगठनको निर्वाचन गर्न नसकेको तर्फ सबै केन्द्रित भएर लाग्नु पर्ने भन्दै कोइरालाले यदि बेलैमा काँग्रेसले सोचेर निर्वाचनतर्फ अग्रसर नभए त्यसले कार्यकर्तामा निराशा छाउने बताउनु भयो ।

नेपालका छिमेकी देशहरुसँग सफल कुटनीतिक सम्बन्धको बिस्तार गर्दै बिकासका बिषयलाई एजेन्डाको रुपमा लिएर नेपालले लाभ लिने तर्फ अगाडि बढ्नु पर्नेमा कोइरालाले जोड दिनु भयो ।

काठमाडौं,जेठ १२ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अदालतको प्रक्रियामा सहयोग गर्ने तर सर्वोच्व अदालत नजाने भएका छन् । उनको नीजि सचिवालयका अनुसार अदालतको मानहानी गरेको भन्दै उनीमाथि परेको रिटमा प्रचण्ड स्वंयम आफैं नगएर अधिवक्तामार्फत अदालतको प्रतिजवाफ लाउने भएका हुन् । गत जेठ ११ गते सर्वोच्च अदालतले अवहेलना मुद्दामा आफैँ अथवा प्रतिनिधिमार्फत ती दिनभित्र अदालतमा उपस्थित हुन प्रचण्डलाई आदेश दिएको थियो।

सोही अनुसार प्रचण्डले कानुनी अधिवक्तासँग बुधबार बिहानमात्रै छलफल गरेका थिए । प्रचण्डका कानुनी सल्लाहाकारले अधिवक्तामार्फत नै अदालतको प्रतिजवफाव लगाउन मिल्ने बताएपछि उनी नजाने भएका हुन् ।

द्वन्द्वकालीन मुद्दामा आफ्नो पार्टीका नेताहरुलाई अदालतले फँसाउन खोजेको भन्ने प्रचण्डको अभिव्यक्तिले अदालतको अवलेहना भएको भन्दै दिनेश त्रिपाठीले उनीविरुद्द जेठ ३ गते मुद्दा दायर गरेका थिए ।

अदालतको अवहेलना मुद्दामा १ वर्ष जेल र ५० हजार जरीवाना वा दुवै सजाय हुनसक्ने व्यवस्था छ ।

काठमाडौं,जेठ १२ । समाज सेवाको क्षेत्रमा क्रियाशील हिमानी ट्रष्टकी अध्यक्ष एवम् पूर्व श्री ५ युवराज्ञी हिमानी शाह गत आइतबार चीनको भ्रमणमा जानुभएको छ । चिनियाँ सरकारी निकायको निमन्त्रणामा बेइजिङतर्फ प्रस्थान गर्नुभएकी हिमानीले चीनमा सात दिन बिताउनुहुनेछ । हिमानीका साथमा स्वकीय सचिव स्मिता सिंह र चर्चित उद्यमी प्रभाकरशम्शेर राणालगायत सामेल छन् । घटना र विचार साप्ताहिकले समाचार छापेको छ ।

केही अघि चाइना–नेपाल व्यापार संगठनले पनि हिमानीलाई चीन भ्रमणको लागि निमन्त्रणा दिँदा उहाँले त्यसलाई स्वीकार गर्न सक्नु भएको थिएन । यसपटक भने सरकारीस्तरबाटै निम्ता प्राप्त भएकाले उहाँ चाइनाको भ्रमणमा सरिक हुनुभएको बुझिएको छ ।

हिमानीको चीन भ्रमणको मूल उद्देश्य के हो भन्ने औपचारिक जानकारी गराइएको छैन । चीनमा समाजसेवासँग सम्बन्धित कार्यको अवलोकन र त्यहाँ क्रियाशील सामाजिक संघसंस्थाहरूसँग पारस्परिक सम्बन्ध र सम्पर्कै बढाउन उहाँको भ्रमण भएको बताइएको छ । चीनबाट फर्किएपछि युवराज्ञी हिमानीले केही दिन बैंककमा बिताउनु हुने समाचार छ । यसैबीच प्राप्त अर्को एक समाचारअनुसार ख्यातिप्राप्त उद्यामी एवम् व्यवसायी सुरज बैद्य हिमानी ट्रष्टको बोर्डमा सदस्यका हैसियतले समावेश हुने भएका छन् । आगामी महिना हुने साधारणसभाले वैद्यको नाम बोर्डमा सदस्यका रुपमा अनुमोदन गर्ने बुझिएको छ ।

काठमाडौं,जेठ १२ । नेपाली यु १९ तथा राष्ट्रिय टोलीका स्टार बलर सन्दीप लामिछाने आज हङ्कङ प्रस्थान गरेमा छन्। उनिहरु हङ्कङ् मा हुन गहिरहेको हङ्कङ् टि-२० ब्लिट्ज क्रिकेट प्रतियोगीता अन्तरगतको कव्लून केंटन टिमबाट खेल्न हङ्कङ प्रस्थान गरेका हुन्। खेल मे २८ देखि दुई दिन सम्म चल्ने छ । चार फ्रेन्चाजी टोलीले प्रतिस्पर्धा गर्ने प्रतियोगीतामा सन्दिप लामीछाने र अष्ट्रेलियन पुर्व कप्तान माइकल क्लार्क एउटै टिम बाट खेल्दै छन् सन्दिपले उनीसँग ड्रेसिङ रूम सेयर गर्न पाउनुभनेको गर्वको कुरो हो। लेग स्पिनर सन्दिपले गत बर्ष बंगलादेशमा सम्पन्न यू–१९ विश्वकप क्रिकेटमा १४ विकेट लिएका थिए । राष्ट्रिय टोलीको डेब्यू खेलमा १ विकेट लिएका सन्दीपले वैशाख ६ मा नामिवियाविरुद्ध कै अर्को खेलमा २ विकेट आफ्नो नाममा लेखाएका थिए ।

काठमाडौं,जेठ १२ । राजधानी केन्द्रित आन्दोलन गर्दै आएको संघीय गठबन्धनले आज बालाजु बाइपासमा प्रदर्शन गर्ने भएको छ । आफ्ना मागका बिषयमा सरकार गम्भीर नभएको भन्दै वार्तामा बस्नुको कुनै औचित्य नभएको बताउँदै आएको मोर्चाले आज बालाजुमा आन्दोलन गर्न लागेको हो । अपरान्ह ४ बजे देखि सुरु हुने सभामा विभिन्न स्थानबाट र्याली सहित आउने जुलुस सभामा परिणत हुने मोर्चाका नेताहरुले बताएका छन् ।

मोर्चाले पछिल्लो समय सिंहदरबार र प्रधानमन्त्री निवास घेराउको आन्दोलनपछि १० दिने विरोधका कार्यक्रम घोषणागरि विभिन्न स्थानमा सभा गर्दै आएको छ । मधेस केन्द्रित आन्दोलन गर्दै आएको मोर्चाले पछिल्लो समय केही जातीय संगठन तथा पार्टीहरुसँगको सहकार्यमा राजधानी केन्द्रित आन्दोलन गर्दै आएको छ ।

एजेन्सी,जेठ १२ । एबिडि भिलियर्सको उत्कृष्ट प्रदर्शनले रोयल च्यालेन्जर्स बैंग्लोर इन्डियन प्रिमियर लिग आइपिएलको फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको पहिलो क्वालिफाएरमा गुजरात लायन्सलाई ४ विकेटले हराउँदै बैंग्लोर आइपिएलको फाइनलमा प्रवेश गरेको हो । गुजरातले दिएको १ सय ५९ रनको लक्ष्य पछ्याएको बैंगलोरले १० बल बाँकी छँदै ६ विकेट गुमाएर भेट्टाएको हो। रोयल च्यालेन्जर्स बैंगलोरको जितमा एबिडीभिलियर्स नायक भए।

टिमको खातामा २९ रन हुँदा ५ विकेट गुमाइसकेको बैंगलोरलाई फाइनलसम्म पुर्याउन एबिडिभिलियर्सले उत्कृष्ट पारी खेल्दै ४७ बलमा पाँचा चौका र पाँच छक्काको मद्दतमा नटआउट ७९ रन बनाए । यस्तै इकबाल अब्दुल्लाहले २५ बलमा ३३ रन बनाए । कप्तान विराट कोहली शुन्य तथा क्रिस गेल ९ रन बनाउँदा आउट भएका थिए । यस्तै शेन वाट्सन एक रन बनाएर आउट भए । बैंग्लोरको २९ रन बनाउँदा पाँच विकेट गुमाएको अवस्थालाई भिल्लियर्सले सम्हाले ।

गुजरातका धवल कुलकर्णीले चार विकेट लिए ।टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १५८ रन बनाएको थियो। गुजरातले सुरुवाती तीन विकेट मात्रै ९ रन बनाउँदा गुमाएको थियो । त्यसपछि डवेन स्मिथले ४१ बलमा ७३ रन बनाएर गुजरातलाई सम्मान जनक स्कोरमा पुर्याए । पराजित भएको गुजरातले फाइनल प्रवेशका लागि फेरि एक पटक प्रयास गर्न पाउने छ । जितसँग बैंगलोरले आइपिएलको फाइनल समेत होम ग्राउण्डमा खेल्ने मौका पाउनेछ।

बैंगलोरसँग पराजित भएपनि गुजरात प्रतियोगितामा कायमै छ। उसले अब फाइनल प्रवेशका लागि आज हुने सनराइजर्स हैदरावाद र कोलकोत्ता नाइट राइडर्सबीचको विजेतासँग फेरि क्वालिफार्स खेल खेल्नेछ।

काठमाडौं,जेठ १२ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले स्नातक तह तृतीय वर्षको परिक्षा केन्द्र सार्वजनिक गरेको छ । कार्यालयले बुधबार एक सुचना जारी गरी ४ वर्षे बीएस्सी , बीबीएस र तीन वर्षे बीबीएस तथा तीनवर्षे मानविकी, शिक्षाशास्त्र, विज्ञान र कानुनतर्फको परीक्षाकेन्द्र सार्वजनिक गरेको हो ।

कार्यालयका अनुसार ४ वर्षे बीएस्सी , बीबीएस र तीन वर्षे बीबीएसको परीक्षा बिहान ७ बजेदेखि १० बजेसम्म हुनेछ भने तीनवर्षे मानविकी, शिक्षाशास्त्र, विज्ञान र कानुन संकायको परीक्षा दिउँसो १ बजेदेखि ४ बजेसम्म हुनेछ ।

१२ जेठ, काठमाडौं ।
अखिल नेपाल फुटबल संघ एन्फाले जेठ १९ गते बस्ने कार्यसमिति बैठकले बर्खास्तीमा परेका तीन उपाध्यक्ष र एक सदस्यलाई पुनर्बहाल गर्ने भएको खबर आजको नागरिकमा छापिएको छ ।

‘केन्द्रीय समिति बैठकबाट उहाँहरूलाई पुनर्बहाली गर्छौ,’ फिफारएएफसीसँग जेठ १९ सम्मको समय मागेका थियौ,’ प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले भने,‘ त्यसमा दुबै निकायले सहमति दिएको छ। त्यही बैठकले पुनर्बहाली गर्नेछ।’

लगतार तीन बैठकमा अनुपस्थित भएको भन्दै असोज २१ मा बर्खास्तीमा परेका उपाध्यक्ष कर्मा छिरिङ शेर्पा, विजयनारायण मानन्धर, किशोर राई तथापंकज नेम्बाङलाई जेठ १० गते भित्र पुनर्बहाली गरिसक्न फिफाले वैशाख २७ मा एन्फालाई निर्देशन दिएको थियो ।

१२ जेठ, काठमाडौं ।
बैंक तथा बित्तिय संस्थाका अध्यक्ष तथा सञ्चालकको कार्यकाल सीमा तोक्ने व्यवस्था बैंकमै लगानीकर्ता र संचालक रहेका सांसद् सम्मिलित संसदीय समितिले हटाएको छ।

अर्थ मन्त्रालय र राष्ट्र बैंकले तयार पारेको बैंक तथा वित्तिय संस्थासम्बन्धी कानुनमा संशोधन तथा एकीकरण गर्न बनेको विधेयक २०७२ मा अध्यक्ष तथा संचालकको कार्यकाल बढीमा २ कालसम्म हुने व्यवस्था गरिएको थियो।

व्यवस्थापिका संसद्को अर्थ समितिले विधेयकमा छलफल गर्न गठन गरेको उपसमितिले कार्यकाल तोक्ने सीमा हटाउँदै अध्यक्ष तथा संचालक जति कार्यकाल पनि रहन पाउने व्यवस्था गरेको खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा छापिएको छ ।

१२ जेठ, काठमाडौं ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले आर्थिक वर्षको अन्तिममा स्थानीय विकास अधिकारी र कार्यकारी अधिकृतको सरुवा गृहकार्य थालेको छ।

उपप्रधानमन्त्री कमल थापाको निर्देशनमा मन्त्रालयले करिब ४ दर्जन कर्मचारीको सरुवा प्रस्ताव तयार पारेको खबर आजको नयाँ पत्रिकामा छापिएको छ।

ऐनविपरीत सरुवा गृहकार्य मन्त्रीको सचिवालयले दबाब दिएपछि मन्त्रालयले २२ उपसचिव र २१ अधिकृतको सरुवा प्रस्ताव तयार पारेको छ। निजामती सेवा ऐनअनुसार मन्त्रालयले हरेक वर्षको भदौमा मात्रै कर्मचारी फेरबदल गर्न सक्छन्।

ऐनको व्यवस्थाविपरीत स्थानीय मन्त्रालयका कर्मचारी सरुवाको गृहकार्य थालिएको हो। केही समयअघि मुख्यसचिव डा.सोमलाल सुवेदीको अध्यक्षतामा बसेको सचिवहरूको बैठकले पनि आर्थिक वर्षको अन्तिममा कुनै पनि कार्यालय प्रमुख र विभागीय प्रमुखको सरुवा नगर्ने निर्णय गरेको थियो। यो निर्णय पनि स्थानीय विकास मन्त्रालयले मिच्न खोजेको छ।

उपप्रधानमन्त्री कमल थापाको सचिवालयले कर्मचारी सरुवा गर्न आर्थिक ‘बार्गेनिङ’ गरेको स्रोतको भनाइ छ । स्थानीय मन्त्रालयका एक कर्मचारीले भने, ‘कार्यकारी अधिकृत र स्थानीय विकास अधिकारी भएर जान प्रिपेड र पोस्टपेड गरी पाँचदेखि १० लाख रुपैयाँ मागिएको छ।’

स्रोतका अनुसार थापाका स्वकीय सचिव राजाराम बर्तौलाले आकर्षक ठाउँमा जान चाहने कर्मचारीले राप्रपा नेपालका कोषाध्यक्षसँग सम्पर्क गरी पार्टीको खातामा रकम जम्मा गर्न भन्ने गरेका छन् । कम्तीमा पाँचदेखि १० लाख रुपैयाँसम्म रकम जम्मा गरेमा स्थानीय विकास अधिकारी र कार्यकारी अधिकृत बनाएर सरुवा गरिदिने भन्दै गर्तौलाले ‘डिल’ गरिरहेको स्रोतको दाबी छ।

यसअघि पोखरा उपमहानगरपालिकामा कार्यकारी अधिकृत बनाउन झन्डै १५ दिनसम्म रकम बार्गेनिङ भएको स्रोतले बतायो। तर, बर्तौलाले कर्मचारी सरुवाको विषय नितान्त प्रशासनिक भएकाले यसबारे उपप्रधानमन्त्री र आफूहरूलाई कुनै चासो नभएको दाबी गरे । उनले भने, ‘केही कर्मचारीले आफ्नो रुचि पूरा नभएकाले आर्थिक चलखेल भएको हल्ला पिटाएको हुनसक्छ।’

किन हुन्छ चलखेल ?

स्थानीय विकास अधिकारी र कार्यकारी अधिकृत पद आकर्षक मानिन्छ। आकर्षक मानिने जिल्लामा दुई वर्षसम्म कार्यरत स्थानीय विकास अधिकारीले कम्तीमा ३० देखि ५० लाख रुपैयाँसम्म अतिरिक्त कमाइ गर्ने कर्मचारीहरू बताउँछन् । उनीहरूका अनुसार आकर्षक नगरपालिकाका कार्यकारी अधिकृतले कम्तीमा २० देखि ४० लाख रुपैयाँसम्म अतिरिक्त कमाइ गर्ने स्थानीय विकास मन्त्रालयकै अधिकारीहरूको भनाइ छ ।

१२ जेठ, काठमाडौं ।

नेपालले पनि समर्थन जनाएको ‘वान वेल्ट वान रोड’ एसिया परियोजनालाई चीनले एकतर्फी रुपमा अगाडि बढाएको भन्दै भारतले कडा रुपमा असन्तुष्टि व्यक्त गरेको छ।

भारतिय राष्ट्रपति प्रवण मुखर्जीले ‘यस्तो क्षेत्रीय परियोजना सर्वस्वीकार्य अन्तर्राष्ट्रिय मान्यता र अभ्यासद्धारा निर्देशित हुनुपर्ने तथा सबै सम्वन्धीत पक्षहरुको चासो प्रतिविम्बित हुनुपर्ने’ बताएका छन् । आफ्नो चीन भ्रमणको पूर्वसन्ध्यामा चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वालाई दिएको अन्तवार्तामा भारतीय राष्टपति मुखर्जीले ‘यस परियोजनासँग सम्वन्धित सवै मुलुकहरुसँग परामर्श आवश्यकता’ रहेको बताएको खबर आजको कान्तिपुरमा छापिएको छ। इकोनोमिक टाइम्स पत्रिकाको मंगलबार संस्करणले राष्टपति मुखर्जीले व्यक्त गरेको सांकेतिक असन्तुष्टीलाई प्राथमिकताका साथ प्रकाशित गरेको छ ।

‘कनेक्टीभिटी हाम्रो राष्ट्रिय विकासको महत्वपूर्ण पाटो हो । भारतले अरु मुलुकहरुसँग सहकार्य गर्दै धेरै परियोजना अगाडी वढाएको छ,’ मुखर्जीले भनेका छन् । उनले परियोजनालाई अगाडि वढाउन सवै एसियाली मुलुकहरुको विचमा परामर्शको आवश्यकता औल्याएका छन् । मुखर्जीले मंगलबारदेखि चीनको भम्रण सुरु गदै छन् ।

यो परियोजनालाई ‘चीनले आफ्नो आर्थिक बलबुताका भरमा एकतर्फी रुपमा अगाडि वढाउन चाहेको’ भारतले बुझेको छ । यस्तो परियोजनाले सम्वन्धित मुलुकको राष्टिय स्वार्थमा पार्न सक्ने असरका सम्वन्धमा चीनले ध्यान नदिएको वताउँदै आएको छ । ‘धनी मुलुक चीनले सडक र सामुद्रीक सम्पर्क 'कनेक्टीभिटी' लाई अन्य सम्वन्धीत मुलुकसँग परामर्श नगरी एकतर्फी रुपमा अगाडी वढाएको भारतको बुझाई रहेको छ,’ समाचारमा उल्लेख छ ।

उता चिनियाँ अधिकारीहरुले भने भारत चीनले नेतृत्व लिएको यो परियोजनामा सहभागी हुनुपर्ने बताईरहेका छन् । चीनको आधिकारिक समाचार एजेन्सीले केही दिन अगाडि मात्र काठमाडौमा यस परियोजनाको वारेमा केही नेपाली तथा चिनियाँ अधिकारीहरुसँग छलफलको आयोजना गरेको थियो । कतिपयले नेपाल र भारतमा चीनको यो परियोजनालाई एसियाली मुलुकहरुमा आफ्नो प्रभाव बढाउने रणनीतिक औजारको रुपमा उपयोग गरेको बताएका छन् ।

१२ जेठ, काठमाडौं ।
नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुहाउँदा र सक्ने सपना मात्रै देख्न आग्रह गरेका छन्।

नपत्याउँदा सपना बाँडेर माजाकको पात्र नबन्न उनले आफ्नै दलका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीलाई सुझाएका खबर आजको नयाँ पत्रिकासहित अधिकांश पत्रपत्रिकामा छापिएको छ।

प्रधानमन्त्रीले एकपछि अर्को विकासका योजना घोषणा गर्दै गएकोमा मंगलबार मदन भण्डारी अध्ययन केन्द्रले राजधानीमा गरेको कार्यक्रममा नेता नेपालले व्यंग्य गर्दै नेपालले भने,‘ घरघरमा ग्यास पाइप फिट गरिदिने कुरा पनि आएको छ, सपना देख्न पाइन्छ तर यो कुरा सगरमाथाबाट दार्चुलासम्म केबलकार चलाउँछु,विदेशबाट १० करोड पर्यटक भित्र्याउँछु भनेजस्तै हो ।
सपना देख्नुपर्छ, सपना देख्नु राम्रो पनि हो तर त्यो यथार्थ र तथ्यसंगत हुनुपर्छ।’